समाज

भारतीयलाई नागरिकता बाँड्ने परम्परा प्रचण्डको पनि : बिजुक्छे

२०७३ कार्तिक ३० मंगलबार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारीमा लान सक्ने षडयन्त्र जनताले विफल पार्ने बताएका छन् । रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा अध्यक्ष बिजुक्छेले अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदमा लैजाने भारतीय षडयन्त्र जनताले कहिलै सफल हुन नदिने बताए । उनले मधेस आन्दोलनका नेतृत्वको वास्तविक माग थाहा पाएका मधेसका जनता समेत नागरिकताको सवालमा संविधान संशोधन गर्ने पक् ... बाँकी अंश»

देउवाले समय मागे, ‘संविधान संशोधन प्रस्ताव ढिला’

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौँ । प्रमुख दलबीचको गृहकार्य अपुग र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप १५ दिनको समय दिएपछि व्यवस्थापिका–संसद्मा यही कात्तिक मसान्तभित्र पेस हुने भनिएको संविधान संशोधनको प्रस्ताव केही दिन ढिला हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही कात्तिक २६ गते सरकारको एक सय दिन पुगेको अवसरमा गरेको सम्बोधनमा संविधानको सर्वस्वीकार्यताका लागि कात्तिक मसान्तभित्र प्रस्ताव दर्ता हुने बताएका थिए । संशोधनको माग गरिरहेको मोर्चाले सोमबा ... बाँकी अंश»

शिष्टाचार भेटमा प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग भने ‘राष्ट्रपति कहिले आउने ?’

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि नवनियुक्त चीनियाँ राजदूत यु होङबीच शिष्टाचार भेट भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईदेशीय सम्बन्ध र सहयोगको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।    भेटका क्रममा प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा कुरा निकालेका थिए भने त्यसको जवाफमा राजदूत होङले नेपाल चीनको उच्च प्राथमिकतामा रहेको र यहाँ उच्चस्तरको भ्रमण हु ... बाँकी अंश»

सामान्यको सिफारिस : दुई सचिवका लागि ४ जनाको नाम

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले दुई सचिवका लागि ४ जनाको नाम सिफारिस गरेको छ । सामान्यले कृषि तथा वन सेवा समूहमा एक जना र प्रशासन सेवा समूहमा १ जना सचिव नियुक्त गर्नु पर्ने ठाउँमा ४ सहसचिवलाई सिफारिस गरेको हो । कृषि तथा वन सेवा समूह अन्तर्गतको सचिव पदका लागि सह–सचिव अन्नपूर्णनन्द दासको नाम सिफारिस भएको छ । उनलाई बरिष्ठताका आधारमा पहिलो नम्बरमा  सचिव बढुवा गर्न सिफारिस गरिएको बताइएको छ । दास २०६४ असोज ३० मा मात्रै सहसचिवमा बढुवा भएका थिए ... बाँकी अंश»

एएफसी सोलिडारिटी कप जितेका खेलाडीलाई जनही ३/३ लाख दिने सरकारको घोषणा

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौं । सरकारले एएफसी सोलिडारिटी कप २०१६ को मंगलबार भएको फाईनल खेलमा जीत हाँसिल गर्नै खेलाडिलाई जनही ३/३ लाख रूपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाको नेतृत्वमा बनेको सरकारका खेलकुदमन्त्री दलजीत श्रीपाईलीले खेलाडीहरुको सम्मान स्वरूप सो ३/३ लाख रूपैयाँ दिने घोषणा गरेका हुन् ।    हाम्रा कुरा डटकमसँग कुरा गर्दै श्रीपाईलीले भने ‘यो खेलाडीहरुको सम्मानको लागि दिन गरिएको प्रारम्भिक घोषणा हो ।’ यसरी दिने रकम मन्त्रिपरिषद् ... बाँकी अंश»

काठमाडौँ र ललितपुरमा धेरै क्लिनीक अवैध, १३ ओटामा तालाबन्दी

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौं । काठमाडौ र ललितपुरमा धेरै क्लिनीकहरु अवैध रुपमा सञ्चालन भईरहेको पाइएको छ ।  स्वास्थ्य मन्त्री गगनकुमार थापाले काठमाडौ उपत्यकाका धेरै क्लिनीकहरु अवैध रहेको  गुनासो आएको भन्दै खटाएको अनुगमन टोलीले अधिकांश क्लिनीकहरु अवैध रहेको पत्ता लगाएको हो । स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी लगायतको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा काठमाडौका ४ र ललितपुरका ४ ओटा क्लिनीकहरुमा तालाबन्दी गरिदिएको ... बाँकी अंश»

