समाज

गृहमन्त्री बस्नेतले अबैधानिक रुपले गराए वाईसीएलको नगर सम्मेलन

२०७३ जेठ २२ शनिबार, ललितपुर ।  जिल्लाको गोदावरी नगरपालिका वाईसीएलको आज गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा नगर सम्मेलन गरिएको छ | माओबादी केन्द्रको आवधारण बिपरित गोदावरी नगर सम्मेलन सम्पन्न गरिएको हो |    १० माओबादी एकता घोषणा पछि बनेको माओबादी केन्द्रको आवधारण अनुसार राष्ट्रिय भेला , प्रदेश भेला , जिल्ला भेला , नगर भेला र गाऊ भेला गर्नु पर्ने प्राबधान रहेको छ । सो सम्मेलन माओवादी हेडक्व़ाटरमा समेत जानकारी  नगराई गोदावरी नगर भेला गरेको बिषयमा अ ... बाँकी अंश»

भूकम्पबाट क्षति भएका घरको तथ्याङ्क सच्याउन सांसदको माग

२०७३ जेठ २२ शनिबार, काठमाडौँ । संसदीय विकास समितिमा भएको राष्ट्रिय पुनःनिर्माण सम्वन्धी बहसमा सांसद गुरु बुर्लाकोटी कड्किएर भन्दै थिए , “प्वाल परेको हाँडीलाई आंशिक मान्नुहुन्छ कि पूर्णक्षति” राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रस्तुत गरेको पाँच पृष्ठको तथ्याङ्कसहितको प्रगति विवरण सुनेपछि अर्का जनप्रतितिधि गणेश पहाडीले भने – ‘पछिल्लो विस्तृत घर सर्वेक्षणमा व्यापक त्रुटी देखियो त्यसलाई सच्याउँनैपर्छ ।    स ... बाँकी अंश»

यार्सागुम्बा सिजनले सङ्घ संस्थाका कार्यक्रम समेत प्रभावित

२०७३ जेठ २२ शनिबार, दुनै (डोल्पा) । बहुमूल्य जडीबुटी यार्सागुम्बा सिजन सुरुभएसँगै स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि हिमाली पाटन गएपछि डोल्पाका विभिन्न गाउँ शून्य भएका छन् ।    जेठ १० गते औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन सुरु भएपछि मध्य डोल्पाका त्रिपुराकोट गाविसका करेलिकाँडा, रसी, मद्धु, रुम त्यस्तै माझफाल गाविसका थरगाँउ, ताली, लाहारा हुँदै माथिल्लो डोल्पाका धो, तिन्जे, छार्का, मुकोट तथा तल्लो डोल्पाका कालिका, शर्मी, नर्कु, रिमी, काइगँउलगायतका गाविस उराठ ... बाँकी अंश»

प्रजातान्त्रिक प्राध्यापक संघको महाधिवेशनमा सहभागि नहुन आब्हान

२०७३ जेठ २२ शनिबार, काठमाडौ । प्राध्यापकहरुले प्रजातान्त्रिक प्राध्यापक संघको आगामि जेठ २७ र २८ गते पोखरामा हुन लागेको चौथो महाधिवेशनमा सहभागि नहुन आब्हान गरेका छन ।    शंकरदेब क्याम्पसका प्राध्यापक प्रकाश सिंह प्रधान, नेपाल प्राध्यापक संघका अधयक्ष रामेश्वर उपाध्याय, त्रिवि प्राध्यापक संघका अध्यक्ष योगेन्द्र नारायण बडबरिया, प्रजातान्त्रिक प्राध्यापक संघका निर्वतमान अध्यक्ष प्राध्यापक गुणनीधि न्यौपाने, प्रथम उपाध्यक्ष प्राडा कृष्णप्रसाद गौतम, विश्वविद् ... बाँकी अंश»

चित्रबहादुर भन्छन्‘ म पैसामा नबिक्ने भएकोले सहकारी सञ्चालकहरु विरोधमा उत्रिए’

