समाज

अधिकारी हत्या मुद्दाको साक्षी बकपत्र सुरु

२०७३ बैशाख ५ आइतबार, चितवन। गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्र आजदेखि जिल्ला अदालत चितवनमा सुरु भएको छ।   अपराह्न १२:३० बजेदेखि वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु गरिएको अदालतनका स्रेस्तेदार विद्याराज पौडेलले बताए। सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको बकुलहर आएका बेला कृष्णप्रसादलाई अपहरण गरेर हत्या गरिएको थियो। फुजेल–७ का अधिकारीमाथि जिल्ला अदालत चितवनमा कर्तव्यज्या ... बाँकी अंश»

नेविसंघले नेपालको संविधान सगरमाथा पुर्‍याउने

२०७३ बैशाख ५ आइतबार, काठमाडौ। नेपाल विद्यार्थी संघले आफ्नो ४६ औं जन्मजयन्तीको अवसरमा संगठनको झण्डा, नेपालको राष्ट्रिय झण्डा र संविधानसभाले जारी गरेको नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याउने भएको छ।    आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन गरे पर्सिबाट सगरमाथाको आरोहण सुरु गर्न लागेका झापा, धुलाबारी क्याम्पसका विद्यार्थी अनिष लुईटेलले ति सामग्री सगरमाथाको चुचुरोमा पुर्‍याउने जानकारी दिईयो।   पत्रकार सम्मेलनमा संघ ... बाँकी अंश»

मदन–आश्रित पत्रकारिता पुरस्कार चयन समिति गठन

२०७३ बैशाख ५ आइतबार, काठमाडौँ। नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित मदन–आश्रित पत्रकारिता पुरस्कार चयनका लागि साहित्यकार तथा पत्रकार नारायण ढकालको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ।   प्रत्येक जेठ ३ गते (मदन–आश्रित स्मृति दिवस)को सन्दर्भमा वितरण गरिने पुरस्कार चयनका लागि ढकालको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले र साहित्यकार वासुदेव अधिकारी सदस्य रहेको समिति गठन गरिएको हो। पुरस्कारको राशि रु पचास हजार छ।   ... बाँकी अंश»

प्रधानमन्त्री पछि एमाले सचिव ज्ञवाली चीन गए

२०७३ बैशाख ५ आइतबार, काठमाडौँ। चीनको छेन्दुस्थित सिचुवान विश्वविद्यालयको निमन्त्रणामा प्राज्ञिक आदानप्रदानका लागि नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।   एमालेको केन्द्रीय स्कुल विभागले सञ्चालन गर्ने पार्टी स्कुलको कार्यालयसमेत रहेको तुल्लीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीसहित सो टोली चीन प्रस्थान गरेको हो। गत महिना चीनको औपचारिक भ्रमणका समयमा प्रधानमन्त्री, पार्टी अध्यक्ष एवम् पार्टीका स्कु ... बाँकी अंश»

नेविसंघले भन्यो, ‘स्ववियु निर्वाचन प्रत्यक्ष निर्वाचनमार्फत हुनु पर्छ’

२०७३ बैशाख ४ शनिबार, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै हुनुपर्ने माग गर्दै त्रिवि सभासमक्ष ध्यानाकर्षण पत्र दर्ता गराएको छ । स्ववियु निर्वाचन प्रत्यक्ष प्रणालीमा हुनुपर्ने र उमेरको हदसमेत लागू हुनु नहुने मागसहित युनियनले सभासमक्ष बिहीबार ध्यानाकर्षण पत्र दर्ता गराएको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।    त्रिविले मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन अघि बढाउन खोजे ... बाँकी अंश»

सहमतिको सरकार ओलीको नेतृत्वमा बन्न नसके हामी छौ : खनाल

२०७३ बैशाख ४ शनिबार, काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले भित्र पार्टीको नवौ महाधिवेशनको धङधङ्गी अझै नसकिएको बताएका छन । पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवारै पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्र कुनै गुट नरहेको दावी गरेकै दिन रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा खनालले भने, पार्टीको नवौ महाधिवेशनमा दुई गुट बनाएर चुनाव लडेको धङधङ्गी अझै मेटिसकेको छैन । तर ... बाँकी अंश»

