समाज

सरकारले मुख्य ३ काम गर्न नसके माओवादी केन्द्रको अस्तित्व खोज्नुपर्ने छ : वादल

२०७३ श्रावण २० बिहिबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य रामबहादुर थापा ‘वादल’ ले आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले स्थायी शान्ति स्थापना, उत्पीडित समुदायको अधिकारको संरक्षण, र भूकम्पीडितलाई राहत पुनःनिर्माणलाई प्राथमिकतामा राख्ने बताएका छन् ।    ‘ओली जीको नेतृत्वको सरकारले उत्पीडित जातिको अधिकारको संरक्षण, स्थायी शान्ति, पुनःनिर्माणको कामलाई गति दिन नसकेका कारण त्यसलाई ढालिएको हो’–वादलले भने ।    बिहीबार संवाद डबलीमा भ ... बाँकी अंश»

पुरानो घरको पनि नक्सा पास गर्नुपर्ने

२०७३ श्रावण २० बिहिबार, बर्दिया। गुलरिया नगरपालिका भित्र रहेका पुराना निर्माण भैसकेका घरहरुको पनि नक्सा पास गर्नु पर्ने भएको छ।   स्थानिय स्वयत्त शाखन ऐन २०५५ अनुसार अनिवार्य नक्सापास गर्नुपर्ने प्रावधान रहेकाले वस्न योग्य सडक मापदण्ड भित्रका पुराना घरहरुको समेत नक्सा पास गर्न अनिवार्य भएको हो।   गुलरिया नगरपालिका क्षेत्र भित्र सडक मापदण्ड अनुसार निर्माण भएका पुराना घरहरुले अनिवार्य रुपमा नक्सापास गर्नु पर्ने गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज ... बाँकी अंश»

पाँचथरमा गाउँपालिका बनाउँदा ७ देखि ११ बटा सम्म गाउँतह बनाउनुपर्ने सुझाव

२०७३ श्रावण २० बिहिबार, पाँचथर । पाँचथर जिल्ला स्थित संघ सस्थाका प्रतिनिधि र सञ्चारकर्मीले जनसंख्याका आधारमा ७ देखि ११  वटा गाँउपालिका र एक नगरपालिका बनाउन राज्य पुर्नसंरचना आयोगलाई सुझाव दिएका छन ।   स्थानीय निकाय पुर्नसंरचनाको खाका उपर छलफल गर्न जिल्ला विकास समिति पाँचथरले वुधवार फिदिममा आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन ।   आयोगले जिल्ला स्थित प्राविधिक समितिलाई गाँउपालिका र नगरपालिका गरी ५ वटा स्थानीय तह निर्माण गरी तिनीहरुको ... बाँकी अंश»

मन्त्रालयको भागबण्डा मिलेपछि माओवादी मन्त्री छान्ने बैठकमा, कांग्रेसलाई १३, आफुलाई ८

२०७३ श्रावण २० बिहिबार, काठमाडौं । नयाँ सरकार गठन गरिरहेका मुख्य साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा मिलेको छ ।   कांग्रेसले थप दुई मन्त्रालय मागेपछि विहिबार दुवै दलका शीर्ष नेताहरु छलफलमा जुटे । बानेश्वरमा भएको वार्तामा मन्त्रालय भागवण्डामा सहमति भएको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जानकारी दिए । महराले भने, ‘म अहिले अर्को मिटिङमा छु । थप कुरा पछि भनौला । कांग्रेससंग भएको बैठकमा कांग्रेसलाई १३ मन्त्रालय दिने र म ... बाँकी अंश»

