समाज

केपी ओली हटाउन पार्टीभित्र आन्दोलनको घोषणा : किराती

२०७३ बैशाख ९ बिहिबार, काठमाडौ। एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले केपी ओली नेतृत्वको सरकारलाई यथासिघ्र विस्थापित गरेर प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन।    साक्षात्कारमा उनले एमालेले अहिले माओवादीको चिहानमा बसेर पश्चिम बंगालको ज्योति बशुले शासन गरे जस्तो आफू शासन गर्न चाहिरहेको दावी गर्दै  ओली सरकारको विस्थापनकोलागि पार्टीभित्रबाटै शसक्त आन्दोलन गर्ने घोषणा गरे।   साक्षात्कारमा किरातीले भने,‘ केपी ओल ... बाँकी अंश»

'घरमा न सम्पत्ति रह्यो न श्रीमती'

२०७३ बैशाख ९ बिहिबार, तेह्रथुम। तेह्रथुमको हमरजुङ–२ बस्ने ३५ वर्षे दोर्णबहादुर भुजेल बाह्र वर्षअघि घरको अवस्था सुधार गर्न श्रीमतीलाई घर र छोराहरुको जिम्मा लगाएर रोजगारीका लागि साउदी अरब गएका थिए। बिदेशमा काम गर्दा कमाई पनि राम्रै भयो।    अलिअलि भएको ऋण तिरेपछि केही कमाउने र शहरतिरै घर बनाएर सुखको जीवन बिताउने सपना देखाउँदै यो अवधिमा दोर्ण तीन पटकसम्म घर आउँदैजाँदै गर्थे। तर पाँच महिनाको छुट्टी लिएर गत महिना घर फर्केका उनको साथमा अहिले न त घर बनाउन जम्मा गरेको स ... बाँकी अंश»

उमेरै नपुगेकी १४ वर्षीया भान्जीकाे विहे गर्न खाेज्नेे माइजू पक्राउ, केटाे २२ वर्ष

२०७३ बैशाख ९ बिहिबार, पर्वत । उमेर नपुग्दै बालिकालाई विवाह बन्धनमा बाध्न तयारी गरेका महिला र पुरुष प्रहरीको फन्दामा परेका छन् । उत्तरी पर्वतको धाइरिङ गाविस–१ स्थायी घर भई कुश्मा नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीय बालिकाको विवाह गर्न तयारी गरिरहेका बालिकाकी माइजु वर्ष २२ की जमुना पौडेल र विवाह गर्न खोज्ने ढिकुरपोखरी–५ कास्कीका २२ वर्षीय युवा पक्राउ परेका हुन् ।    सानै उमेरमा बाबुको मृत्यु भएको र गरिबीका कारण आमाले लालनपालन गर्न नसकेपछि पीडित बाल ... बाँकी अंश»

मानव बेचबिखनमा संलग्न पाँच पक्राउ

२०७३ बैशाख ९ बिहिबार, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा विभिन्न मितिमा पाँचजनालाई पक्राउ गरेको छ । छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको बुधबार विज्ञप्तिमार्फत प्रहरीले सार्वजनिक गरेको छ ।    जिल्लाको काउले गाविस वडा नं ६ भोटेगाउँ बस्ने १२ वर्षीया नाबालिकालाई विवाह गरे राम्रो हुन्छ भनी ललाइफकाइ भारत पु¥याउन प्रयास गर्ने काउले गाविस वडा नं ६ बस्ने ३७ वर्षीय शेरबह ... बाँकी अंश»

जग्गा धनी प्रमाणपत्र लिन झण्डै २५ सय आवेदन

२०७३ बैशाख ८ बुधबार, सिन्धुली । जिल्लाका जग्गा धनी प्रमाण  पुर्जा विहिन २ हजार ३ सय ३९ व्यक्तिले जग्गा दर्ताका लागी आवेदन दिएको नापी कार्यालय सिन्धुलीले जनाएको छ । २०२८ सालमा नापी हुँदा बस्तीका कारण नापी नभएका गाउँबल्कका जग्गाहरु नापी गरी पुर्जा वितरण गर्ने कार्य सरकारले विगत ३ वर्ष देखी सुरु गरेको थियो । जिल्लामा उक्त कार्यले चालु आर्थिक वर्षमा तिब्रता पाएको छ ।    गाउँबल्कमा रहेका जग्गा उपभोग गर्ने स्थानीयहरुबाट प्राप्त निवेदनहरुको छानविन गरी पुर्जा वितरण ग ... बाँकी अंश»

