समाज

बार अध्यक्षमा केसीकै अग्रता यथावत

२०७२ चैत २५ बिहिबार, काठमाडौँ। नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा अध्यक्षमा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले अग्रता कायमै रहेको छ ।    निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार आज साँझसम्म गणना भएको छ हजार ७८१ मतमा केसीले तीन हजार ३०५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले तीन हजार ९० मत प्राप्त गर्नुभएको छ ।    त्यस्तै, महासचिवमा ... बाँकी अंश»

शुक्रबारबाट नयाँ संवत्सर,२०७३ नेपाललाई फलदायी 'विश्वलाई राम्रो'

२०७२ चैत २५ बिहिबार, काठमाडौँ । चन्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदा चैत २६ गते शुक्रबारदेखि सौम्य नामको नयाँ संवत्सर सुरु हुँदैछ । सौम्य नामक संवत्सर सुरु भएपछि पृथ्वीवासीलाई राम्रो फल मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । गत वर्ष चैत्र शुक्ल प्रतिपदादेखि बिहीबारसम्म कीलक नामको संवत्सर परेकाले नेपाललगायत पृथ्वीका विभिन्न भागमा नराम्रो फल मिलेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।    “‘चैत्र ... बाँकी अंश»

ट्राफिक चेकिङ् बदलियो : अब यातायात व्यवसायी र पत्रकार पनि ट्राफिक

२०७२ चैत २५ बिहिबार, स्याङ्जा । स्याङ्जामा ट्राफिक प्रहरीले सडकमा गुड्ने सवारी साधनको चेकजाँच गर्ने क्रमलाई बद्लेको छ । यातायात व्यवसायी, पत्रकार र ट्राफिक प्रहरीले संयुक्त रुपमा सवारी साधन अनुगमन गर्ने व्यवस्था अगाडी सारेको छ । जिल्लाका विभिन्न ठाँउमा ट्राफिक प्रहरीले संयुक्तरुपमा सवारी साधनको अनुगमन गर्ने क्रम जारी राखेको छ । बेला–बेलामा ट्राफिक प्रहरीले दुःख दिएको खबर बाहिर आउन थालेपछि ट्राफिक प्रहरीले यस्तो अभियानको थालनी गरेको हो । सिद्धार्थ राजमार्गबाट ... बाँकी अंश»

सेनाको घोडेजात्रा हेर्न राष्ट्रपति देखि स्थानीयसम्म

२०७२ चैत २५ बिहिबार, काठमाडौं । नेपाली सेनाले भव्य रुपमा घोडेजात्रा मनाएको छ । विहिबार टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाको परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले घोडेजात्राको अवलोकन गरिन् । विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरुका साथ राष्ट्रिय पर्व “घोडेजात्रा समारोह ” भव्य रुपमा मनाइयो । घोडेजात्राको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको थियो ।    समारोहमा अश्वकलाका विविध रोचक कार्यक्रमहरु ट्रिकराईड, टांगन र चार्जर घोडा दौड, साईकल रे ... बाँकी अंश»

पत्रकारसँग डरायो सरकार; सिंहदरबार प्रवेशमा रोक

२०७२ चैत २५ बिहिबार, काठमाडौं। सरकारले सञ्चारकर्मीहरुलाई सिंहदरवार प्रवेसमा रोक लगाएको छ। समाचार संकलन तथा अन्य विभिद कामका लागि सिंहदरवार गएका पत्रकारहरुलाई प्रहरीले दक्षिण ढोकामा रोकेर फर्काएको हो। प्रहरीले माथिको आदेश भन्दै पत्रकारहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाएको हो।    नेपाल सरकार सूचना विभागले जारी गरेको प्रेस पास र संसद सचिवालयले जारी गरेको प्रेस पासले पत्रकारहरु सिंहदरवारमा निर्वाध आवतजावत गर्ने र समाचार संकलन गर्दै आएका थिए।    तर सरकार ... बाँकी अंश»

संविधान निर्माणपछि मुलुक अति कठिन चरणबाट गुज्रिंदै : नेम्वाङ्

२०७२ चैत २५ बिहिबार, झापा । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले मुलुक संविधान निर्माण पश्चात अत्यन्तै कठिन चरणबाट गुज्रिरहेको बताएका छन् । झापाको खुदुनाबारी–१ स्थित शङराजायपीठ साधुटारमा आयोजित सलकपुर सतासीवातावरण मैत्री चुरे पदमार्ग कार्यक्रममा नेम्वाङले यसो भनेका हुन् ।     छिमेकी मुलुक भारतमा समेत १ सय २२ पटक संविधान संशोधन भएको चर्चा गदै नेम्वाङले नेपालमा एक पटक संविधान संशोधन हुनुलाई आश्चर्य मान्न नहुने बताए । एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वा ... बाँकी अंश»

