समाज

नेपाल चीन सम्बन्धमा चासो

२०७३ जेठ १७ सोमबार, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निमन्त्रणामा चार दिनका लागि नेपाल भ्रमणमा आएको अखिल चीन पत्रकार सङ्घको प्रतिनिधिमण्डलले सोमबार सभामुख ओनसरी घर्तीलाई भेटी नेपालको शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र चीन र नेपालको सम्बन्ध लगायत विषयमा चासो व्यक्त गरेको छ ।    सङ्घका महासचिव गाओ सङ्गानको नेतृत्वको पाँच सदस्यीय टोलीले आज पत्रकार महासङ्घको केन्द्रीय कार्यालय र प्रेस काउन्सिल नेपालको कार्यालयमा समेत भ्रमण गरेको महासङ्घका अध्यक्ष महे ... बाँकी अंश»

छानबिन समिति नबनेसम्म सदनको कारबाही अघि बढ्दैन’

२०७३ जेठ १७ सोमबार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट चुहिएका बारे छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका–संसद्को कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट गरेको छ ।    नेपाली काँग्रेसको विरोधका कारण संसद्को आजको बैठक चार पटक सम्म स्थगन भएपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफमा काँग्रेस सांसद डा रामशरण महतले छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नरहेको बताए । “हाम्रा मागको सुनुवाइ भएको छैन र सरकारले अहिलेसम्म छानबिन समिति गठनबारे कुनै किसिमको प्रत ... बाँकी अंश»

वितरणमुखी बजेटकै कारण ओली सरकार ढल्छ : महामन्त्री कोइराला

२०७३ जेठ १७ सोमबार, कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले बजेट उत्पादनमुखीभन्दा वितरणमुखी भएको बताउँदै यसै कारणले सरकार ढल्ने बताएका छन् । नवलपरासीको अमलटारीमा नेपाल महिला सङ्घको लुम्बिनी अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षणमा आएका कोइरालाले सञ्चारकर्मीसँग भने, ‘उत्पादनमुखी बजेट ल्याएर राष्ट्रिय पुँजीको विकास गर्नु अहिलेको आवश्यकता थियो, त्यो भएन ।’ भूकम्पपछिको पुनःनिर्माणलाई राष्ट्रिय प्राथामिकतामा राखेर बजेट ल्याउनु पर्नेमा त्यसो ... बाँकी अंश»

“मेरो धर्म, जातजाती जे भनेपति समाज सेवा नै हो” : समाजसेवी शाही

२०७३ जेठ १७ सोमबार, रुकुम । म रुकुमको गोतामकोट गाविसको वडा नं. १ मा जन्मेको हुँ । तर अहिले मेरो बसाई भने काठमान्डौंको कुपोण्डोलमा रहेको छ । विभिन्न सामाजिक सँस्थामार्फत समाजको सेवा गरिरहेको छु । अहिले लाइन्स क्लब, बाल गृह महासँघ लगायतका विभिन्न समाजिक सँस्थामा आवद्धपनि रहेको छु । मैले मेरो जन्मभुमिमा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन र शिक्षाको महत्वबारे चेतनाको विकास गराउने उद्धेश्यले केहि भएपनि सानो सहयोग गरौं भन्ने आशाका साथ केहि सहयोग सामग्री वितग ... बाँकी अंश»

अब खुला मञ्चतिर गठबन्धन आन्दोलन, एक महिना १२ घण्टे रिले अनसन

२०७३ जेठ १७ सोमबार, काठमाडौ । मधेस र जनजातीका २६ बुँदे माग सुनुवाइको माग राखेर आन्दोलन गरिरहेको  संघीय गठवन्धनले यही २५ देखि काठमाडौंको खुलामञ्चमा १२ घण्टे रिले अनसन सुरु गर्ने भएको छ । अनसन १ महिना चल्ने संघीय गठबन्धनका नेता एवं सद्भावना महामन्त्री मनीष सुमनले बताए ।    अनसन बिहान ७ बजेदेखि बेलुकी ७ बजे सम्म चल्ने बताइएको छ । रिलअनसनका क्रममा सांस्कृतिक कार्यक्रम, कवि गोष्ठी र जनसभा लगायत विभिन्न कार्यक्रम हुने गठबन्धन नेताहरुले बताएका छन् । गठबन्धन संयोजक उप ... बाँकी अंश»

