समाज

मोटरसाइकल ठक्करबाट झापामा दुईको मृत्यु

२०७३ जेठ १४ शुक्रबार, सुरुङ्गा (झापा)। झापाको विर्तामोड–भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।   मृत्यु हुनेमा बाहुनडाँगी– २ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। विर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेको मे४प ८६८२ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको र उनको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक ... बाँकी अंश»

पाँचसय ८२ ट्याक्सी कारबाहीमा

२०७३ जेठ १४ शुक्रबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा एक महिनामा ५ सय ८२ ट्याक्सी कारबाहीमा परेका छन्।   महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्क अनुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४ सय ६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन्।   महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौँ क्षेत्रमा धेरै ट्याक्सी प्रयोग हुने गरेकामा धेरै ट्याक्सी मिटरमा जान नमान्ने गरेको बताए। ... बाँकी अंश»

सांसदद्वारा ल्यापटप र प्रिन्टर प्रदान

२०७३ जेठ १४ शुक्रबार, सुरुङ्गा (झापा)। सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गरेका छन्।   नेपाल प्रेस युनियनको रजत महोत्सव तथा वार्षिक साधारणसभाको अवसर पारेर सांसद शिवाकोटीले बिहीबार उक्त सामग्री प्रदान गरे। बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित राजत महोत्सवमा सांसद शिवाकोटीले प्रदान गरेको ल्यापटप र कलर प्रिन्टर नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा र नेपाल पत्रकार महासङ्घका संस्थापक म ... बाँकी अंश»

यातायात व्यवसायी र सरकारबीच आज पुनः वार्ता हुँदै

२०७३ जेठ १४ शुक्रबार, काठमाडौं । बिहीबार निष्कर्षबिहीन बनेको यातायात व्यवसायी र सरकारबीच आज फेरि वार्ता बस्ने भएको छ । बिहीबार दुई पटकसम्म बसेको वार्ताले आन्दोलनका क्रममा पक्राउ परेका यातायात मजदूर तथा व्यवसायीहरूलाई निःशर्त रिहाई गर्ने सहमति भएर सबैजना छुटिपनि सकेको र बाँकी कुरा गर्न ढिला भएपछि शुक्रबार बस्नेगरी वार्ता टुङ्गिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।    आफूहरूले ट्राफिक प्रहरीले पाउने कमिसन लगायतका ... बाँकी अंश»

सडकको लम्बाइ अठाइस हजार किमी

२०७३ जेठ १३ बिहिबार, काठमाडौँ । चालु आवको फागुनसम्म कालोपत्रे सडक ११ हजार ८९०, खण्डास्मित छ हजार ४१९ र कच्ची सडक नौ हजार ६८१ किमी गरी हाल सडकको लम्बाइ २७ हजार ९९० किमी पुगेको छ ।      यसैगरी चालु आवको फागुन मसान्तसम्म २७० किमी माटे सडक, १३२ किमी खण्डास्मित र ९२ किमी कालोपत्र सडक स्तरोन्नति भएको आव २०७२÷२०७३ को आर्थिक सर्भेक्षणमा उल्लेख छ । आव २०७२÷२०७३ को चैत मसान्तसम्म २३ पक्की पुल बनेको छ ।    अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्र ... बाँकी अंश»

सबै माओवादी एक ठाउँमा नहुँदा शहीदका सपना पूरा भएनन् : रामबहादुर थापा

२०७३ जेठ १३ बिहिबार, पोखरा । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले सहिदको सपना तथा देश र जनताका आकांक्षा पूरा गर्न सबै विभाजित माओवादी एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।     कृष्ण सेन इच्छुकको १४औँ स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले सुरु गरेको २५ हजार राशिको थमन–महेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोमा घिमिरेलाई वितरण गर्दै थापाले माओवादी धेरै टुक्रामा विभाजित हुँदा शहीदका सपना पूरा गर्न नसकिएको धारणा राखे ।    विभाजित ... बाँकी अंश»

बङ्करबाट ब्यारेक योजनाका २०९ भौतिक पूर्वाधार निर्माण

२०७३ जेठ १३ बिहिबार, काठमाडौँ । सरकारले नेपाली सेनाको जिम्मेवारी र भूमिकालाई बदलिँदो परिप्रेक्ष्यमा अझ सक्षम र व्यवसायी बनाउन कार्यरत जनशक्तिको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।    सरकारले व्यवस्थापिका–संसद्मा आज पेस गरेको आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षणमा रक्षा मन्त्रालयको जिम्मेवारी र कार्य वृद्धि भएको हुँदा थप दरबन्दी पदपूर्ति गर्ने, मन्त्रालय र सेनाबीचको कार्यसम्पादनमा सरलता, पारदर्शीता र छिटो छरितोपन ल्याएर कार्यप्रणालीमा सुधार ... बाँकी अंश»

