समाज

संसदको शून्य समय : भारतीय नोटको समस्या समाधान गर्न ध्यानाकर्षण

२०७३ कार्तिक २९ सोमबार, काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसद भरतबहादुर खड्का, भारत सरकारले भारतीय रुपैयाँ ५०० र एक हजार रुपैयाँको नोट प्रतिबन्ध लगाउँदा नेपालको विभिन्न क्षेत्रका नागरिक प्रभावित भएको भन्दै सरकारले तत्काल भारत सरकारसँग कुरा गरी समस्या समाधान गर्न आग्रह गरे। खड्काले सरकारले कूटनीतिक पहलमार्फत भारतीय रुपैया ... बाँकी अंश»

प्रधानमन्त्री–गठबन्धन नेता भेट : १५ दिनभित्र संसदमा संविधान संशोधन विधेयक

२०७३ कार्तिक २९ सोमबार, काठमाडौं । सरकाले संविधानप्रति असन्तुष्ट संघीय गठबन्धनको आग्रह बमोजिम आगामी १५ दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता राउने भएको छ । सोमबार सिंहदरबारमा संघीय गठबन्धनको स्मरणपत्र बुझ्दै प्रधानमन्त्रीले पुष्पकमल दाहालले १५ दिन भित्र संशोधन प्रस्ताव संसदमा लैजाने भनेका हुन् । मधेशी, जनजाति, थारु, दलित, खस मोर्चासहितको साझा संघीय गठबन्धनका तर्फवाट प्रधानमन्त्रीलाई दिइएको स्मरणपत्रमा आगामी पन्ध्र दिन भित्र मोर्चासँगसमेत सहमति गरी संविध ... बाँकी अंश»

पर्यटकलाई लोभ्याउने स्थल बाहुनथान

२०७३ कार्तिक २९ सोमबार, स्याङ्जा। धार्मिक, साँस्कृतिक, प्राकृतिक पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहेका बेला बाहुनथानलाई आध्यात्मीक पर्यटकीय गन्तव्य बनाउने  प्रयासमा भएको छ । स्याङ्जाको वालिङ नगरपालिका स्थित बाहुनथान क्षेत्रलाई आध्यात्मीक पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न स्थानीयहरु लागिपरेका छन् । स्याङ्जामा आउने विदेशी वा स्वदेशी पर्यटकहरुलाई भुलाउन पनि अर्को गन्तव्यका रुपमा लिन खोजीएको स्थानीयहरु बताउछन्।    स्याङ्जा सदरमुकामबाट करिव ३० किलोमिट ... बाँकी अंश»

गाईले राति दूध चढाएको मेला ‘गौराति मेला’ सुरु

२०७३ कार्तिक २९ सोमबार, चौतारा । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला सोमबारदेखि सुरु भएको छ ।    प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट सुरु भई तीन दिनसम्म चल्ने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रुपमा मानिएको हो ।    सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा नगरपालिका–२ स्थित गौरातीडाँडामा अवस्थित भीमेश ... बाँकी अंश»

घाइते महिलाको मृत्यु, श्रीमानसहित दुई गम्भीर

२०७३ कार्तिक २९ सोमबार, रत्ननगर । चितवनको खैरहनीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।    आइतबार पूर्वी चितवनको खैरहनी नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा दुई मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।    घाइतेमध्ये मकवानपुर मनहरी–७ की ३० वर्षीय सागुनी पुलामीको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।    चितवनको खैरहनीमा पूर्वतर् ... बाँकी अंश»

‘प्रचण्ड सरकार निरंकुश’

२०७३ कार्तिक २९ सोमबार, काठमाडौं । नेत्रविक्रम चन्द माओवादीले वर्तमान पुष्पकमल दाहालको सरकारलाई निरंकुश भनेको छ । पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै यसो भनेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘यो बन्दमा विगतका सरकारलाई मात गर्ने गरी प्रचण्ड सरकारको निरंकुशता र गिरप्तारीको पार्टी घोर भ्रत्सना एवं निन्दा गर्दछ ।’ यस्तै, उनले काठमाण्डौं उपत्यकाबाट पार्टी पोलिटब्यूरो सदस्य ओमप्रकाश पुन, केन्द्रीय सदस्य झक बहादुर मल्ल, लगायत २ ... बाँकी अंश»

गच्छदारले भने–अङ्गिकृतले संवैधानिक पद पाउनु हुँदैन

२०७३ कार्तिक २८ आइतबार, नेपालगन्ज । मधेसी–जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अङ्गिकृत नागरिकलाई संवैधानिक पद दिन नहुने बताएका छन् । आफ्नै पार्टीले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले अङ्गिकृतलाई संवैधानिक पद दिन नहुने जनमत मधेसमै अधिक रहेकाले कसैको व्यक्तिगत र पार्टीगत स्वार्थमा उक्त व्यवस्था लागू हुन नसक्ने बताएका हुन् । गच्छदारले भने, ‘संविधान संशोधनको मुख्य एजेण्डा सीमाङ्कनको बाँडफाँड नै हो, तसर्थ यस विषयमा सबै दल सहमतिमा आउनुपर्छ ... बाँकी अंश»

