समाज

कांग्रेस कर्मकाण्ड : निर्वाचनअघि विधान संशोधन, २२ गते संसदीय दलको बैठक

२०७२ चैत १७ बुधबार, काठमाडौं । काँग्रेस शीर्ष नेताको बैठकले संसदीय दलको निर्वाचन अघि विधान संशोधन गरेर अघि बढ्ने निर्णय गरेकोे छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा नेताहरुले छलफल गर्दै संसदीय दल र कार्यसमिति निर्वाचन अघि विधान संशोधन गरेर अघि बढ्नेबारे छलफल भएकोे बैठकमा सहभागी नेता विमलेन्द्र निधिले बताए ।     बैठकले आगामी चैत २२ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, सभापति शेरबहादुर देउवा पक्षबाट गोपालमान श्रेष ... बाँकी अंश»

वेपत्ता छानविन आयोगले उजुरी दर्ता गर्न थाल्यो

२०७२ चैत १७ बुधबार, विराटनगर । वेपत्ता छानविन आयोगले मोरङमा द्वन्द्वका वेला भएका घटनाको उजुरी लिने काम शुरु गरेको छ । जिल्ला तहमा स्थानीय शान्ति समिति मोरङ मार्फत उजुरी लिने व्यवस्था मिलाइएको छ । शान्ति समिति मोरङ संयोजक महेश रेग्मीका अनुसार माओवादीको ‘जनयुद्ध’ कालमा राज्य र माओवादी दुवैतर्फबाट भएका मानवअधिकार उल्लंघनका घटनामा उजुरी दर्ता गर्न सकिने छ ।    उजुरी दर्ता गर्ने म्याद आगगामी वैशाख ५ देखि असार २ गतेसम्म तोकिएको कार्यालय सचिव टिका घिमिरेले जानका ... बाँकी अंश»

शान्ति समाजले सद्भाब प्रबर्दनका लागि देशभर दिप प्रज्वलन गर्ने

२०७२ चैत १७ बुधबार, काठमाडौं। मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७२ चैत्र १६ गते तेह्रथुम सदरमुकाम स्थित म्याङलुङ्ग बजारमा स्वाभिमान अभियान अन्तर्गत शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाव र आत्मसम्मान भन्ने मुल नारा सहित जागरण सभा सम्पन्न भएको छ।    कार्यक्रमका प्रमुख अतिथि तेह्रथुम जिल्लाबाट २०१५ सालमा संसदमा निर्बाचित अग्रज ब्यक्तित्व तेजमान तुम्बाहाम्फेले चार वटा दिप प्रज्वलित गरि कार्यक्रमको उद्घाटन गरि अभियानको सफलताको शुभकामना ब्य ... बाँकी अंश»

नक्कली विल बनाई भ्रष्टाचार गर्नेविरुद्ध अख्तियारको मुद्दा

२०७२ चैत १६ मंगलबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गैरसरकारी संस्थासँग मिलेमतो गरी अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार तत्कालीन जिल्ला शिक्षा अधिकारी मण्डलसहित सिएलसी फेडेरेसन नेटवर्क रौतहटका पदाधिकारीसँग मिलेमतो गरी रु ४७ लाख ३६ लाख ६५० भ्रष्टाचार गर ... बाँकी अंश»

प्रमुख विपक्षी कांग्रेसको अनुउपस्थितिले संवैधानिक परिषद्को बैठक निर्णयविहीन

२०७२ चैत १६ मंगलबार, काठमाडौं । प्रमुख विपक्षी दलको अनुपस्थितिका कारण संवैधानिक परिषद्को बैठक बिना निर्णय टुंगिएको छ । मंगलबार बसेको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस नै उपस्थित भएन । कांग्रेसले आफ्नो संसदीयदलको नेता चयन भइनसकेकाले बैठकमा उपस्थित हुन नसकेको जानकारी दिएको छ । प्रमुख विपक्षीदलका नेताहरु उपस्थित हुन नसकेपछि बैठक निर्णयमा पुग्न सकेन ।  ... बाँकी अंश»

