समाज

रोकी राखेका तीन बसमा आगजनी

२०७३ श्रावण २४ सोमबार, फलेवास । पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा आइतबार राति आगलागी भएको छ ।    बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा क्षति भएको छ ।    आगलागी हुँदा नजिकै पार्किङ गरी राखेको ना ४ ख ९०३७ नम्बरको र ध १ ख ५६९ नम्बरको बसमासमेत लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।    उक्त आगलागी जिल्ला प्रहरी कार्यालयबाट ३० जन ... बाँकी अंश»

गोरखाको सिर्दिवासबाट काठमाडौं उडेको फिस्टेल एयरको हेलिकोप्टर हरायो, पाँच जना सवार

२०७३ श्रावण २४ सोमबार, काठमाडौं । गोरखाको सिर्दिवासबाट सुत्केरी बोकेर काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर सम्पर्कविहिन भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार विहान ११ः ३० बजे सिर्दिवासबाट फर्किएको हेलिकोप्टर हाल सम्म सम्पर्कमा आएको छैन ।    हेलिकोप्टरमा चालकसहित पाँच जना सवार रहेको बताइएको छ । फिस्टेल एयरको ९ एन एकेए कलसाइन भएको विमान सम्पर्कविहिन भएपछि हाल सम्म सम्पर्क नभएको फिस्टेल एयरले जनाएको छ ।  ... बाँकी अंश»

दोलखाको पुल तथा सडक तत्काल मर्मत गर्न प्रधानमन्त्रीको निर्देशन

२०७३ श्रावण २३ आइतबार, काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहिले दोलखा जिल्लामा बाढी पहिराका कारण क्षति पुगेका सडक तथा पुल तत्काल मर्मत गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीलाई निर्देशन दिएका छन् ।    नेकपा (माओवादी केन्द्र) सम्बद्ध दोलखाका प्रतिनिधिमण्डलले दोलखा जिल्लामा बाढीपहिराले पुल तथा सडक बगाएका विषयमा ध्यानाकर्षण गराउनेबित्तिकै प्रधानमन्त्रीले तत्काल मर्मतसम्भार गर्न र धोढीखोलामा बेलीब्रिज हालेर सवा ... बाँकी अंश»

सर्वोच्चको अर्को आदेश : कलङ्की–नागढुङ्गा सडक विस्तार नगर्नु नगराउनु

२०७३ श्रावण २३ आइतबार, काठमाडौँ  । सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।    न्यायाधीश केदारप्रसाद चालिसे र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज सडक विस्तार गर्दा सडक आसपासका स्थानीयलाई अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।     आदेशम ... बाँकी अंश»

प्रधान सेनापतिले रिबन काटे

२०७३ श्रावण २३ आइतबार, डोल्पा । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट(डोल्पा (दुनै) सडक अन्तर्गत ‘डोल्पा प्रवेश’को प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।    नेपाली सेनाले सो सडक खण्डको कुल लम्बाई ११७.७७ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी पाए अनुसार हाल सम्म १०४ किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न गरीसकेको छ । सोही सडक खण्ड अन्तर्गत जाजरकोट(डोल्पा (दुनै) सडकको डोल्पा जिल्ला प्रवेशको काम सम्पन्न भइसकेकाले प्रधान से ... बाँकी अंश»

काँग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी

२०७३ श्रावण २३ आइतबार, सल्यान । आफ्नै कार्यकर्ताले काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।    जिल्ला सभापतिले पार्टीको निर्णयबिना नै एकल ढङ्गले उपसभापतिलगायत सदस्य मनोनयन गरेको भन्दै शारदा नगर समितिले कार्यालयमा ताला लगाएको हो । सभापतिले एकल निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने शारदा नगर कार्यसमितिका सभापति सचेत शाहले बताए ।    उनले भने, ‘सभापतिले उपसभापतिलगायत अन्यमा आफूखुसी मनोनयन गर्नु भएको छ, उक्त निर्णय नसचिएसम्म कार्यालय ... बाँकी अंश»

सरकारका पूर्व उपसचिवविरुद्ध अख्तियारको मुद्दा

२०७३ श्रावण २३ आइतबार, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार ढुङ्गेल ऋण असुली अधिकृतका रुपमा रहँदा गैरकानुनी रुपमा भ्रष्टाचार गरी रकम कमाएको र पदीय हैसियत नमिल्दो उच्च जीवनयापन गरेको पाइएकोे अनुसन्धानका क् ... बाँकी अंश»

डरले कि करले बोल्या ? : अख्तियार प्रमुखलाई कसैले महाअभियोग लगाउन सक्दैन

२०७३ श्रावण २३ आइतबार, काठमाडौं । दलका नेताहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव कै आधारमा कार्कीविरुद्ध महाअभियोग लगाउन नमिल्ने बताएका छन् ।    सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा सासंद रामनारायण विडारीले अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने भन्नेबारेमा अफवाह फैलाईएको बताउँदै भने,‘यसको कुनै औचित्य, आवश्यकत्ता पनि छैन, यो सस्तो प् ... बाँकी अंश»

