समाज

नेपाल सद्भावना पार्टीको महाधिवेशन सुरु

२०७२ चैत २६ शुक्रबार, जनकपुर । नेपाल सद्भावना पार्टीको छैटौं महाधिवेशन जनकपुरधामको मारवाडी सेवा समितिमा सुरु भएको छ । महाधिवेशनको उद्घाट्न सत्र सकिएर बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा तराईका २१ र पहाडका ३ जिल्ला गरी २४ जिल्लाका महाधिवेशन प्रतिनीधिले छलफलमा भाग लिएका छन् । बन्द सत्रमा पार्टीको विधान संशोधन घोषणापत्र र राजनीतिक दस्तावेजबारे छलफल हुने छ ।   २४ जिल्लाका ८ सय ९१ प्रतिनीधिले नयाँ नेतृत्व चयनका लागि जनकपुर पुगेका छन्। प्रारम्भिक जानकारी अनुसार पार्टी ... बाँकी अंश»

भद्रपुरबाट उडेको बुद्ध एयरको प्लेन बिराटनगरमा आक्समिक अवतरण

२०७२ चैत २६ शुक्रबार, काठमाडौं। बुद्ध एयरको भद्रपुर -काठमाडौं उडानमा रहेको बिमान ईन्जिनको ईण्डिकेटर (सुचना दिने बत्ती)मा समस्या आएपछि बिराटनगरमा आकस्मिक अवतरण गराईएको बुद्ध एयरले जनाएको छ।   ७० सीट क्षमताको फ्लाईट नं ९५२ भद्रपुरबाट ६८ यात्रु लिएर काठमाडौंकालागि उडेको केही समयमै ईन्जिनमा खराबीको सुचना चालकदलले पाएपछि प्लेनलाई बिराटनगरमा आकस्मिक अवतरण गराईएको हो। प्लाईटमा चालक दलका दुफ सदस्य र दुई एयर होस्टेज क्रु मे्बरका रुपमा रहेका थिए।    काठमाडौंबाट प् ... बाँकी अंश»

अवकाश भएको डेढ वर्षपछि चार डिआइजी एआइजीमा बढुवा

२०७२ चैत २६ शुक्रबार, काठमाडौ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीमा बढुवा हुनबाट रोकिएका डिआईजीहरु यादव अधिकारी, सुशीलबरसिंह थापा, पर्शुराम खत्री र विश्वराज शाहीलाई एआइजीमा बढुवा गरेको छ। डिआइजीबाट एआइजी बनाउदा रोलक्रम अनुसार नभएको तर नियतबश बढुवा हुनबाट रोकिएको भन्दै उनीहरुले अदालतलाई गुहारेका थिए। १८ महिना पछि उनीहरुले न्याय पाएका हुन्।   अदालतले पनि उनीहरुलाई बढुवा गर्न अन्तरिम आदेश दिए पनि यसभन्दा अगाडि सरकारले समेत न्याय नदिए पछि घरमा नै बसिरहे ... बाँकी अंश»

जाग्दै हिन्दुवादीहरु : धरानको पीण्डेश्वर धाममा विश्वकै अग्लो त्रिशुल बन्ने

२०७२ चैत २६ शुक्रबार, काठमाडौ । धरान पीण्डेश्वर धाममा विश्वकै अग्लो त्रिशुलको निर्माण गरिने भएको छ । विश्व हिन्दु परिषद् नेपाल धरानले मन्दिर परिसरमा अष्ठ धातुले निर्माण गरिएको एक सय ५० फिट अग्लो त्रिशुल निर्माण गर्न लागेको हो । परिषद्ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर पूर्व प्रसिद्ध धाम पीण्डेश्वरमा अष्ठ धातुले निर्माण गरिने एक सय ५० फिट उचाइको महारुद्र त्रिशुल स्थापना गर्ने जानकारी दिएको हो ।    त्रिशुल निर्माण समितिका अध्यक्ष देवराज अधिकारीले ५ करोड ... बाँकी अंश»

संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छ – थापा

२०७२ चैत २५ बिहिबार, भक्तपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले काँग्रेस सरकार परिवर्तनको खेलमा नलाग्ने बताउनुभएको छ ।    भक्तपुरको कटुञ्जेमा नेपाली काँग्रेस सूर्यविनायक नगरपालिका–२ ले आज आयोजना गरेको नवनिर्वाचित सभापतिको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उहाँले ठूलो दलको नाताले काँग्रेसले अब संविधान कार्यान्वयनको नेतृत्व लिने बताउनुभयो ।    नेता थापाले भन्नुभयो, “नेपाली काँग्रेसले संविधान जारी गरेजस्तै अब ठूलो दलको नाताले संविधान क ... बाँकी अंश»

बार अध्यक्षमा केसीकै अग्रता यथावत

२०७२ चैत २५ बिहिबार, काठमाडौँ। नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा अध्यक्षमा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले अग्रता कायमै रहेको छ ।    निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार आज साँझसम्म गणना भएको छ हजार ७८१ मतमा केसीले तीन हजार ३०५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले तीन हजार ९० मत प्राप्त गर्नुभएको छ ।    त्यस्तै, महासचिवमा ... बाँकी अंश»

शुक्रबारबाट नयाँ संवत्सर,२०७३ नेपाललाई फलदायी 'विश्वलाई राम्रो'

२०७२ चैत २५ बिहिबार, काठमाडौँ । चन्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदा चैत २६ गते शुक्रबारदेखि सौम्य नामको नयाँ संवत्सर सुरु हुँदैछ । सौम्य नामक संवत्सर सुरु भएपछि पृथ्वीवासीलाई राम्रो फल मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । गत वर्ष चैत्र शुक्ल प्रतिपदादेखि बिहीबारसम्म कीलक नामको संवत्सर परेकाले नेपाललगायत पृथ्वीका विभिन्न भागमा नराम्रो फल मिलेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।    “‘चैत्र ... बाँकी अंश»

ट्राफिक चेकिङ् बदलियो : अब यातायात व्यवसायी र पत्रकार पनि ट्राफिक

२०७२ चैत २५ बिहिबार, स्याङ्जा । स्याङ्जामा ट्राफिक प्रहरीले सडकमा गुड्ने सवारी साधनको चेकजाँच गर्ने क्रमलाई बद्लेको छ । यातायात व्यवसायी, पत्रकार र ट्राफिक प्रहरीले संयुक्त रुपमा सवारी साधन अनुगमन गर्ने व्यवस्था अगाडी सारेको छ । जिल्लाका विभिन्न ठाँउमा ट्राफिक प्रहरीले संयुक्तरुपमा सवारी साधनको अनुगमन गर्ने क्रम जारी राखेको छ । बेला–बेलामा ट्राफिक प्रहरीले दुःख दिएको खबर बाहिर आउन थालेपछि ट्राफिक प्रहरीले यस्तो अभियानको थालनी गरेको हो । सिद्धार्थ राजमार्गबाट ... बाँकी अंश»

सेनाको घोडेजात्रा हेर्न राष्ट्रपति देखि स्थानीयसम्म

२०७२ चैत २५ बिहिबार, काठमाडौं । नेपाली सेनाले भव्य रुपमा घोडेजात्रा मनाएको छ । विहिबार टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाको परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले घोडेजात्राको अवलोकन गरिन् । विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरुका साथ राष्ट्रिय पर्व “घोडेजात्रा समारोह ” भव्य रुपमा मनाइयो । घोडेजात्राको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको थियो ।    समारोहमा अश्वकलाका विविध रोचक कार्यक्रमहरु ट्रिकराईड, टांगन र चार्जर घोडा दौड, साईकल रे ... बाँकी अंश»

पत्रकारसँग डरायो सरकार; सिंहदरबार प्रवेशमा रोक

२०७२ चैत २५ बिहिबार, काठमाडौं। सरकारले सञ्चारकर्मीहरुलाई सिंहदरवार प्रवेसमा रोक लगाएको छ। समाचार संकलन तथा अन्य विभिद कामका लागि सिंहदरवार गएका पत्रकारहरुलाई प्रहरीले दक्षिण ढोकामा रोकेर फर्काएको हो। प्रहरीले माथिको आदेश भन्दै पत्रकारहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाएको हो।    नेपाल सरकार सूचना विभागले जारी गरेको प्रेस पास र संसद सचिवालयले जारी गरेको प्रेस पासले पत्रकारहरु सिंहदरवारमा निर्वाध आवतजावत गर्ने र समाचार संकलन गर्दै आएका थिए।    तर सरकार ... बाँकी अंश»

