समाज

भारतीय पक्षले निर्माण गर्न लागेको नाला सशस्त्र प्रहरीले रोके

२०७३ असार ३१ शुक्रबार, गौशाला। महोत्तरी जिल्लासँगै जोडिएको भारत विहारको मधवापुरमा भारतीय पक्षबाट नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोकेका छन् ।    जिल्लाको मटिहानी गाविसमा अवस्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मधवापुर सहरमा भारतीय पक्षद्वारा नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोक्का गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुन्दर खड्काले बताउनुभयो ।  ... बाँकी अंश»

बस र ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २५ घाइते भएकामा पाँच गम्भीर

२०७३ असार ३१ शुक्रबार, परासी । नवलपरासीको चोरमारामा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।   दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको नवलपरासी प्रहरीले जनाएको छ ।   उनीहरुको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।   काठमाडौंबाट प्युठान जाँदै गरेको ना५ख ६२७४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको लु१ख ६७५१ ट्रक बिहान ठोक्किँदा दुर्घटना भएको हो ।    ... बाँकी अंश»

गुल्मीको बाझकटेरीमा एकको हत्या

२०७३ असार ३१ शुक्रबार, तम्घास । गुल्मीको बाझकटेरी गाविसमा गएराति एक जनाको हत्या भएको छ । बाझकटेरी–१ छहराका ५५ वर्षीय छत्रबहादुर सेन वलीको गएराति अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।    राति १ बजेतिर २ जनाको समूहमा आएका अज्ञात समूहले आफूलाई समस्या परेको बताउँदै ढोका खोल्न लगाई पैसा मागेको र पैसा छैन भनेपछि एक्कासि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।   हत्या गर्ने ... बाँकी अंश»

छोरी बलात्कार गर्ने यौनपिपासुलाई १८ वर्ष कैद

२०७३ असार ३१ शुक्रबार, बाबियाचौर । जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय र रु २५ हजार जरिवाना तिराउने फैसला गरेको छ ।    जिल्ला न्यायाधीश रामप्रसाद शर्माको बिहीबार बसेको इजलासले हाडनाता करणी गरेको अभियोग लागेका पाखापानी गाविसका ती व्यक्तिलाई सो सजायको फैसला सुनाएको हो ।    अदालतले गरेको फैसलाअनुसार निजलाई जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ वर्षकी आफ्नै छोरीलाई हाडनाता करणी गरेको विषयम ... बाँकी अंश»

श्रीमान्को मृत्युपछि श्रीमती नै बेपत्ता

२०७३ असार ३१ शुक्रबार, रामपुर । डेढगाउँ गाविस–७ तिरन्दी बस्ने धनमाया नेपाली गत सोमबारदेखि बेपत्ता छिन् । डेढगाउँ गाविस कार्यालयका पूर्व कार्यालय सहयोगी दलवीर नेपालीको गत असार १ गते मृत्यु भएपछि मानसिक रुपमा विचलित भएकी ६३ वर्षीया नेपाली बेपत्ता रहेको छोरी देवी परियारले बताइन् ।    असार २७ गते दिउँसो १ बजे घरबाट निस्किएकी धनमायाको खोजीका लागि परिवार, आफन्त, गाउँले र प्रहरीले खोजी कार्य गरिरहेका छन् ।    उनी हरियो टिसर्ट, हरियो कालो लुङ्गी, निलो पटुका र पहेँलो ... बाँकी अंश»

