समाज

म काँग्रेसलाई समावेशी बनाउछु: सभापति देउवा

२०७२ चैत ६ शनिबार, काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई महिला समावेशी बनाउने अठोट व्यक्त गरेका छन्।   नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा महिला केन्द्रीय सदस्यको सम्मानका लागि नेपाल महिला सङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महिलालाई अझ सङ्गठित हुन आह्वान गरे।   उनले भने– “महिला सङ्घमा मधेसी, पहाडी, हिमाली सबै क्षेत्रका सबै समुदाय र वर्गका महिलालाई आकर्षित गर्नुहोस्, उहाँहरुलाई सक्दो न्यायपूर्ण ... बाँकी अंश»

दोलखामा तीर्थ यात्री बोकेको बस दुर्घटना, १५ घाईते

२०७२ चैत ६ शनिबार, दोलखा। भीमेश्वर दर्शनको लागि ललितपुरको बडिखेलबाट आएका तीर्थयात्री बोकेको बा १ ख ६६३३ नम्बरको बस दोलखा भीमेश्वर नगरपालीका वडा नम्बर २ बनटोपर स्थित भीमेश्वर मन्दिर नजिक दुर्घटना हुदा १५ जना घाईते भएका छन् ।    दुर्घटनामा परी बडिखेलका गोमा नगरकोटी, मनिका तमाङ, चार बर्षको बालिका नुमा तमाङ, सात बर्षको बालिका एरिना गुरुङ लगाएत घाईते भएको र घाईते सबैको अवस्था सामान्य नै रहेको दुर्घटनाग्रस्त बसको तीर्थयात्री पञ्चमाया तमाङले बताउनु भयो । खाना खाने क ... बाँकी अंश»

बेलायती राजकुमार ह्यारी नेपालमा, आजै प्रधानमन्त्रीलाई भेट्ने

२०७२ चैत ६ शनिबार, काठमाडौ । पाँचदिने नेपाल भ्रमणको लागि बेलायती राजकुमार ह्यारी काठमाडौं सनिवार दिउसो २: ४०नेपाल अवतरण गरेका छन् । उनी कतार एयरवेजको विमानबाट निर्धारित समय भन्दा आधा घन्टा अघि नै त्रिभुवन विमानस्थल अवतरण गरेका हुन् ।   ह्यारीले नेपाल बसाईको क्रममा काठमाडौ, पोखरा, बर्दियाका बिभिन्न भागहरु तथा पुरातात्विक सम्पदाहरुको समेत अवलोकन बताइएको छ । ह्यारीको साथमा बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर पनि रहेको बताइएको छ ।   आजै अपरान्न ५ बजे प् ... बाँकी अंश»

पाँच घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा

२०७२ चैत ६ शनिबार, नेपालगन्ज।शनिबार बिहान ४ बजे नेपालगन्ज उपमहानगरपालिका–७ वसन्तपुरस्थित बालाजी कपास उद्योगमा लागेको आगो केही समयअघि नियन्त्रणमा ल्याइएको छ । प्रहरी, सेना र दमकलका कर्मचारीको पाँच घन्टाको अथक प्रयासबाट आगलागी नियन्त्रणमा आएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी दिए ।    प्रहरीले गरेको प्रारम्भिक अनुमान अनुसार विद्युत् तार सर्ट भएका कारण आगो लागेको हुन सक्छ । उद्योगका सञ्चालक पङ्कजकुमार वैश्यले उद्योगमा रहेको यन् ... बाँकी अंश»

प्रम ओलीको चीन भ्रमण ‘ट्रेड ट्रान्जिट’ मै खुम्चियो

२०७२ चैत ५ शुक्रबार, काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका कार्यसूची र तयारीबारे जानकारी गराएका छन् । बैठकपछि समिति संयोजक पुष्पकमल दाहालले भ्रमणको तयारीबारे बैठकमा प्रधानमन्त्रीले जानकारी गराएको बताए । दाहालले भने, ‘भारत भ्रमणबारे सामान्य समिक्षा भयो, भारत भ्रमण सफल भएको निष्कर्ष निकालियो ।’   दाहालले प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाबारे जानकारी दिँदै ओलीले समग्रमा आफ्नो भ्रमण त ... बाँकी अंश»

रक्षामन्त्रीलाई सेनाबाट समसामयिक विषयमा ब्रिफ

२०७२ चैत ५ शुक्रबार, काठमाडौं । नेपाली सेनाले उपप्रधान तथा रक्षामन्त्री भीम बहादुर रावललाई समसामयिक विषयमा जानकारी गराएको छ । शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाले मन्त्री रावललाई समसामयिक बिषयमा जानकारी गराएको हो । कार्यक्रममा प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले विभिन्न सैन्य गतिविधिबारे अवगत गराए । कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरुले समसामयिक बिषयमा आ–आफ्नो प्रस्तुति राखे ।    कार्यक्रममा उपप्रधान तथा रक्ष ... बाँकी अंश»

पत्रकारको न्यूनतम मासिक तलब रु १९ हजार ५०० !