पाथिभरा देवीको उत्पती बारे नाटक मञ्चन

२०७३ बैशाख ४ शनिबार, पाँचथर। पूर्वको ताप्लेजुङमा अवस्थीत पाथिभरा देवीको उत्पती कसरि भयो भन्ने बारे नाटक मञ्चन गरिएको छ। पाँचथरको फिदिममा मञ्चन गरीएको सो नाटक चेतना नाट्य समुहका कलाकारहरुले प्रस्तुत गरेका हुन्।    डा. देवि क्षेत्री दुलालले रचना गर्नुभएको सो नाटकमा ताप्लेजुङका माथिल्लो क्षेत्रका जीवनशेलीलाई उजागर गरिएको छ।   पाथिभरा देवीको उत्पती हुनुपूर्व त्यहाँका गुरुङ सेर्पा समुदायले जीवीको पार्जनको श्रोत भेडी गोठ लोप हुने जस्ता कष्टहरु भोग्नु परेको ... बाँकी अंश»

स्थानीय निर्वाचनको तयारीमा जुट्न एमालेको आह्वान

२०७३ बैशाख ३ शुक्रबार, काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको आज सम्पन्न छैटौँ बैठकले स्थानीय निर्वाचनको तत्काल मिति तोक्न, त्यसका लागि तत्पर हुन सबै राजनीतिक दल र आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । बैठकले पारित गरेका समसामयिक १९ बुँदे प्रस्तावमा राजनीतिक स्थायित्वकासाथ तीव्र्र आर्थिक विकास तथा समृद्धिको चाहना पूरा गर्न सरकारलाई जनभावनाअनुरूप प्रभावकारी ढङ्गले अगाडि बढाउन र सबै पक्षलाई सहकार्य र सहमतिको मार्गमा अग्रसर हुन पनि आह्वान गरेको छ ।    छ दिनअ ... बाँकी अंश»

हनुमानढोका पुर्‍याइयो सेतो मच्छिन्द्रनाथको रथ

२०७३ बैशाख ३ शुक्रबार, काठमाडौँ । बिहीबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आज हनुमानढोका पुर्‍याइएको छ । प्रत्येक वर्ष चैतेदसैँका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थानीय जनबहाल, इन्द्रचोक, मखन हुँदै आज रामनवमीको दिन हनुमानढोका पुर्‍याइएको हो । स्थानीय जनबहालमा रथ पुर्‍याउँदा स्थानीयवासीले रथलाई केही बेर रोकेर विशेष पूजासमेत गरी प्रसाद वितरण गरेका थिए ।    रथलाई आज हनुमानढोकामा नै राखिने पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिए ... बाँकी अंश»

चीनसामु नाक्चेनाङ्ला खोल्ने प्रस्ताव राख्छु : अध्यक्ष दाहाल

२०७३ बैशाख ३ शुक्रबार, जुम्ला । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणका बेला आफूले नाक्चेनाङ्ला नाका खोल्ने प्रस्ताव अघि सार्ने बताएका छन् । मुलुकको ऐतिहासिक थलो जुम्लाको सिंजाको नराकोट गाविसमा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्णाली प्रदेशको समृद्धि र विकासका लागि नाक्चेनाङ्ला खोल्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए।    “म आज नेपाली भाषाको उद्गमस्थल सिंजामा आइपुगेको छु, यहाँको कला, संस्कृति र खस सभ्यताको संरक्षणका ला ... बाँकी अंश»