अदालतबाट करिब दुई हजार मुद्दा फछ्र्योट

२०७३ असार ३१ शुक्रबार, भद्रपुर । जिल्ला अदालत झापाले चालु आवमा एक हजार ९७९ थान मुद्दा फछ्र्योट गरेको जनाएको छ । जिल्ला अदालत झापाको सभाहलमा बिहीबार सञ्चारकर्मीको सक्षात्कार कार्यक्रममा अदालतका श्रेस्तादार नवराज आचार्यले सो जानकारी दिए । यसैगरी, देवानीतर्फ ३६० थान मुद्दामा २१५ थान मुद्दा फछ्र्योट भएका छन् । अदालतले सो अवधिमा दुई हजार ६४३ थान मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो ।    जिल्ला अदालतले फौजदारी मुद्दातर्फ छ हजार ६६९ वर्ष आठ महिना सात दिन कैदान भुक् ... बाँकी अंश»

परम्परा धान्न मात्रै सार्वजनिक सुनुवाइ

२०७३ असार ३१ शुक्रबार, भक्तपुर । आर्थिक वर्षको अन्तिममा जिल्ला विकास समिति भक्तपुरले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यालयका प्रमुखको नै उपस्थिति नभए पछि सहभागीले चर्को आलोचना गरेका छन् ।    जिविसको सार्वजनिक सुनुवाइमा जिल्लाका सबै कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र छवटा नगरपालिकाका आमनागरिकको उपस्थिति हुनुपर्नेमा जम्मा ८८ जनाको मात्रै उपस्थिति रहेको थियो ।    कार्यक्रममा सहभागी नागरिकमध्येबाट १२ जनाले राखेको गुनासो प ... बाँकी अंश»

एमालेले ओलीलाई राजीनामा नगर्न भन्यो

२०७३ असार ३० बिहिबार, काठमाडौ‌ । सत्ताधारी एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी गराए ।    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहजतापूर्वक परिस्थितिलाई सामना गर्न तयार रहन सांसदलाई निर्देशन समेत दिएको सचेतक ढकालले जानकारी गराए ।     ‘प्रधानमन्त्री ... बाँकी अंश»

यसरी लुटेछन् राज्यकोषको रकम श्रम मन्त्री र सचिवले

२०७३ असार ३० बिहिबार, काठमाडौं । केही दिन अघि सरकारी निकायमा आइएनजिओको पैंसाले विदेश सयर गर्नेहरुको चर्चा आएको थियो । पूर्व मुख्य सचिव लिलामणी पौड्यालले सो चर्चाबारे टिप्पणी गर्दै आफ्नो पालामा कुनै सचिव वा कर्मचारीलाई विदेश सयर गर्न नदिएको सुनाएका थिए । सो चर्चा सेलाउन नपाउँदैं मन्त्रीले नै राज्य कोषलाई ठगेको रहस्योद्घाटन भएको छ ।    नामै श्रम मन्त्री । सोझो हिसावमा भन्ने हो भने श्रम नगरी कहाँ पैंसा खाए होलान् भन्ने बुझ्दा हुन् सबैले । यद्यपि, श्रम मन्त्री दिपक ब ... बाँकी अंश»

पौडेलले गरे एमालेले प्रम बन्न गरेको प्रस्ताव अस्वीकार

२०७३ असार ३० बिहिबार, काठमाडौँ । नेकपा (एमाले)का तर्फबाट प्रधानमन्त्री बन्नका लागि आएको प्रस्तावलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गरेका छन् ।    एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि राखेको  प्रस्तावलाई वरिष्ठ नेता पौडेलले अस्विकार गरेका हुन् । “पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ, म पार्टी निर्णयभन्दा बाहिर जान सक्दिन”&nd ... बाँकी अंश»

सहयोगको यचना गर्दै मृगौला पीडित केशबहादुर

२०७३ असार ३० बिहिबार, काठमाडौं । तनहुँको शुक्लागण्डकी–५ खैरेनीटार का मृगौला रोगबाट पीडित केशबहादुर आलेले सहयोगको लागि सबैसँग याचना गरेका छन । आफ्नो दुवै मृगौला खराब भएर नयाँ प्रत्यारोपण गराएपनि नियमित रुपमा उपचार गरिरहनुपर्ने र आर्थिक आम्दानीको स्रोत केही नभएपछि उनले सहयोगको याचना गरेका हुन ।   २५ वर्षिय आले एक वर्ष अघि वैदेशिक रोजगारीका शिलशिलामा कतारमा रहँदा समस्या देखा परेको र दुवै मृगौला खराब भएका कारण केही समय उपचार गराएर स्वदेश फर्केका थिए । स्वदेश फर्के ... बाँकी अंश»

