समाज

माग सम्बोधन नभए तिहारपछि आन्दोलन गरेर यो सरकार पनि ढाल्छौं : उपेन्द्र

२०७३ भदौ १६ बिहिबार, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभई गरिने कुनै पनि निर्वाचन मधेसी मोर्चालाई मान्य नहुने बताएका छन् ।    समाजवादी फोरमले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले सरकार गठन भएको एक महिना भइसकेकाले  मोर्चाको माग सम्बोधनका लागि संविधान संसोधन प्रक्रियालाई प्राथमिकता साथ अघि बढाउनुपर्ने बताए ।    उनले भने, ‘मधेश आन्दोलनमा मृत्युु भएकाहरुलाई शहीद ... बाँकी अंश»

रुकुममा ११ गाउँपालिका बनाउनुपर्ने काँग्रेसको माग

२०७३ भदौ १६ बिहिबार, रुकुम। स्थानीय तह पुनर्संचरना गर्दा रुकुममा ६ वटा गाउँपालिका अप्राप्त हुने भन्दै नेपाली काँग्रेस रुकुमले ११ वटा गाउँपालिका बनाउनु पर्ने आवधारणा सार्वजनिक गरेको छ । काँग्रेस रुकुमको जिल्ला कार्य समितिको बैठकले रुकुममा स्थानीय तह पुनर्संचरना आयोगले ६ वटा मात्र गाउँपालिका बनाउन भने पनि त्यो अप्राप्त हुने भएकाले ११ वटा गाउँपालिका बनाउनु पर्ने अवधारणालाई सार्वजनिक गरेको हो । रुकुममा कति गाउँपालिका बनाउने भन्ने विषयमा कुरा नमिल्दा अझै केन्द्रमा ... बाँकी अंश»

लोकतान्त्रिक प्रणालीको नयाँ स्वरुपबाट देश अघि बढ्छ : निधि

२०७३ भदौ १६ बिहिबार, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीको नयाँ स्वरुप निर्माण प्रक्रियाबाट देश अगाडि बढ्न लागेकोे बताएका छन् ।     प्रजातान्त्रिक विचार समाजले नेपाली काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री निधिले गणतन्त्र, सङ्घीयता, समावेशी, मिश्रित निर्वाचन प्रणाली र धर्म निरपेक्षताजस्ता नयाँ स्वरुपलाई संस्थागत गर्ने चरणमा लागिएको बताए ।     ... बाँकी अंश»

तनावकाबीच नेपालगञ्जमा वीरेन्द्रको शालिक राखियो

२०७३ भदौ १६ बिहिबार, काठमाडौं । शालिक राख्न दिने र नदिनेहरूकाबीच ब्याप्त तनावकाबीच नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राखिएको छ । विहानैदेखि शालिक राख्ने र राख्न नदिनेबीच हात हालाहालको स्थिती समेत सिर्जना भएको थियो ।  जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अहिले सो क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यहाँ ८०÷९० जनाको संख्यामा प्रहरी परिचालन गरिएको छ भने झण् ... बाँकी अंश»

विद्यालयको पर्खाल भत्किँदा गर्भवतीको मृत्यु

२०७३ भदौ १६ बिहिबार, गौशाला। महोत्तरी जिल्लाको पिपरा गाविसमा गएराति एक बोर्डिङ स्कुलको पर्खाल भत्किँदा किचिएर एक गर्भवतीको मृत्यु भएको छ।   मृत्यु हुनेमा पिपरा–१ बस्ने विनोद धनकारकी पत्नी २५ वर्षीया रञ्जुदेवी धनकार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। महिला धनकार गएराति ८ बजेको समयमा घर नजिकै रहेको आश बोर्डिङ स्कुलको छेउमा रहेको धाराबाट पानी लिएर आउँदै गर्दा अचानक सो स्कुलको पर्खाल  भत्किँदा सोही पर्खालमा किचिएर उनको मृत्यु भएको प्रहरी उपरीक ... बाँकी अंश»

(अपडेट) दोलखाको लामबगरमा बाढीले बगाउँदा २ जनाको मृत्यु, ३ जना वेपत्ता

२०७३ भदौ १६ बिहिबार, दोलखा । दोलखाको लामबगर गाउँ विकास समितिको क्षेद्क्षेद्मा बाढी बगाएर दुई जनाको मृत्यु भएको छ ।   दोलखा जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले दुई घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन् ।   केही घाइतेको उद्धार भएको छ ।   नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ । ... बाँकी अंश»

दोलखाको लामबगरमा पहिरोले बगाएर ३ वेपत्ता

२०७३ भदौ १६ बिहिबार, दोलखा । दोलखाको लामबगर वडा नम्बर ४ छेचोत गाउँको चारैतिरबाट पहिरो गएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । १० जना घाइे भएका छन् । नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि  गएको छ ।  ... बाँकी अंश»