अग्नि पीडितलाई राहत बाँड्न सिन्धुली पुग्यो नयाँ शक्ति

२०७३ बैशाख ३ शुक्रबार, सिन्धुली । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका कार्यकर्ताहरु अग्नि पीडितलाई रात बाँड्न सिन्धुली पुगेका छन् । गएको शुक्रबार आगलागीबाट घरवार गुमाएका जिल्लाको भुवनेश्वरी गाविस स्थित दलित बस्तिका अग्नी पीडितहरुलाई नयाँ शक्ति नेपालले राहत सामाग्री वितरण गरेको हो । आगलागीपछि खान र बस्नको समस्या भएको समाचारहरु विभिन्न सञ्चार माध्ययममा आएपछि नयाँ शक्ति नेपालले काठमाडौंबाट ल्याएको राहत समाग्री विहिबार वितरण गरेको छ ।    आगलागीले ध्वस ... बाँकी अंश»

फोटोजर्नालिस्ट क्लबको अध्यक्षमा कार्की

२०७३ बैशाख ३ शुक्रबार, काठमाडौ ।  नेपालमा रहेका बिभिन्न आमसंचार माध्यममा कार्यरत फोटोपत्रकारहरुको छाता संगठन फोटोजर्नालिस्ट क्लब (पिजे क्लब) नेपालले नयाँ कार्यसमिती चयन गरेको छ  । फोटोपत्रकार क्लब नेपालको सातौं बार्षिक साधारण सभाले सर्बसम्मत नयाँ कार्यसमिती चयन गरेको हो ।   फोटोजर्नालिस्ट क्लबले अन्नपूर्ण दैनिकका डेपुटी फोटो सम्पादक बिकास कार्कीलाई २ बर्ष कार्यकालको लागि  अध्यक्षमा निर्बाचित गरेको हो साथै कार्यसमितीको उपाध्यक्षमा कारोबार दैनिकका फोटोपत ... बाँकी अंश»

मान्छेलाई जस्तै माटोलाई पनि रोग

२०७३ बैशाख ३ शुक्रबार, बर्दिया । मानिसको खानपान विग्रिएपछि कुनै न कुनै रोग लाग्छ भन्ने कुरा सामान्य भैसकेको छ । तर माटोलाई पनि मानिसलाई जस्तै रोग लाग्छ भन्ने कुरा आश्चर्य हुन सक्छ । हिजोआज रासायनिक मल र कृषिमा भएको आधुनिकता सँगै माटोमा पनि ग्याष्ट्रिक, सुकेनास, डाईरिया लगायतका रोग देखिन थालेका छन् ।    पृथ्वीमा तिन भाग पानी र एकभाग माटोको मात्रा रहेको हुन्छ । माटोमै मानिसहरु विकास निर्माणका संरचना निर्माण गर्ने गरेको पाईन्छ । मानव सभ्यताको विकास सँगै कृषि युगदेखि न ... बाँकी अंश»

मृतक भनिएका चालक दुईदिनपछि सम्पर्कमा

२०७३ बैशाख ३ शुक्रबार, दाङ। दाङको तुलसीपुर–१ को राम्रीमा बुधबार साँझ लु२त २५५८ नं को ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको भनिएका चालक दुईदिनपछि अस्पतालमा आएका छन् । घाइते अवस्थामा उनी आज बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका लागि आएका हुन् । दुर्घटनामा परी ट्र्याक्टर चालक रोल्पा कोटगाउँ–१ का रामचन्द्र घर्ती र सहचालक सोही ठाउँ निवासी सुनिल पुनको मृत्यु भएको प्रहरीले भने पनि दुर्घटनामा चालकको मृत्यु नभएको बताएको छ ।    बुधबार राति १० बजे रोल्पाको लिवाङबाट तुल् ... बाँकी अंश»

‘काँग्रेस जिम्मेवार प्रतिपक्ष’

२०७३ बैशाख ३ शुक्रबार, चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । काँग्रेस क्षेत्र नं ४ चितवनले आज फूलबारीमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा कोइरालाले हतारमा पार्टी सरकारमा जान नहुने बताए ।    मधेसमा देखिएको समस्या समाधान नहुँदै सरकारमा जाँदा काँग्रेसलाई दीर्घकालीन असर पर्ने बताउँदै कोइरालाले काँग्रेसको अगुवाइमा तराईका समस्या समाधान गर्नुपर्नेम ... बाँकी अंश»