संविधान निर्माणपछि मुलुक अति कठिन चरणबाट गुज्रिंदै : नेम्वाङ्

२०७२ चैत २५ बिहिबार, झापा । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले मुलुक संविधान निर्माण पश्चात अत्यन्तै कठिन चरणबाट गुज्रिरहेको बताएका छन् । झापाको खुदुनाबारी–१ स्थित शङराजायपीठ साधुटारमा आयोजित सलकपुर सतासीवातावरण मैत्री चुरे पदमार्ग कार्यक्रममा नेम्वाङले यसो भनेका हुन् ।     छिमेकी मुलुक भारतमा समेत १ सय २२ पटक संविधान संशोधन भएको चर्चा गदै नेम्वाङले नेपालमा एक पटक संविधान संशोधन हुनुलाई आश्चर्य मान्न नहुने बताए । एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वा ... बाँकी अंश»

एमाले बैठक : राजनीतिक प्रतिवेदनमा सुझाव

२०७२ चैत २४ बुधबार, काठमाडौँ । नेकपा (एमाले) को जारी पोलिटब्युरोको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आज एक दर्जन सदस्यले आफ्ना धारणा र सुझाव राखेका छन् । सदस्यहरुले सरकारको काम प्रभावकारी हुनुपर्ने, प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणको ऐतिहासिकतालाई कायम राख्दै राष्ट्रिय स्वाधिनताको प्रश्नमा झुक्न नहुने, पार्टीलाई गतिशील र अन्तरपार्टी एकता बलियो बनाउनुपर्नेमा जोड दिए  ।    अध्यक्ष ओलीले मङ्लबारको बैठकमा १२ पृष्ठे ... बाँकी अंश»

कानुन व्यवसायी भन्दै ठगी गर्नेलाई अदालतभित्र छिर्नै दिइएन

२०७२ चैत २४ बुधबार, काठमाडौँ । ललितपुर जिल्ला अदालतले कानुन व्यवायी हुँ भन्दै ठगी गर्ने मनोहर तिवारीलाई अदालत प्रवेशमा रोक लगाएको छ । ललितपुर जिल्ला अदालतका स्रेस्तेदार बाबुराम दाहालले सार्वजनिक गरेको सूचनामा तिवारीले मुद्दा मिलाइदिन्छु भनेर न्यायाधीश तथा कर्मचारीबाट मोटो रकम लिने गरेकोे र कानुन व्यवसायीका नाममा विचौलिया काम गरी न्यायपालिकाको गरिमा धमिल्याउने काम गरेको हुँदा अदालतमा प्रवेश निषेध गरेको उल्लेख छ ।    सूचनामा भनिएको छ– “तिवारी अधिवक्ता, ... बाँकी अंश»

सेनाले सर्लाहीको नाढिमन ताल स्थानीयलाई हस्तान्तरण गर्‍याे

२०७२ चैत २४ बुधबार, सर्लाही । नेपाली सेनाले मर्मत संभार, पुनःनिर्माण तथा विस्तार गरीरहेको सर्लाही जिल्लाको चन्द्रनगरस्थित नाढिमन ताल वुधबार स्थानीय संरक्षण समितिलाई स्तान्त्रण गरेको छ । वन तथा भू–संरक्षण मन्त्री अग्नि प्रसाद सापकोटा तथा प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले संयुक्त रुपमा स्थानीय नाढिमन ताल संरक्षण समितिका अध्यक्ष राजकुमार शाहलाई हस्तान्तरण गरेका हु्न् ।    राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको परियोजना अन्तर्गत नेपा ... बाँकी अंश»

