समाज

मोरङमा सबैभन्दा धेरै मत बदर, सुनसरी र पाल्पाको पनि मतपरिणाम आयो

२०७३ जेठ २० बिहिबार, काठमाडौं । निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा सुनसरी र मोरङ जिल्लामा पनि एमाले निकट संगठन भारी मतले विजयी भएको छ । जिल्ला कार्य समिति सुनसरीमा एमाले निकट कर्मचारी संगठनले काँग्रेस निकट युनियनलाई भारी मतान्तरले हराएको हो । बुधबार भएको निर्वाचनमा संगठनले कूल खसेको ९ सय ५८ मत मध्ये ४ सय ८८ मत प्राप्त गर्दा युनियनले जम्मा २ सय १५ मत प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय कर्मचारी संगठन ५१, मिलन केन्द्र ७३ र मधेशीले १०७ मत पाए भने २७ मत ... बाँकी अंश»

धनकुटामा सबैभन्दा बढी मतान्तर, झापा भोजपुर र तेह्रथुममा के–के भयो ?

२०७३ जेठ २० बिहिबार, काठमाडौं । निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा धनकुटा जिल्ला कार्य समितिमा एमाले निकट कर्मचारी संगठनले काँग्रेस निकट युनियनलाई भारी मतान्तरले हराएको छ । बुधबार भएको निर्वाचनमा संगठनले कूल खसेको ५ सय ३५ मत मध्ये ३ सय ३६ पत प्राप्त गर्दा युनियनले जम्मा ९४ मत प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय कर्मचारी संगठन ५३, मिलन केन्द्र ३१ र मधेशीले १७ मत पाए भने २ मत बदर भएको थियो ।    उता, झापा भोजपुर र तेह्रथुममा पनि एमाले निकट कर्मचार ... बाँकी अंश»

दोलखा, सिन्धुली र सिन्धुपाल्चोकमा संगठन विजयी

२०७३ जेठ १९ बुधबार, काठमाडौं । दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा एमाले निकट कर्मचारी संगठन विजयी भएको छ । बुधबार भएको नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा दोलखामा नेपाल निजामती कर्मचारी संगठन १ सय ८१ नेपाल निजामती कर्मचारी युनियन (संघ) ९८, नेपाल राष्टिय कर्मचारी संगठन ९५, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र २ र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले ७ मत ल्याएका छन् ।    त्यस्तै, सिन्धुली जिल्लामा नेपाल निजामती कर ... बाँकी अंश»

निजामती ट्रेड युनियनको निर्वाचन सम्पन्न, रातभर मतगणना हुने

२०७३ जेठ १९ बुधबार, काठमाडौँ । निजामती कर्मचारीको आज भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।    प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले प्रारम्भिक विवरणअनुसार ८० प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिए । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभागमा १२९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले मतदान भाग लिएका थिए ।    निर्वाचन अधिक ... बाँकी अंश»

जाजरकोटमा कर्मचारीको नारा,जीत कस्को एमालेको

२०७३ जेठ १९ बुधबार, जाजरकोट। जाजरकोटमा कर्मचारी संगठन विजयी भएको छ। संगठनले १२५ मत प्राप्त गरेको हो। त्यसैगरी कर्मचारी युनियनले १०१ मत ल्याएर दोस्रो भएको छ भने राष्ट्रिय कर्मचारी संगठनले २५ मत ल्याएर तेस्रो भएको हाम्रा सहकर्मीले जनाएका छन्। जसमा जम्मा २५५ मत खसेको थियो।   विजयी भएका  संगठनका कर्मचारीले बिजयी जुलुस लगाइरहेको जनाइएको छ। उनीहरुले यो जीत कस्तो एमालेको भनेर नारा लगाइरहेको हाम्रा कुरा सहकर्मीले जनाएका छन्।   ... बाँकी अंश»