रामेछापमा टाटा सुमो दुर्घटना : ६ काे मृत्यु

२०७३ जेठ १३ बिहिबार, रामेछाप ।  रामेछापमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रामेछाप डाँडाबाट हिमगंगाको चिलाउनेखर्क जाँदै गरेको ना. १ ज. ४१६१ नम्बरको वीपी यातायात सेवा समितिको टाटासुमो रामेछाप नगरपालिका–१ ओख्रेनीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि,  घटनास्थल पुगेकाे प्रहरीले ६ जनाको मृत्यु भएको जानकारी दिएको हाे । मृतकको सनाखत हुँन बाँकी छ ।    जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटना भएको मात्रै खबर आएको छ । स्थानीयक ... बाँकी अंश»

धनकुटाको भेडेटारमा भ्यान दुर्घटना चालकको मृत्यु, छ घाइते

२०७३ जेठ १३ बिहिबार, धनकुटा । धनकुटाको भेडेटारमा आज दिउँसो मारुती भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छजना घाइते भएका छन् ।    धनकुटाबाट धरानतर्फ जाँदै गरेको को१च ४६७३ नंको मारुती भ्यान भेडेटार–४ स्थित कोसी राजमार्गमा पल्टिँदा भ्यान चालक धनकुटा आँखिसल्ला–२ साप्तिङ्टारका ३९ वर्षीय पूर्णबहादुर मगरको मृत्यु भएको हो ।    दुर्घटनामा परी आँखिसल्ला–९ का २२ वर्षीया सुमित्रा राई, २६ वर्षीय रन्तकुमार राई, महाभारत–३ का २६ वर्षीय मक ... बाँकी अंश»

होचा पुड्काको अधिकारको लागि पहलगर्ने उपप्रधानमन्त्री मैनालीको प्रतिबद्धता

२०७३ जेठ १३ बिहिबार, काठमाडा। उपप्रधान एवम महिला बालवालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले समाजमा अपमानित ढंगले रहेका होचा पुड्काको अधिकारकोलागि आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।    तीन महिने बेसिक कम्प्यूटर र ग्राफिक्स डिजाईन तालिमको समापन तथा होचा पुड्का संघको १३ औं साधारण सभाको उद्घाटन गर्दै उनले होचा पुड्काको बास्तविक तथ्याङक नरहेकोले उनीहरुको हितमा योजना बनाउन समस्या भएको भन्दै आगामि जनगणनामा होचा पुड्काको छुट्टै महलको ब्यवस्था गर्ने ... बाँकी अंश»

बजेटपछि मेरो नेतृत्वमा सरकार बन्छ : दाहाल

२०७३ जेठ १३ बिहिबार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने सहमति एमालेसँग भएको बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ चितवनले गरेको पत्रकार सम्मेलनमा दाहालले लिखित रुपमा नभई दुई पार्टीका बीचमा नौ बुँदे सहमति हुँदा समझदारी भएको स्पष्ट पारे ।    यसअघि नै आफूले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएको भन्दै दाहालले अब बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुनेमा आफू विश्वस्त रहेको बताए । संविधान कार्यान्वयन ... बाँकी अंश»

बाजुरामा पहिरोपरि २ बालकको मृत्यु, ७ घाईते

२०७३ जेठ १३ बिहिबार, बाजुरा।बाजुराको रुगिन गाविस ६ कवाडीमा बुधबार विहान ४ बजे अविरल वर्षका कारण पहिरो गएको छ। पहिरोमा परी  २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।त्यस्तै पहिरोमा परी ७ वटा गाई र ३० वटा बाख्रा मरेका छन्। मृत्यु हुनेमा सोही गाविस ६ मा बस्ने चन्द्र बुढथापाका १० वर्ष छोरा निखिल बुढथापा र ६ वर्ष दिर्घ बहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।     जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सोही गाविसका ७ जना घाइते भएका छन्। घाईत ... बाँकी अंश»

संविधान नेपालको ठूलो उपलब्धिः पूर्व राष्ट्रपति यादव

२०७३ जेठ १३ बिहिबार, बर्दिवास । पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको ठूलो उपलब्धि भएको बताएका छन् ।    महोत्तरीको बर्दिवासमा बुधबार नगर पत्रकार सञ्जाल बर्दिवास र बर्दिवास नगरपालिकाले आयोजन गरेको ‘चुरेक्षेत्र संरक्षण र संवद्र्धन’ विषयक एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै डा यादबले अब मधेसका माग सम्बोधन गरेर यो संविधानलाई अझ समृद्ध बनाउनुपर्ने बताए ।    मुलुक अब आर्थिक समृद्धिको चरणमा प्रवेश गरे ... बाँकी अंश»

सैन्य अधिकारीहरुलाई गोपनियता भङ्ग नगर्न सेनाको आग्रह

२०७३ जेठ १२ बुधबार, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा अवकाश प्राप्त रथीहरुसंग भेट एवं छलफल गरेको छ । वुधबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रममा प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले नेपाली सेना सम्बन्धी समसामयिक विषयवस्तु लगायत सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विषयमा अद्यावधिक गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।    हाल सेनाको उच्च स्तरको अपरेशलन तयारी कायम राख्न तालिम, योजना र बन्दोबस्ती लगायतका विषयहर ... बाँकी अंश»