नेपाली काँग्रेसका नेता भोजराज खनालको निधन

२०७३ बैशाख ३ शुक्रबार, काठमाडौँ। तनहुँ निवासी नेपाली काँग्रेसका नेता एवम् समाजसेवी भोजराज खनालको ८० वर्षको उमेरमा आज बिहान निधन भएको छ।   दमको रोगबाट पीडित खनालको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको पार्थिव शरीरमा नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको चारतारे झन्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए।   स्व खनालका श्रीमती, दुई छोरा र तीन छोरी छन्। उनको आजै अन्त्येष्टि गरिएको छ। रासस  ... बाँकी अंश»

‘वान् म्यान वान् भोट’को व्यवस्था नभए सम्म आवधिक निर्वाचन हुन दिदैनौं

२०७३ बैशाख २ बिहिबार, काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्कालिन संविधान सभाले गठन गरेको राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगको सुझावमा आएको १० प्रदेशकै अवधारणा वैज्ञानिक भन्दै सोही आधारमा राज्य पुनःसंरचना हुनुपर्ने निष्कर्ष निकालेको छ ।    मोर्चाका सवै घटकको विहिबार संघीय समाजवादी फोरमको कार्यालयमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा सहभागि तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले हाम्राकुरासंग ... बाँकी अंश»

राष्ट्रिय सरकार बनाउने पहलकदमी लिन्छु : अध्यक्ष दाहाल

२०७३ बैशाख २ बिहिबार, मुगु । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान घोषणा भएसँगै नेपाली काँग्रेस सत्ता बाहिर रहँदा संविधान कार्यान्वयनमा कठिनाइ आएको बताएका छन् । एमाओवादीले आज गमगढीमा आयोजना गरेको बृहद जनसभालाई सम्बोधन गर्दै दाहालले भने, “संविधान घोषणा हुनुअघि नेकपा (एमाले)को नेतृत्वमा बन्ने सरकारमा प्रमुख दल सहभागी हुने समझदारी भए पनि काँग्रेस वर्तमान सरकारमा नहुँदा संविधान कार्यन्वयनमा कठिनाइ भएको छ ।”    स्व गिरिजाप्रसाद कोइरालको निध ... बाँकी अंश»

‘कार्यवाहक राजदूत शर्मालाई छुरा प्रहार गर्ने व्यक्ति एक्लै थिए’(अपडेट)

२०७३ बैशाख २ बिहिबार, काठमाडौं । साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूतावासको कार्यकक्षमै छुरा प्रहार भएको छ । साउदीको रियादस्थित नेपाली राजदूतावासको कार्यकक्षमा छुरा प्रहार भएको बताइएको छ । छुरा प्रहारले गम्भीर घाइते भएका शर्माको किङ्ग फइसल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।    कार्यवाहक राजदूत शर्माकाे स्वास्थ्यवस्था खतरामुक्त रहेको र छुरा हान्ने नेपालीलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको छ । केही समय देखि दूतावासको स ... बाँकी अंश»

कांग्रेस नेतालाई आक्रमण गर्ने वाइसीएल कार्यकर्तालाई चेतावनी (विज्ञप्तीसहित)

२०७३ बैशाख २ बिहिबार, काठमाडौं । नेपाली कांग्रेस रुकुमका जिल्ला सचिव भीमबहादुर खड्कालाई वाइसीएल कार्यकर्ताले गरेको आक्रमणको निन्दा गर्दै नेपाली कांग्रेसले घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ ।    खड्कालाई बुधबार अपरान्ह कार्यक्रममा बोलिरहेका बेला एमाओवादी निकट भ्रातृ संगठन वाइसीएल कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थिए । खड्का मयूर युवा क्लबले आयोजना गरेको रुघाको सिमुरतुमा क्लबको वार्षिक उत्सव तथा वृहत खेलकुद कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बो ... बाँकी अंश»

नयाँ