यी निर्दोष बन्दीहरु जसले कारागारसँगै पर्खाल जोडिएको विद्यालयमा चिहाउनसम्म पाउँदैनन्

२०७३ कार्तिक २८ आइतबार, लिबाङ (रोल्पा) । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दी गृहमा आमाले गरेको दुष्कर्मको सजाय भोग्दै चार नाबालकले जेल जीवन बिताइरहेका छन् । झोलामा कापी कलम बोकेर स्कूल जाने उमेरका यी नाबालकहरुले यसरी जेल जीवन विताउनु पर्दा उनीहरुको कलिलो बाल मष्तिष्कमा भोलि कस्तो असर पर्ला ? यस विषयमा समयमै बाल अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको ध्यान जान जरुरी छ । अपराध जन्य घटनामा संलग्न भएपनि उमेर नपुगेका बालबालिकालाई पनि कारागारमा थुनामा राख्न मिल् ... बाँकी अंश»

संविधान संशोधनपछि मात्रै संविधान कार्यान्वयन : देउवा

२०७३ कार्तिक २८ आइतबार, वालिङ । काँग्रेस सभापति शेरबहादुर देउवाले संशोधनपछि मात्रै संविधानको कार्यान्वयन हुने बताएका छन् । नेपाली कांग्रेस आरुखर्क गाउँ कार्यसमितिले गरेको प्रजातन्त्र सेनानी तथा काँग्रेस स्याङ्जाका नेता मोहनीप्रसाद पौडेलको अभिनन्दन कार्यक्रममा देउवाले संविधान संशोधनका लागि प्रमुख तीन दलबीच वार्ता भइरहेकाले छिट्टै समाधान निस्कने बताए । ‘नेपालीको छ दशकको चाहना हामीले २०७२ असोजमा पूरा गरेका छौँ’ –सभापति देउवाले भने, ‘संविधान कार्यान्वयन ... बाँकी अंश»

बन्दको प्रभाव सामान्य, देशभरबाट २९५ पक्राउ

२०७३ कार्तिक २८ आइतबार, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले आइतबार आह्वान गरेको नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउने २९५ जनालाई देशभरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २१३ र उपत्यका बाहिरबाट महिला पाँच र पुरुष ५४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।   बन्दका क्रममा बुटवल उपमहानगरपालिकास्थित तिनाउ पुलनजिकै रा १ ह ४५३ नं को इ–रिक्सामा आगजनी, धरानस्थित कोसी राजमार्गमा बा ११ च १८८१ नं को बलेर ... बाँकी अंश»

शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय पुनःस्थापना हुने

२०७३ कार्तिक २८ आइतबार, काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय नेपालमा पुनःस्थापना हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय काठमाडौँमा पुनःस्थापना गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।    सरकारले त्यसका लागि १ लाख ११ हजार ६८५ अमेरिकी डलर बजेट छुट्याउने निर्णय गरेको छ । यसअघि सो कार्यालय २०७२ सालको गोर ... बाँकी अंश»

राष्ट्रपतिलाई सेनाले यसरी गर्‍याे ब्रिफ

२०७३ कार्तिक २८ आइतबार, काठमाडौं । नेपाली सेनाले राष्ट्रपति एवं नेपाली सेनाको परमाधिपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाका विभिन्न विरणहरु सुनाएको छ । राष्ट्रपति भवन शितल निवास पुगेर प्रधान सेनापति राजेन्द्र क्षत्रील सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अच्छुर्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त हुँदै आएको सहयोग तथा भूमिका खेल्दै आएको सुनाए । प्रधान सेनापति क्षत्रीले नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थहरुलाई सर्बोपरी राखी कार ... बाँकी अंश»

पाँचथरमा स्थानिय तह बारे असन्तुष्ठ पक्षका मागलाई समेट्ने

२०७३ कार्तिक २८ आइतबार, पाँचथर।  पाँचथर जिल्लामा स्थानिय तहको बारेमा दिन प्रतिदिन विवाद चुलिँदै गएपछि असन्तुष्ट पक्षका मागहरुलाई सकेसम्म समेटिने प्रयास गरिने भएको छ ।  शनिबार जिल्लाका राजनितीक दलहरु र जिल्ला प्राविधिक समितीको वैठक बसेर असन्तुष्टीका बारेमा छलफल गरी भौगोलिकता,सुगमता,र औचित्यताका आधारमा संशोधन तथा परिमार्जन गरी आयोगमा पठाईने निर्णय गरिएको छ ।   प्राविधिक समितीका संयोजक भानु बरालले भने,“जिल्लाबाट दुई भिन्नाभिन्नै ८ स्थानिय तह रहने गरी खाका पठा ... बाँकी अंश»