देउवालाई भारतीय विदेशमन्त्री स्वराजको बधाई

२०७२ चैत २४ बुधबार, काठमाडौं ।  नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएकोमा भारतीय विदेशमन्त्री सुश्मा स्वराजले टेलिफोनमार्फत बधाइ दिएकी छन्। निर्वाचित भएलगत्तै देउवालाई टेलिफोन गरेर स्वराजले बधाई दिएको देउवाका स्वकीय भानु देउवाले जानकारी दिए।    बुधबार भएको संसदीय दलको निर्वाचनमा देउवा प्रतिस्प्रर्धी रामचन्द्र पौडेललाई ७२ मतले पछि पार्दै संसदीय दलको नेता निर्वाचित भएका हुन् । देउवाले १ सय ३९ र पौडेलले ६७ मत पाए । यसअघि, पह ... बाँकी अंश»

टीकापुर दंगामा संलग्न थप एक प्रहरीको फन्दामा

२०७२ चैत २४ बुधबार, धनगढी । गएको भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । नारायणपुर गाविसका ३४ वर्षीय विश्राम चौधरी कुश्मीलाई टीकापुर क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । उनी प्रहरीको फरार अभियुक्त सूचीमा थिए ।    घटनामा संलग्न रहेको आरोपमा यसअघि पक्राउ परेका २२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । टीकापुर घटनामा ... बाँकी अंश»

बार अध्यक्षमा केसीको अग्रता कायमै

२०७२ चैत २४ बुधबार, काठमाडौँ। नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अहिले भइरहेको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार शेरबहादुर केसीको अग्रता कायमै रहेको छ ।    प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार अहिलेसम्म गणना भएको एक हजार ९०५ मतमा केसीले ९९७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी विजयकान्त मैनालीले ८५० मत प्राप्त गरेका छन् ।    त्यस्तै, महासचिवमा खम्बबहादुर खातीले ९२५ मत प्राप्त गरेका छन्। प ... बाँकी अंश»

राष्ट्रिय सहमतिको लाइनमा सिटौला

२०७२ चैत २४ बुधबार, विराटनगर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकलाई अघि बढाउन दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यकता  रहेको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीहरु संग कुरा गर्दै नेता सिटौलाले संविधान कार्यान्वयन र भूकम्प पछिको पुनःनिमार्णका लागि राष्ट्रिय एकतामा जोड दिए । नेता सिटौलाले नेपाली कांग्रेस सबै भन्दा ठुलो दल भएकाले मुख्य दलहरुबीच एकता कायम गर्न पहल गर्ने बताए ।    सिटौलाले नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन पछि हुने पहिलो बै ... बाँकी अंश»

नरहरिको मत खसेन, रामशरणको ‘पीए’मार्फत खस्यो

२०७२ चैत २४ बुधबार, काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि भएको निर्वाचनको मतदान सकिएको छ । संसदीय दलको निर्वाचन मतदाता २ सय ७ रहेकामा २ सय ६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।    स्वास्थ्य समस्याले सांसद नरहरि आचार्य भने मतदानमा उपस्थित हुन सकेनन् । आचार्यको मत खसेन । यस्तै, केही दिन अघि भर्याङ्गबाट लडेर घाइते भएका रामशरण महत मतदान स्थलमा पुगेपनि भित्र जान नसकेपछि पीए लगाएर मत खसालेका छन् । महतको खुट्टाको शल्यक्रिया भएकाले भित्र जान नसकेको बताइएको छ ।  & ... बाँकी अंश»

कांग्रेस संसदीय दलको निर्वाचन, ६० बढी मत खस्यो

२०७२ चैत २४ बुधबार, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका भइरहको निर्वाचनमा अहिले मतदान जारी छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी मतदानमा यो समाचार तयार पार्दा सम्म ६० मत बढी खसिसकेको छ । विद्युतिय मेसिनबाट भइरहेको मतदान चाँडै सकिने बताइएको छ ।    संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल सुनावी मैदानमा छन् । विद्युतीय मतदान हुने भएकाले मतगणना सुरु भएको झण्डै एक घण्टामा मतपरिणम आउने निर्वाचन समि ... बाँकी अंश»

नयाँ