पोखराका अधिकांश पर्यटन व्यवसायीबाट मज्दुरको श्रमशोषण

२०७२ चैत १५ सोमबार, पोखरा । पोखराका अधिकांश पर्यटन व्यवसायीले श्रमिकहरुको शोषण गर्ने गरेको खुल्न आएको छ । श्रमिकका समस्या बुझ्दै पर्यटकीय नगरी पोखरामा पुगेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको पर्यटन क्षेत्र युनियन परिषद्सामू त्यहाँका श्रमिकहरुले यस्तो खुलासा गरेका हुन् । परिषद्ले नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटन श्रमिकले निर्वाह गर्नुपर्ने भूमिका र उनीहरुको अधिकारका बारे पोखरामा गरेको अन्तक्रियामा सहभागी श्रमिकहरुले पोखराका होट ... बाँकी अंश»

प्रधान सेनापति क्षत्री र चीनिँया जनमुक्ति सेनाका सेनाध्यक्ष फाङबीच भेट

२०७२ चैत १५ सोमबार, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधान सेनापति तथा महारथी राजेन्द्र क्षत्रीले सोमबार चीनिँया जनमुक्ति सेनाका सेनाध्यक्ष जनरल फाङ फेङगुइसंग भेटवार्ता गरेका छन्  सोमबार भएको भेटमा प्रधान सेनापति र जनरल फाङबीच आपसी द्विपक्षीय हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको थियो ।    आइतबार चीनको राजधानी बेईजिङ्ग पुग्दा प्रधान सेनापति क्षत्रीलाई जनमुक्ति सेनाका सेनाध्यक्ष फाङ र केन्द्रीय सेना आयोगका संयुक्त स्टाफ डिपार्टमेन्ट चिफले स्वागत गरेका थ ... बाँकी अंश»

कांग्रेस सभापति देउवालाई कतारका राजदूतले निवासमै गएर भेटे

२०७२ चैत १५ सोमबार, काठमाडौं । नेपालका लागि कतारका राजदूत अहमद जासिम मोहम्मद अलि अल हमरले कांग्रेस सभापति शेरबहादुर देउवालाई निवासमै गएर भेटेका छन् । देउवा निवास बूढानीलकण्ठ पुगेका राजदूत हमरले तेह्रांै महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएकामा देउवालाई बधाई दिए ।   हमरले देउवाको कार्यकालमा नेपाल र कतारबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिए । भेटका क्रममा सभापति देउवा र राजदूत हमरबीच द्व ... बाँकी अंश»

राजेन्द्र महतोले अबको आन्दोलन ‘कडा’ मात्रै भने

२०७२ चैत १५ सोमबार, विराटनगर । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले आफुहरुको माग पूरा गर्न सरकार गम्भीर नभए आगामी वैशाखबाट मधेसी मोर्चाले कडा आन्दोलन गर्ने बताएका छन् । विराटनगरमा सुरु भएको सद्भावना पार्टीको राष्ट्रिय कार्य समिति विस्तारित बैठकमा अध्यक्ष महतोले तराई मधेसका जनताको हक अधिकार स्थापित गर्न संविधान संसोधन आवश्यक रहेको बताए ।    महतोले भने, ‘मधेसी मोर्चाको शान्तिपूर्ण आन्दोलन अहिले पनि जारी रहेकाले वैशाख महिनादेखि आन्दोलनको स्वरुप परिवर् ... बाँकी अंश»

एक साता देखि धुमिएको काठमाडौ‌ं सफा (तस्वीर सहित )

२०७२ चैत १५ सोमबार, काठमाडौं । काठमाडौं  उपत्यकामा सोमबार साँझ भीषण हावा हुरी चलेपछि मौसममा सुधार आएको छ । प्रति सेकेन्ड ३० मिटर (७१ किलोमिटर प्रतिघण्टा)को गतीमा हुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धुलाम्य भएको उपत्यकामा एक साता अघि देखि तुँवालो तैरिएर बसेकामा हुरीले हटाउन सहयोग गरेको मौसमविद्हरु बताउँछन् ।  हावा हुरी सामान्य भएसंगै जनजीवन पनि सामान्य भइसकेको छ । महाशाखाका मौसमविद्हरुले काठमाडौंमा पानी परेको र सानो प्रणाली विकसित भएकाले धेरै पानी प ... बाँकी अंश»