प्रधानमन्त्रीले भने, ‘असन्तुष्टका कुरा सुन्न संवाद’

२०७३ बैशाख ८ बुधबार, पोखरा । पोखरा विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहबाट विभिन्न तह र विषयका चार हजार ४९३ जना विद्यार्थी आज दीक्षित भएका छन् । विश्वविद्यालयले आज एक समारोहकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा विद्यार्थीलाई विभिन्न तहको उपाधि प्रदान गरेको हो । दीक्षान्त समारोहबाट १२ औँ दीक्षान्त समारोहपश्चात २०७२ चैत मसान्तसम्म ‘ट्रान्सक्रिप्ट’ लिएका विद्यार्थीलाई आज विश्वविद्यलायले दीक्षित गरेको हो ।    समारोहमा प्रधानमन्त्री एवम ... बाँकी अंश»

काँग्रेस निकट महिला संघको महाधिवेशन भदौ २९ बाट

२०७३ बैशाख ८ बुधबार, काठमाडौ। लामो समयदेखि अधिवेशन हुन नसकेर तदर्थ समितिमार्फत सञ्चालन हुँदै आएको नेपाली काग्रेसको भातृ संगठन नेपाल महिला संघको चौथो राष्ट्रिय अधिवेशन आगामि भदौ २९ गतेबाट हुने भएको छ। हिजो बसेको केन्द्रीय समितिको बैठकले अधवेशन भदौ  २९, ३० र ३१ गतेसम्म तीन दिन राजधानीमा गर्ने निर्णय गरेको हो।   बुधवार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष डा. डिला संग्रौलाले अहिलेसम्म ६४ जिल्लामा अधिवेशन सम्पन्न भईसकेको र बाँकी ११ जिल्लामा जेठ १२ गते भित्र सम्प ... बाँकी अंश»

इनार सुक्न थालेपछि बर्दिवासबासी काकाकुल

२०७३ बैशाख ८ बुधबार, बर्दिवास। बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ। नगरपालिकाको किसाननगरमा इनार धमाधम सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको हो। सर्वसाधारण यसको कारण खोतल्दै चुरे संरक्षण गर्नुपर्ने टुङ्गोमा पुगेका छन्। किसाननगरका मनहरीपुर, कृष्णपुर, फूलबारीटोल, चौलिखा, प्रेमनगरसहितका बस्तीमा खानेपानीका स्रोत सुक्न थालेपछि स्थानीयबासिन्दा चुरे क्षेत्रको लगातारको उत्खनन, वनसम्पदाको चोरी निकासी र संरक्षण नपाएका जलाधार तथा सीमसार क् ... बाँकी अंश»

बुहारीले घाँटी थिचेर गरीन् सासूको हत्या

२०७३ बैशाख ८ बुधबार, रुकुम। पश्चिमी मग्मा–५ की ७२ वर्षीय विष्णुकुमारी खत्रीको हत्या अभियोगमा उनकै कान्छी बुहारी १८ वर्षीया सुनिता खत्रीलाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको छ।     सुनिता र विष्णुको माइती जाने विषयमा घरायसी विवाद हुँदा यही वैशाख ५ गते राति सो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।   अभियुक्त सुनिताका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा रहेकाले सासु बुहारीबीचमा बेला बखत घरायसी विवाद हुने ग ... बाँकी अंश»

जबर्जस्ती माइती फिर्तापछि आत्महत्या

२०७३ बैशाख ८ बुधबार, जाजरकोट। लहँ गाविस–४ की सुस्मिता थापाको मृत्यु भएको छ। कक्षा १२ मा अध्ययनरत भानुभक्त उच्च माविकी २० वर्षीया थापाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको स्थानीयवासी हरिश रावलले जानकारी दिए।   यही वैशाख ३ गते डाडागाउँ गाविस–५ का कालीबहादुर पुनसँग प्रेमविवाह गरेकी थापालाई माइतीले जबर्जस्ती फर्काएर वैशाख ४ गते माइतीमै ल्याएपछि मङ्गलबार दिउँसो आत्महत्या गरेको स्थानीयवासीले बताएका छन्। अभिभावकको इच्छाविपरीत विवाह गरेको भन्दै थापालाई विवाह ... बाँकी अंश»

मरिसकेका भनेका मान्छे घर फर्केपछि .....