एमाले बैठक : राजनीतिक प्रतिवेदनमा सुझाव

२०७२ चैत २४ बुधबार, काठमाडौँ । नेकपा (एमाले) को जारी पोलिटब्युरोको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आज एक दर्जन सदस्यले आफ्ना धारणा र सुझाव राखेका छन् । सदस्यहरुले सरकारको काम प्रभावकारी हुनुपर्ने, प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणको ऐतिहासिकतालाई कायम राख्दै राष्ट्रिय स्वाधिनताको प्रश्नमा झुक्न नहुने, पार्टीलाई गतिशील र अन्तरपार्टी एकता बलियो बनाउनुपर्नेमा जोड दिए  ।    अध्यक्ष ओलीले मङ्लबारको बैठकमा १२ पृष्ठे ... बाँकी अंश»

कानुन व्यवसायी भन्दै ठगी गर्नेलाई अदालतभित्र छिर्नै दिइएन

२०७२ चैत २४ बुधबार, काठमाडौँ । ललितपुर जिल्ला अदालतले कानुन व्यवायी हुँ भन्दै ठगी गर्ने मनोहर तिवारीलाई अदालत प्रवेशमा रोक लगाएको छ । ललितपुर जिल्ला अदालतका स्रेस्तेदार बाबुराम दाहालले सार्वजनिक गरेको सूचनामा तिवारीले मुद्दा मिलाइदिन्छु भनेर न्यायाधीश तथा कर्मचारीबाट मोटो रकम लिने गरेकोे र कानुन व्यवसायीका नाममा विचौलिया काम गरी न्यायपालिकाको गरिमा धमिल्याउने काम गरेको हुँदा अदालतमा प्रवेश निषेध गरेको उल्लेख छ ।    सूचनामा भनिएको छ– “तिवारी अधिवक्ता, ... बाँकी अंश»

सेनाले सर्लाहीको नाढिमन ताल स्थानीयलाई हस्तान्तरण गर्‍याे

२०७२ चैत २४ बुधबार, सर्लाही । नेपाली सेनाले मर्मत संभार, पुनःनिर्माण तथा विस्तार गरीरहेको सर्लाही जिल्लाको चन्द्रनगरस्थित नाढिमन ताल वुधबार स्थानीय संरक्षण समितिलाई स्तान्त्रण गरेको छ । वन तथा भू–संरक्षण मन्त्री अग्नि प्रसाद सापकोटा तथा प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले संयुक्त रुपमा स्थानीय नाढिमन ताल संरक्षण समितिका अध्यक्ष राजकुमार शाहलाई हस्तान्तरण गरेका हु्न् ।    राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको परियोजना अन्तर्गत नेपा ... बाँकी अंश»

देउवालाई भारतीय विदेशमन्त्री स्वराजको बधाई

२०७२ चैत २४ बुधबार, काठमाडौं ।  नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएकोमा भारतीय विदेशमन्त्री सुश्मा स्वराजले टेलिफोनमार्फत बधाइ दिएकी छन्। निर्वाचित भएलगत्तै देउवालाई टेलिफोन गरेर स्वराजले बधाई दिएको देउवाका स्वकीय भानु देउवाले जानकारी दिए।    बुधबार भएको संसदीय दलको निर्वाचनमा देउवा प्रतिस्प्रर्धी रामचन्द्र पौडेललाई ७२ मतले पछि पार्दै संसदीय दलको नेता निर्वाचित भएका हुन् । देउवाले १ सय ३९ र पौडेलले ६७ मत पाए । यसअघि, पह ... बाँकी अंश»

टीकापुर दंगामा संलग्न थप एक प्रहरीको फन्दामा

२०७२ चैत २४ बुधबार, धनगढी । गएको भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । नारायणपुर गाविसका ३४ वर्षीय विश्राम चौधरी कुश्मीलाई टीकापुर क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । उनी प्रहरीको फरार अभियुक्त सूचीमा थिए ।    घटनामा संलग्न रहेको आरोपमा यसअघि पक्राउ परेका २२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । टीकापुर घटनामा ... बाँकी अंश»

बार अध्यक्षमा केसीको अग्रता कायमै

२०७२ चैत २४ बुधबार, काठमाडौँ। नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अहिले भइरहेको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार शेरबहादुर केसीको अग्रता कायमै रहेको छ ।    प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार अहिलेसम्म गणना भएको एक हजार ९०५ मतमा केसीले ९९७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी विजयकान्त मैनालीले ८५० मत प्राप्त गरेका छन् ।    त्यस्तै, महासचिवमा खम्बबहादुर खातीले ९२५ मत प्राप्त गरेका छन्। प ... बाँकी अंश»

राष्ट्रिय सहमतिको लाइनमा सिटौला

२०७२ चैत २४ बुधबार, विराटनगर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकलाई अघि बढाउन दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यकता  रहेको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीहरु संग कुरा गर्दै नेता सिटौलाले संविधान कार्यान्वयन र भूकम्प पछिको पुनःनिमार्णका लागि राष्ट्रिय एकतामा जोड दिए । नेता सिटौलाले नेपाली कांग्रेस सबै भन्दा ठुलो दल भएकाले मुख्य दलहरुबीच एकता कायम गर्न पहल गर्ने बताए ।    सिटौलाले नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन पछि हुने पहिलो बै ... बाँकी अंश»