बझाङमा एमाले निकट संगठन विजयी

२०७३ जेठ १९ बुधबार, बझाङ। नेपाल निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनमा बझाङ जिल्ला बाट नेपाल निजामति कर्मचारी संगठन विजयी भएको छ । बुधबार भएको ट्रेड युनियनको निर्वाचनमा कर्मचारी संगठनले १६६ मत ल्याएर विजयी भएको हो ।    यसका साथै कर्मचारी युनियन संघले ११७ मत र राष्टिय कर्मचारी संगठन २५ मत र मधेशि कर्मचारी संगठनले ३ मत ल्याएको थियो । ३५० कर्मचारी मतदाता संख्या रहेको बझाङ जिल्लामा ३२६ मत खसेका र १५ मत बदर भएको निर्बाचन अधिकृत मोहनि प्रसाद जोशीले जानकारी दिए । त ... बाँकी अंश»

मतपत्र र अर्धकट्टीमा संकेत नम्बर मिलेपछि ट्रेड युनियनको निर्वाचनमा बिबाद

२०७३ जेठ १९ बुधबार, फिदिम । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका लागि भइरहेको निर्बाचनमा पाँचथर छापिएका मतपत्रमा संकेत नम्बर भेटिएपछि बिबाद हुँदा केहिवेर मतदान रोकिएको छ । मतदातालाई दिइएका मतपत्रमा अर्धकट्टीको नम्बर भेटिएपछि धाँदली भएको भन्दै मतदाताले बिबाद गरेपछि करिब एकघण्टा मतदान प्रकृया स्थगित भएको हो ।    निजामति कर्मचारी संघठनका केहि नेता र कार्यालय प्रमूखहरुले आफु मातहतका कर्मचारीलाई मतदान शुरु हुनभन्दा केहिवेर अगाडी आ–आफ्ना कार्यालय ... बाँकी अंश»

रुकुममा निर्वाचन सम्पन्न ३ सय ६२ मत खर्‍यो

२०७३ जेठ १९ बुधबार, रुकुम। नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेडयुनियनको ऐतिहासिक निर्वाचन रुकुममा सम्पन्न भएको छ। विहान ९ बजेदेखि सुरू भएको निर्वाचनमा ३ सय ६२ मत खसेको निर्वाचन अधिकृत सँगीता ढुङ्गेलले बताईन। ४ सय ५ जना मतदाता रहेकोमा ४३ मत नखसेको उनको भनाई रहेको छ। साँझ ५ बजे सम्पन्न भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन सँघ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले रुकुममा भाग लि ... बाँकी अंश»

कर्मचारीको निर्वाचन शान्तिपूर्ण सम्पन्न, मतगणना सुरू

२०७३ जेठ १९ बुधबार, काठमाडौं  ।  नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेडयुनियनको ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको मतदानको केहीबेरमा मतगणना सुरू हुने निर्वाचन समितिले जनाएको छ । विहान ९ बजेदेखि सुरू भएको निर्वाचन साँझ ५ बजे सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमल्सिनाले जानकारी दिए । निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिएका थिए । क ... बाँकी अंश»

एमालेको बल्खुस्थित कार्यालय भत्काउन ठेकेदार तय

२०७३ जेठ १९ बुधबार, काठमाडौँ । नेकपा (एमाले) कार्यालय व्यवस्थापन कार्यदलले भूकम्पले क्षति भएको कामनपा–१४, मदननगर बल्खुस्थित पुरानो कार्यालय भत्काई सफाइ गर्न ठेक्का दिएको छ ।    कार्यदलका संयोजक प्रदीप ज्ञवालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले बोलपत्रमा प्राप्त आशयको अध्ययन गरी सबैभन्दा बढी रकम रु ३१,००,००१ बोलकबोल गर्ने राम श्रेष्ठ (काठमाडौँ–११, माइतीघर) लाई तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का दिने निर्णय गरेको हो ... बाँकी अंश»