खिनमाया बचाऊ अभियानकर्मी पत्रकार पुरस्कृत

२०७३ कार्तिक ३० मंगलबार, तेह्रथुम। ग्रामीण क्षेत्रमा रहेर पत्रकारितासँगै समाजसेवामा संलग्न तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवा पुरस्कृत भएका छन् । पाक्साँवालाई सदरमुकामभन्दा बाहिर रहेरपनि क्रियाशील रुपमा पत्रकारिता गर्दै समाजका दीनदुःखीहरुलाई निरन्तर सहयोग पुर्‍याएको भन्दै प्रवासी युवा समाजसेवी देब बाँस्कोटाले नगद ३० हजारसहित सम्मान गरेका हुन् ।   पाक्साँवाले हालै फाक्चामारा–४ की खिनमाया लिम्बुको दुवै मिर्गौला फेल भएको समाचार लेखेर उनको उपचारकालागि १७ ... बाँकी अंश»

लिम्बुवानको गाउँ अधिवेशन धमाधम

२०७३ कार्तिक ३० मंगलबार, तेह्रथुम। पार्टीको जिल्ला अधिवेशनको संघारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान मन्च नेपाल तेह्रथुमको गाउँ अधिवेशन धमाधम हुन थालेको छ । पौषभित्र पार्टीको  जिल्ला अधिवेशन गर्ने भनेको पार्टीले जिल्लाका गाउँ तथा नगर कमिटीहरुको अधिवेशन गराउन थालेको हो ।   लिम्बुवानको सोमबार मात्रै ईवा गाविसको गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तबहादुर ईङनामको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ... बाँकी अंश»

‘न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोच बदल्नुपर्छ’: कार्की

२०७३ कार्तिक ३० मंगलबार, भद्रपुर । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पुर्‍याउन सके दण्डहीनताको अन्त्य हुने बताएकी छन् । सर्वोच्च अदालतले झापाको चन्द्रगढीमा गरेको  ‘महिलाको न्यायमा पहुँच र सराकारवाला निकायबीचको समन्वय’विषयको छलफलमा प्रधानन्यायाधीश कार्कीले न्यायालयमा पहुँच नभएका समुदाय र वर्गलाई पहुँच पुर्‍याउन सबैले आ–आफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड दिइन् ।  ‘न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागज मात्र केलाउने ... बाँकी अंश»

माओवादी केन्द्रका सांसद पाण्डेलाई क–कसले दिए श्रद्धाञ्जलि ?

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डेलाई श्रद्धाञ्जलि दिएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भएको श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री दाहालले पार्टीको झन्डा ओढाएर पाण्डेलाई श्रद्धाञ्जलि दिए ।   एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको सोमबार ललितपुरस्थित क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । विसं २०११ पुस ५ गते बुब ... बाँकी अंश»

न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे अनुगमन मङ्सिरदेखि

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौँ। सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० कार्यान्वयन भए÷नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले मङ्सिर पहिलो सातादेखि अनुगमन सुरू गर्ने भएको छ ।    समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयन बारे गुनासो आएपछि अनुगमन गर्ने तयारी गरिएको समितिका अधयक्ष पोषण केसीले जानकारी दिन ... बाँकी अंश»

बाघको आक्रमणमा एक जनाको मृत्यु

२०७३ कार्तिक ३० मंगलबार, नवलपरासी । बाघको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।    कावासोतीस्थित शिव सामुदायिक वनको रातमाटे जङ्गलमा घाँस काट्न गएका कावासोती– ११ बुढौलीकुना बस्ने ४५ वर्षीय डिलबहादुर श्रेष्ठको बाघको आक्रमणबाट मृत्यु भएको हो ।    जङ्गलमा घाँस काट्न भनी सोमबार बिहान घरबाट निस्केका श्रेष्ठ सोमबार राति जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । श्रेष्ठको शव बाघको आक्रमणबाट क्षतविक्षत अवस्थामा फेला परेको थियो । रासस ... बाँकी अंश»

आलोपालो गरी पठाइन्छन् महिला प्रहरी

२०७३ कार्तिक ३० मंगलबार, रोल्पा । आवश्यक महिला प्रहरीको दरबन्दी नहुँदा रोल्पा जिल्लामा घट्ने महिलासम्बन्धी घटना अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको छ ।    जिल्लामा एक प्रहरी सहायक निरीक्षक, दुई हवल्दारसहित १८ जना मात्र महिला प्रहरी रहेका कारण जिल्लाका सबै प्रहरी चौकीमा महिला प्रहरी पठाउन नसकिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।    जिल्लामा ३४ प्रहरी युनिट रहेकामा आठ युनिटमा मात्र महिला प्रहरी रहने गरेको बताइएको छ । ती युनिट पनि कति ... बाँकी अंश»

हत्या गर्ने पाँचजना पुर्पक्षका लागि थुनामा

२०७३ कार्तिक ३० मंगलबार, उर्लाबारी । मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।    जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।    दाहालको गत असोज २८ गते हातखुट्टा डोरीले बाँधेर पेट र घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि धानबारी ... बाँकी अंश»

