समाज

निजामतिको तलब बृद्धि गर्न माग गर्दै काँग्रेस निकट कर्मचारी युनियनको ज्ञापन पत्र (ज्ञापन पत्र सहित)

२०७३ जेठ ३ सोमबार, काठमाडौं । नेपाली काँग्रेस निकट कर्मचारीहरूको संगठन नेपाल निजामति कर्मचारी युनियन संघले अबको बजेटमा निजामति कर्मचारीहरूको पारिश्रमिक बृद्धि गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।  सोमबार युनियनका अध्यक्ष सुबोध कुमार देवकोटाको नेतृत्वमा गएको युनियनको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उनकै कार्यपक्षमा भेटी राष्ट्रबैंकद्वारा गरिएको पारिवारिक बजेट सर्भेक्षण, बढ्दो मुल्य बृद्धि र मुद्रास्फीतिलाई समेत ध्या ... बाँकी अंश»

आन्दोलनमा सहभागी बेलायती पक्राउ

२०७३ जेठ ३ सोमबार, काठमाडौँ। सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ ।    प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् । ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।    केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प ... बाँकी अंश»

मधेसीहरुको माग अब एक प्रतिशत पनि बाँकी छैनः पर्यटनमन्त्री

२०७३ जेठ ३ सोमबार, काठमाडौ  । सस्कृति, पर्यटन तथा नागरक उड्ययन मन्त्री आनन्दप्रसाद पोख्रेलले आन्दोलनरत मधेसी मोर्चाले उठाएको कुनै पनि माग पुरा गर्न बाँकी नरहेको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मधेसी मोर्चाको एक प्रतिसत माग पनि पुरा हुन बाँकी छैन । उहाँहरुको आग्रह मात्रै हो, आग्रहलाई सरकारले सम्बोधन गर्न सक्दैन ।’   साक्षात्कारमा मन्त्री पोख्रेलले उनीहरुले मागे जस्तो मधेसमा दुई प्रदेश हुने री सिमांकन हु ... बाँकी अंश»

सबै माओवादी घटकलाई एकतामा आउन आग्रह

२०७३ जेठ ३ सोमबार, काठमाडौँ। माओवादी एकता अभियानले सबै माओवादी घटकलाई कुनै पनि सर्त नराखी एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । अभियानले आज एक विज्ञप्ति प्रकाशित गरी नागरिक स्तरबाट भएको आग्रह, अनुरोध तथा राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो ।    विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर राष्ट्र, जनता, सहिद परिवार र बेपत्ता नागरिकको सपना साकार पार्न अभियानले आग्रह गरेको छ ।    विज्ञप्तिमा भनि ... बाँकी अंश»

प्रजातन्त्रमाथि खतरा : सभापति देउवा

२०७३ जेठ ३ सोमबार, काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि खतराका सङ्केत देखा परेकाले प्रजातन्त्रवादीबीच सबै क्षेत्रमा एकता हुनुपर्ने बताएका छन्।   प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको २२ औँ स्थापना दिवस तथा ‘किसुनजी विशेषः चिन्तन’ प्रकाशन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले भने – “दलका बीचमा मेलमिलाप र सहमति कायम गरेर संविधान कार्यान्वयन गर्न सरकार असफल भएको छ। संसदको ठूलो दललाई बेवास्ता गरेर अघि बढ्ने सरकारको ... बाँकी अंश»

अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन अस्तव्यस्त

२०७३ जेठ ३ सोमबार, बर्दिया। लामो खडेरी सँगै अत्याधिक गर्मी वढेपछि पश्चिम तराईको जनजीवन अस्तव्यस्त बनेको छ। प्रिमनसुन शुरु भैसक्दा पनि पानी नपरेपछि किसानहरु धानको विउ छर्न पाएका छैनन् भने विषालु सर्प, लामखुट्टे लगायत रेविजको प्रकोप वढ्दै गएको छ।   हिउँदमा समेत वर्षातको अनुभुती नपाएको पश्चिम तराईमा प्रिमनसुन भित्रदा समेत पानी पर्न नसक्दा यस क्षेत्रको कृषि, स्वास्थ्य लगायतका क्षेत्रहरुमा नकारात्मक प्रभाव वढ्दै गैरहेको छ । लामो समयदेखि यथोचित पानी पर्न नसक्दा ... बाँकी अंश»