प्रहरीले पत्रिका जलायो, कुट्यो पत्रकारलाई

२०७३ जेठ १९ बुधबार, उदयपुर। जेठ १९ गते बुधवार देशव्यापी रुपमा भैरहेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनको क्रममा उदयपुर जिल्लामा प्रहरीले स्थानिय पत्रपत्रिका कब्जामा लिएर जलाएको छ। सो घटनाका बारेमा नेपाल प्रेस युनियनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।    युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाल्दै उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस दैनिकका प्रतिहरु प्रहरीले कब्जामा लिई जलाएकोमा कडा आपत्ति जनाएका छन्। ... बाँकी अंश»

सेनाद्वारा तेह्र वर्ष अगाडिको बम निष्क्रिय

२०७३ जेठ १९ बुधबार, दैलेख । तत्कालीन द्वन्द्वका बेला करिब १३ वर्षअघि गाडिएको बेवारिसे बम नेपाली सेनाको टोलीद्वारा आज निष्क्रिय पारिएको छ ।    नारायण नगरपालिका–१ पुरानो बजार बारुथथान नजिक चन्द्रप्रसाद सिग्देलको बारीमा गाडेर राखिएको बम मकै गोड्न जाने क्रममा मङ्गलबार स्थानीयले फेला परेका थिए ।    बम भेटिएलगत्तै स्थानीय बासिन्दाले नेपाली सेना र जिल्ला प्रहरीलाई खबर गरेका थिए । सुर्खेतको काली दल गणबाट आएको बम निस्क्रिय टोलीले आज बिहान १० बजे निस्क्रिय गरे ... बाँकी अंश»

नेविसङ्घलाई नीतिमुखी बनाउन प्रशिक्षण

२०७३ जेठ १९ बुधबार, काठमाडौँ। नेपाल विद्यार्थी सङ्घलाई सशक्त र नीतिमुखी बनाउन उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ।   नेविसङ्घ केन्द्रीय समितिले आज यहाँ आगामी ११ औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम निर्माणका लागि उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम गरेको हो।   कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङ, दीपक खड्का, गुरुराज घिमिरे, डा हरि पोखरेल, रञ्जित कर्णलगायतले प्रशिक्षण दिएका थिए। ... बाँकी अंश»

नेविसङ्घका कारण पार्टी बलियोः सभापति देउवा

२०७३ जेठ १९ बुधबार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घका कारण नेपाली काँग्रेस बलियो भएको बताएका छन् ।   नेवि सङ्घ केन्द्रीय समितिको आयोजना तथा नेवि सङ्घ पब्लिक युथ क्याम्पस एकाइको व्यवस्थापनमा आयोजित ‘नेवि सङ्घको ११ औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम निर्माणका लागि उपत्यकास्तरिय प्रशिक्षण कार्यक्रम’को उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले नेवि सङ्घले पार्टीलाई बलियो बनाएको बताए।   उनले भने, &ldquo ... बाँकी अंश»

कालोदिनमा आधिकारिक ट्रेड युनियनको निर्वाचन

२०७३ जेठ १९ बुधबार, रोल्पा। लामो समय सम्म सारिंदै र धकेलिंदै आएको निर्वाचनको मिति सरकारले सोंच्दै नसोंची कालो दिनमा पारेको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन्।    “पटक पटक सारिदै आएको निर्वाचन आजैका दिनमा नपारेको भए हुन्थ्यो” नेपाल निजामती कर्मचारी युनियन (संघ) का केन्द्रिय सल्लाहकार शान्तराज अधिकारीले बताए ।   अधिकारी भन्छन्  “तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको दिन भएको हुँदा आज बाहेक अन्य कुनै दिनमा निर्वाचन भएको भए अझ हर्षाल्लास थपिन्थ्यो ह ... बाँकी अंश»

