समाज

ललितपुरमा पचास वर्षपछि पुनः नापी सुरु

२०७३ भदौ ९ बिहिबार, ललितपुर। जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ।   विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन। जग्गाको स्वरुप सयौँ गुणा परिवर्तन हुँदासमेत पुनः नापी हुन नसकेको हो। सामान्यतया जग्गाको स्वरुप ६० प्रतिशत परिवर्तन हुँदा फेरि नापी गर्नुपर्ने मान्यता छ। लामो समयसम्म पुनः नापी हुन नसक्दा जग्गाको कित्ता ५-६ सय प्रतिशतसम्म परिवर्तन भइसकेको छ।   ललितपुरका स ... बाँकी अंश»

सेनाले गोली चलाएपछि सिकारी भागे

२०७३ भदौ ९ बिहिबार, गुलरिया (बर्दिया)। बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको टोलीले गस्ती गर्ने क्रममा बाँसगढी नगरपालिका भास्तालस्थित रहेको पोस्ट नजिकै गएराति नेपाली सेनाले गस्ती गर्ने क्रममा वर्षात्को समयमा चोरी सिकारी गर्ने सिकारी टोलीले एक्कासि सेनामाथि गोली चलाएपछि सेनाले जवाफी फायरिङ गरेको थियो।   सेनाले गोली चलाएपछि चोरीसिकार गर्ने छजनाको समूहले दुई थान भरुवा बन्दुक र ४५ किलो सुकुटी छोडेर फरार भएका छन्।   पैँतालीस किलो सुकुटीमा जरायो, साल ... बाँकी अंश»

अनुगमन र पक्राउको विरोधमा बन्द

२०७३ भदौ ९ बिहिबार, गोरखा । व्यापारीलाई पक्राउ गरी तीन दिनदेखि हिरासतमा राखेको विरोधमा गोरखा उद्योग वाणिज्य सङ्घले बुधबार बिहानैदेखि गोरखा बजार बन्द गराएको छ ।   सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल व्यक्तिगत पसलबाट बिक्री गर्दै आएका अनिता एग्रोभेटका सञ्चालक रामशरण कोइराला, विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई संयुक्त बजार अनुगमन संयन्त्रले मङ्गलबार नियन्त्रणमा लिएको विरोधमा सङ्घले बजार बन्द गराएको हो ।  & ... बाँकी अंश»

एमाले अध्यक्ष ओली बिहीबार बैंकक जाँदै, आधा महिना उतै बसाई

२०७३ भदौ ९ बिहिबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बिहीबार थाइल्याण्डको राजधानी बैंकक जाँदैछन् ।     अध्यक्ष ओली बिहीबार दिउँसो १ बजे थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जाने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहने छन् ।     एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैंककमा ... बाँकी अंश»

सरकारसंग वार्ता गठन मधेसी मोर्चाको वार्ता समिति

२०७३ भदौ ९ बिहिबार, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले राखेका माग पूरा गराउन सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।    सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत संयोजक तोकिएको उक्त समितिमा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय र सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन सदस्य रहेका छन् ।    तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको अध्यक्षतामा बसेको बैठकमा उक्त समितिले मधेस आन्दोलनका ... बाँकी अंश»

वीरगञ्जमा प्रदेशको उच्च अदालत स्थापना गर्न कांग्रेसको माग, नभए आफै सहभागि सरकारविरुद्ध उत्रिने

२०७३ भदौ ८ बुधबार, वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ ले प्रदेश नम्बर २ को उच्च अदालत वीरगञ्जमा स्थापना गरिनु पर्ने माग गरेको छ । यदी त्यसो हुन नसके कडा आन्दोलनमा उत्रिने पर्सा कांग्रेसको चेतावनी छ ।   पर्साका प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरे मार्फत कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बुझाएको ज्ञापन पत्रमा २ नम्बर प्रदेशको उच्च अदालत जनकपुर र इजलास राजविराजमा प्रस्ताव गरिएको समाचार सार्वजनिक भएकोप्रति गम्भीर आपत्ति प्रकट गर्दै मुलुकक ... बाँकी अंश»

सुस्ताका १९ जनाविरुद्ध भारतीय अदालतमा मुद्दा

२०७३ भदौ ८ बुधबार, कावासोती । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको छ ।    मुद्दा चलाइएको थाहा पाएपछि सुस्तावासी त्रसित भएका छन् । नेपालीहरूलाई डर त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्तावासीको छ ।    सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको एक महिनाअघि बगाहाको नौरगिया कटाहाको खेतामा शव फेला परेको थियो । सीमापारि भएको घटनामा सी ... बाँकी अंश»