२०७३ जेठ २२ शनिबार, काठमाडौ । उपप्रधान एवम सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले आफू पैसामा नविक्ने ब्यक्ति भएकोले आफ्नो स्वार्थ अनुकुल काम गराउन नसकेकोले सहकारी सञ्चालकहरु आन्दोलनमा उत्रिएको दावी गरेका छन ।    रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ अहिलेका सहकारी सस्थाहरु नामका मात्रै सहकारी छन, काममा चाँही बैंकिङ्ग कारोवार गरेर चर्को ब्याज खाने सुदखोरको काम गरिरहेका छन । चित्रबहादुर केसी पैसामा नविक्ने भएकोले ... बाँकी अंश»

संविधान कार्यान्वयनका लागि सहमतीय सरकार आवश्यक : अध्यक्ष दाहाल

२०७३ जेठ २२ शनिबार, रामेछाप । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन् । मन्थलीमा आज बिहान पार्टी कार्यकर्तासँगको भेटघाटमा दाहालले सरकार बनाउने र गिराउनेभन्दा पनि राष्ट्रिय एकता कायम गरेर संविधान कार्यान्वयन गराउने कुरा महत्वपूर्ण हो भने ।    संविधानप्रति मधेसी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको उन ... बाँकी अंश»

धर्मनिरपेक्षता स्वीकार्य हुँदैन : कमल थापा

२०७३ जेठ २१ शुक्रबार, इटहरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुको बाहुल्य रहेको नेपाललाई विदेशीको इसारामा धर्म निरपेक्ष राज्य बनाइएकाले त्यो स्वीकार्य नहुने बताएका छन् ।    सुनसरी सदरमुकाम इनरुवामा राप्रपा नेपालले आज आयोजनामा गरेको हिन्दुत्व जागरण अभियानमा उनले धर्मनिरपेक्षताको नाममा हिमाली र पाहाडी क्षेत्रमा पैसाको आडमा धर्म परिवर्तन गराउने कार्य डढेलोझै अघि बढेको दाबी गरे ।    डरत्रास र धम्कीका भरमा ९४ प्रतिशत हिन्दुलाई बलपूर्वक हिन्दु धर्म ... बाँकी अंश»

गुरुङ् विद्यार्थीको राष्ट्रिय महाधिवेसन स्याङ्जामा

२०७३ जेठ २१ शुक्रबार, स्याङ्जा।नेपाल तमु(गुरुङ) विद्यार्थी छोंज धीको नवौ राष्ट्रिय महाधिवेसन स्याङ्जाको वालिङमा हुने भएको छ । नवौ राष्ट्रिय महाधिवेसनको तयारी र विद्यार्थीहरुको माग वारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलन मार्फत जेष्ठ २२ गतेदेखि २४ गते सम्म महाधिवेसन हुने जानकारी दिएका हुन् । “पहिचान सहितको तमुवान स्वायत्त प्रदेशका लागि निर्णयक आन्दोलन, बहुभाषिक शिक्षा नीति सहितको संघिय शिक्षा प्रणाली लागु गराउन नवौ महाधिवेसन” भन्ने मुल नाराका साथ सम्पन्न हुन ... बाँकी अंश»

केडिया अपहरण प्रकरण : हवल्दारसहित चार जना निलम्बित

२०७३ जेठ २१ शुक्रबार, कलैया । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा बारा कवही गोठ प्रहरी चौकीका हवल्दारसहित चार जना प्रहरीलाई निलम्बिन गरेको छ । केडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि निलम्बिन गरिएको हो ।    निलम्बित हुने प्रहरी हवल्दार तेजबहादुर ढकाल, प्रहरी जवानत्रय प्रमोदकुमार यादव, ... बाँकी अंश»

अन्नपूर्ण हिमालको आरोहण दिवस आज

२०७३ जेठ २१ शुक्रबार, पोखरा। पर्यटकीय नगरी पोखरालाई विश्वव्यापी रुपमा पहिचान गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।   हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ। सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हेर्जोगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो।   उक्त पहिलो आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष अन्नपूर्ण ... बाँकी अंश»

जङ्गली च्याउ खाँदा पाँचथरमा नौको मृत्यु

२०७३ जेठ २० बिहिबार, पाँचथर । जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ ।    मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गए राति मात्रै फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निशेष राईको मृत्यु भएको थियो ।    सोसँगै पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ खाएर मात्रै नौ जनाको मृत्यु भइ ... बाँकी अंश»

अमेरिकामा जोडी मिल्यो दुई नेपाली प्रहरी संगठन प्रमुखको !