राजकुमार ह्यारी गोरखाबाट मंगलबार राजधानी आएसंगै स्वदेश फर्किने

२०७२ चैत १५ सोमबार, गोरखा । भूकम्पले ध्वस्त बनाएको मनास्लु पदमार्गअन्तर्गत उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभात किरण माध्यामिक विद्यालयको ११ कोठे भवन पुनःनिर्माणमा सघाएर बेलायतका राजकुमार ह्यारी मंगलबार काठमाडौँ फर्किने भएका छन् । मंगलबार काठमाडौं फर्किने ह्यारी अपरान्हपछि स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।     गएको बिहीबार लापु पुगेका राजुकुमार ह्यारीले शुक्रबारदेखि विद्यालय भवन निर्माण गर्न ढुङ्गा र काठ बोकेका थिए । ह्यारीले चार दिनसम ... बाँकी अंश»

सहमति जुटाएर संसदीय दलको निर्वाचन गर्न माग

२०७२ चैत १५ सोमबार, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताले संसदीय दलको निर्वाचन विधान संशोधनको सहमति जुटाएर गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् । वरिष्ठ नेता पौडेल पक्षधर नेताको आज दिउँसो पौडेल निवास बोहोराटारमा बसेको बैठकले पार्टीको महत्वपूर्ण विषयमा विगतको जस्तै सहमति जुटाएर संसदीय दलको नेता एवम् कार्यसमितिको निर्वाचन गर्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय गरेको हो ।    राजधानीमा उपलब्ध वरिष्ठ ... बाँकी अंश»

काठमाडौंमा भीषण हुरी चल्दा (भिडियोसहित)

२०७२ चैत १५ सोमबार, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार साँझ भीषण हावा हुरी चल्दा जनजीवन एका–एक अस्तव्यस्त भयो । हुरी चलेपछी बाटोमा गुडिरहेका सवारी साधन एका–एक रोकिएका थिए । यातायात अवरुद्ध हुनुका साथै बाटोमा हिंडिरहेका पैदलयात्रुले सास्ती बेहोरे । यस्तै, ठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्प पीडितहरुका टहरा उडाएपछि विचल्ली भएको छ ।    प्रति सेकेन्ड ३० मिटर (७१ किलोमिटर प्रतिघण्टा)को गतीमा हुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धुलाम्य भएको उप ... बाँकी अंश»

बझाङको पर्यटन विकास र प्रवद्र्धन गर्न बन्यो दवाब समूह

२०७२ चैत १५ सोमबार, बझाङ । पर्यटन विकासको ठूलो सम्भावना रहेको सुदूरपश्चिमको हिमाली जिल्ला बझाङको पर्यटन प्रवद्र्धन गरि विकास गर्ने कार्यमा सहयोग गर्न पर्यटन विकासका लागि दवाब समूह गठन भएको छ ।  सोमबार पर्यटन व्यवसायी, पत्रकार, नागरिक समाजको भेलाले पत्रकार शैलेन्द्र रोकायाको संयोजकत्वमा ११ सदस्यीय कार्य दवाब समूह गठन गरेको हो ।    कार्य समिति उप संयोजक पर्यटन व्यवसायी कर्मा तमाङ्ग, सदस्यहरु राजेन्द्र सिहं ,सविता बिष्ट, मान बहादुर बोहरा, ललित सिहं, असोक मल्ल, गो ... बाँकी अंश»

काठमाडौंमा भीषण हुरी, जनजीवन अस्तव्यस्त

२०७२ चैत १५ सोमबार, काठमाडौं । काठमाडौंमा तीब्र गतिको हावा हुरी चल्दा जनजीवन अस्त व्यस्त बनेको छ । केही दिन देखि तुँवालोले ढाकिएको उपत्यका धुलाम्मे भएको छ । बाटोमा गुडिरहेका सवारी साधन एका–एक रोकिएपछी यातायात अवरुद्ध भएको छ । पैदल यात्री बढी मारमा परेका छन् । काठमाडौं आसपासका भूकम्प पीडितहरुको विचल्ली भएको छ । होडिङ बोर्ड तथा टहरा उडाउँदा समस्या भएको छ ।   उता, चितवनमा पनि तीब्र गतिको हावा चल्दा दारेचोकस्थित साराथोक गाउँमा भूकम्प पीडितका २७ टहरा उडाएको छ । टहरा ... बाँकी अंश»