मदन–आश्रित स्मृति दिवसमा प्रधानमन्त्री

२०७३ जेठ ३ सोमबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले २३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुस्थित नेकपा (एमाले)को पुरानो कार्यालयमा रहेको सालिकमा माल्यार्पण गरे।   विसं २०५० जेठ ३ मा चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। उनीहरुको निधनको दिनलाई एमालेले देशभर विभिन्न कार्यक्रमसहित स्मरण गर्दै आएको छ।   एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानम ... बाँकी अंश»

लुम्बिनीको बिश्व शान्ति द्धिपको ज्योति सगरमाथामा

२०७३ जेठ २ आइतबार, काठमाडौँ ।  बिश्व शान्तिका अग्रदुत बुद्धजन्मस्थलमा रहेको पबित्र बिश्व शान्ति द्धिपको ज्योती सगरमाथा आधार शिबिर सम्म लगेर लुम्बिनी र सगरमाथालाई एक साथ बिश्वमञ्चमा प्रचार गर्ने लक्ष्य सहीत आईतबार कार्यक्रमको सुरु भएको छ ।   पबित्र स्थल लुम्बिनीमा ओलम्पियनहरु बैकुन्ठ मानन्धर,कृष्ण बस्नेत ,खडग रानाभाट,अन्तर्राष्ट्रिय खेलाडी शाहबानु खानलाई बिश्व शान्ति द्धिपको ज्योती लुम्बिनी बिकाश कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय महाथेरो ,लुम् ... बाँकी अंश»

पूर्वपञ्चहरु सलवलाए, को होला शक्तिको राजा ?

२०७३ जेठ २ आइतबार, काठमाडौँ। विभिन्न समूहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पुनः एकीकृत हुने प्रयासमा लागेका छन् । एकीकृत राप्रपा निर्माण अभियानद्वारा आज आयोजित कार्यक्रममा मुलुकमा स्थायी शान्ति तथा दिगो विकासका लागि पञ्चायत पृष्ठभूमिका नेताको दृष्टिकोण र अभ्यासलाई प्रयोग गर्न उनीहरुको अनुभवका साथै एकताको खाँचो औँल्याए ।    राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले देश तथा जनताको पक्षमा संवेदनशील भई काम गर्ने प्रजातान्त्रिक शक्ति मुलु ... बाँकी अंश»

कमला नानीको उद्दार

२०७३ जेठ २ आइतबार, काठमाडौं । महानगरीय प्रहरी महाशाखा काठमाडौंले वैदेशिक रोजगारीमा गएकी एक पीडित महिलाको उद्दार गरी नेपाल फर्काएको छ ।   २०७० फाल्गुन ११ गते नेपालबाट बैदेशिक रोजगारीको शिलशिलामा कुबेत स्थित सब्बा सालिममा घरायसी कामदारको रुपमा गएकी नवलपरासी दाउन्नेदेबीकी २९ वर्षीया कमला केसीको उद्दार गरेको महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।   उनले लानो समयसम्म काम गर्दा पनि रोजगारदाताले तलब समेत नदिएको कारणले उक्त स्थानबाट भागेर अन्यत्र गई काम गरिरहेक ... बाँकी अंश»

कमल थापा सेतीमा डुबेर बेपत्ता

२०७३ जेठ २ आइतबार, बझाङ । जनप्रिय उमाबि बगडगाँउ परिक्षा केन्द्रमा ११ कक्षाको परिक्षा दिन आएका पाटादेबल गाबिस ९ बयाना घर भएका कमल कुमार  थापा आईतबार सेती नदीमा बेपत्ता भएका छन् ।परिक्षाको पहिलो दिन अग्रेजी बिषयको परिक्षा दिई सकेपछि दिउसो खाना खाएर मालुमेला  नजिकै सेती नदीमा नुहाउन लाग्दा सेतीले बगाएको बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   साथीहरु संग नुहाउन गएका थापाले पौडी खेलेर नदी पार गर्न खोजे पछि उनि बगेका हुन् । कालुखेती गाबिसको खप्तड उमाब ... बाँकी अंश»