नयाँ प्रधानमन्त्री दाहालका पहिलो दिन यि पाँच कार्यक्रम

२०७३ श्रावण २० बिहिबार, काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालका पहिलो दिन पाँच कार्यक्रम रहेका छन् । दाहालले कुनै नौला पाँच काम भने गर्न लागेका होइनन् ।    उनले यसअघि प्रधानमन्त्रीले जस्तै सुरुमा राष्ट्रपतिको कार्यालय शीलत निवासमा सपथ ग्रहण गरेपछि शहीदहरुलाई सम्झिने छन् । विभिन्न स्थान पुगेर शहीद र लोकतान्त्रिक योद्धाका शालिकमा माल्यार्पण गर्ने छन् ।    यस्तै, असअघि झैँ दाहाल प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने छन् । तर, उनले त् ... बाँकी अंश»

देश द्रोही प्रचण्ड भन्दै नारा लगाउनेलाई रिहा गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

२०७३ श्रावण २० बिहिबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।    प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा अर्धनग्न रुपमा प्रदर्शन गरेका खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।    प्रधानमन्त्री दाहालका तर्फबाट पुत्र प्र ... बाँकी अंश»

बाजुराको स्थानिय संरचना बनाउने बिषयमा राजनीतिक विवाद

२०७३ श्रावण २० बिहिबार, बाजुरा । स्थानिय संरचना र गाउँपालिका बनाउनका लागि देशभर छलफल भइरहेको छ । स्थानिय पुर्नसंरचना कस्तो बनाउने भन्दा पनि बाजुरामा भने राजनीति हावी भएको छ। स्थानिय स्तरमा गाउँपालिका बनाउनका लागि २४ गाविस र १ नगरपालिकामा पुर्नसंरचनाका विषयमा छलफल हुदै आएको जिल्ला विकास समिति बाजुराले जनाएको छ। जिल्लामा रहेको क्रियाशिल राजनितिक दलहरुले गाउँपालिका बनाउँदा आफु अनुकुल बनाउनका लागि गाउँस्तरका कार्यकर्ताहरुलाइ जिल्ला तहका नेताहरुले निर्देशन दिने गरेक ... बाँकी अंश»

कांग्रेस बाढी पीडितका घर–घरमा पुगेर राहत बाँड्दै

२०७३ श्रावण १९ बुधबार, कपिलवस्तु  । साउन १० र ११ गते आएको  भिषण बाढीका कारण पिडित बनेका  स्थानीयको  घर दौलोमा पुगेर नेपाली कांग्रेसले राहत वितरण गरिरहेको छ ।    जिल्ला कार्य समिति, क्षेत्रीय समिति तथा नगर र गाविस समितिहरुले विभिन्न स्थानहरुमा खाद्यान्न र लत्ताकपडा वितरण गरेका छन् । भृकुटी नगरपालिका–१ बनकट्टिका ८५ घरपरिवारलाई नेपाली कांगे्रस भृकुटी नगर समितिले एक कार्यक्रमकाबीच राहत वितरण गरेको छ ।   प्रति परिवारलाई १० किलो चामल, १ किलो दाल, १ केजी नुन, १ ल ... बाँकी अंश»

महान्यायाधीवक्ता फुयाँल पदबाट हटे

२०७३ श्रावण १९ बुधबार, काठमाडौं । महान्यायाधिवक्ता हरि फुयाँलले राजीनामा दिएका छन् । फुयाँलले भोलिदेखि लागू हुने गरी प्रधानमन्त्रीमार्फत राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् । उनले राजिनामा दिएसंगै महान्यायाधीवक्ताको पद रिक्त भएको छ ।    फुयाँल वैशाख ६ गते मात्रै महान्यायाधिवक्ता नियुक्त भएका थिए । सरकारको मुख्य कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता सरकार परिवर्तन भएसँगै फेरिने चलन छ । निवर्तमान प्रधानमन्त्री केपी ओली समेत वुधबारै सरकारी निवास छोडेर ... बाँकी अंश»

