समाज

‘भर्जिन’ ताल अब ‘हनिमुन लेक’ बन्ने

२०७३ श्रावण २७ बिहिबार, पोखरा। सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नं ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ। विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले उत्कृष्ट गन्तव्य मानिन्छ । घुमफिरका लागि नव विवाहित जोडीको छनोटमा पार्ने किसिमले अब यस तालको प्रवद्र्धन गर्न लागिएको छ। दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेका अनुसार यो तालले कुल ६६८ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफल ओगटेको ... बाँकी अंश»

गाविस टुक्रयाएको भन्दै पाँचथरको भारपाका स्थानियवासी आक्रोशित

२०७३ श्रावण २७ बिहिबार, पाँचथर । गाँउ र नगरपालिका बनाउने क्रममा गाविस टुक्रयाएको भन्दै पाँचथरको भारपाका स्थानियवासी आक्रोशित बनेका छन् । भारपाका १ देखि ५ नम्वर सम्मका वडाहरुहरुलाई टुक्रयाएर प्रस्तावित फालेलुङ गाँउ पालिकामा समावेश गर्न खोजेको भन्दै उनीहरुले आज स्थानिय विकाश अधिकारीलाई ज्ञापनपत्र समेत वुझाएका छन् ।   हालै सम्पन्न पुर्नसंरचना सम्वन्धि छलफलका क्रममा जिल्ला स्तरीय प्राविधिक समिति र राजनैतिक दलको संयुक्त भेलाले भारपाका १५ देखि ५ नम्वर सम्मका वडाला ... बाँकी अंश»

जोखिम मोलेरै प्रधानमन्त्री भएको हुँ : प्रम दाहाल

२०७३ श्रावण २७ बिहिबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनउत्तरदायी शासन र सार्वजनिक सेवालाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।    दाहालले भने , “राज्यका संरचनाबाट प्राप्त हुने सेवाप्रति जनतामा सर्वत्र नकारात्मकता बढ्दै गएको छ, यस्तो अवस्थालाई चिर्न शासन र सार्वजनिक सेवालाई जनउत्तरदायी बनाउन सबैको ध्यान जान जरुरी छ ।”    राष्ट्रिय सतर्कता केन्द्रको १४ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम दा ... बाँकी अंश»

पेस्तोलसहित चौधरी पक्राउ

२०७३ श्रावण २७ बिहिबार, धनगढी । कैलाली जिल्लाको दक्षिणी क्षेत्रको पवेरा गाविस– ६ का ओमप्रकाश चौधरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।    निजलाई एक नाल कटुवा पेस्तोल तथा यसमा लाग्ने गोली चार राउण्ड र ‘थ्रि नट थ्रि’ राईफलमा प्रयोग हुने दुई राउण्ड गोलीसहित मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    निजको घरमा हातहतियार खरखजाना रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट गएको टोलीले घरमा खानतलासी गर्दा उक्त हत ... बाँकी अंश»

सडक दुर्घटनापछि आन्दोलन : यातायात अवरुद्ध, ४ दिन सम्म शव उठेन

२०७३ श्रावण २७ बिहिबार, डोटी । सुदूरपश्चिम यातायात समिति र पीडितपक्षबीच आर्थिक सहायताको विषयमा कुरा नमिल्दा स्थानयीले सडक अवरुद्ध पारेका छन् ।    सुदूरपश्चिम यातायात समितिका कुनै पनि सवारी साधनहरु डोटीको पूर्वीचौकी भएर जाने सडकमा चल्न नदिने बन्द कर्ताहरुले बताएका छन् । सो क्षेत्र हुँदै अछाम, बाजुरा सम्म सवारी सञ्चालन हुने गर्दछन् ।     सुदूरपश्चिम यातायात समिति र पीडितपक्षबीच समझदारी नहुँदा गैरागाउँ तथा त्यस क्षेत्रका स्थानीयहरुले सडक अबरुद्ध गरेका थिए । ... बाँकी अंश»