चुरे क्षेत्रमा बढी भूक्षय, पूर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्र झन् जोखिम

२०७२ चैत १५ सोमबार, काठमाडौँ। भू तथा जलाधार संरक्षण विभागले मध्यपहाडी र चुरे क्षेत्रमा बढी मात्रामा भू–क्षय हुने गरेको जनाएको छ।   वर्षायाममा अत्यधिक पानी पर्ने र हिउँदमा पानी नपर्ने गर्दा एकैचोटीको पानीको बोझले भिरालो जमिन भएको मध्यपहाडी र चुरे क्षेत्रमा बढी भू–क्षय हुने गरेको विभागका जलाधार व्यवस्थापन अधिकृत डा जगन्नाथ जोशीले जानकारी दिए। उनले भने – “वर्षाको पानीका कारण ५० देखि ८० प्रतिशत भू–क्षय हुने गरेको छ।”   पानी परेर पहिरो र अन्य कारणले धे ... बाँकी अंश»

पत्रकार महासङ्घको बैठकमा कालो झन्डा प्रदर्शन

२०७२ चैत १५ सोमबार, बनेपा। काभ्रेपलाञ्चोकका क्रियाशील पत्रकारले एक दशकदेखि सदस्यता नपाएको विरोधमा आज धुलिखेलमा कालो झन्डासहित विरोध प्रदर्शन गरेका छन् ।   नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको धुलिखेलमा जारी बैठकमा सदस्यता नपाएको भन्दै क्रियाशील पत्रकार सङ्घर्ष समिति काभ्रेपलाञ्चोकका संयोजक दिनेश घिमिरेको नेतृत्वमा पत्रकारले बैठकस्थलमै कालोपट्टीसहित नाराबाजी गर्दै केहीबेर बैठक अवरुद्घ गरेका थिए ।   आइतबारदेखि धुलिखेलमा चलिरहेको प्रेस काउन्सिल ... बाँकी अंश»

बिद्यार्थी नेतृ स्वस्तिकाको निधनले कांग्रेस शोकाकुल (बिज्ञप्ति)

२०७२ चैत १५ सोमबार, काठमाडौ। नेपाली कांग्रेसकी पूर्व महासमिति सदस्य तथा पद्मकन्या क्यापसकी स्ववियु सभापति लालकुमारी पोख्रेल (स्वस्तिका) को सडक दुर्घटनामा निधन भएकोमा नेपाली कांग्रेसले दुख ब्यक्त गरेको छ। उनको सोमबार बिहान बाराको अमलेजगन्जमा सवारी दुर्घटनामा मृत्यु भएको हो। स्व पोख्रेलले लोकतान्त्रिक आन्दोलनमा अग्रणी निर्वाह गरेको र उनको निधनले एक कुशल बिद्याथी नेता गुमाउनु परेको नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइ ... बाँकी अंश»

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ उपचारपछि स्वदेश फर्कंदै

२०७२ चैत १५ सोमबार, काठमाडौँ। भारतमा उपचाररत वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएपछि उहाँ बुधबार स्वदेश फर्कंदै हुनुहुन्छ।   जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन लाग्नुभएको लेखक समीक्षक प्रकाश सायमीले जानकारी दिए। उनी करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना भएका थिए।   सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन् ... बाँकी अंश»

८५ वर्षीय मीनबहादुर पुनः सगरमाथा चढ्ने तयारीमा

२०७२ चैत १५ सोमबार, म्याग्दी। म्याग्दीको भुरुङ तातोपानीका ८५ वर्षीय पूर्व गोरखा सैनिक मीनबहादुर शेरचन पुनः विश्वको सर्वौच्च शिखर सगरमाथा चढ्ने तयारीमा लाग्ने भएका छन्।   ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लागेका शेरचनले गत वर्ष सगरमाथा आरोहण गर्न सुरु गरे पनि वैशाख १२ गतेको भूकम्पको कारण आरोहण स्थगित गर्नु भएको थियो।   यसअघि २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम् ... बाँकी अंश»

नयाँ