अहिलेको सत्ता गठबन्धनले राजनीतिक र सामाजिक द्वन्द्व निम्त्याउने खेल रच्यो : एमाले

२०७३ भदौ ८ बुधबार, काठमाडौं । प्रमुख विपक्षी एमालेले नयाँ सरकारले संविधान संशोधन जस्तो आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रुटिपूर्ण कार्य गरेको आरोप लगाउँदै पाँच गम्भीर विषय औंल्याएको छ ।   एमाललेले स्वार्थमा सरकार परिवर्तन गरेको, द्वन्द्व निम्त्याउन खोजेको, निर्वाचन नगर्ने नियत राखेको, स्वाधीनतामा आँच आउने काम गरेको र राजनीतिक पूर्वाग्रह राखेको भन्दै गम्भीर आलोचना गरेको हो । साथै एमालेले राजनीतिक र सामाजिक द्वन्द्व निम्त्याउने खेल रचेको उ ... बाँकी अंश»

सर्वोच्चद्वारा अयोग्य लडाकुलाई रकम नदिन अन्तरिम आदेश

२०७३ भदौ ८ बुधबार, काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन माओवादी सेनाका अयोग्य लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।    न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अयोग्य लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।    आदेशमा भनिएको छ, “आर्थिक वर्ष २०७३/०७४ बजेटको बुँदा नम्बर १९ हाललाई कार्यान्वयन नगर्न ... बाँकी अंश»

भारतद्वारा नेपाललाई १७ दमकल दान

२०७३ भदौ ८ बुधबार, काठमाडौँ । आगलागी नियन्त्रणमा सहयोग पुर्‍याउन भारतले आज नेपाललाई १७ वटा दमकल उपहारस्वरुप प्रदान गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भारतीय राजदूत रणजीत रायले यहाँ आयोजित कार्यक्रममा ती दमकलको साँचो हस्तान्तरण गरे ।    त्यस अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई सुम्पिए । मन्त्री पाण्डेले आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्र ... बाँकी अंश»

लाखौं अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

२०७३ भदौ ८ बुधबार, पाँचथर। जिल्लाको नवमीडाँडा गाविसमा वषौंदेखि लाखौं रुपैंयाँ बजेट अनियमिता हुँदै आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नवमीडाँडा गाविसका सचेत युवाहरुको नाममा बुधबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । प्राप्त जानकारी अनुसार गाविस मार्फत बिनियोजन हुने विभिन्न शीर्षकको रकममा चरम अनियमितता हुँदै आएको हो ।   आर्थिक वर्ष २०६९/७० मा प्रजनन नश्ल सुधार कार्यक्रम अन्तर्गतको ६० हजार, सोही आर्थिक वर्ष ... बाँकी अंश»

प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीको निर्देशन–दलित युवाको हत्या छानविन तुरुन्त गर्नुस्

२०७३ भदौ ८ बुधबार, काठमाडौं । काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्या भएको भन्दै दलित अगुवाहरुले ज्ञापनपत्र बुझाएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाको निष्पक्ष छानविनका लागि छानविन समिति बनाउन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई निर्देशन दिएका छन् ।    बुधबार सिंहदरबारमा दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै छानविन समिति बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।    ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले गृहसचिव नार ... बाँकी अंश»

बेपत्ता भएका गाविस सचिव मस्ती गरेको अवस्थामा घरमै

२०७३ भदौ ८ बुधबार, पाँचथर । जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी आफ्नै घरमा फेला परेका छन् ।    ३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन् । गाविस कार्यालयमा बिदा समेत नलेखेर एकाएक हराएका निरौलाका कारण स्थानीयले एक महिनादेखि सास्ती बेहोर्नु परेको थियो ।    खोज्दैजाँदा प्रहरीले गाविस सचिव निरौलालाई झापा जिल्लाको दुहागडी–१ स्थित घरम ... बाँकी अंश»

डाक्टरको भेषमा धर्म परिवर्तन गराउन गएका अमेरिकी नागरिक झापामा पक्राउ

२०७३ भदौ ८ बुधबार, सुरुङ्गा । धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।    प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप छ ।    ... बाँकी अंश»

बँदेल धपाउन रातभर बारीमै जाग्राम

२०७३ भदौ ८ बुधबार, सल्यान । जिल्लाको उत्तरी क्षेत्रमा रहेका गाविसमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी बारीमै जाग्राम बस्न थालेका छन् ।    रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर बारीमै जाग्राम बस्न थालेका हुन् ।    मकै पाक्न लागेको समयमा नजिकैका जङ्गलबाट बँदेलको समूह आएर मूलखोला, देवस्थल र घाँजरी पिपल गाविसका स्थानीयले लगाएको बालीनाली सखाप पार्न थालेपछि उनीहरु चिन्तित हुन थ ... बाँकी अंश»