वन विज्ञान संकायको साझा उम्मेदवार भट्ट

२०७३ श्रावण २७ बिहिबार, काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनमा वन विज्ञान संकायको प्रतिनिधित्व गर्दै निरज बाबु भट्टले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। वन विज्ञानका विद्यार्थीहरुको सोमबार बसेको बैठकले उनलाई उक्त संकायको साझा उम्मेदवारको रुपमा प्राविधिक तर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो।    वन विज्ञान संकायले ने.वि.संघको केन्द्रीय समितिमा अहिलेसम्म प्रतिनिधित्व गरेको छैन। अघिल्ला अधिवेशनहरुमा कि त इन् ... बाँकी अंश»

पोखराका विशाल नेविसंघमा केन्द्रीय सदस्यका उमेद्वार

२०७३ श्रावण २७ बिहिबार, काठमाडौं। नेविसंघको ११ राष्ट्रिय महाधिवेशन आईबारदेखि सुरु भएको छ। नौ वर्षसम्म आयोजना हुन नसकेको महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो। मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घको यो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ।     नेपाली काँग्रेस र नेपाली काँग्रेस ‘प्रजातान्त्रिक’को एकीकरणपछि विसं २०६४ देखि हुन नसकेको नेविसङ्घको यस महाधिवेशनमा ... बाँकी अंश»

सुर्खेतमा बस दुर्घटना, २८ घाइते

२०७३ श्रावण २७ बिहिबार, सुर्खेत । सुर्खेतमा यात्रु बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था चिन्ताजनक छ । सुर्खेतको थिमिकाँडाबाट सदुमुकाम विरेन्द्रनगर जाँदै गरको ना २ ख ५५६९ नम्बरको बस दुर्घटना भएको हो ।   विरेन्द्रनगर नगरपालिका ७ नजिकै रहेको बटुका पीपलचौतारामा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।    ब्रेक फेल भएपछि बस दुर्घटना भएको प्रारम्भिक जानकारी आएपनि घटनाको थप विवरण आउन बाँकीरहेको ... बाँकी अंश»

सिकारका लागि राखिएका तीनवटा क्यामेरा जङ्गलमा फेला

२०७३ श्रावण २७ बिहिबार, रामपुर (पाल्पा)। साँखर गाविसको सामुदायिक वनमा अज्ञात समूहले राखेका तीनवटा क्यामेरा फेला परेका छन्।   साँखर–८ मा रहेको सोहर्दी सामुदायिक वनको सालको रुखको हाँगामा बाँधेर राखिएको अवस्थामा क्यामेरा मङ्गलबार फेला परेको हो भने थप दुईवटा क्यामेरा बुधबार फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।   दुईवटा क्यामेरा साँखर–८ कै जंगलमा रुखमा भेटिएको हो। पहिलो क्यामेरा भेटिएको स्थानमा क्यामेरा राख्ने क्रममा तीनजनालाई स्थानीयवासीले भ ... बाँकी अंश»

नेविसंघ महाधिवेशनः अपाङ्ग महिलालाई अगाडि सार्न मेरो दावेदारी–कल्पना खड्का

२०७३ श्रावण २७ बिहिबार, काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघको शनिबार नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । त्यसमा समावेशीको अपाङ्ग छात्रातर्फ केन्द्रीय सदस्यमा उठ्दै छिन् कल्पना खड्का । पद्मकन्या क्याम्पस बागबजारबाट समाजशास्त्रमा स्नातकोत्तर कल्पना पिके क्याम्पस स्ववियु सदस्य पनि हुन् ।   उनको स्पष्ट धारणा छ –‘राष्ट्रिय राजनीतिमा आउन समावेशी छानेकी हुँ । अहिले समावेशीबाटै पाइला टेक्छु । अर्को पटक महामन्त्रीमा उठ्ने हो ।’ २७ वर्षे कल्पनाले भनिन् ‘अपा ... बाँकी अंश»