सर्वोच्चले एक वर्षभित्र ५० प्रतिशत मुद्दा फछ्र्योट गर्ने

२०७३ श्रावण १९ बुधबार, काठमाडौँ। सर्वोच्च अदालतले वार्षिक कार्ययोजना तय गरेर वर्ष दिनभित्र ५० प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य निर्धारण गरेको छ ।    प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा आज पहिलो पटक बसेको पूर्ण बैठकले वार्षिक कार्ययोजनाभित्र ५० प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य तोकेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।    यसअघि सर्वोच्च अदालतमा नौ जना न्यायाधीश मात्र थिए । नवनियुक्त ११ न्यायाधीश थपिएपछि १९ न्याया ... बाँकी अंश»

भारतको सहयोगमा पशुपतिमा मैत्री धर्मशाला निर्माण सुरु

२०७३ श्रावण १९ बुधबार, काठमाडौँ । शिलान्यास भएको १६ वर्षसम्म पनि बन्न नसकेको नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निर्माण कार्य सुरु भएको छ ।    तीनतारे होटलको सुविधा हुने गरी निर्माण गर्न लागिएको धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला निर्माणपछि नेपाल–भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सकिने कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी द ... बाँकी अंश»

प्रधानमन्त्रीको सपथ विहिबार दिउँसाे ३ बजे

२०७३ श्रावण १९ बुधबार, काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहिबार पद तथा गोपनियताको सपथ लिने भएका छन् ।    राष्ट्रपतिको कार्यालयले सूचना जारी नगरेपनि विहिबार दिउँसो तीन बजे सपथ ग्रहणको गराउने तयारी गरेको बताइएको छ । दिउँसो ३ बजे सपथ ग्रहणकार्यक्रम हुने शीतल निवास स्रोतले जनाएको छ ।    राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाहालले शीतल निवासमा सथप ग्रहण गर्ने छन् । भण्डारीले आफु राष्ट्रपति भएपति लगातार दुई कम्युनिष्ट प्रधानमन्त्रीलाई सप ... बाँकी अंश»

मोदीले प्रचण्डलाई बधाई दिँदै भने–भारत तपाईलाई पूर्ण साथ दिन्छ

२०७३ श्रावण १९ बुधबार,     तकाठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया प्रधानमन्त्री ली खछ्याङले बधाई दिएका छन् ।   प्रधानमन्त्री निर्वाचनको मतपरिणाम घोषणा नहुँदै मोदीले दाहाललाई टेलिफोन गरेर बधाई दिए । यस्तै, उनले ट्वीटमा समेत बधाई दिएका छन् । ट्वीटमा उनले भारतले तपाईलाई पूर्ण सहयोग गर्ने छ –भनेका छन् ।    उनले भ्रमणको निम्तो समेत दिएका छन् । यस्तै, नेपालस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले दाहाल न ... बाँकी अंश»

प्रचण्डलाई बाबुरामबाट सफलताको बधाई

२०७३ श्रावण १९ बुधबार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्ना पूर्व सहयात्री एवं नव निर्वाचित प्रधानमन्त्री पुष्प कमल दाहाललाई बनाई दिएका छन् । भट्टराईले प्रधानमन्त्रीको निर्वाचन परिणाम लगत्तै ट्वीट गर्दै बधाई दिएका हुन् ।   उनले भनेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाइ तथा कार्यकालको पूर्ण सुफलताको कामना ! ।’ भट्टराई संविधान जारी प्रक्रियाप्रति असन्तुष्ट हुँदै संसद र ... बाँकी अंश»

नेमकिपाले दाहाललाई मत दिने आधार स्पष्ट भएन भन्यो (विज्ञप्ति सहित)

२०७३ श्रावण १९ बुधबार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने भएको छ ।    नेमकिपाको संसदीय दलको बैठकले सरकारको नेतृत्व गर्ने दलले जनताको हितमा नीति र कार्यक्रम सार्वजनिक नगरेकोले मत दिन आधार स्पष्ट नभएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।    बैठकपछि नेमकिपाले विज्ञप्ति जारी गरी दाहालको विपक्षमा मत दिने जानकारी गराएको हो । ... बाँकी अंश»

विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित

२०७३ श्रावण १९ बुधबार, खोटाङ। खोटाङ र ओखलढुङ्गामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत् प्रशारण लाइन अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका हुन् ।    आक्रोशित सर्वसाधारण विद्युत् प्राधिकरणको कार्यालय दिक्तेल गएर तत्काल विद्युत् सुचारु गराउन ध्यानाकर्षण गराएका छन् । प्राधिकरणबाट बेलुकासम्ममा विद्युत् सुचारु हुने जवाफ पाएपछि आक्रोशित स्थानीय फर्किएको गोपालचन्द्र आचार्यले बताए ।  ... बाँकी अंश»

नेविसंघका नेताले गरे महामन्त्रीको उम्मेद्वारी घोषणा

२०७३ श्रावण १९ बुधबार, काठमाडौँ। नेपाल विद्यार्थी सङ्घलाई सही बाटोमा लैजाने प्रतिवद्धतासहित विद्यार्थी नेताले महामन्त्री पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।    रिपोटर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा सहभागी विद्यार्थी नेताले विगत १० वर्षदेखि अन्योलमा रुमलिएको नेविसङ्घलाई निश्चित दिशा दिने प्रतिवद्धता जनाएका हुन् ।    सङ्घको ११ औँ महाधिवेशन यही साउन २३ देखि २५ गते काठमाडौँमा हुने भएको छ । महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पदमा आज मात्रै नौजनाले ... बाँकी अंश»

पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित (लाइभ)

२०७३ श्रावण १९ बुधबार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा दाहाल ३ सय ६३ मत प्राप्त गरी विजयी भएका हुन् ।    व्यवस्थापिका संसदमा हाल कायम रहेको सांसद संख्या ५ सय ९५ रहेपनि मतदानमा जम्मा ५ सय ७३ मत खसेको सभामुख ओनसरी घर्तीले घोषणा गरिन् । दालको विपक्षमा २ सय १० मत परेको छ । दाहाल संविधान जारी भएपछि दोस्रो कम्युनिष्ट प्रधानमन्त्री तथा दोस्रो पटक प ... बाँकी अंश»

बुद्धचित्त जातको पिपल रोपेर बालुवाटार छोडे ओलीले

२०७३ श्रावण १९ बुधबार, भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छोडेका छन् । सरकारी निवास बालुवाटार परिसरमा बाहिरिनु अघि ओलीले परिसरमा बुद्धचित्त जातको पिपल रोपेका थिए । २०७२ असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएका ओली ५ दिनपछि मात्रै भक्तपुरको बालकोटस्थित निजी निवासबाट बालुवाटार सरेका थिए ।   व्यवस्थापिका–संसद् बैठकले नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि ओलीले बिहान प्रधानमन्त्री निवास बालुवाटार छोडेका हुन् ।    प्रधानमन्त ... बाँकी अंश»

प्रचण्ड आउँदै, ओली छाड्दै, दिउँसो जुलुससहित बालकोट लैजाने

२०७३ श्रावण १९ बुधबार, काठमाडौं । गत असोज २४ गते निर्वाचित भएपछि सिंहदरबारको बागडोर सम्हालेका केपी ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्री बन्न केही समय बाँकी छँदा अहिलेसम्मका प्रधानमन्त्री ओली भने प्रचण्ड प्रधानमन्त्री बनेसंगै झिटिगुन्टा बोकेर आफ्नो घर बालकोट जाँदैछन् ।   प्रधानमन्त्री कार्यालय सचिवालयले ओलीले दिउँसो बालुवाटार छाड्ने बताएको छ । ओलीलाई नयाँ बानेश्वरदेखि स्वतन्त्र युवा अभियानले नाराजुलुसहित उनको भक् ... बाँकी अंश»

नयाँ