समाज

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

२०७३ जेठ ५ बुधबार, सिन्धुली। सिन्धुलीमा आज दुई छुट्टाछुटै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।   सिन्धुलीको भद्रकाली–४ मा हाते ट्याक्टर र कमलामाई नगरपालिका–१० मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।   सिन्धुलीको भद्रकाली गाविस–४ कुसुमटारमा हाते ट्याक्टरबाट खेत जोत्ने क्रममा हाते ट्याक्टर चालक कमलामाई नगरपालिका–४ ऐँसेलुजङ्गार निवासी– २३ वर्षका कृष्णकुमार सार्कीको घटनास्थलमै मत्यु भ ... बाँकी अंश»

युवा संघको क्षेत्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७३ जेठ ५ बुधबार, तेह्रथुम। युवा संघ नेपालका केन्द्रिय सदस्य तथा कोशी सह–इन्चार्ज अर्जुन ढुंगानाले अब आफ्नो ठाउँमा युवाहरु आफौँ जुट्ने बेला आएको बताए। स्वदेशमा बेरोजगारीको बाबजुद युवाहरुले विदेशिनुको सट्टा आफ्नै ठाउँको विकास र समृद्धिमा समय खर्चिनु उपयुक्त हुने ढुंगानाको जोड थियो।    मंगलबार सक्रान्तिबजारस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित युवा संघ नेपालको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै युवा नेता ढुंगानाले पार्टीको आगामी जिल्ला अधिव ... बाँकी अंश»

बनेपा–काठमाडौँ सिधा बस सञ्चालन सुरु

२०७३ जेठ ५ बुधबार, बनेपा। बनेपाबाट काठमाडौँका लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ।   काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो।   हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समितिले १० वटा बस सञ्चालन गर्ने यातायात व्यवसायी सुरकृष्ण वैद्यले जानकारी दिए। विगत लामो समयदेखि काभ्रेपलाञ्चोकको धुलिखेल र पनौतीबाट काठमाडौ ... बाँकी अंश»

पूर्वसभासद् महतोलाई मारपिट गर्ने तीन पक्राउ

२०७३ जेठ ५ बुधबार, महोत्तरी। एनेकपा (माओवादी)की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।    इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई मङ्गलबार दिउँसो घरबाट पक्राउ गरेको हो ।    फरार रहेका उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक शम्भु पोखरेल ... बाँकी अंश»

लहानमा तीन मोटरसाइकल आपसमा जुध्दा चारको मृत्यु

२०७३ जेठ ५ बुधबार, गोलबजार (सिरहा)। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित भोटियाटोलमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ भने घाइते एक युवकको अवस्था गम्भीर छ ।    दुर्घटनामा मृत्यु हुनेमा गोलबजारका विवेक सिंह, सप्तरी गम्हरिया–३ का लक्ष्मण राम, असनपुर–७ का रामआशीष पासवान र लहान नपा–८ का नुजा सदाय रहेका छन् । सो दुर्घटनामा घाइते भएका बल्कवा गाविसका सर्बेस गोसाईको लहानमा उपचार सम्भव नभएपछि उपचारका लागि विराटन ... बाँकी अंश»

नेविसंघमा महाधिवेशन चर्चा सँगै नयाँ नयाँ वहश

२०७३ जेठ ४ मंगलबार, काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन चर्चा सँगै नयाँ नयाँ बहश र चर्चा शुरु भएको छ। ९ बर्षपछि हुने चर्चा रहेको महाधिवेशनमा यो वहश चर्चालाई धेरैले स्वाभाविक पनि भनेका छन।    यही समयमा नेपाल विद्यार्थी संघका क्यामसपस्तरका नेताहरुको भेलाले नयाँ नारा अगाडी ल्याएको छ। 'नेपाल विद्यार्थी संघको राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने?' उनीहरुले नेपाल विद्यार्थी संघको राजनीति गर्न उमेरको हद लाग्ने ... बाँकी अंश»

चट्याङ लागेर चितवनमा दुईको मृत्यु, दुई घाइते

२०७३ जेठ ४ मंगलबार, काठमाडौं । चितवनमा दिउँसो परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चितवन जिल्ला राप्ती नगरपालिका स्थायी घर भएका २१ वर्षीय कमल पुन तथा हेटौंडा फापरबारी घरभई राप्ती नगरपालिका गैरढाप बस्ने वर्ष ३० मान बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   चट्याङ् लागेर घाइते हुने सोही ठाउँका १९ वर्षीय प्रकाश परियार तथा २० वर्षीय सुरेश परियारको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक महेश आचार् ... बाँकी अंश»