१९ नेपालीलाई भारतमा मुद्दा, सुस्ताबासी असुरक्षित

२०७३ श्रावण २७ बिहिबार, नवलपरासी । नवलपरासीको सुस्ताका १९ जना सर्वसाधारण नेपाली भारत जान असुरक्षित भएका छन् । भारतमा भएको एक हत्याको अभियोगमा सुस्ताका सार्वसाधारणलाई भारतीय प्रहरीले मुद्दा दर्ता गरेपछि उनीहरु भारत जान असुरक्षित बनेका हुन् ।    सुस्तामा बस्दै आएका २८ वर्षीय प्रभू लोनियाको गत असार १४ गते भारतीय भूमिमा सुस्ताबाट करिब ५० किमी टाढा रहस्यमय तरिकाले हत्या भएको थियो । सो हत्याको आरोपमा भारतीय प्रहरीले उनीहरुमाथिसमेत मुद्दा दर्ता गरेको छ ।    मुद्द ... बाँकी अंश»

लोडसेडिङको तालिका घट्यो, हप्तामा साढे ४८ घण्टासम्म

२०७३ श्रावण २७ बिहिबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ । बर्खामास लोडसेडिङ नै नहुनुपर्नेमा प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी मुस्किलले साढे ४८ घण्टासम्म झारेको छ ।   यसअघि प्राधिकरणले ६३ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।   नयाँ तालिका अनुसार एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा लोडसेडिङ हुनेछ ।   ... बाँकी अंश»

फेवातालमा बेपत्ता दुई जनाको शव फेला

२०७३ श्रावण २७ बिहिबार, पोखरा । पोखराको फेवातालमा सोमबार साँझ डुङ्गा पल्टिदा बेपत्ता भएका दुई जनाको शव चार दिनपछि भेटिएको छ । डुङ्गा पल्टिएकै दिनदेखि बेपत्ताको खोजी गरिएपनि विहीबार बिहान उनीहरूको शव भेटिएको हो ।   डुङ्गा पल्टिएर वेपत्ता भएका काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठ र काठमाडौं बसुन्धराका २३ वर्षीय एलिन केसीको शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।   प्रहरी, सशस्त्र प्रहरी र माझीको टोली ... बाँकी अंश»

अज्ञात रोग देखिएपछि विद्यालय बन्द

२०७३ श्रावण २७ बिहिबार, बैतडी । विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ ।    कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । मङ्गलबार तीनजना छात्रा एक्कासि बेहोस भएकामा बुधबार १५ जनाजति छात्रा बेहोस भएको स्थानीयवासी अभिभावक दिनेश सिंहले जानकारी दिए ।   एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्, उनले भने – “छात्राहरुमा अनौठो ... बाँकी अंश»

तीन हजारलाई अपाङ्गता परिचयपत्र

२०७३ श्रावण २७ बिहिबार, पाल्पा । पाल्पा जिल्लामा तीन हजार ९०२ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् । महिला तथा बालबालिका कार्यालय पाल्पाले जिल्लामा आव २०७२÷७३ सम्म तीन हजार ९०२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो ।    अपाङ्गता भएका व्यक्तिले भत्ता पाउने भएपछि अपाङ्गता परिचयपत्रका लागि निवेदन दिनेहरु बर्सेनि बढेका छन् ।    जिल्लामा अपाङ्गता परिचयपत्र पाऊँ भनी निवेदन बर्सेनि बढेसँगै सामाजिक सुरक्षा भत्तासमेत बढेको छ । अघिल्लो आव २०७२÷७३ मा पूर्ण अशक् ... बाँकी अंश»

नेविसंघमा आफ्नो जीत मात्र देखिरहेछन् जीतजंग

२०७३ श्रावण २७ बिहिबार, काठमाडौं। महाधिवेशन अगाडी देखिएका सबै विवादहरुलाई टुङ्ग्याएर नेपाल विद्यार्थी संघको निर्वाचनको मिति तय भएसँगै निर्वाचनमा एकाएक माहौल तातिएको छ। अध्यक्षको आकांक्षा देखाएकाहरु पनि प्रचार तथा व्यक्तिगत भेटघाटमा लागेका छन्। काठमाडौँको त्रि-चन्द्र क्याम्पसमा बिहिबार बिहान ८ बजेदेखि चियापान पनि गर्न लागेका छन्। चियापान कार्यक्रममा नेविसंघका महाधिवेशन प्रतिनिधी, समर्थक तथा सुभेच्छुकहरुलाई निमन्त्रणा गरिएको बस्नेतको चुनाब प्रचार प्रसार समि ... बाँकी अंश»