बेचबिखनका लागि लैजाँदा १०३ चेलीको उद्धार

२०७३ भदौ १६ बिहिबार, रत्ननगर । विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट गएको एकबर्षमा १०३ जना महिलाको उद्धार भएको छ ।    माइती नेपालले गएको एक वर्षमा यसरी चितवनबाट १०३ जना चेलीको उद्धार गरी घर फर्काएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिए ।    विभिन्न सचेतना कार्यक्रम तथा सडकमै सूचना केन्द्र स्थापना गरेर गाडीमा जाँच गर्ने अनि शङ्कास्पद लागेकालाई सोधखोज गर्दा उनीहरुलाई पत्ता लगाएर घर फर्काइएको हो । तर यसरी उनीहर ... बाँकी अंश»

रोजगारीको कालोदिनः ईराकमा १२ नेपाली मारिएको सम्झना

२०७३ भदौ १६ बिहिबार, काठमाडौं । रोजगारीका लागि र्इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको १२ बर्ष पुगेको छ । २०६१ साल भदौ १६ गते इराकमा भएको हत्याकाण्डपछि आक्रोशित नेपाली र मृतकका आफन्तले काठमाडौंमा राजधानीमा रहेका मेनपावरमा आक्रण गरेका थिए ।   र्इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो । सोही घटना पछि नेपाल सरकारले र्इराक जान प्रतिवन्ध लगाएको थियो ।    ईराकमै रहेर काम गर्दै गरेका सयौं युव ... बाँकी अंश»

चुरे दोहनले वर्षेनी खेती योग्य जमिन विनास हुँदै

२०७३ भदौ १५ बुधबार, उदयपुर । चुरे क्षेत्रमा हुने वन विनासका कारण भूमिगत जलाधारमा असर पर्न गई भूक्ष्य र बगर बढ्दै गएपछि त्रियुगा नदी आसपासको क्षेत्रमा खेती योग्य जमिनको विनास हुँदै गएको छ । जमिनको विनाससंगै  सिंचाइ र खानेपानीका स्रोतमासमेत असर पर्दै गएको छ ।   चुरेबाट बग्ने झण्डै डेढदर्जन खोलाखहरेले मार्ग परिर्वतन गर्दा खेतीयोग्य जमिनको विनास हुदै गएको हो । खोलाखहरेको मार्ग परिर्वतनसंगै तल्लो तटीय क्षेत्रका मानव वस्ती समेत खतरामा पर्दै गएका छन् ।    परिप ... बाँकी अंश»

एमालेका नेता सहित ३५ कार्यकर्ता कांग्रेस प्रवेश

२०७३ भदौ १५ बुधबार, कपिलवस्तु । कपिलवस्तुमा विभिन्न  पार्टी परित्याग गरी ३५  जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस वुद्धवाटिका वडा नं ८ सतिद्धारा आयोजित कार्यक्रममा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । ... बाँकी अंश»

बाबुरामले भने-नयाँ संविधानलाई जन्म दिने आमा मै हुँ

२०७३ भदौ १५ बुधबार, काठमाडौं । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ संविधानलाई आफुले जन्माएको सन्तान भनेका छन् ।    वुधबार सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समिति बैठकले गरेको निर्णय र तयारीप्रति संकेत गर्दै भट्टराईले आफुले जन्माएको सन्तानलाई अरुले मायाँ गरेको देख्दा खुसी लाग्ने प्रसंग उल्लेख गरेका छन् ।    उनले सामाजिक संजाल फेरबुक र ट्वीटर अकाउन्टमा व्यंग्यात्मक पोष्ट गरेका छन् । भट्टराईले वर्तमान सरकारको व्यंग्यात्मक आलोचना गर्दै भन ... बाँकी अंश»

यसरी मनाइने भो संविधान जारी भएको दिन असोज ३ लाई

२०७३ भदौ १५ बुधबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षोल्लासका साथ मनाउने निर्णय गरेको छ ।    प्रधानमन्त्री दाहालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको मूल समारोह समितिको बैठकले नेपालको संविधान जारी गरेको दिन असोज ३ गते विभिन्न कार्यक्रमका गरी स्वदेश र विदे ... बाँकी अंश»

जायज माग संवाद र सहमतिबाट सम्बोधन हुन्छ : प्रधानमन्त्री

२०७३ भदौ १५ बुधबार, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको अन्तर्वस्तुसँग जोडेर आएका असन्तुष्टि तथा आन्दोलनमा उठेका जायज मागलाई वार्ता र संवादबाट राजनीतिक सहमतिका आधारमा सम्बोधन गरिने बताएका छन् ।    संविधान दिवस मूलसमारोह समितिले गृहमन्त्रालयमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, – ‘संविधान संशोधन मार्फत राष्ट्रलाई अझ एकताबद्ध गर्ने, संविधानको स्वीकार्यतालाई अझ व्यापक र फराकिलो पार्ने र निरन्तर गतिमा अगाडि बढ्ने प्रक्रिया चलिरहे ... बाँकी अंश»