२०७३ बैशाख ८ बुधबार, जाजरकोट। यहाँको कार्कीगाउँ–२ साल्मका मन्दिर रोकायको परिवारलाई उनी जीवितै छन् होला भन्ने लागेको थिएन। १५ वर्षअघि घरबाट बेपत्ता भएका रोकायको मरेको र जिउँदो केही खबर थिएन।   कतिले मरिसकेको हल्ला गरे, कतिले अर्को बिहे गरेर कतै बसेको हुनसक्ने आशङ्का गरे, कतिले माओवादीमा लागेको अनुमान पनि गरे। तर उनका विषयमा कतैबाट आधिकारिक खबर भने आएन। १५ वर्षसम्म पनि घर नफर्किएपछि परिवारलाई समेत मन्दिर जीवितै होलान् भन्ने कुरामा शङ्का थियो।   उनको परिवार प ... बाँकी अंश»

आठ वर्षीया बालिकाको बलात्कार पछि हत्या, अभियुक्त गजँडे

२०७३ बैशाख ८ बुधबार, तानसेन । पाल्पाको तानसेन नगरपालिकामा ८ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको छ । तानसेन नगरपालिका १४ सुन्दरगाउँमा रहेको सरस्वती माध्यामिक विद्यालयमा ३ कक्षामा पढ्ने बालिका वर्षा दर्लामीको स्कुलबाटै फर्किने क्रममा सोमबार बेलुकी ४ः३० बजे बलात्कारपछि हत्या भएको पाल्पा प्रहरीले जनाएको छ ।    बलात्कारमा संलग्न रहेको शंकामा पक्राउ परेका ४ जना मध्ये स्थानीय विशाल भनिने १८ वर्षीय दिपक न्यौपानेलाई थप अनुसन्धानका लागि म्याद थप गरिसकिएको पाल् ... बाँकी अंश»

कर्मचारीको चुनाव : जेठ १९ गतेको लागि तोकियो

२०७३ बैशाख ७ मंगलबार, काठमाडौं । सरकारले दोस्रो पटक कर्मचारी निर्वाचनको मिति सारेको छ । यसअघि विभिन्न बखेडाले चैत २८ गतेको लागि तोकिएको निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन सकेन । निर्वाचन दोस्रो पटक स्थगित भई आगामी जेठ १९ गते गर्ने निर्णय सरकारले गरेको हो ।    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख १० गते तोकिएको निर्वाचन जेठ १९ गते गर्नेगरी स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहा ... बाँकी अंश»

‘नेविसंघ स्ववियु निर्वाचनबाट भागेको छैन’

२०७३ बैशाख ७ मंगलबार, काठमाडौं । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थीसंघका विद्यार्थीहरुले आफुहरु स्ववियु निर्वाचनबाट भाग्न खोजेको भन्ने हल्ला निराधार रहेको बताएका छन् । उपत्यकामा उपलब्ध विभिन्न क्याम्पसका इकाइ सभापतिहरु, क्याम्पस स्ववियु सभापति, पूर्व सभापतिहरुको भेलाले आफुहरु निर्वाचनमा जाने निष्कर्ष निकालेको हो ।   नेविसंघ नेता दुजाङ शेर्पाले थापाथली क्याम्पसमा भएको छलफलमा स्ववियु निर्वाचनमा उम्मेद्वारी दिनेको हकमा उमेर हद लाग्ने कुरा आफुह ... बाँकी अंश»

चार एआइजीले बल्ल लगाए फूली

२०७३ बैशाख ७ मंगलबार, काठमाडौ। बढुवा हुनबाट रोकिएपछि डेड बर्षदेखि अवकास झै घरमा बसिरहेका चारजना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा मन्त्रीपरिसदले बढुवा गरेका चार जना एआइजीलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मंगलबार दर्ज्यानी चिन्ह प्रधान गरेका छन्।   जिआइजीहरु पर्शुराम खत्री, यादव अधिकारी, बिश्वराज शाही, सुशिलवरसिह थापालाई प्रहरी प्रधान कार्यलयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रधान गरिएको नेपाल प्र ... बाँकी अंश»