२०७२ चैत ५ शुक्रबार, काठमाडौँ। आगामी वैशाख १ गतेदेखि पत्रकारको न्यूनतम मासिक तलब रु १९ हजार ५०० बनाउने तयारी गरिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पुनरवलोकन गरी सिफारिस गरेको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० र सञ्चार खर्च रु एक हजार वैशाख १ गतेदेखि लागू हुनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।    समितिले शुक्रबार  आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री राईले सञ्चारगृहको वर्गीकरण गर्ने, पत्रक ... बाँकी अंश»

प्रहरीको पाँच हजार पदका लागि पैँतीस हजारको आवेदन

२०७२ चैत ५ शुक्रबार, काठमाडौँ। नेपाल प्रहरीमा रिक्त जवानका लागि खोलिएको विज्ञापनमा देशभरबाट ३५ हजार बढीको आवेदन परेको छ।   नेपाल प्रहरीले गत माघ २४ देखि फागुन ३० गतेसम्म दरखास्त आह्वान गरेकामा देशभर खुलामा दुई हजार ९३७ सहित पाँच हजार ४४४ पदका लागि आवेदन खोलिएको थियो । उक्त पदमा देशभरबाट ३५ हजार २६४ को आवेदन परेकामा २९ हजार ५०५ पुरुष र पाँच हजार ७५९ महिला रहेको प्रहरी प्रवक्ता माधव जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “पछिल्लो समयमा रोजगारीको अभाव र ८ कक्षा ... बाँकी अंश»

तेह्रथुममा चैत्र १६ गतेदेखि मतदाता नामावली संकलन हुदै

२०७२ चैत ५ शुक्रबार, तेह्रथुम। तेह्रथुममा चैत्र १६ गतेदेखि बैशाख ३ गतेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यक्रम सन्चालन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयले विभिन्न गाविसमा पुगेर घुम्ती शिविर सञ्चालन गरी  मतदाताहरुको नयाँ नामावली दर्ता तथा अद्यावधिक गर्न लागेको हो।    चैत १६ गतेदेखि सुरु हुने कार्यक्रमकालागि जिल्लाका पुर्वी र पश्चिमी गाविसमा छुट्टाछुट्टै टोली खटिने जनाइएको छ। गाउँमा शिविर सन्चालन गर्नुअघि जिल्ला निर्वाचन कार्यालयले तो ... बाँकी अंश»

काठमाडौँमा पढ्दै आएका तेह्रथुमका एक विद्यार्थी चार महिनादेखि बेपत्ता

२०७२ चैत ५ शुक्रबार, तेह्रथुम। काठमाडौँमा बसेर पढिरहेका तेह्रथुमका एक युवक चार महिनादेखि बेपत्ता भएका छन् । तेह्रथुमको हमरजुङ–४ स्थायी घर भई हाल काठमाडौँको मैतीदेवी स्थित लर्ड बुद्ध एकेडेमीमा कम्प्युटर साइन्स पढ्दै गरेका २० वर्षे विक्रम थापा गएको मंसिर १० गतेदेखि बेपत्ता भएको बुवा भीमबहादुरले बताए। रातो वर्ण, साढे पाँच फिट उचाई र कालो छोटो कपाल भएका विक्रम एक वर्षदेखि होस्टेलमा बसेर पढ्दै आएका थिए।   एसएलसी पछि घरबाहिरै बसेर पढिरहेका विक्रम हराएको खबरपछि परि ... बाँकी अंश»

काँग्रेसले नै संविधान कार्यान्वयनको नेतृत्व गर्छ – रामचन्द्र पौडेल

२०७२ चैत ५ शुक्रबार, दमौली । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गरी संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले नै गर्ने बताएका छन् ।    तनहुँको क्यामिन गाविसस्थित मेवाबारी विद्युतीय लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै नेपा पौडेलले तराई, मधेस र जनजातिको मागलाई सम्बोधन गरी काँग्रेस संविधान कार्यान्वयनमा अगाडि बढ्ने उल्लेख गरे ।     कार्यक्रममा स्थानीय विकास अधिकारी उदयबहादुर राना, खानेपानी तथा सरसफाइ ... बाँकी अंश»

प्रशासनले भन्यो, ‘ल्हारक्याललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गरौं’

२०७२ चैत ५ शुक्रबार, काठमाडौं । आइतबार पक्राउ परेका निलम्बित सांसद ल्हारक्याल लामालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।    प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले लामालाई हातहतियार तथा खरखजाना ऐनअनुसार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको जानकारी दिए । यसअघि, फागुन ३० गते जिप्रकाले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।    अकुत सम्पत्ति ... बाँकी अंश»

