समाज

तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु सात घाइते

२०७३ श्रावण १७ सोमबार, लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको बड्हारामाल गाविस–६ स्थित बन्दीपुर सडकमा गएराति तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने सात जना तीर्थालु घाइते भएका छन् ।    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त १३०७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सिरहाको मिर्चैया नगरपालिका–८ निवासी १८ वर्षीया गौरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।    सो दुर्घटनामा परी गम्भीर घाइते ... बाँकी अंश»

सत्ता परिवर्तनमा भारतको भूमिका अनावश्यक चर्चा : डा बाबुराम भट्टराई

२०७३ श्रावण १७ सोमबार, तुलसीपुर । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताएका छन् ।  रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालको सत्ता परिवर्तनमा सधै भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गरे ।   नेपालको आन्तरिक मामिलाको हल यहींका दलले गर्नुपर्ने बताउँदै उनले बाहिरी हस्तक्षेप भने स्वीकार्य नहुने धारणा राखे । सत्ता परिवर्तन नेपालकै राजनी ... बाँकी अंश»

सरकार र संसद् मेराे सधैँ ‘प्लेटफर्म’: गच्छदार

२०७३ श्रावण १६ आइतबार, काठमाडौँ । उपप्रधानमन्त्री तथा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन पार्टी एक ठाउँमा उभिए अझै पनि सहमतीय सरकार बन्ने सम्भावना रहेको बताएका छन् ।    फोरम लोकतान्त्रिकको ७ औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष गच्छदारले सहमतीय सरकारका लागि अहिले पनि समय रहेको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिले अझै पनि सहमतिको सरकार बन्ने सम्भावना रहेको बताए ।    गच्छदारले अहिलेको ... बाँकी अंश»

हाब्रेको छालासहित स्याङतान पक्राउ

२०७३ श्रावण १६ आइतबार, काठमाडोँ। मकवानपुरका रामबहादुर स्याङतान दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा) चोरी शिकारी गरेको अभियोगमा आज पक्राउ परेका छन् ।    हेटौडा नगरपालिका–२ घर भएका स्याङतान काठमाडौँ–५ भाटभटिनीबाट संरक्षित वन्यजन्तु हाब्रेको एक थान छालासहित पक्राउ परेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।    स्याङतानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौँमा बुझाएको केन्द्रीय अनुसन्धान ब्युरोल ... बाँकी अंश»

गाई मारेको अभियोगमा दुई पक्राउ

२०७३ श्रावण १६ आइतबार, गोरखा । गाई मारेको अभियोगमा प्रहरीले गोरखाको खरिबोट गाविस– २ केपुङका २५ वर्षीय भगवान् कामी र सोही ठाउँका १७ वर्षीय सोमबहादुर नेपालीलाई पक्राउ गरेको छ ।    गाईको मासुसहित शुक्रबार पक्राउ परेका उनीहरुलाई गौ बध मुद्दामा कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।    यस्तै प्रहरीले गोरखा नगरपालिका–१४ का कमल कुमालको घरबाट नगद तथा सुनका गहना चोरी गरेको आरोपमा तनहुँको आँबुखैरेनी–८ की २३ वर्षीया सीता थापालाई ... बाँकी अंश»

पुनर्निर्माणमा अनुदान दिन काँग्रेसको माग

२०७३ श्रावण १६ आइतबार, गोरखा । भूकम्पले भत्काएका जिल्लाभरका सबै कच्ची (ढुङ्गा, माटोको जोडाइले बनेका) घर पुनर्निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन नेपाली काँग्रेस गोरखाले माग गरेको छ ।    जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई आज ज्ञापनपत्र बुझाउँदै काँग्रेसले ढुङ्गा, माटोले बनेका सबै घर भूकम्पले पूर्ण क्षति पुर्‍याएको भन्दै पुनर्निर्माणका लागि रु दुई लाख अनुदान दिनुपर्ने माग गरेको हो ।    जिल्ला द ... बाँकी अंश»

नेपाली मौलिकताको पन्जेबाजा लोप हुँदै

२०७३ श्रावण १६ आइतबार, सिन्धुली । नेपाली मौलिक बाजा र सस्कृतिको रुपमा परिचित पन्चेबाजा बज्ने वित्तिकै सबैलाई आन्नद र खुसी लाग्छ । सबै नेपालीहरुको मन छुन सफल पञ्चेबाजा पछिल्लो समय विस्तारै लोप हुन थालेको छ ।    राज्यले स्थानीय स्तरमा रहेको लोकप्रिय पन्चेबाजा संरक्षण र समबद्र्धनका लागी कुनै पहल नगर्दा र पन्जेबाजा बजाउने नेपाली समुदायका युवा सामाजिक रूपमा उपेक्षित हुनुपर्ने भएकाले पन्चेबाजा लोपहुन लागेको छ भने बाजा बजाउने पुख्यौली पेशाप्रति त्यस समुदायका युवाहर ... बाँकी अंश»