२०७३ जेठ २० बिहिबार, काठमाडौं । सशस्त्रले अपराधी पक्राउ गर्न पाउने÷नपाउने विषयमा विवाद हुँदा दुई संगठन प्रमुखबीच नै हानाथापको स्थितीमा रहेको नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र सशस्त्रप्रहरी प्रमुख दूर्ज कुमार राईले संयुक्त राष्ट्रसँग अगाडि खिचेको संयुक्त तश्वीर सार्वजनिक गरेका छन् ।    नेपालमा सांगठनिक विवाद भएपनि युनाईटेड नेशन्स चिफ अफ पोलिस समिट (अनकप्स) का लागि न्यूयोर्कमा रहेका यी दुई प्रहरी प्रमुखले बिहीबार बिहान संयुक्त राष्ट्रसंघको प्र ... बाँकी अंश»

अख्तियारले सञ्चार विज्ञमा अधिकारीलाई चुन्यो

२०७३ जेठ २० बिहिबार, काठमाडौं । लामो समयदेखि पत्रकारिता तथा जनसञ्चारको क्षेत्रमा कार्यरत रहेको अनुभवी पत्रकार एवं लेखक शरद अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जनसम्पर्क तथा सञ्चार विज्ञमा नियुक्त भएका छन् । विभिन्न आमसञ्चारमा संलग्न रहँदै विभिन्न क्याम्पसहरूमा अध्यापन समेत गराएका अधिकारीले लामो समयदेखि मानवीय अभिरूचीको विषयमा समेत कलम चलाउँदै आएका थिए । उनीसँग राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतको रुपमा काम गरेको अनुभव समेत रहेको छ । उनला ... बाँकी अंश»

भित्री मधेशका चार जिल्लामा दोस्रो पनि बनेन काँग्रेस

२०७३ जेठ २० बिहिबार, काठमाडौं । भित्रिमधेशका चार जिल्लाको मत परिणाममा नेपाली काँग्रस निकट कर्मचारीहरूले दोस्रो स्थानपनि भेट्न सकेनन् । भित्री मधेशका चार जिल्ला सिराहा, सप्तरी, धनुषा र महोत्तरीमा काँग्रेस निकट कर्मचारीहरूले तेस्रो र चौथो स्थानमा चित्त बुझाउनु परेको हो । यी चारवटै जिल्लामा मधेशी कर्मचारी मञ्चले विजय हाँसिल गरेको छ । ती चार जिल्लामा प्राप्त मतपरिणाम यस्तो छ ः–   सिराहा जिल्ला  पहिलो ः नेपाल मधेशी निजामती कर्मचारी मञ्च – २१६ दोस्रो ः नेपाल न ... बाँकी अंश»

मोरङमा सबैभन्दा धेरै मत बदर, सुनसरी र पाल्पाको पनि मतपरिणाम आयो

२०७३ जेठ २० बिहिबार, काठमाडौं । निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा सुनसरी र मोरङ जिल्लामा पनि एमाले निकट संगठन भारी मतले विजयी भएको छ । जिल्ला कार्य समिति सुनसरीमा एमाले निकट कर्मचारी संगठनले काँग्रेस निकट युनियनलाई भारी मतान्तरले हराएको हो । बुधबार भएको निर्वाचनमा संगठनले कूल खसेको ९ सय ५८ मत मध्ये ४ सय ८८ मत प्राप्त गर्दा युनियनले जम्मा २ सय १५ मत प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय कर्मचारी संगठन ५१, मिलन केन्द्र ७३ र मधेशीले १०७ मत पाए भने २७ मत ... बाँकी अंश»

धनकुटामा सबैभन्दा बढी मतान्तर, झापा भोजपुर र तेह्रथुममा के–के भयो ?