माओवादी नेताहरुले सिंहदरबारभित्रै प्रधानमन्त्रीलाई घेर्दैै

२०७२ चैत ५ शुक्रबार, काठमाडौं । सरकारले द्वन्द्वकालिन मुद्दाहरु व्यूँताउन लागेको भन्दै एकिकृत माओवादी तथा माओवादी विचारधारा भएका पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै छन् ।    बेलुकी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा माओवादी शीर्ष नेताहरुले ध्यानाकषर्ण गराउन लागेका हुन् । शान्ति मन्त्रालयले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग मार्फत द्वन्द्वकालिन मुद्दाहरु व्यूँताउन लागेको भन्दै आफुहरु ध्यानाकर्षण ... बाँकी अंश»

प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे समितिमा जानकारी

२०७२ चैत ५ शुक्रबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले  कुनै राष्ट्र् विरुध्द अर्को राष्ट्र्रलाई कार्डको रुपमा प्रयोग गर्न नचाहने बताएका छन् । प्रधानमन्त्री ओलीले आज व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको वैठकलाई फागुन ७ गतेदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै भारत भ्रमणपछि हुन लागेको मित्रराष्ट्र्र चीनको भ्रमणबाट नेपाल—चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध अझ मजबुत हुने बताए । प्रधानमन्त्री ... बाँकी अंश»

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेट

२०७२ चैत ५ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नवनिर्वाचित कांग्रेस सभापति शेरवहादुर देउवाबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा दुबै नेताहरुबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र मधेस मुद्दाबारेको छललफलबारे कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।   प्रधानमन्त्री ओली चैत ७ गते चीनको औपचारिक भ्रमणमा गर्दै छन् । कांग्रेस सभापतिमा निर्वाचित भएपछि ... बाँकी अंश»

कांग्रेस नयाँ कार्यसमितिको पहिलो बैठकमा के हुँदै छ ?

२०७२ चैत ५ शुक्रबार, काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा महाधिवेशन सम्पन्न भएको धन्यवाद प्रस्ताव पारित, भ्रातृसंगठनको निर्वाचनबारे छलफल र संसदीय दलको निर्वाचनबारे छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।   मूख्य गरेर धन्यवाद प्रस्ताव र भ्रातृसंगठनको निर्वाचनको विषयमा छलफल भएपनि संसदीय दलको निर्वाचनबारे छलफलको सम्भावना मात्रै रहेको नेताहरुले बताएका ह ... बाँकी अंश»

‘म मधेसको सच्चा कमाण्डर हुँ’

२०७२ चैत ५ शुक्रबार, विराटनगर । पूर्व राष्ट्रपति डा.रामवरण यादवले संविधान संसोधान मार्फत मधेसका ९० प्रतिशत माग पूरा भई सकेको अवस्थामा अन्य मागलाई पनि राजनितिक सहमतिमार्फत चाडै टुंङग्याउन आग्रह गरेका छन् । नयाँ संविधानको पहिलो संसोधनले मधेसका कयौं माग पूरा गरेको छ बाँकी मागलाई पनि नयाँ संविधानको मर्म र भावना अनुसार राजनितिक सहमतिमा टुंङग्याउन सकिने यादवले बताए ।    विराटनगरका संचारकर्मीका लागि विराटनगरमा आयोजित चिया पान कार्यक्रममा पूर्व राष्ट्रिपति यादवले ... बाँकी अंश»

एमाओवादीले सरकारको समीक्षा गर्दै

२०७२ चैत ४ बिहिबार, काठमाडौं  । एकीकृत माओवादी शुक्रबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वर्तमान सरकारको काम कारबाहीको समीक्षालगायत विषयमा छलफल हुने भएको छ ।    अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले विशेष गरी सरकारको कामकारबाहीका बारेमा समीक्षा गर्दै कमजोरी भएका विषय सुधार गर्दै जनताको पक्षका काम गर्न हदैसम्म प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।    यस्तै, सरकार सञ्चालनमा समन्वय ... बाँकी अंश»

स्वराजलाई पोखराबाटै पाकिस्तानमा हुने १९औं सार्क सम्मेलनको निम्तो

२०७२ चैत ४ बिहिबार, पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकका अवसरमा पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको औपचारिक भेटमा आगामी नोभेम्बरमा पाकिस्तानमा हुने १९औँ सार्क शिखर सम्मेलनका लागि निम्ता दिएका छन् ।     सार्क स्थायी समितिले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा नोभेम्बरमा आयोजना गर्ने प्रस्ताव गरेको छ । आगामी शिखर सम्मेलन नोभेम्बरमा पा ... बाँकी अंश»

काँग्रेसकाे नयाँ केन्द्रीय कार्यसमिति पहिलो बैठक शुक्रबार

२०७२ चैत ४ बिहिबार, काठमाडौं । नेपाली काँग्रेसको १३ औँ महाविधेशनबाट गठित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरमा बस्ने तय भएको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए । महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको दुई दिनपछि बैठक बस्न लागेको हो ।    प्रमाणपत्र वि ... बाँकी अंश»

नयाँ