जीतको रणनीतिका साथ कुन्दन चुनावी मैदानमा

२०७३ श्रावण २६ बुधबार, काठमाडौं। नेपाल विद्यार्थी संघको निर्वाचनको मिति तय भएसँगै निर्वाचनमा अध्यक्षको आकांक्षा देखाएका कुन्दन काफ्ले थप शसक्त र नयाँ रणनीतिका साथ चुनावी मैदानमा होमिएका छन्।    महाधिवेशन प्रतिनीधीको विवाद मिलाउने सहमतिपछि आफूलाई अझ सवल उम्मेदवारको रूपमा पाएको महशुस गरेका काफ्ले नयाँ शैली अपनाएर चुनाबी मैदानमा उत्रिरहेका छन्। पार्टी नेता कृष्ण प्रसाद सिटौला समूहबाट पूर्ण रुपमा समर्थन पाएका कुन्दन काफ्ले अन्य समुहका कतिपय आकाँक्षीहरुको समे ... बाँकी अंश»

नेविसंघ सह­महामन्त्रीमा बागलुङका हरिहरको उम्मेदवारी

२०७३ श्रावण २६ बुधबार, नारायण रिजाल, बागलुङ। नेपाली विद्यार्थी संघको ११ औ महाधिवेशनमा नेविसंघ बागलुङका निवर्तमान अध्यक्ष हरिहर शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आईतबार देखी काठमाडौंमा चलिरहेको महाधिवेशनमा प्रदेश नं ४ बाट सहमहामन्त्री पदका लागि आफ्नो उम्मेदवारी रहेको शर्माले बताए। अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन सहित नेविसंघको सुदृढ संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए।   अबको दिनमा काँग्रेस र लोकतन्त्रको नर्सरीको रुपमा रहेको ब ... बाँकी अंश»

नेविसंघमा रुकुमबाट के.सी भिड्दै

२०७३ श्रावण २६ बुधबार, लोकेन्द्र खनाल। रुकुम । लामो समयदेखी स्थगित हुँदै आएर साउन २३ देखि काठमाडौंमा भइरहेको नेपाली काँग्रेसको भातृ संघठन नेपाल विद्यार्थी सँघको ११ औं महाधिवेशनमा प्रदेश नं ६ बाट केन्द्रिय सदस्यको दौडमा विद्यार्थी नेता तारकप्रतिभा के.सी. लागेका छन्। विगत एक दशकदेखि विद्यार्थी राजनीति र विद्यार्थी आन्दोलनमा संलग्न के.सीले शिक्षाबाट बञ्चित भएका सबै विद्यार्थीलाई शिक्षाको पहुँचमा पुर्‍याउन र सक्षम नेतृत्वका लागि आफ्नो उम्मेद्धारी रहेको दावि गरेका छन ... बाँकी अंश»

रेडपान्डाको छालासहित चार पक्राउ

२०७३ श्रावण २६ बुधबार, काठमाडौँ । प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चारजनालाई आज बुढानिलकण्ठबाट पक्राउ गरेको छ ।    गोप्य सूचनाको आधारमा प्रहरीले उदयपुर बलम्ता–८ का सुशील राई, बाग्लुङ भिमगिठी गाविस––१ का मुस्कान थापा, खोटाङ दुवेकोल–८ का २६ वर्षीय जीवन गुरुङ र मकवानपुर सरिखेतपलासे–५ का लालबहादुर थिङलाई नौ थान रेडपान्डाको छालासहित जीवन गुरुङको बुढानिलकण्ठको कोठाबाट पक्राउ गरेको हो ।    उक्त छाला तीन-चार दिन अगाडिदेखि जीवनको कोठामा राख ... बाँकी अंश»

नयाँ