न्यूयोर्क टाइम्सको सम्पादकीयप्रति अख्तियारको आपत्ति (विज्ञप्ती सहित)

२०७३ जेठ २ आइतबार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्समा प्रकाशित सम्पादकीयविरूद्ध आपत्ति जनाएको छ । आइतबार आयोगका प्रवक्ता कृष्णहरि पुस्करले विज्ञप्ती जारी गरी सो समाचार संस्थाले प्रकाशन गरेको सम्पादकीयले नेपालको संवैधानिक आयोग जस्तो गरिमामय निकायको मानमर्दन भएको भन्दै आपत्ति जनाएको हो । अख्तियारले टाईम्समा नेपाल सम्बन्धी आएको सम्पादकियलाई भ्रामक र एक पक्षिय रहेको भनेकाे छ । आयोगले न्यूयोर्क टाइम्सको ११ ... बाँकी अंश»

बाढीले बगाउँदा बालिकाको मृत्यु, महिला वेपत्ता

२०७३ जेठ २ आइतबार, बझाङ । लामो समयको खडेरी पछि शनिशार साँझ परेको भारी  वर्षासंगै आएको बाढीमा एक बालिकाको बगेर मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छन् । खोलामा नुहाएर घर फर्किदै गरेकी रायल गाविस –५ कि ८ वर्षीया बालिका अनिता रावल कोलापानी खोलामा आएको बाढीमा बगेकी हुन् । बालिकाको शव फेला परिसकेको प्रहरीले जनाएको छ । यस्तै, घट्ट पिस्न गएको बेला एक्कासी आएको बाढीले घट्ट नै बगाएपछि सुनकुडा–३ उडिकी ३० वर्षीया झिमा ढांट बेपत्ता भएकी छन् । शनिशार साँझ करिब ७ बजेतिर आए ... बाँकी अंश»

मलाई फिर्ता बोलाउने सम्बन्धमा परराष्ट्र मन्त्रालयले कुनै कारण खुलाएको छैन : दीपकुमार उपाध्याय

२०७३ जेठ २ आइतबार, काठमाडौँ। भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको प्रतिक्रिया दिएका छन्।   सरकारको निर्णयअनुसार आज स्वदेश फर्केका राजदूत उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको निर्णयलाई आफूले सहज रुपमा लिएको बताए।   राजदूत पदमा १३ महिना पाँच दिन बिताएका राजदूत उपाध्यायले पदमा रहँदा भारतीय सिमानामा उत् ... बाँकी अंश»

धारा र ट्यूवेल सुकेपछि गाईघाटमा खानेपानीको चरम अभाव

२०७३ जेठ २ आइतबार, पुरानो गाईघाट (उदयपुर) । लामो खडेरीका कारण धारा र ट्यूबेल ( हाते कल)मा पानी आउन छाडेपछि उदयपुर सदरमुकाम गाईघाट तथा तराइका दर्जन गाविसमा खानेपानीको अभाव भएको छ । भू सतहको पानीको तह घट्नुका साथै खानेपानी आयोजना संचालन भएका खोलाको मुहान सुकेपछि खानेपानीको चरम अभाव सुरु भएको हो ।     “गाउँका अधिकांस ट्यूवेलमा पानी आउन छाडेपछि खानेपानीको समस्या बढेर गएको छ ” त्रियुगा नगरपालिका ३ का नवराज ढकालले भने,“ जमिनमा पानीको तह घटेर गएकाले अधिकांसका हातेक ... बाँकी अंश»