सरकार भारत र राजाको भूतले ढालेको होइन : बाबुराम

२०७३ श्रावण १६ आइतबार, दाङ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको कुनै हात नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा भट्टराईले नेपालको सत्ता परीवर्तनमा भारत र राजालाई निकै चर्चाको विषय बनाउने गरिएको सुनाए ।   उनले भने, ‘कमजोर शासकीय प्रणालीका कारण मुलुक माथि उठ्न सकेको छैन ।’ सत्ता परिवर्तनमा सँधै भारत र राजालाई भूतका रुपमा हेर्नु गलत प्रवृत्ती हो । कमजोर शासकीय प्रणालीले सरकार गिर्ने ग ... बाँकी अंश»

एग्रिमोबारे मुख्य सचिव र परराष्ट्र सचिवसँग जानकारी लिइने

२०७३ श्रावण १६ आइतबार, काठमाडौँ। संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयमा गरेको निर्णयबारे सरकारसँग जानकारी माग गर्ने भएको छ ।    समितिको आजको बैठकले संसदीय सुनुवाइ हुनुपूर्व नै सम्बन्धित मुलुकमा प्रस्तावित राजदूतको नाम सहमतिका लागि पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको भन्ने विषयमा छलफल गर्न मुख्य सचिव र परराष्ट्र मन्त्रालयका सचिवलाई आगामी बैठकमा आमन्त्रण गर्ने निर्णय गरेको हो ।    बैठकले विभिन्न देशका लागि प्रस्तावित र ... बाँकी अंश»

काँग्रेसबाट सरकारको नेतृत्वमा पठाउनेबारे अझै अनिर्णीत

२०७३ श्रावण १६ आइतबार, काठमाडौं। नयाँ सरकारकाबारे राजनीतिक बृतमा विभिन्न चर्चा परिचर्चा चलिरहँदा नेपाली कांग्रेसबाट कसले सरकारको नेतृत्व गर्लान भन्ने विषयमा यतिबेला अड्कलबाजि  चलिरहेको छ। काँग्रेस नेताहरु नै यस विषयमा अड्कलबाजि लगाई रहेका छन्। गएको नेपाली कांग्रेसको महाधिवेशनमा शेर बहादुर देउवालाई राजनीतिक जीवन दाउमा राखेर सहयोग गरेका नेता अरजुनरसिंह केसीलाई सरकारको नेतृत्व दिनेमा सभापति देउवा पुगेको एक थरी नेताहरुको बताउँछन्। त्यस्तै शेर बहादुर देउवालाई जस ... बाँकी अंश»

नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर छ : अध्यक्ष राणा

२०७३ श्रावण १६ आइतबार, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले स्थायी सरकार नभएका अवस्थामा बिदेशीले हेप्ने बताएका छन् । रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मुलुकमा स्थायी सरकार नभए र कमजोर हुँदा नेपालमाथि बिदेशी हस्तक्षेप हुने गरेको बताए ।   बिगतको सरकार छोटो छोटो समयका देखिएकाले यो सरकारको गठबन्धन अलि लामो समय सम्म टिक्न सक्ने भन्दै यो सरकारले स्थिर गठबन्धन बनाउने तर्फ ध्यान दिनु पर ... बाँकी अंश»

प्यूठानका १३ गाविसमा सञ्चार र विद्युत आपूर्ति बन्द

२०७३ श्रावण १६ आइतबार, प्यूठान । प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष मानबहादुर केसीले आफ्नो गाउँमा बाढी र पहिरोले पुर्‍याएको क्षति र उद्धारबारे जानकारी लिन घरमा फोन गर्न थालेको आजले पाँच दिन पुग्यो । तर उहाँको अहिलेसम्म घरमा सम्पर्क हुन सकेको छैन ।    “मेरा छिमेकीको पहिरोमा परी मृत्यु भएको र पहिरोले ठूलो मानवीय क्षति भएको समाचार सुनें,” दोहा कतारबाट अध्यक्ष केसीले भन्नुभयो – “सुरुमा मेरो परिवारको अवस्था के छ भन्ने थाहा पाउन नसकेर साह्रै मन अत्तालियो । प ... बाँकी अंश»

तीन दिन देखि अवरुद्ध मध्यपहाडि पुष्पलाल लोकमार्ग नखुल्दा यात्रीहरु मर्कोमा

२०७३ श्रावण १६ आइतबार, पाँचथर । अविरलको वर्षासँगै सडकमा झरेको ढुंगा र पहिरोका कारण तीन दिनदेखि अबरुद्ध मध्यपहाडी पुष्लोकमार्गको पाँचथर र तेह्रथुम खण्ड अझै खुल्न नसक्दा यात्रीहरु मर्कोमा परेका छन् ।   अविरल वर्षासँगै पाँचथरको फिदिम ५ सरखण्डे क्षेत्रमा मात्रै आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएकोले पहिरो पन्छाउन समय लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नावय उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।   पहिरो गएर सडक अवरुद्ध भएपछि तेह्रथुमको आठरा ... बाँकी अंश»

राष्ट्रपतिद्वारा सहमतीय सरकारका लागि पुनः मौखिक आग्रह

२०७३ श्रावण १६ आइतबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गरेकी छन्  ।    सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल तथा उपप्रध ... बाँकी अंश»