अख्तियारले कामपाका दुई इन्जिनियरलाई डाम्यो

२०७३ कार्तिक २९ सोमबार, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामहरि फुयाँलले  दुई करोड ७३ लाख ९ हजार ३३२ भ्रष्टाचार गरेको दाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    फुयाँलको सम्पत्ति छानबिन गर्दा स्रोत नखुलेको पाइएकाले मुद्दा दायर गर्नुपरेको जनाइएको छ । आयोगले फुयाँल सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७१ साल फागुनसम्मको सम्पत्ति छानबिन गरिएको बताएको छ ।    यस्तै महानगरपालिकाका इन्जिनियर गम्भीरला ... बाँकी अंश»

दलीय सहमतिमै संविधान संशोधनको गृहकार्यमा सरकार : मन्त्री केसी

२०७३ कार्तिक २९ सोमबार, विराटनगर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले दलहरुबीचकै सहमतिमा संविधान संसोधन प्रक्रिया अघि बढाउने विषयमा गृहकार्य भइरहेको बताएका छन् । विराटनगर विमानस्थाल संचारकर्मीसंग कुरा गर्दै मन्त्री केसीले समयमै निर्वाचन गराउनका लागि पनि संविधान संशोधन प्रक्रिया यथा शक्य चाँडो अघि बढाउन आवश्यक रहेको बताए । आगामी २०७४ माघ भित्रै तीनै तहको निर्वाचन गराउनुपर्ने भएकाले संविधान संसोधनका लागि धेरै ढिलाई गर्न नहुने मन्त्री केसीको भनाई छ  । मन्त ... बाँकी अंश»

संसदमा लाेकमानविरुद्ध भाषणवाजी, संसदबाहिर लोकमानको पक्षमा नारावाजी !

२०७३ कार्तिक २९ सोमबार, काठमाडौं । व्यवस्थापिका–संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे छलफल भइरहँदा सडकमा उनको पक्षमा नारावाजी भएको छ । सदनमा सांसदहरुले चर्को भाषण गर्दा सडकमा ‘भ्रष्टाचार विरुद्धको आन्दोलन सफल पारौं’ र ‘लोकमान जनता तिम्रो साथमा छन् भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउ’ भन्ने आवाज उठेको छ । सोमबारको संसद बैठकमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतले सदनमा प्रस् ... बाँकी अंश»

पुर्नसंरचना प्रति असन्तुष्टि

२०७३ कार्तिक २९ सोमबार, पाँचथर । स्थानियत तह पुर्नसंरचना गर्दा दुवै खाकामा याङवरक गाउँपालिकाको केन्द्र थर्पु वजार वा ओयामको मान्द्रेनीलाई तोक्ने निर्णय गरी आयोगमा सिफारिस गरिएको प्रति ओयाम,फलैँचा र च्याङथापु गाविसले सोमबार फिदिम वजारमा विरोध प्रर्दशन गरेका छन् ।   उनीहरुले भौगोलिक रुपमा,सडक संजालको हिसावले,सवै वडामा सडक सुविधा पुगेको,तथा भौतिक पूर्वाधार समेत भई आयोगको मापदण्ड समेत पुगेको हुनाले ओयामको मान्द्रेनीलाई नै निर्विकल्प केन्द्र तोकिनुपर्ने भन्दै स्थ ... बाँकी अंश»

बाबुरामका स्वकीय विश्वदीपका पिता ‘सांसद’ पाण्डे रहेनन्

२०७३ कार्तिक २९ सोमबार, काठमाडौं । क्यान्सरको उपचार गराइरहेका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ । सांसद पाण्डेको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा सोमबार निधन भएको हो । सांसद पाण्डे एक वर्ष यता क्यान्सरबाट ग्रस्त थिए । अर्घाखाँचीका सांसद पाण्डेको निधन भएको छोरा विश्वदीप पाण्डेले जानकारी दिए । विश्वदीप नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईका स्वकीय सचिव हुन् । ६२ वर्षीय पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगल ... बाँकी अंश»

पढ्न पाउनुपर्ने माग गर्दै क्याम्पसमा तोडफोड

२०७३ कार्तिक २९ सोमबार, सिन्धुली । सिन्धुलीको पुरानो शैक्षिक संस्था सिन्धुली बहुमुखी क्याम्पसमा सोमबार विद्यार्थीले तोडफोड गरेका छन् । लामो समयदेखि आफूहरुले क्याम्पसमा अध्ययन गर्न नपाएको भन्दै पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।    क्याम्पसमा आए पनि सधैँ त्यत्तिकै फर्कंदा आफूहरुको भविष्य अन्धकारतर्फ धकेलिएको भन्दै उनीहरुले क्याम्पसको प्रशासनिक गेटमा लगाएको ताला फोरेका छन् भने क्याम्पसका केही फर्निचरसमेत भाँचिदिएका छन् ।&n ... बाँकी अंश»

नयाँ