द्वन्द्वकालीन घटनाका २१ उजुरी

२०७३ जेठ ४ मंगलबार, लुम्बिनी (रुपन्देही)  । सत्य निरुपण तथा मेलमिलाप आयोगले १० वर्षे द्वन्द्वका क्रममा घटाइएका घटनाको सत्य तथ्य छानविनका लागि उजुरी गर्न माग गरेपछि रुपन्देहीमा २१ वटा उजुरी दर्ता भएको छ ।    सरकारले गत वैशाख २ गतेदेखि जेठ मसान्तसम्म बेपत्ता छानविन र वैशाख ५ गतेदेखि असार २ गतेसम्म सत्य निरुपणसम्बन्धी उजुरी गर्न समय तोकेपछि उजुरी गर्ने क्रम बढेको हो ।    जसमध्ये २० वटा सत्य निरुपणसम्बन्धी र एउटा बेपत्तासम्बन्धी रहेको स्थानीय शान्ति समिति रु ... बाँकी अंश»

लेखा अधिकृत आचार्यविरुद्ध मुद्दा दायर

२०७३ जेठ ४ मंगलबार, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत लेखा अधिकृत प्रकाश आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार अधिकृत आचार्यले एक मेनपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिने कार्यका लागि सेवाग्राहीसँग रु १० हजार घुस रकम लिँदै गरेको अवस्थामा थलोमा नै पक्राउ परेका थिए । आयोगले लेखा अधिकृत आचार्यलाई बिगो असुलउपर गरी हदैसम्मको का ... बाँकी अंश»

चितवनको चण्डिभञ्ज्याङ्गमा पहिरो गयो, नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

२०७३ जेठ ४ मंगलबार, चितवन । चितवनको चण्डिभञ्ज्याङ्गस्थित स्थित पाँच किलोमा पहिरो जाँदा राजधानी भित्रिने बाहिरिने मुख्य नाका नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौं गाडी र यात्रु अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार पहिरो साँझ सवा ६ बजे गएको हो । अझै पानी परिरहेकाले पहिरो पञ्छाउने काम भइरहेकाले बाटो २ घण्टापछि खुल्न सक्ने बताइएको छ । मुग्लिङबाट ९ किलोमिटर पर पहिरो गएको र पहिरो पञ्छाउन दुईवटा स्काभेटर लगाईएको प्रहरी ... बाँकी अंश»

भारत र युरोपीयन युनियनको डिजाइनमा संघीय गठबन्धनको आन्दोलन

२०७३ जेठ ४ मंगलबार, काठमाडौं । सत्ताधारी एकिकृत माओवादी प्रवक्ता दिनानाथ शर्माले संघीय गठबन्धनको काठमाडौ केन्द्रित आन्दोलन प्रायोजित रहेको टिप्पणी गरेका छन् । शर्माले ट्वीट गर्दै भनेका छन्, ‘काठमाडौं केन्द्रित आन्दोलन भारत र युरोपीयन युनियन को डिजाइनमा संचालित छ भन्छन । समयमै सचेत हुनु राम्रो ।’ भनेका छन् । शर्माको ट्वीट हेर्ने वित्तिकै टेलिफोन गर्दा शर्माले हाँस्दै भने, ‘मैले यस्तो छ भन्छन् भनेको छु, बाहिर यस्तो चर्चा छ, पार्टीको तर्फबाट चैं भनेको होइन । यद् ... बाँकी अंश»

हाम्रो पार्टी दुई मधेस प्रदेशको पक्षमा छ : पशुपति शमशेर

२०७३ जेठ ४ मंगलबार, काठमाडौं । राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणाले नवलपरासीदेखि बर्दियासम्मको प्रदेशबाट पहाडी जिल्ला अलग गरे समस्याको समाधान हुने जिकिर गर्दै आफ्नो पार्टी दुई मधेस प्रदेशको पक्षमा रहेको सुनाए । राजधानीमा भएको एक कार्यक्रममा राणले वंशजबाहेकका नागरिकलाई उच्च संवैधानिक पदमा नियुक्त गर्न नसकिने भन्दै मधेसमा जति काठमाडांैमा आन्दोलन गर्न आन्दोलनकारीलाई सजिलो नहुने बताए । नेकपा एमालेका सभासद लालवाबु यादवले राजनीतिक नेतृत्वले सिमाङ्ककन गर्द ... बाँकी अंश»

मधेसमा दुई प्रदेश हुनै पर्छ : कोषाध्यक्ष यादव

२०७३ जेठ ४ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले मधेसमा दुई प्रदेश हुनु पर्नेमा जोड दिएकी छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भनिन्, ‘मधेसमा दुई प्रदेश हुनु पर्छ, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकतामा सबैलाई समान व्यवस्था हुनुपर्छ र राज्यको सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु पर्छ ।’ यादवले झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनु पर्ने धारणा राख्दै मधेसी मोर्चाले अघि सारेका ... बाँकी अंश»