रक्षा मन्त्री खाँणले गरे नेपाली सेनाको प्रशंसै प्रशंसा

२०७३ भदौ १५ बुधबार, नवलपरासी । रक्षा मन्त्री वालकृष्ण खाँणले नेपाली सेनाको खुलेर प्रशंसा गरेका छन् । नेपाली जनता र मुलुकलाई केन्द्रमा राखेर नेपाली सेनाले आफुलाई जिम्मेवार र निश्वार्थ पुष्टी गरिसकेको रक्षा मन्त्री खाँणको भनाई छ ।    नवलपरासीको गैंडाकोटमा नेपाल तरुण दलको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै  मन्त्री खाँणडले नेपाली सेना संविधान र लोकतन्त्रको पक्षमा कटिवद्ध रहेको बताए ।    मन्त्री खाँणले भने, ‘नेपाली सेनालाई जनता र लोकतन्त्रको पक्षमा अझ ... बाँकी अंश»

मोर्चा परिवर्तन भए पनि ‘मिसन’ उही : महासचिव पोखरेल

२०७३ भदौ १५ बुधबार, सिन्धुलीमाढी । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको मोर्चा परिवर्तन भए पनि मिसन (लक्ष्य) परिवर्तन नभएको बताएका छन् ।    प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको बुधवार  उद्घाटन गर्दै उनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, आर्थिक विकास र मुलुकको समृद्धि पार्टीको लक्ष्य भएकाले प्रमुख प्रतिपक्षमा रहेर पनि जनताका मुद्दा बोक्न उत्तिकै जिम्मेवार हुने बताए ।    पोखरेलले एमालेले बोकेको मुद्दा पार्टीको मात्र नभई सिङ्गो मुलुककै ... बाँकी अंश»

छात्रछात्रा भगवान भएपछि प्रधानाध्यापक हैरान !

२०७३ भदौ १५ बुधबार, उदयपुर ।  उदयपुरको मैनामैनी गाविस ४ स्थित जनता माध्यमिक विद्यालय कान्चिराङका छात्रछात्रामा अनौठो लक्षण देखापरेको छ । कक्षा ६, ७, ८, ९ र १० मा अध्ययनरत छात्रछात्रा विगत एक महिना यता आफुलाई भगवानको स्वरुप भएको बताउँदै काम्ने, रुख चढ्ने, विद्यालयको छानामा गएर उफ्रिने र बक्दै  विद्यालय माथिको मैनारानीको थानमा पुग्ने गरेको प्रधानाध्यापक ममता राईले बताइन् ।   पहिला ७ जना छात्रछात्रामा देखिएको यस्तो अनौठो लक्षण अहिले ५० जना छात्रछात्रा देखा परिरह ... बाँकी अंश»

रिस्तीका आठ घर बाढीले पुरिए

२०७३ भदौ १५ बुधबार, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएको हो ।    तनहुँको मिर्लुङदेखि आएको ठाडो खहरे ठाँटी खोलामा ठूलो बाढी आएपछि समिफेदका आठ घरमा क्षति पुगेको छ । बाढीले स्थानीय पुरुषोत्तम रेग्मी र हरिमाया खत्रीको घर पूर्णरुपमा पुरेको छ भने अन्य घरमा आंशिक क्षति भएको छ । आज बिहान २ बजेतिर आएको बाढीले स ... बाँकी अंश»

महावीर पुनलाई आर्थिक सहयोग

२०७३ भदौ १५ बुधबार, भक्तपुर । एभरेष्ट इङ्गलिस स्कुल मिवाछें भक्तपुरले समाजसेवी महावीर पुनलाई रु तीन लाख ३३ हजार ३३३ सहयोग गरेको छ ।    विज्ञान र प्रविधिको विकास मार्फत नेपाललाई आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा लागेका पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई स्कुलको तर्फबाट रु एक लाख ११ हजार १११, एभरेस्ट जन्मदिन कोषबाट रु एक लाख ११ हजार १११ र विद्यालयका अभिभावक, शुभचिन्तक एवम् अन्यबाट सङ्कलन गरिएको रु एक लाख ११ हजार १११ गरी रु तीन लाख ३३ हजार ३३३ पुनल ... बाँकी अंश»

संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव: मन्त्री लेखक

२०७३ भदौ १५ बुधबार, कञ्चनपुर। भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताए।   कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय निकाय निर्वाचन सम्बन्धी कार्य सरकारले चाडैं अगाडि बढाउने तयारी गरेकाले यसका लागि तयार रहन कार्यकर्तालाई आह्वान गरे।   मन्त्री लेखकले स्थानीय निकायको चुनाव लामो समयदेखि नहुँदा विकास निर्माणको कार्यसमेत प्रभावित भइरहेकाले स ... बाँकी अंश»

नयाँ