देउवाद्धारा नेतृ महालक्ष्मी (डिना) लाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

२०७३ श्रावण १६ आइतबार, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृ महालक्ष्मी (डिना) उपाध्यायलाई पार्टी विधानको दफा २२ को उपदफा ठ बमोजिम केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन ।   हालसम्म देउवाले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला गगन थापा लगायत  सुरूमा सात जना र पछि तीन जना गरी दस जना मनोनित गरिसकेका छन् । अब दलित, जनजाति र मुस्लिम कोटाबाट एक–एक जनासहित १० जनाको मनोनय गर्न बाँकी रहेको छ ।   पूर्व केन्द्रीय सदस्य एवं सांसद उपाध्याय ... बाँकी अंश»

भक्तपुरमा भूकम्पपीडितको पुनःसर्वेक्षण रोकियो

२०७३ श्रावण १६ आइतबार, भक्तपुर। भूकम्पपीडितको पुनःसर्वेक्षण लिने कार्य भक्तपुर नगरपालिकामा रोकिएको छ ।  भक्तपुरका अन्य नगरपालिकामध्ये नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपरथिमिमा लगत सङ्कलन तीव्ररु पमा भए पनि भक्तपुर नगरपालिकामा भने लगत सङ्कलन कार्य रोकिएको छ । जिल्लाका छ नगरपालिकामध्ये पाँचले भूकम्प प्रभावितको विगतमा सङ्कलन गरिएको नामावली र सूचना सार्वजनिक भएपछि आएका थप निवेदनसहितको नामावली पठाएर सहजीकरण गरेपछि ती नगरपालिकामा भने नौ द ... बाँकी अंश»

जनताले बक्राहा खोलाको बाँध बाँध्न थाले

२०७३ श्रावण १६ आइतबार, पथरी । हप्ता दिनअघि बक्राहा खोलाको बाढीले भत्काएको बाँध निर्माणमा मोरङको राजघाट–३ गंगटे क्षेत्रका सर्वसाधारण आफैँले बाँध निर्माण सुरु गरेका छन् ।    एक हप्ताअघि आएको बाढीले सो बाँध भत्काउँदा राजघाट–३ क्षेत्रको १५० मिटर जमिन कटान गरेको थियो । स्थानीयवासी अगुवा नारायण बस्नेतका अनुसार सरकारी निकायलाई बाँध निर्माणका लागि पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि गाउँले मिलेर तटबन्ध निर्माण सुरु गरेका हुन् ।    स्थानीय घलेश्वर राईका अनुसा ... बाँकी अंश»

म देश अघि बढाउँ कि कसैका पार्टीकाे साइनबोर्ड बचाइदिउँ : प्रम ओली

२०७३ श्रावण १५ शनिबार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिले सरकार बनाउने नाउँमा आफुलाई कसैले आफ्नो पार्टीको साइनबोर्ड जोगाउन विन्ति गरेको बताएका छन् ।    एभिन्यूज खरबरको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओलीले अहिले अर्कै खालको राजनीति गर्नेहरुको निद हराम भएको कटाक्ष गर्दै कसैले आफ्नो पार्टीको साइनबोर्ड जोगाउन भएपनि सहयोग गरिदिनु पर्‍याे भन्दै विन्ति विसाएको सुनाए । प्रधानमन्त्री ओलीले भने, ‘मलाई आजभोली हाम्रो पार्टीको साइनबोर्ड बचाइदिनुपर्‍या ... बाँकी अंश»

संविधान कार्यान्वयन सबै दल मिलेर : शेखर कोइराला

२०७३ श्रावण १५ शनिबार, नेपालगन्ज। नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान कार्यान्वयनको चुनौतीलाई सबै दल मिलेर पूरा गर्नुपर्ने बताएका छन् ।    नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ द्वारा आज कोहलपुरमा आयोजित ‘बिपी हिजो र आजको सन्दर्भ’ विचारगोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको लोकतन्त्रको सुदृढीकरण, राष्ट्रियताको जगेर्नामा बिपीवाद अहिले पनि त्यतिकै सान्दर्भिक रहेको बताए ।    कोइरालाले मुलुकको राजनीतिले सबैको हित गर्नुपर्ने बताउँदै एक ... बाँकी अंश»

नारायणकाजी पनि ओलीकै लयमा बगेपछि....

२०७३ श्रावण १५ शनिबार, काठमाडौं । नयाँ सरकारको दौडमा रहेको दल माओवादी केन्द्रका हेडक्वार्टर सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीकै भाषामा अबको संघीय निर्वाचनलाई प्रतिनिधि सभाबाट सुरु गर्नु पर्ने संकेत गरेका छन् ।    नारायण काजी झुक्किए वा सुरुमा स्थानीय तहको निर्वाचन हुन नसक्ने भन्ने प्रधानमन्त्री ओलीकै लयमा बगे । उनले गोरखा सेवा समाज केन्द्रले राजधानीमा गरेको कार्यक्रममा भने, ‘संविधान कार्यान्वयनको पहिलो मुख्य कार्यभार संघीय चुनाव (प्रतिनिध ... बाँकी अंश»

नयाँ