समाज

यसरी मनाइने भो संविधान जारी भएको दिन असोज ३ लाई

२०७३ भदौ १५ बुधबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षोल्लासका साथ मनाउने निर्णय गरेको छ ।    प्रधानमन्त्री दाहालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको मूल समारोह समितिको बैठकले नेपालको संविधान जारी गरेको दिन असोज ३ गते विभिन्न कार्यक्रमका गरी स्वदेश र विदे ... बाँकी अंश»

जायज माग संवाद र सहमतिबाट सम्बोधन हुन्छ : प्रधानमन्त्री

२०७३ भदौ १५ बुधबार, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको अन्तर्वस्तुसँग जोडेर आएका असन्तुष्टि तथा आन्दोलनमा उठेका जायज मागलाई वार्ता र संवादबाट राजनीतिक सहमतिका आधारमा सम्बोधन गरिने बताएका छन् ।    संविधान दिवस मूलसमारोह समितिले गृहमन्त्रालयमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, – ‘संविधान संशोधन मार्फत राष्ट्रलाई अझ एकताबद्ध गर्ने, संविधानको स्वीकार्यतालाई अझ व्यापक र फराकिलो पार्ने र निरन्तर गतिमा अगाडि बढ्ने प्रक्रिया चलिरहे ... बाँकी अंश»

रक्षा मन्त्री खाँणले गरे नेपाली सेनाको प्रशंसै प्रशंसा

२०७३ भदौ १५ बुधबार, नवलपरासी । रक्षा मन्त्री वालकृष्ण खाँणले नेपाली सेनाको खुलेर प्रशंसा गरेका छन् । नेपाली जनता र मुलुकलाई केन्द्रमा राखेर नेपाली सेनाले आफुलाई जिम्मेवार र निश्वार्थ पुष्टी गरिसकेको रक्षा मन्त्री खाँणको भनाई छ ।    नवलपरासीको गैंडाकोटमा नेपाल तरुण दलको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै  मन्त्री खाँणडले नेपाली सेना संविधान र लोकतन्त्रको पक्षमा कटिवद्ध रहेको बताए ।    मन्त्री खाँणले भने, ‘नेपाली सेनालाई जनता र लोकतन्त्रको पक्षमा अझ ... बाँकी अंश»

मोर्चा परिवर्तन भए पनि ‘मिसन’ उही : महासचिव पोखरेल

२०७३ भदौ १५ बुधबार, सिन्धुलीमाढी । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको मोर्चा परिवर्तन भए पनि मिसन (लक्ष्य) परिवर्तन नभएको बताएका छन् ।    प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको बुधवार  उद्घाटन गर्दै उनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, आर्थिक विकास र मुलुकको समृद्धि पार्टीको लक्ष्य भएकाले प्रमुख प्रतिपक्षमा रहेर पनि जनताका मुद्दा बोक्न उत्तिकै जिम्मेवार हुने बताए ।    पोखरेलले एमालेले बोकेको मुद्दा पार्टीको मात्र नभई सिङ्गो मुलुककै ... बाँकी अंश»

छात्रछात्रा भगवान भएपछि प्रधानाध्यापक हैरान !

२०७३ भदौ १५ बुधबार, उदयपुर ।  उदयपुरको मैनामैनी गाविस ४ स्थित जनता माध्यमिक विद्यालय कान्चिराङका छात्रछात्रामा अनौठो लक्षण देखापरेको छ । कक्षा ६, ७, ८, ९ र १० मा अध्ययनरत छात्रछात्रा विगत एक महिना यता आफुलाई भगवानको स्वरुप भएको बताउँदै काम्ने, रुख चढ्ने, विद्यालयको छानामा गएर उफ्रिने र बक्दै  विद्यालय माथिको मैनारानीको थानमा पुग्ने गरेको प्रधानाध्यापक ममता राईले बताइन् ।   पहिला ७ जना छात्रछात्रामा देखिएको यस्तो अनौठो लक्षण अहिले ५० जना छात्रछात्रा देखा परिरह ... बाँकी अंश»

रिस्तीका आठ घर बाढीले पुरिए

२०७३ भदौ १५ बुधबार, लमजुङ । लमजुङ र तनहुँ सिमानाको एक बस्ती पहिरोसँगै खोलामा आएको बाढीले पुरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको सिमानामा रहेको रिस्ती गाविस–८ अन्तर्गत समिफेदको बस्ती ठाँटी खोलामा आएको बाढीले पुरिएको हो ।    तनहुँको मिर्लुङदेखि आएको ठाडो खहरे ठाँटी खोलामा ठूलो बाढी आएपछि समिफेदका आठ घरमा क्षति पुगेको छ । बाढीले स्थानीय पुरुषोत्तम रेग्मी र हरिमाया खत्रीको घर पूर्णरुपमा पुरेको छ भने अन्य घरमा आंशिक क्षति भएको छ । आज बिहान २ बजेतिर आएको बाढीले स ... बाँकी अंश»