‘सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा र विश्वास पलाएको छ’

२०७३ श्रावण २३ आइतबार, काठमाडौँ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने क्रममा सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा पलाएको छ ।    नेपालको संविधानका केही अन्तर्वस्तुप्रति असहमति जनाउँदै मोर्चाले १० महिनादेखि आन्दोलन गरिरहेको छ । मधेसकेन्द्रित राजनीतिक दलका नेताहरुले आफूहरुले दिएकै सुझावका आधारमा सरकारले पछिल्लो निर्णय गरेर वातावरणलाई सहज तुल्याएको प्रतिक्रिया दिएका छन् ।    सो क्रममा मोर्चासँग आबद्ध राजनीतिक दलले लामो समयस ... बाँकी अंश»

जनकवि दुर्गालाल श्रेष्ठको घरमा आगलागी, ६ पसलसंगै कविका सम्मानपत्र समेत जले

२०७३ श्रावण २३ आइतबार, काठमाडौं । ठमेल नरसिंहचोकस्थित जनकवि दुर्गालाल श्रेष्ठको घर आगलागी भएको छ । विद्युत सर्ट भएर लागेको आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा लागेको थियो । यद्यपि, समयमै दमकल र सुरक्षाकर्मी पुगेका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको स्थानीयले बताएका छन् ।    आगो निभाउन पाँचवटा दमकल खटाइएको थियो । यस्तै सेना, प्रहरी र स्थानीयले समेत आगो नियन्त्रण गर्न सहयोग गरे । लोडसेडिङपछि अचानक विजुली आउँदा विद्युत सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । तल्लो तल्ल ... बाँकी अंश»

बाढीपीडितका लागि डा. केसीको उपचार जारी

२०७३ श्रावण २३ आइतबार, राजविराज। सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त छन् ।    आज जिल्लाको तिलाठी गाविस– ७ स्थित पाठशालामा उनले निःशुल्क स्वास्थ्योपचार गरे । सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँ रहेका बाढीपीडितका लागि हाडजोर्नी तथा नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिरहेका छन् ।    डा केसी आफँले विभिन्न औषधि, फलफूल लगायत सामग्री बोकेर सो ... बाँकी अंश»

जनआन्दोलनको माग सङ्घीयता थिएन, बाहिरबाट जबर्जस्ती ल्याएर लादियो : बिजुक्छे

२०७३ श्रावण २३ आइतबार, भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयता देशका लागि जटिल समस्या बन्दै आएको बताएका छन्।   नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका पूर्व तथा वर्तमान नेतृत्वबीच गरेको अन्तक्र्रियामा नेता बिजुक्छे सात दलले सञ्चालन गरेको २०६२-०६३ को जनआन्दोलनमा सङ्घीयताको मुद्दा नउठेको बताउँदै भने, “जनआन्दोलनको माग सङ्घीयता होइन तर आन्दोलन सफल भएपछि सङ्घीयताको विषय बाहिरबाट जबर्जस्ती ... बाँकी अंश»

बाह्यशक्तिको आडमा बनेको सरकारले समस्या समाधान गर्न सक्दैन : अध्यक्ष वैद्य

२०७३ श्रावण २३ आइतबार, चितवन। नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्यले ‘बाह्यशक्तिको आडमा बनेको सरकार’ ले जनताको समस्या समाधान गर्न नसक्ने बताए।   आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन गरेर अहिलेको समस्या समाधान हुन सक्दैन भन्दै संविधानमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए।   उनले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिएकामा सङ्घर्ष जारी राख्ने जनाउँदै त्यसलाई तामाकोसी स्वरुपमा काम हुनुपर्ने बताए   ... बाँकी अंश»

बाढीले पुल बगायो

२०७३ श्रावण २२ शनिबार, दोलखा । दोलखाको धोलीखोलामा बाढी आउँदा भीरकोट र जसे गाविस जोड्नु पुल बगेको छ । पुल बगेपछि पुष्पलाल मार्ग अबरुद्ध भएको छ ।    पुल बगेपछि रामेछाप, सिन्धुली, वर्दिबास जोड्ने सडकलाई समेत असर गरेको छ । यद्यपि, सिन्धुली बर्दिबास जाने खुर्कोटको बाटो भने संचालनमै छ । भारी वर्षापछि साँझ साढे ६ बजे पुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेल पाण्डेले बताए ।    उनका अनुसार पुल बगेपछि स्थानीय स्तरमा संचालन हुने सवारी पूर्ण रुपमा ठप्प भ ... बाँकी अंश»