सरकार ढल्दा सिँगो मधेशमा खुशी छाएको छ :लक्ष्मणलाल कर्ण

२०७३ असार ३० बिहिबार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले मोर्चा प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘ केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौं, मधेशी मर्दा आँप झर्‍यो भन्ने सरकार ढल्दा सिँगो मधेश यतिवेला खुशी छ, म भर्खरै मधेशबाट आएको छु, सरकार ढलेकोमा मधेशीहरु खुशीयाली मनाईरहका छ ... बाँकी अंश»

पदको दुरुपयोग : टेण्डर भैसकेको ‘फेरी’को निर्णय उल्ट्याउँदै संचारमन्त्री

२०७३ असार ३० बिहिबार, काठमाडौं । भोजपुरको दिङला र संखुवासभाको खाँदबारी जोड्ने अरुण नदि स्थित कात्तिके घाटका लागी टेण्डर प्रक्रिया पूरा भै कार्यान्वयनको चरणमा रहेको फेरी संचार मन्त्री शेरधन राईले सडक विभागमा अनावश्यक दबाब दिएर रोक्न खोजेका छन् ।    लेगुवा घाटमा रहेको प्रयोग विहिन फेरीलाई कात्तिके घाटमा लैजानका लागि सबै प्रक्रिया पुरा गरिसकेको अवस्थामा व्यत्तिगत रिसिइवीका आधारमा मन्त्री राईले आफ्नो पदको दुरुपयोग गर्दै सुनबालुवा लान सडक विभागका कर्मचारीलाई द ... बाँकी अंश»

नेपालले विश्वलाई शान्तिको पाठ सिकायो : प्रम ओली

२०७३ असार ३० बिहिबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मभूमि नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको बताएका छन् ।    धर्मकीर्ति विहार नघलका अध्यक्ष भिक्षुणी धम्मवतीको ८३औँ जन्मोत्सवका अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वलाई शान्तिको सन्देश दिनुका साथै विश्व बन्धुत्व, भ्रातृत्व र मानव जातीको सर्वोपरी कल्याणको उपाय बुद्धले सिकाएको उल्लेख गरे ।    उनले भने, ‘बुद्धले हामीलाई शान्तिको मार्गदर्शन गर्नुभएको छ । त्यसकारण हामील ... बाँकी अंश»

कसले गर्ला जननेता भण्डारीको पुख्र्यौली घरको मर्मत, सम्भार

२०७३ असार ३० बिहिबार, ताप्लेजुङ। नेपाली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता मदन भण्डारीका नाममा थुप्रै सङ्घसंस्था खुलेका छन् । भण्डारीकै नाम जोडेर खोलिएका विभिन्न सङ्घसंस्थाले क्रियाशील रहँदै नाम र चर्चा पनि कमाएका छन् । नेता भण्डारीकै राजनीतिक सिद्धान्तलाई पछ्याएको पार्टी नेकपा (एमाले) वर्तमान सरकारको नेतृत्वकर्ता पनि हो ।    यति मात्रै हैन स्व. नेता भण्डारीकै धर्मपत्नी विद्यादेवी भण्डारी वर्तमान राष्ट्रपति हुन् । तर तिनै स्व. नेता भण्डारीको जन्मघर एवम् त्य ... बाँकी अंश»