एमालेको प्रदेश कमिटी संयोजकमा पदाधिकारीकै बर्चश्व, को–को परे ? (नामावलीसहित)

२०७३ भदौ ७ मंगलबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश कमिटीको जिम्मेबारी बाँडफाँट गरेको छ । प्रदेश कमिटी यसअघि नै तयार भएपनि एमालेले संयोजक र सहसंयोजक तोक्न सकेको थिएन ।    पार्टीभित्र दुई खालको विचार आएपछि यो विषय टुंगिएको थिएन । पार्टीका शीर्ष तहका नेताले पदाधिकारीलाई नै संयोजक तोक्नु पर्ने प्रस्ताव गरेका थिए भने, अन्य सदस्यहरुले स्थायी समिति सदस्यहरुलाई स्थान दिनु पर्ने प्रस्ताव गरेका थिए ।    दुई थरी विचारकाबीच भएको साता लामो स्थायी समि ... बाँकी अंश»

विरामीले थला परेका कांग्रेस महामन्त्री शशांक सार्वजनिक समारोहमा सहभागि

२०७३ भदौ ७ मंगलबार, काठमाडौं । उपचारपश्चात् घरमा आराम गरिरहनुभएका नेपाली काँग्रेसका महामन्त्री सशाङ्क कोइराला पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् ।     नेपाली काँग्रेस, जिल्ला पार्टी सभापतिको सम्मानमा राजधानमीमाआयोजित चियापान समारोहमा महामन्त्री कोइराला उपस्थित भएका हुन् ।     यसअघि काँग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको दुई दिने जिल्ला पार्टी सभापतिको भेलामा उपस्थित हुन सकेनन् । काँग्रेसको जिल्ला पार्टी सभापतिको भेला आइतबार र स ... बाँकी अंश»

दीक्षित पत्नीले दर्ता गरेको मुद्दाबारे सर्वोच्चलाई लिखित जवाफ पठाए लोकमानले

२०७३ भदौ ७ मंगलबार, काठमाडौँ । अदालतको अपहेलनासम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका छन् ।  आयोगका प्रमुख आयुक्त कार्कीले पठाएको लिखित जवाफमा ‘आफू चर्चित बन्ने र अपराधबाट उम्कने प्रयास गर्ने सिलसिलामा मात्र निवेदन दिएको’ –उल्लेख छ ।    लिखित जवाफमा गलत, झुटो, कलुषित भावनाबाट प्रेरित नभई संवैधानिक आयोगमा संविधान र कानुनबमोजिम नियुक्ति भई निष्ठापूर्वक आफ्नो पदीय दाय ... बाँकी अंश»

गौरापर्व विधिवत रुपमा शुरु

२०७३ भदौ ७ मंगलबार, डडेल्धुरा। एकताको प्रतिकको रुपमा रहेको सुदूरपश्चिमको सांँस्कृतिक र लोकप्रिय चाड गौरा पर्व मंगलबार देखि विधिवत रुपमा मनाउन शुरु भएको छ। गौरा माताको प्रसाद तथा गौरामहेश्वरको पूजाको अक्षताको रुपमा लिईने पञ्चबिरुडा नजिकको जलाशयमा पखाल्दै र काँस–कुश अपामार्ग वल, तील, पहेंलो गुबो (पवित्र पञ्चघाँसको) गौराको प्रतिकको रुपमा भित्र्याउदै मंगलबार देखि विधिवत रुपमा गौरा पर्व शुरु भएको हो। ... बाँकी अंश»

विपक्षी दलले गरे बैठक, संविधान कार्यान्वयन नहुने चिन्ता

२०७३ भदौ ७ मंगलबार, काठमाडौँ  । प्रमुख प्रतिपक्षी एमाले सहित विपक्षी दलको संयुक्त बैठकले संविधानको कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजना लागू हुनुपर्नेमा जोड दिएको छ ।    सिंहदरबारमा मंगलबार भएको ती दलहरुको बैठकले राष्ट्र तथा राष्ट्रियतामा अनुकूल हुने कुनै काम नयाँ सरकारबाट हुन नहुने निष्कर्ष निकालेको छ । पछिल्लो समसामयिक राजनीतिक विषयमा कसरी विपक्षी गठबन्धन प्रभावकारी हुन सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको एमालेका प्रमुख सचेतक भानुभक् ... बाँकी अंश»

नयाँ