दाहालद्वारा सर्वोच्चलाई लिखित जवाफ : चर्चामा आउन मलाई मुछियो

२०७३ जेठ १८ मंगलबार, काठमाडौँ । सर्वोच्च अदालतमा ‘अदालतको अपहेलनासम्बन्धी’ परेको मुद्दामा एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज लिखित जवाफ पठाएका छन् । सर्वोच्च अदालतमा पुगी दाहालका तर्फबाट प्रतिनिधिका रुपमा(वारेस) लोकमणि पोखरेलले अदालतको अपहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएका हुन् ।    लिखित जवाफमा चर्चामा आउनका लागि मुद्दा दायर गरेर अदालतको दुरुपयोग गरेको उल्लेख गर्दै भनिएको छ, ‘निवेदकले चर्चामा आउनका ला ... बाँकी अंश»

नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गाउँले र पत्रकार भण्डारी सम्मानित

२०७३ जेठ १८ मंगलबार, पाँचथर । पाँचथरको फिदिममा आज आयोजित एक कार्यक्रमका वीच दुई जना पत्रकारहरुलाई सम्मानित गरिएको छ ।    स्वतन्त्र सेनानी पत्रकारिता पत्रकार पुरुस्कारबाट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा सिआइजीका सम्पादक शिव गाउँले र इगल एफ.एम ९९.२ मेगाहर्जका स्टेशन म्यानजेर, रासस, इमेज च्यानल कालिका एफ.एम र पूर्वेली अनलाइनका पाँचथर संवाददाता जितेन्द्र भण्डारी सम्मानित भएका हुन् ।   लोकतान्त्रिक,गणतन्त्र स्थापनाका लागि अमूल्य योगदान पुरयाएको ... बाँकी अंश»

तीन दल नमिलेसम्म राष्ट्रिय सहमति बन्न सक्दैनः प्रधानमन्त्री

२०७३ जेठ १८ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई तत्काल कसैले डग्मगाउन नसक्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा  प्रधानमन्त्री ओलीले भन्नुभयो, “२०७४ साल मङ्सिरमा चुनाव भएर आफ्नो पार्टीले बहुमत ल्याउँछ, अनि गठबन्धन सरकार निर्माणको शृङ्खला सकिन्छ ।” संविधानसभाको दोस्रो निर्वाचनदेखि नै आ ... बाँकी अंश»

रोल्पामा ६३ जनाले गरे आत्महत्या

२०७३ जेठ १८ मंगलबार, रोल्पा । जिल्लामा आत्महत्या गर्नेको संख्या प्रतिदिन वृद्धि हुँदै गएको छ । प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले पछिल्लो समय रोल्पामा आत्महत्याका घटना बढेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७२–०७३ मा मात्र रोल्पा जिल्लामा झुण्डिएर ३९ र विष खाएर २२ गरी ६३ जना दिवंगत भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०–०७१ मा ४३ र आर्थिक वर्ष ०७१–०७२ मा ४१ जनाले मृत्युवरण गरे ।     प्रनाउ घर्तीमगरले भने, ‘व ... बाँकी अंश»

आगलागीमा परी ७६ जनाको मृत्यु

२०७३ जेठ १८ मंगलबार, काठमाडौं । प्राकृतिक प्रकोपबाट थुप्रै धनजनको क्षति भएपनि सरकारले अवस्था सामान्य रहेको बताएको छ । मंगलबार बसेको व्यवस्थापिका संसदमा विशेष समय लिएर बोल्दै उपप्रधान तथा गृहमन्त्री शक्तिबहादुर बस्नेतले अवस्था समान्य रहेको बताएका हुन् ।    मन्त्री बस्नेतले सरकारले गर्ने राहत तथा उद्धारको कुनैपनि काम बाँकी नराखेको बताए । २०७२ मंसिर १ देखि हाल सम्म भएका प्राकृतिक प्रकोपका घटनाबारे जानकारी दिँदै मन्त्री बस्नेतले आगलागीबाट हाल सम्म विभिन्न जिल ... बाँकी अंश»

नयाँ