शैक्षिक सत्रको सुरुवातसँगै चल्यो जुहारी

२०७३ बैशाख ७ मंगलबार, भक्तपुर । नयाँ शैक्षिक सत्रको सूरुवातसँगै सरोकारवालाहरुबीच समन्वय हुन नसक्दा जुहारी चलेको छ । रफत सञ्चार क्लबले गरेको साक्षतकारमा बोल्दै अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकार र नीजि विद्यालयको मिलेमत्तोमा आर्थिक लुट मच्चाएको आरोप लगाए ।  उनले सरकारले निर्देशिका लागू गरेको जस्तो गर्ने र नीजि विद्यालयले त्यसलाई लागू नगर्ने काम हुँदा दुविधा श्रृजना भएको बताए ।    एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले सरकारले जारी गरेको निर् ... बाँकी अंश»

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिमा कुशवाहा मनोनित

२०७३ बैशाख ७ मंगलबार, वीरगंज । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ पर्साको आज सम्पन्न पहिलो बैठकले नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम मधेश विभाग प्रमुख विजय कुशवाहालाई क्षेत्रिय कार्यसमितिको सदस्य तथा प्रेस सल्लाहकारमा सर्वसम्मत रुपमा मनोनित गरेको छ ।    क्षेत्रीय सभापति विजय सर्राफको अध्यक्षतामा बसेको बैठकले तराईमा हाल बढदै गएको प्रचण्ड गर्मीको समयमा विद्युत प्राधिकरणले अनाधिकृत रुपमा गरेको लोडसेडिङ्ग विरुद्घ बुझाइएको ज्ञापन पत्र ... बाँकी अंश»

महान्यायाधिवक्ता फुयाँलले लिए सपथ

२०७३ बैशाख ६ सोमबार, काठमाडौँ। कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त महान्यायाधिवक्ता हरि फुयाँललाई आज पद तथा गोपनीयताको सपथ गराएकी छन् ।    राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कामु प्रधानन्यायाधीश कार्कीले फुयाँललाई सपथ गराइन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी लगायत कान ... बाँकी अंश»

२४ बर्ष पछि जिर्ण कारागार सुविधा सम्पन्न बन्दै

२०७३ बैशाख ६ सोमबार, बझाङ। भौतिक पूर्वाधार  एकदमै जिर्ण र न्यून रहेको बझाङ जिल्लाको कारागार २४ बर्ष पछि पुनःनिर्माण सहित सुबिधा सम्पन्न बन्ने भएको छ । शहरी तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीले कारागार सुधार गराउन टेण्डर आह्वान गरी काम थालनी भएपछि कारागारको मुहार फेरिने भएको हो ।   ३ करोड २८ लाखको लागतमा पहिलो चरणको ठेक्कामा काम सुरु हुदै छ । २०३९ सालमा स्थापना भएको बझाङ कारागारको कैदी बस्ने सानो घर जिर्ण थियो । यसका साथै  बाहिर सुरक्षाक्रमी बस्ने र घेरबार पनि ... बाँकी अंश»

कसैले चाहँदैमा आन्दोलन हुँदैनः गृहमन्त्री

२०७३ बैशाख ६ सोमबार, काठमाडौ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले कसैले चाहँदैमा मुलुकमा फेरि आन्दोलन नहुने ठोकुवा गरेका छन। मधेसी मोर्चाले फेरि आन्दोलन गर्ने तयारीसहित राजधानीमा अवधारणापत्र सार्वजनिक गरिरहेको बेला सोमबार आयोजीत साक्षात्कारमा भने,‘जनताले अहिले कुनै पनि आन्दोलनको औचित्य महसुस गरेको छैन। धेरै विषय संविधानले संबोधन गरिसकेको कुरा जनताले बुझेका छन। जनताले अनुमोदन नगरेको आन्दोलन कुनै उद्देश्य पुरा गर्दैन।’   साक्षात्कारमा गृहमन्त्रीले विगमा ... बाँकी अंश»

नयाँ