नरहरिको मत खसेन, रामशरणको ‘पीए’मार्फत खस्यो

२०७२ चैत २४ बुधबार, काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि भएको निर्वाचनको मतदान सकिएको छ । संसदीय दलको निर्वाचन मतदाता २ सय ७ रहेकामा २ सय ६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।    स्वास्थ्य समस्याले सांसद नरहरि आचार्य भने मतदानमा उपस्थित हुन सकेनन् । आचार्यको मत खसेन । यस्तै, केही दिन अघि भर्याङ्गबाट लडेर घाइते भएका रामशरण महत मतदान स्थलमा पुगेपनि भित्र जान नसकेपछि पीए लगाएर मत खसालेका छन् । महतको खुट्टाको शल्यक्रिया भएकाले भित्र जान नसकेको बताइएको छ ।  & ... बाँकी अंश»

कांग्रेस संसदीय दलको निर्वाचन, ६० बढी मत खस्यो

२०७२ चैत २४ बुधबार, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका भइरहको निर्वाचनमा अहिले मतदान जारी छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी मतदानमा यो समाचार तयार पार्दा सम्म ६० मत बढी खसिसकेको छ । विद्युतिय मेसिनबाट भइरहेको मतदान चाँडै सकिने बताइएको छ ।    संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल सुनावी मैदानमा छन् । विद्युतीय मतदान हुने भएकाले मतगणना सुरु भएको झण्डै एक घण्टामा मतपरिणम आउने निर्वाचन समि ... बाँकी अंश»

एमालेमा मनोनयनको विवाद मिलाउन कार्यदल

२०७२ चैत २३ मंगलबार, काठमाडौं । एमाले केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयनको विवाद टुङ्गो लगाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदलले थप गृहकार्य गरी प्रस्ताव ल्याउन जिम्मेवारी दिएको हो । गुरुङ सङ्गठन र विष्ट मोर्चा सङ्गठन विभागको प्रमुख हुन् ।    एमाले केन्द्र ... बाँकी अंश»

देउवाको गृह जिल्लामा होटल भत्किँयो, १७ घाइते

२०७२ चैत २३ मंगलबार, भीमदत्तनगर। डडेल्धुराको अमरगढी नगरपालिका–१ मा रहेको बैतडी समराई होटल भत्किँदा आज बिहान १७ जना यात्रु घाइते भएका छन्।   जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कच्ची काठको होटलमा सुदूरपश्चिम यातायातमा अछामका लागि हिँडेका यात्रु खाना खान उक्त होटलमा गएका थिए । यात्रुको भारका कारण होटल भत्किँदा १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।   घाइते हुनेमा पूर्वराज्यमन्त्री जनकबहादुर शाहसहित अन्य यात्रु छन् । धनगढीबाट अछामको साफेँबगरतर्फ गइरहेका दु ... बाँकी अंश»

सेनालाई विद्यालयको सम्मान

२०७२ चैत २३ मंगलबार,  रुकुम । रुकुमको एक विद्यालयले आफ्नो विद्यालयमा भौतिकपूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाली सेनालाई सम्मान गरेको छ । मुसिकोट नगरपालीका–३ मा रहेको महाकाली माध्यामिक विद्यालयले नेपाली सेनालाई सम्माण गरेको हो । विद्यालयले आफ्नो २६औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा देवी दल गण रुकुमका गणपती प्रमुख सेनानी डम्बरबहादुर दर्लामीलाई विद्यालयले नागरिक अभिनन्दनसहित सम्मान गरेको हो ।    विद्यालयको भौतिक निर्माणमा नेपा ... बाँकी अंश»

बढ्यो बलात्कार : नौ वर्षीया बालिका आफन्तबाटै बलात्कृत

२०७२ चैत २३ मंगलबार, खोटाङ । खोटाङमा नौ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । यही चैत ३ गते घरमा कोही नभएको मौका पारी स्थानीयवासी २० वर्षीय युवकले बालिकालाई बलात्कार गरेका हुन् ।    मावली घर बस्दै आएकी बालिकालाई युवकले आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । घटनाको जानकारी पाएपछि पीडित बालिकाको आफन्तले आज जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।    पीडित बालिकाको आफन् ... बाँकी अंश»

उर्जा मन्त्री टोपबहादुरको पुत्ला जल्यो

२०७२ चैत २३ मंगलबार, कपिलवस्तु । विद्युत कटौती र अनियमित रुपमा गरिएको लोडसेडिङ्गको विरोधमा तौलिहवामा उर्जा मन्त्रीको पुत्ला दहन भएको छ । उर्जा मन्त्री टोपबहादुर रायमाझिको पुत्ला बनाई जिल्ला प्रशासन कार्यालय  तौलिहवा अगाडी पुत्ला दहन गरिएको हो । लामो समय देखि विद्युतको समस्या समाधन हुन नसकेको भन्दै उद्योग, व्यवसायीहरु मार्कामा पर्दै अएकाले पुत्ला दहन गरिएको बताइएको छ ।    कार्यक्रममा सांसद अभिषेक प्रताप शाहले वर्तमान सरकारले जनताका अतयवशयक सेवा सुविधा समेत ... बाँकी अंश»

नयाँ