फोहर पानी पिउँदै उपत्यकावासी, प्रमुख प्रशोधन केन्द्रका यन्त्र बिग्रिए

२०७३ असार ३० बिहिबार, काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले तीन वर्षअघि पानी प्रशोधनका लागि जडान गरेको यन्त्र एक महिनामै बिग्रियो ।    यन्त्रले एक महिनाभन्दा बढी काम नगर्दा उपभोक्तालाई हातैले पानी प्रशोधन गरेर वितरण गर्न बाध्य हुनुपरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । तीन वर्षअघि निर्देशनालयले जडान गरेको यन्त्र एक महिना चलेर बन्द भएपछि अहिले हातैले पानी प्रशोधनका प्रक्रिया पूरा गर्नुपरेको प्रशोधन केन ... बाँकी अंश»

आफुले दिएको निर्देशन पालना नगर्नेलाई हटाईदिने पर्यटनमन्त्रीको उर्दी

२०७३ असार ३० बिहिबार, काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मन्त्रालयमा रहँदासम्म पर्यटनको विकास र हितमा काम गरिरहने दृढता व्यक्त गरेका छन् । नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर युनियन (यूनिट्राभ) एयरपोर्ट इलाका कमिटीद्धारा आयोजित एयरपोर्ट क्षेत्र विकास, सुधारका साथै सामाजिक सुरक्षा सम्बन्धी अन्तक्रियामा मन्त्री पोखरेलले मन्त्रीलाई नटेर्नेहरुलाई हटाईदिने चेतावनी दिए ।    उनले भने, ʽ बाहिर जति हल्ला भएपनि ... बाँकी अंश»

पर्यटन विश्राम स्थल तथा पदमार्ग निर्माण लुकेको थामको डाँडा पर्यटकको गन्तव्य बन्दै

२०७३ असार ३० बिहिबार, स्याङ्जा। स्याङ्जा जिल्ला आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो । जिल्लाको मध्यभागबाट बग्ने आधीखोला र मुलुककै पुरानो सिद्धार्थ राजमार्ग समेत मध्यभाग हुदै गएकाले पनि जिल्लालाई थप सुन्दरता दिन सफल भएको  छ ।     भौगोलिक अवस्थाले पनि जिल्लाभित्र लुकेको पर्यटकीय क्षेत्रको खोजी नहुदा त्यस्ता क्षेत्र कति लुकेका छन् भने कति क्षेत्रलाई पर्यटनको गन्तव्यका रुपमा विकसित हुन थालेका छन् । जसका कारण स्याङ्जा धार्मिक, साँस्कृति, कृषि तथा जलस ... बाँकी अंश»

एमाले पर्यटन विभागको सचिवमा रिजाल

२०७३ असार ३० बिहिबार, काठमाडौ । नेकपा एमाले पर्यटन प्रवद्र्धन विभागको सचिवमा वरिष्ठ व्यवसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् ।    दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष एवं ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष हुन् ।    विद्यार्थी राजनीतिबाट माथि उठेका रिजाल यसअघि नेकपा एमाले उद्योग व्यवसाय विभागको सदस्य थिए । वुधबार नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित विभागको पहिलो बैठकल ... बाँकी अंश»

पालै–पालो बालिका बलात्कार गर्ने तीन जना पक्राउ

२०७३ असार ३० बिहिबार, राजविराज । ललाइफकाई ५०० रुपैंया दिएर एक १५ वर्षीया बालिकालाई बलात्कार गर्ने तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।    सप्तरीको कञ्चरुप नगरपालिका–५ स्थित बेरियरबाट सामान किनेर आफ्नो घर जाँदै गरेकी एक १५ वर्षीया बालिकालाई सोही नगरपालिका बस्ने ३५ वर्षीय वलदेव सरदारले उक्त बालिकालाई ५०० सय रुपैंया दिन्छु भनी ललाइफकाई कञ्चरुप नगरपालिका–३ स्थित सडकदेखि दक्षिणपट्टिको एक सय मिटर दूरीमा झाडीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।  ... बाँकी अंश»

नयाँ