कांग्रेस पुनःनिर्माणको कामलाई गति दिन सरोकारवाला ब्यूँझाउँदै

२०७३ जेठ १७ सोमबार,  सिन्धुली । भूकम्प पीडित आवास पुनःनिर्माण लगत संकलनमा प्राधिकरणको गम्भीर लापरवाहीका कारण पुनःनिर्माण अनुदान पाउने सूचीमा छुटेका वास्तविक भूकम्प पीडितहरुलाई समावेश गरी अनुदान वितरण तथा पुनःनिर्माणको कामलाई तत्काल अघि बढाउन माग गर्दै नेपाली कांग्रेस सिन्धुलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।    गएको वर्ष वैशाख १२, १३ र २९ गते गएको विनासकारी भूकम्पले जिल्लामा बढी  धनजनको क्षति पुर्याएको भएपनि पीडितहरुलाई राहत व ... बाँकी अंश»

जिल्ला अदालत काठमाडौंको बारमा विधानलाई चुनौती दिने गरी बागी टिम खडा

२०७३ जेठ १७ सोमबार, काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएशनको जेष्ठ २९ गते हुने निर्वाचानमा डेमोक्रेटिक लयर्स एसोसिएशनको तर्फबाट २ प्यानल भिड्ने भएका छन् । प्रजातान्त्रिक समूहको कब्जा रहेको बार भनेर परिचित काठमाडौं जिल्ला अदालत बार एसोसिएशनको नयाँ कार्य समितिको निर्वाचनका लागि छनोट समितिको दुई तिहाई बहुमतबाट घोषणा भएको आधिकारिक प्यानलकोविरुद्धमा छनोट समितिको अल्पमत सदस्यले छुटै बागी प्यानल खडा गरेर डिएलए विधानलाई नै चुनौती दिएका छन् ।    एसोसिएशनक ... बाँकी अंश»

हाम्रो सामाजिक सुरक्षा भत्ता खोई

२०७३ जेठ १७ सोमबार, स्याङ्जा  । सरकारले यसपालीको बजेटमा वृद्धवृद्धाहरुलाई दिइने सामाजिक सुरक्षा भत्ता शतप्रतिशत वृद्धि गरेको छ । वृद्धवृद्धाले पाइरहेको १ हजारबाट शतप्रतिशत वृद्धि गर्दै २ हजार पुर्‍याएको छ । आफुहरुको भत्ता बृद्धि भएको र स्वास्थ्य विमाको व्यवस्था गरेको भन्दै राजधानीमा ४ वर्षदेखि आन्दोलित वृद्धवृद्धाको आन्दोलन टुंगिएको छ ।    तर कतिपय जिल्लामा पहिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता समेत पाएका छैनन् । जसको उदाहरण हो स्याङ्जा  । निवुवाखर् ... बाँकी अंश»

माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि हो– नेता नेपाल

२०७३ जेठ १७ सोमबार, पोखरा। पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताउनुभएको छ ।    प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन, राष्ट्रिय आवश्यकता एवम् चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसका लागि नेकपा (एमाले) तयार रहेको बताउनुभयो ।    सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा उह ... बाँकी अंश»

आधुनिक बन्दै रोल्पा कांग्रेस, ४ करोडको सुविधा सम्पन्न आफ्नै भवन

२०७३ जेठ १६ आइतबार, रोल्पा । नेपाली कांग्रेस रोल्पाले कार्यालय सञ्चालनका लागि आफ्नो स्वामीत्वमा रहेको नयाँ भवन निर्माण गर्दैछ । यसरी भवन निर्माण तथा जग्गा खरिद गर्नका लागि जिल्ला कार्य समितिका कोषाध्यक्ष खटक बहादुर खत्रीको संयोजकत्वम ७ सदस्यीय निर्माण समिति समेत गठन गरिएको नेपाली कांग्रेस रोल्पाले जनाएको छ ।    जसको सचिवमा हरिबहादुर पुन, कोषाध्यक्षमा कविता उपाध्याय सदस्यहरुमा पहलमान वली, मोहन परियार र लक्ष्मी डाँगी रहेका छन् । नयाँ भवन निर्माणका लागि पार्टी ... बाँकी अंश»