दुर्घटनामा परी मर्नेको सङ्ख्या पाँच पुग्यो

२०७३ जेठ १२ बुधबार, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको गैँडाकोट–११ मा वुधबार विहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।    घाइतेमध्ये सल्यान सारदा नगरपालिका–२ की दुई वर्षीया ममी गिरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जनाको यस अगावै मृत्यु भइसकेको थियो । जसमध्ये दुई महिलाको सनाखत भएको छ भने दुई पुरुषको सनाखत हुन बाँकी छ । सल्यान हुचा–९ की ४५ वर्षीया शीतली कुवँरले र सोही ... बाँकी अंश»

पर्सामा मुस्लिम कमिटी विस्तार गर्न कडा निर्देशन

२०७३ जेठ १२ बुधबार, वीरगन्ज । नेपाली मुक्ति मोर्चा नेपालले भ्रातृ संगठन मुस्लिम मुक्ति मोर्चाको कमिटी बिस्तार गर्न कडा निर्देशन दिएको छ । मोर्चाको वुधबार बसेको केन्द्रिय कमिटिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले पर्सा जिल्लाका मोहम्मद अफताव आलम अंसारीलाई केन्द्रिय सदस्य पदमा मनोनित गरेको मोर्चाकी पर्सा जिल्ला अध्यक्ष संगिता तिवारी साहले जानकारी गराइन् ।        बैठकमा यही २३ र २४ गते काठमाडौमा गर्न लागेको सर्वपक्षिय सम्मेलन मूल आयोजक समितिका संयोजक ए ... बाँकी अंश»

संविधानमा हिन्दुराष्ट्र सहित थारुको अधिकार सुनिश्चित हुनुपर्‍याे

२०७३ जेठ १२ बुधबार, बर्दिया । नेपालको संविधानमा हिन्दुराष्ट्रसहित थारुको अधिकार सुनिश्चित गरिनु पर्ने थारु समुदायका वडघरले माग गरेका छन् । बर्दियाको भैसाही स्थित ढुँगेश्वरनाथ शिव मन्दिरमा आयोजित श्रीमद्भागवत महायज्ञको कलश यात्रामा सहभागी थारु समुदायका वडघर हरि प्रसाद थारुले सो माग गरेका हुन् ।   थारुहरु पनि हिन्दु धर्मावलम्वी भएकाले महायज्ञको आयोजना गरिएको वडघरले बताए । संविधानमा थारुको अधिकार सुनिश्चित गर्दै हिन्दुराष्ट्र लेखिनु पर्ने बताए । विश्वशान् ... बाँकी अंश»

सरकारले नियम विपरित अगुवा–पछुवा पठाएको भए फिर्ता लेओस् : बाबुराम भट्टराई

२०७३ जेठ १२ बुधबार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री  बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीको हैसियतमा अनावश्यक सुरक्षाकर्मी नराखेको प्रष्ट्याएका छन् । उनले अनावश्यक सुरक्षाकर्मी राखेको भए फिर्ता लैजान समेत भनेका छन् ।    भट्टराईको नीजि सचिवालयले प्रेस नोट जारी गरेर यसो भनेको हो । प्रेस नोटमा ‘भट्टराईको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु उहाँले माग गरेर नभई सरकारले नै उपलब्ध गराएको र मलाई यतिनै सुरक्षाकर्मी चाहिन्छ भनेर उहाँ ... बाँकी अंश»

ओलीको बोलीले जनता झुक्किए : नेता जोशी

२०७३ जेठ १२ बुधबार, पाँचथर । कांग्रेस नेता एवं सांसद नविन्द्रराज जोशीले अहिलेको सरकारले सस्तो लोकप्रियताको नाममा जनतालाई झुक्याउने काम मात्रै गरेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा बिहान पार्टी भेटघाट तथा पत्रकार सम्मेलनमा बोल्दै जोशीले भूकम्प पीडितलाई पुनःस्थापना तत्काल राहत र बढ्दो कालोबजारी न्यूनिकरण गर्नुको साटो हावादारी कुरा गरेर सरकारको आयु मात्रै वढाउने काम गरेको आरोप लगाए ।    पार्टी संघीय गठवन्धनको मागप्रति गम्भीर रहेको बताउँदै नेता जोशीले उ ... बाँकी अंश»

छोरी बेच्ने र बलात्कार गर्न खोज्ने पक्राउ

२०७३ जेठ १२ बुधबार, धादिङ । आफ्नै छोरीलाई ललाइफकाई दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट जिल्ला उर्लेनी बस्ने ४८ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरी मङ्गलबार जिल्ला अदालतमा पेश गरेको छ ।  झापा जिल्ला दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यसहितलाई प्रहरीे पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिए ।     आचार्यमार्फत विदेश बेच्न लान लागेको शङ्कामा धादिङको नौबिसेबाट उनीहरुलाई पक्र ... बाँकी अंश»

नयाँ