राणा र थापाले पार्टी एकीकरणको सहमति पत्रमा दस्तखत गरे

२०७३ श्रावण २२ शनिबार, काठमाडौँ । राप्रपा र राप्रपा नेपालको एकीकरणको घोषणा यही साउन २५ गते हुने भएको छ ।    दुवै पार्टीका शीर्षस्थ नेतृत्व एकता गर्न सहमत भएका छन् । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार सहमतिपत्रमा दस्तखत गरी साउन २५ गते घोषणासभा गर्न सहमति भएको हो ।    व्यवस्थापिका–संसद्मा राप्रपा नेपाल चौथो ठूलो दल हो पार्टीकातर्फबाट २५ सांसद रहेका छन् भने राप्रपा सातौँ ठूलो दल हो र पार्टीका तर्फबाट १२ सांसद छन ... बाँकी अंश»

सप्तरीमा भाइरल ज्वरोको प्रकोप बढ्दै

२०७३ श्रावण २२ शनिबार, राजविराज । सप्तरी जिल्लाका विभिन्न अस्पतालमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । सरुवा रोगका रुपमा रहेको भाइरल ज्वरोको प्रकोप बढेपछि जिल्लाका दुईवटा अस्पताल र ११४ स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको छ ।    खास गरी बालबालिकादेखि वृद्धवृद्धामा भाइरल ज्वरोको प्रकोप बढेको अस्पतालबाट थाहा भएको छ । सप्तरी जिल्लाको एकमात्र सरकारी अस्पतालका रुपमा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा समेत बिरामीको चाप बढेको अस्प ... बाँकी अंश»

ओलीकै पाइला पछ्याउँदै प्रधानमन्त्री दाहाल

२०७३ श्रावण २२ शनिबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओलीकै पाइला पछ्याउन थालेका छन् । ओली सरकारले गरेका हरेक निर्णय कार्यान्वयन गर्ने दृढता राखेका प्रधानमन्त्री दाहालले ओली प्रधानमन्त्री हुँदा नेपाल टेलिभिजनमा संचालन भएको ‘प्रधानमन्त्रीसँग सीधा प्रश्न कार्यक्रममा समेत सहभागिता जनाउने भएका छन् ।    दाहालले शनिबार साँझबाटै सो कार्यक्रममा सहभागिता जनाउँदै छन् । दाहालको निजी ट्वीटर अकाउन्टमा कार्यक्रममा सहभागि हुने जानकारी ट्वीट भएको छ । सं ... बाँकी अंश»

जनकपुरको बन्सीचोकबाट हतियारसहित ६ जना पक्राउ

२०७३ श्रावण २२ शनिबार, जनकपुर । जनकपुरको बन्सीचोकबाट हतियारसहित ६ जना पक्राउ परेका छन् । चोरी डकैतीका सरसामानसहित ६ जना पक्राउ परेका र २ जना अझै फरार रहेका जनकपुर प्रहरीले जनाएको छ ।    राति प्रहरीले गस्ती गर्ने क्रममा २ जनासंग शंकास्पद सामान भेटिएपछि सोध खोज गर्दै जाँदा ती दुई जनाले साथीहरुलाई समेत भेटाएको र उनीहरुको कोटामा हतियारसहितका सामान भेटिएको जनकपुरका बरिष्ठ प्रहरी उपरीक्षक एसपी रामदत्त जोशीले बताए ।    एसपी जोशीका अनुसार अनुसन्धान जारी रहेकाले पक ... बाँकी अंश»

सर्वोच्चले आस्थाको निर्णय गर्न मिल्दैन : विश्व हिन्दु महासंघ

२०७३ श्रावण २२ शनिबार, काठमाडौँ । विश्व हिन्दु महासङ्घले यही साउन २० गते बलिप्रथा रोक्ने सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेको छ ।    आज एक विज्ञप्ति जारी गरी महासङ्घले सर्वोच्च अदालतले आस्थाको निर्णय गर्न नमिल्ने बताउँदै यो प्रथा मान्छौँ भन्नेलाई नमान भन्ने अधिकार कसैलाई नभएको उल्लेख गरेको छ ।    नेपालको गौरवपूर्ण सनातन परमपरा र धर्म संस्कृतिसँग जोडिएको आस्थाको विषयमा अदालतले गरेको यस निर्णय पुनर्विचार गरी खारेज गर्न आग्रह गरिएको महासङ्घका अध्यक्ष ड ... बाँकी अंश»

राजदूत फिर्ता नगरेको भए हुने : माधवकुमार नेपाल

२०७३ श्रावण २२ शनिबार, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको बताएका छन् ।    रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता लिएर सरकारले दलहरुबीचको दूरी झनै बढाएको बताए ।    सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले सि ... बाँकी अंश»

नयाँ