महावीर पुनलाई आर्थिक सहयोग

२०७३ भदौ १५ बुधबार, भक्तपुर । एभरेष्ट इङ्गलिस स्कुल मिवाछें भक्तपुरले समाजसेवी महावीर पुनलाई रु तीन लाख ३३ हजार ३३३ सहयोग गरेको छ ।    विज्ञान र प्रविधिको विकास मार्फत नेपाललाई आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा लागेका पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई स्कुलको तर्फबाट रु एक लाख ११ हजार १११, एभरेस्ट जन्मदिन कोषबाट रु एक लाख ११ हजार १११ र विद्यालयका अभिभावक, शुभचिन्तक एवम् अन्यबाट सङ्कलन गरिएको रु एक लाख ११ हजार १११ गरी रु तीन लाख ३३ हजार ३३३ पुनल ... बाँकी अंश»

संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव: मन्त्री लेखक

२०७३ भदौ १५ बुधबार, कञ्चनपुर। भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताए।   कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय निकाय निर्वाचन सम्बन्धी कार्य सरकारले चाडैं अगाडि बढाउने तयारी गरेकाले यसका लागि तयार रहन कार्यकर्तालाई आह्वान गरे।   मन्त्री लेखकले स्थानीय निकायको चुनाव लामो समयदेखि नहुँदा विकास निर्माणको कार्यसमेत प्रभावित भइरहेकाले स ... बाँकी अंश»

सेनाको पुनःसंरचना आवश्यकता अनुसार हुन्छ : रक्षामन्त्री खाँण

२०७३ भदौ १५ बुधबार, चितवन। रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताउनुभएको छ । त्रकारसँग उनले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पुर्याएको भूमिका महत्वपूर्ण रहेको बताए ।     फरक प्रसंङ्गमा मन्त्री खाँणले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने बताए । त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको उनको भनाइ छ ।    मन्त्री खाँडले भने, ‘संविधान संशोधनका लागि साझा ध ... बाँकी अंश»

परराष्ट्र मन्त्री महत र भारतीय राजदूतबीच छलफल

२०७३ भदौ १५ बुधबार, काठमाडौं । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । दुवैबीच प्रधानमन्त्री पुष्ककमल दाहालको भारत भ्रमणको तयारीबारेमा छलफल भएको जनाइएको छ ।    प्रधानमन्त्री दाहालले यही भदौ ३० गते भारतको औपचारिक भ्रमण गर्दैछन् । यसअघि प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत गएका थिए ।    त्यतिबेला परराष्ट्र मन्त्री नतोकिएकाले समस्या पैदा ... बाँकी अंश»

मिडियाका कर्मचारीहरु आन्दोलनको तयारीमा

२०७३ भदौ १४ मंगलबार, काठमाडौं । संचार संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीहरुले न्युनतम पारिश्रमिक नदिए आन्दोलन गर्ने बताएका छन् । उनीहरुले नेपाल पत्रकार महासंघले न्यूनतम पारिश्रमिक लागु गराउने सम्बन्धमा सशक्त बन्न नसकेको बताएका छन् ।   राजधानीमा भएको श्रमजीवी पत्रकार र कर्मचारीहरुको अधिकार र कर्तव्य विषयक एक दिने गोष्ठीका क्रममा बोल्दै सहभागी विभिन्न संचारमाध्यमका संचारकर्मीहरुले पत्रकार महासंघले पत्रकार हकहितका नाममा राजनीति पो बढी गरेको हो कि भन्दै म ... बाँकी अंश»

गुण्डा नाइके मनाङ्गे पुर्पक्षका लागि थुनामा

२०७३ भदौ १४ मंगलबार, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले गुण्डा नाइके दीपक मनाङ्गेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।    न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले आज व्यक्ति बन्धक तथा अपरहण मुद्दामा मनाङ्गेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार धु्रवकुमार उप्रेतीले जानकारी दिनुभयो ।    मनाङ्गेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । दुई महिना अगाडि व्यक्ति बन्धक बनाएर रकम असुलेको आरोपमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरेको थिय ... बाँकी अंश»

विदेशमा दुःख झेलिरहेका नेपालीबारे चार मन्त्रालयले प्रधानमन्त्रीलाई गरे ब्रिफ

२०७३ भदौ १४ मंगलबार, काठमाडौं । विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे सम्बन्धित मन्त्रालयहरुले प्रधानमन्त्रीलाई ब्रिफ गरेका छन् ।    मंगलबार प्रधानमन्त्री कार्यालयमा परराष्ट्र, श्रम, अर्थ र गृह मन्त्रालयले वैदेशिक रोजगारी र नेपाली कामदारले भोगिरहेका समस्याबारे प्रधानमन्त्रीलाई ब्रिफ गरेका हुन् ।   प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार चारै मन्त्रालयका मन्त्री र सचिवहरुले प्रधानमन्त्रीलाई अब उपरान्त स्वदेशमै रोजगारीको अवसर कसरी सिर्जना गर्न सकिन्छ ... बाँकी अंश»