हिउँ चितुवामा स्याटेलाइट झुन्ड्याइयो

२०७३ जेठ ४ मंगलबार, ताप्लेजुङ। यसअघिका अनुभवलाई उपयोग गर्दै पासो थापेको दुई दिनमै दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई स्याटेलाइट झुन्ड्याउन कञ्चनजङ्घा संरक्षण क्षेत्र सफल भएको छ।   पासो थापेको दुई दिनमै ताप्लेजुङको ओलाङ्चुङ्गोला गाविसको याङ्मा गाउँको गुन्दाओ भिरमा पोथी हिउँ चितुवा पासोमा परेपछि स्याटेलाइट झुन्ड्याउन कञ्चनजङ्घा संरक्षण क्षेत्र सफल भएको हो।   योसँगै कञ्चनजङ्घा क्षेत्रमा तीन वटा हिउँ चितुवामा स्याटेलाइट झुन्ड्याइसकिएको छ। पहिलो पटक २०७० ... बाँकी अंश»

एमाओवादी पूर्व सभासद्लाई कुट्ने ३ पक्राउ, सभासद् महतो खतरा मुक्त

२०७३ जेठ ४ मंगलबार, गौशाला । महोत्तमा एनेकपा माओवादी पूर्व सभासद् बुधनीदेवी महतोलाई कुटपिट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । महतोलाई सोमबार राति १० बजेतिर  नचिनेगरी आएको एक समूहले अन्दाधुन्द कुटपिट गरी घाइते बनाएको थियो । लक्ष्मिनियाँ गााविस–८ की पूर्व सभासद् महतो आफ्नै घरमा बसिरहेको बेला ८–१० जनाको अज्ञात समूहले कुटेको माओवादी नेता महादेव यादवले बताए ।   घरेलु हातहतियार र लाठी भाटा लिएर आएका अज्ञात व्यक्तिको कुटाइबाट सभासद् महतो गम्भीर घाइते भएकी र ... बाँकी अंश»

काँग्रेस सरकार गिराउने खेलमा लाग्दैन : शशाङ्क कोइराला

२०७३ जेठ ४ मंगलबार, नेपालगन्ज । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजधानी केन्द्रित आन्दोलनलाई सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा भएको पत्रकार भेटघाटमा कोइरालाले भने, ‘राष्ट्र र जनताको पक्षमा मोर्चाको कुनै जायज माग छ भने त्यो पूरा हुनुपर्छ तर राजनीतिक अस्थिरताले प्रश्रय पाउने माग भने कुनै अवस्थामा पनि सम्बोधन गरिनु हुँदैन ।’ कांग्रेस सरकार गिराउने खेलमा नलाग् ... बाँकी अंश»

बालुवाटार घेराउ: प्रहरी र प्रदर्शनकारीबीच झडप

२०७३ जेठ ४ मंगलबार, काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका सङ्घीय गठबन्धनका नेता कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ । संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत २९ दलीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन अन्तर्गत दुई दिन सिंहदरबार आसपासपछि आज बालुवाटार घेराउ गर्ने प्रयास गरेको हो । आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मी बढी आक्रामक भई धर्नामा बसेकाहरुमाथि बल प्रयोग गरेको बत ... बाँकी अंश»

प्रदर्शनका क्रममा तीन घाइते, ३५ थान लाठी बरामद

२०७३ जेठ ३ सोमबार, काठमाडौँ । सङ्घीय गठबन्धन नेपालले गरेको सिंहदरबार घेराउका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारीतर्फ दुई जना सामान्य घाइते भएका छन् ।    प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने नुवाकोट तारुका–८ का अनिल ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गठबन्धनले ल्याएका ३५ थान लाठी थापाथली चोकबाट प्रहरीले बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।    प्रदर्शनका क्रममा ... बाँकी अंश»

निजामतिको तलब बृद्धि गर्न माग गर्दै काँग्रेस निकट कर्मचारी युनियनको ज्ञापन पत्र (ज्ञापन पत्र सहित)

२०७३ जेठ ३ सोमबार, काठमाडौं । नेपाली काँग्रेस निकट कर्मचारीहरूको संगठन नेपाल निजामति कर्मचारी युनियन संघले अबको बजेटमा निजामति कर्मचारीहरूको पारिश्रमिक बृद्धि गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।  सोमबार युनियनका अध्यक्ष सुबोध कुमार देवकोटाको नेतृत्वमा गएको युनियनको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उनकै कार्यपक्षमा भेटी राष्ट्रबैंकद्वारा गरिएको पारिवारिक बजेट सर्भेक्षण, बढ्दो मुल्य बृद्धि र मुद्रास्फीतिलाई समेत ध्या ... बाँकी अंश»

आन्दोलनमा सहभागी बेलायती पक्राउ

२०७३ जेठ ३ सोमबार, काठमाडौँ। सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ ।    प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् । ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।    केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प ... बाँकी अंश»

नयाँ