२०७३ जेठ २० बिहिबार, काठमाडौं । निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा धनकुटा जिल्ला कार्य समितिमा एमाले निकट कर्मचारी संगठनले काँग्रेस निकट युनियनलाई भारी मतान्तरले हराएको छ । बुधबार भएको निर्वाचनमा संगठनले कूल खसेको ५ सय ३५ मत मध्ये ३ सय ३६ पत प्राप्त गर्दा युनियनले जम्मा ९४ मत प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय कर्मचारी संगठन ५३, मिलन केन्द्र ३१ र मधेशीले १७ मत पाए भने २ मत बदर भएको थियो ।    उता, झापा भोजपुर र तेह्रथुममा पनि एमाले निकट कर्मचार ... बाँकी अंश»

दोलखा, सिन्धुली र सिन्धुपाल्चोकमा संगठन विजयी

२०७३ जेठ १९ बुधबार, काठमाडौं । दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा एमाले निकट कर्मचारी संगठन विजयी भएको छ । बुधबार भएको नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा दोलखामा नेपाल निजामती कर्मचारी संगठन १ सय ८१ नेपाल निजामती कर्मचारी युनियन (संघ) ९८, नेपाल राष्टिय कर्मचारी संगठन ९५, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र २ र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले ७ मत ल्याएका छन् ।    त्यस्तै, सिन्धुली जिल्लामा नेपाल निजामती कर ... बाँकी अंश»

निजामती ट्रेड युनियनको निर्वाचन सम्पन्न, रातभर मतगणना हुने

२०७३ जेठ १९ बुधबार, काठमाडौँ । निजामती कर्मचारीको आज भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।    प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले प्रारम्भिक विवरणअनुसार ८० प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिए । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभागमा १२९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले मतदान भाग लिएका थिए ।    निर्वाचन अधिक ... बाँकी अंश»

जाजरकोटमा कर्मचारीको नारा,जीत कस्को एमालेको

२०७३ जेठ १९ बुधबार, जाजरकोट। जाजरकोटमा कर्मचारी संगठन विजयी भएको छ। संगठनले १२५ मत प्राप्त गरेको हो। त्यसैगरी कर्मचारी युनियनले १०१ मत ल्याएर दोस्रो भएको छ भने राष्ट्रिय कर्मचारी संगठनले २५ मत ल्याएर तेस्रो भएको हाम्रा सहकर्मीले जनाएका छन्। जसमा जम्मा २५५ मत खसेको थियो।   विजयी भएका  संगठनका कर्मचारीले बिजयी जुलुस लगाइरहेको जनाइएको छ। उनीहरुले यो जीत कस्तो एमालेको भनेर नारा लगाइरहेको हाम्रा कुरा सहकर्मीले जनाएका छन्।   ... बाँकी अंश»

बझाङमा एमाले निकट संगठन विजयी

२०७३ जेठ १९ बुधबार, बझाङ। नेपाल निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनमा बझाङ जिल्ला बाट नेपाल निजामति कर्मचारी संगठन विजयी भएको छ । बुधबार भएको ट्रेड युनियनको निर्वाचनमा कर्मचारी संगठनले १६६ मत ल्याएर विजयी भएको हो ।    यसका साथै कर्मचारी युनियन संघले ११७ मत र राष्टिय कर्मचारी संगठन २५ मत र मधेशि कर्मचारी संगठनले ३ मत ल्याएको थियो । ३५० कर्मचारी मतदाता संख्या रहेको बझाङ जिल्लामा ३२६ मत खसेका र १५ मत बदर भएको निर्बाचन अधिकृत मोहनि प्रसाद जोशीले जानकारी दिए । त ... बाँकी अंश»

नयाँ