जहाज खरिदसम्बन्धी सर्वोच्चको अन्तरिम आदेश

२०७३ भदौ १४ मंगलबार, काठमाडौँ। चिनियाँ जहाज खरिद सम्बन्धमा राष्ट्रिय सूचना आयोगको आदेश कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।    न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज चिनियाँ खरिद सम्बन्धमा कागजात गोप्य रहनेहुँदा त्यस्ता कागजात दिन नमिल्ने भएकाले सो आदेश कार्यान्वयन नगराउन आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।    चिनियाँ जहाज खरिद सम्बन्धमा भएका सम्झौताको स ... बाँकी अंश»

विद्युत् प्राधिकरणले तीन हजार बढीको लाइन काटियो

२०७३ भदौ १४ मंगलबार, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार ५९५ ग्राहकले महसुल बुझाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।    प्राधिकरणका अनुसार विराटनगर ८०, काठमाडौँ ६०, नेपालगन्ज १६, पोखरा ३५, हेटौँडा ४२, अत्तरिया १०६, बुटवल ६२, जनकपुर क्षेत्रीय कार्यालय मातहतका ५६ ग्राहकको लाइन काटिएको छ ।    विराटन ... बाँकी अंश»

नगर भित्रकै सडकको कन्तविजोग, दलका पार्टी कार्यालय अगाडि नै भ्वाँङ

२०७३ भदौ १४ मंगलबार, सिलगढी। डोटीको सदरमुकाम सिलगढीमा रहेको भित्री सडकको अवस्था दयनीय बन्दै गएको छ। सदरमुकामको मूल आवत–जावत गर्ने सडकको दुरावस्थाबारे सम्बन्धित निकाय भने मौन रहेकामा स्थानीयले आपत्ति जनाएका छन्। ... बाँकी अंश»

महिला संघको महाधिवेशनले ततायो कपिलवस्तु

२०७३ भदौ १४ मंगलबार, कपिलवस्तु । नेपाली कांग्रेस निकट नेपाल महिला संघ जिल्ला कार्य समितले आगामी केन्द्रीय समितिको महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशनको  तयारी तीब्र पारेको छ ।   संघ भदौ २९, ३० र ३१ मा काठमाडौमा हुने महाधिवेशन प्रतिनिधि छनोट र जिल्ला कार्यसमति चयन गर्न आर्थिक, प्रचार–प्रसार तथा अन्य समिति निर्माण गरी अधिवेशन तयारीमा लागेको छ  ।     अधिवेशन तयारीको लागि जिल्ला सभापति मीना केसीको संयोजकत्वमा १३  सदस्य समिति गठन भएको छ ।    तयारी ... बाँकी अंश»

'सरकार' कि लास चाहियो, कि सास चाहियो

२०७३ भदौ १४ मंगलबार, काठमाडौँ । “यत्रो वर्ष भयो, कुनै अत्तोपत्तो छैन, न लास छ, न सास छ” – बेपत्ता परिवारका शर्मिला त्रिपाठीले  काठमाडौँमा आयोजित एक कार्यक्रममा दुःख  पोखिन् ।    त्रिपाठीका पति ज्ञानेन्द्र त्रिपाठी बेपत्ता भएको अहिलेसम्म जीवत वा मृत फेला पर्न सकेका छैनन् । “न पार्टी न राज्य कसैले हेरेको छ, मान्छे मार्नेलाई जन्मकैद गर्नुपर्छ” – उनको आक्रोश थियो । त्रिपाठीको जस्तै पीडा छ विमला ढकालको पनि । “सरकारले दिने भनिएको रु १० लाख पनि अहिलेसम्म दिइए ... बाँकी अंश»

रामचन्द्र र प्रचण्डबीच भेट : मधेसी दललाई फकाउने जुक्तिबारे छलफल

२०७३ भदौ १४ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेता रामचन्द्र पौडेलबीच मधेसकेन्द्रित दललाई सहमतिमा ल्याएर संविधान संशोधन गर्ने विषयमा छलफल भएको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद, संविधान संशोधन तथा मधेसकेन्द्रित दललाई सहमतिमा ल्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।    यसैबीच नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले प्रधानमन् ... बाँकी अंश»

संविधान संशोधन मधेशी जनताको माग होइन : ज्ञवाली

२०७३ भदौ १४ मंगलबार, भक्तपुर। नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले राखेको संबिधान संशोधनको माग मधेशी जनताको माग नभएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै ज्ञवालीले मधेशी मोर्चाका केही नेताहरुको ब्यक्तिगत मागलाई मधेशी जनताको माग भन्दै संबिधान संशोधन गर्नु गलत हुने र संबिधान संशोधनका लागि नेपालमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत मधेशी जनताको माग नभई केही नेताहरुकै माग भएको स्पष्ट भएको बताए ।   उनले जायज मागह ... बाँकी अंश»

नयाँ