छथर क्षेत्रका ऐतिहासिक स्थलहरु ओझेलमा

२०७३ कार्तिक २८ आइतबार, तेह्रथुम । पुर्बी लिम्बुवानको छथर क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु संरक्षणको लागि आवश्यक चासो नदिइँदा ओझेलमा परेका छन् । तेह्रथुम र धनकुटामा पर्ने ऐतिहासिक छथर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाउँहरु आवश्यक संरक्षण, सम्बर्धन र प्रचार प्रसारको अभावमा रहेका छन् ।  यस क्षेत्रमा रहेका ऐतिहासिक गढीहरु, समाधी स्थलका साथै पर्यटकीय सम्भावना बोकेका स्थलहरुको संरक्षणकालागि सरोकारवालाहरुको ध्यान जान सकेको छैन । संरक्षणमा कसैले चासो नदिँद ... बाँकी अंश»

गोविन्द केसीले भने– डिन नियुक्ति मलाई मञ्जुर छैन, अनसन सुरु भो भन्नुस्

२०७३ कार्तिक २८ आइतबार, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागि पटक–पटक सघर्ष गर्दै आएका प्राध्यापक डक्टर गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन नियुक्ति आफुलाई कुनै हालतमा मञ्जुर नहुने बताएका छन् । हाम्राकुरासँग केसीले भने, ‘सबै भन्दा बरिष्ठ नियुक्त हुने रोल क्रम नै मिचिएको छ । कसरी मान्य हुन्छ । यसमा हेर्नुस् मेरो पुरानै अडान हो । नयाँ मैले केही पनि भनेको छैन । पहिले राजनीतिक भागवण्डाका आधारमा हुने नियुक्तिलाई हामीले गरेको संघर्षले परा ... बाँकी अंश»

सिन्धुलीगढी फर्केर हेर्दा....गाडी जलेर भष्म

२०७३ कार्तिक २८ आइतबार, सिन्धुली । नेपाल बन्दको अवज्ञा गरेको भन्दै एका विहानै सिन्धुलीको भद्रकाली–३, मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले स्कारपीओमा आगजनी गरेका छन् । काठमाडौँबाट सिराहाको गोलबजार तर्फ जाँदै गरेको स १ च ११४४ नम्बरको स्कारपीओमा उनीहरुले पेट्रोल छर्केर आगो लगाएका हुन् । आगजनी गरेर भागेका माओवादी कार्यकर्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

आइओएमको डिनमा सिंह नियुक्त, गोविन्द केसीले गरे विरोध

२०७३ कार्तिक २८ आइतबार, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्राध्यापक डक्टर केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि सिंहलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्राध्यापक  डक्टर जगदीशप्रसाद अग्रवाल, प्राध्यापक डक्टर केपी सिंह र प्राध्यापक डक्टर ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो । त्रिविका उपकुलपति तीर्थ खनियाँले सिंहलाई आइतबारै पत्र बुझ्ने गरी डिन नियुक्त गरिएको जानकारी दिए । विसं २०४५ म ... बाँकी अंश»

संविधान कार्यान्वयनको विषय संविधान संशोधनसँग जोड्नु हुँदैन:ओली

२०७३ कार्तिक २८ आइतबार, दमक (झापा) । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने बताएका छन् ।    झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन भएकाले अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्ने बताए । उनले भने,“विकास निर्माणको काममा कसैले राजनीति स्वार्थ लिनुहुँदैन, अबको समय भनेको विकास र संमृद्धिको हो ।&rdq ... बाँकी अंश»

राजधानीमा १७५ बन्दकर्ता पक्राउ, प्रहरी नियन्त्रणपछि थरी–थरीका सेल्फि

२०७३ कार्तिक २८ आइतबार, काठमाडौं । नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका पोलिटव्युरो सदस्यसहित एक सय ७५ जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्ने मध्ये १८ महिला एक सय ५७ पुरुष रहेका छन् । यो संख्या काठमाडौं उपत्यकाको मात्रै हो । देश अन्य भागमा समेत कयौं कार्यकर्ता पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका मिडिया रिलेशन अफिसर्स प्रद्युम्न कार्कीले हाम्राकुरालाई भने, ‘अन्य घटना भएका छैनन् । राजधानीमा सवारी पातलै चलेको छ । आगजनी तोडफोडका घ ... बाँकी अंश»

भाइको कुटाइबाट दाजुको मृत्यु

२०७३ कार्तिक २८ आइतबार, फलेवास । उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ ।    शानिबार राति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो ।    घरायसी सामान्य विवाद हुँदा टाउकोमा ढुङ्गाले लागी गम्भीर घाइते भएका दलबहादुरको उपचारका लागि गण्डकी अस्पताल, पोखरा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिप्रका, पर्वतले जनाएको छ ।    उक्त घटनामा ... बाँकी अंश»

नयाँ