पूर्व राजाद्वारा भैरवी मन्दिरको दर्शन

२०७३ जेठ २ आइतबार, त्रिशूली । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार नुवाकोटको भैरवी मन्दिरलगायत विभिन्न मन्दिरमा पूजापाठ गरेका छन् । सपरिवार नुवाकोट पुगेका पूर्व राजपरिवारले भैरवी, विदुरको रुद्धेश्वर महादेव र बट्टारको राममन्दिरमा पूजापाठ गरेका हुन् ।    देशका महत्वपूर्ण शक्तिपीठमध्ये एक मानिने नुवाकोटको भैरवी मन्दिरमा पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल, पूर्व युवराज्ञी हिमानी, हृदयेन्द्रसहितले मन्दिरमा आधा घन्टा पूजाअर्चना गरेका थिए ।    पूर्व ... बाँकी अंश»

सत्यनिरुपण आयोग र वेपत्ता आयोगले द्वन्दपिडितलाई न्याय दिन नसक्ने : कृष्ण पहाडी

२०७३ जेठ २ आइतबार, बर्दिया। सत्यनिरुपण आयोग र वेपत्ता आयोगले द्वन्दपिडितहरुलाई न्याय दिन नसक्ने मानवअधिकारकर्मी कृष्ण पहाडीले दावी गरेका छन् । स्वाभिमान अभियान अन्र्तगत जागरणसभा लाई सम्वोधन गर्दै अधिकारीकर्मी पहाडीले उक्त दावी गरेका हुन् ।    आयोग मानवता केन्द्र विन्दु भन्दा सत्ता केन्द्रित रहेकोले मेन्डेड कमजोर परिभाषित गरिएको हुँदा पिडितले न्याय नपाउने उनको जिकिर थियो । आयोगमा नियुक्ती प्रकरण राजनितिक भागभण्डाको आधारमा भएकाले पनि पिडितले राहत नपाउन ... बाँकी अंश»

राजदूत उपाध्याय आइतबार फिर्ता आउने

२०७३ जेठ १ शनिबार, काठमाडौँ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय आइतबार स्वदेश फिर्ता आउने भएका छन् । त्यहाँ रहँदा राजदूत उपाध्यायको भूमिकाप्रति असन्तुष्टी जनाउँदै सरकारले उनलाई स्वदेश फर्किन निर्देशन दिएकाले उपाध्याय भोलि स्वदेश फर्किन लागेका हुन् ।    आइतबार मध्यान्ह १२:०० बजे नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।    काँग्रेसका पूर्व ... बाँकी अंश»

अहिले सरकार परिवर्तनको कुनै आवश्यकता छैनः कोइराला

२०७३ जेठ १ शनिबार, काठमाडौ। नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले सरकार परिवर्तनको कुनै आवश्यकता नभएको दावी गरेकी छिन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन,‘ म अहिले सरकार ढाल्ने पक्षमा छैन । पाँच वर्षसम्म सरकार चल्न नसके प्रजातन्त्र र विकास अगाडि बढ्ने बाला छैन । अहिले कसैले पनि सरकार परिवर्तनको कुरा गरेर अस्थिरता ल्याउनु हुँदैन । आफूलाई प्रधानमन्त्री बनाउन कसैले पनि देशमा अस्थिरता ल्याउनु हुँदैन ।’   साक्षात्कारम ... बाँकी अंश»

चार दिनमा पैँतालिस आरोही सगरमाथाको चुचुरामा

२०७३ जेठ १ शनिबार, काठमाडौँ। सगरमाथा आरोहणको चौथो दिन आज थप तीन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । दुई विदेशी र एक नेपालीसहित तीन आरोहीले सगरमाथा चढेको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।   उनका अनुसार सगरमाथा आरोहण गर्नेमा नेपाली छिरिङ तेम्बा शेर्पा र फुतेम्बा शेर्पा तथा स्वीडेनी डेनिलय छन् ।    यसअघि शुक्रबार १३ नेपालीसहित २७ आरोहीले सगरमाथा आरोहण गरेका थिए । बुधबारदेखि सगरमाथा आरोहण ... बाँकी अंश»

नयाँ