साना पार्टीका नेता कार्यकर्ता खिच्दै बाबुराम

२०७३ जेठ १६ आइतबार, काठमाडौं  । विभिन्न पार्टीका पदाधिकारीसहित एक हजार बढी नेता कार्यकर्ता नयाँ शक्तिमा आवद्ध भएका छन् । नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा आइतबार आयोजित एक कार्यक्रममा विभिन्न दलका नेता कार्यकर्ताहरु नयाँ शक्ति नेपालमा समाहित भएका हुन् ।  नयाँ अभियन्ताहरुलाई नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पार्टीमा स्वागत गरे ।    विभिन्न पार्टीका प्रमुख नेतृत्वहरुलाई नयाँ शक्तिमा स्वागत गर्दै संसारमा हरेक चिज परिवर्तनशील हुने हुना ... बाँकी अंश»

उद्योगपति केडियाकाे विहारबाट सकुशल उद्दार, कागजी प्रक्रिया पूरा गरेर नेपाल ल्याईँदै

२०७३ जेठ १६ आइतबार, पर्सा । गत बिहिबारदेखि अपहरणमा परेका उद्योगी सुरेश केडीयालाई भारतको विहारबाट सकुशल उद्दार गरिएको छ। विहार प्रहरीले उनलाई दिउँसो एक बजेतिर विहारको मोतीहारी नजिकैबाट सकुशल उद्दार गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिए।   उनलाई कागजी प्रक्रिया अपाएर विहार प्रहरीबाट नेपाल भित्र्याउने तयारी भईरहेको पनि अध्यक्ष शर्माले जानकारी दिए। उनलाई अपहरण गर्ने एकजनालाई पक्राउ गरिएको र उनको नाम खुल्न नसकेको अ ... बाँकी अंश»

आर्थिक अनुशासन तोडेर ल्याइएको बजेट कार्यान्वयन हुँदैनः काँग्रेस

२०७३ जेठ १६ आइतबार, काठमाडौँ। नेपाली काँग्रेसले ‘आर्थिक अनुशासन तोडेर ल्याइएको’ आव २०७३÷७४ बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ।   व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बिहान बसेको काँग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवम् संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा सीमित हुने ठहर गरेको छ।   छलफलमा नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत ... बाँकी अंश»

काँग्रेस नेताको भीरबाट लडेर मृत्यु

२०७३ जेठ १६ आइतबार, बाजुरा । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य राम बहादुर सुनारको भीर बाट लडेर मृत्यु भएको छ । तोली गाविसको खारखोलामा शनिबार राती लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही गाविस ३ बस्ने ३६ वर्षका जपेन्द्र बहादुर शाही घाइते भएका छन् ।   मृतक सुनारलाई तोली स्वास्थ्य चौकीमा उपचारका लागि ल्याउनेक्रममा बीच बाटोमा मृत्यु भएकोे बताइएको छ, भने घाइते शाहीको टाउकोमा चोट र बाँया हात भाचिएको जिल्ला प्रहरी कार्यालय ... बाँकी अंश»

नेविसङ्घको एघारौँ महाधिवेशन असार अन्तिम साता

२०७३ जेठ १५ शनिबार, काठमाडौँ। लामो समयदेखि रोकिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन असार अन्तिम साता गर्ने प्रस्ताव गरिएको छ ।    जेठ २५ गते नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने सङ्घको केन्द्रीय समिति बैठकमा असार अन्तिम साता काठमाडौँ, पोखरा, नेपालगञ्ज वा चितवनमध्ये एक स्थानमा महाधिवेशन गर्ने प्रस्ताव अध्यक्ष रञ्जित कर्णले राख्ने तयारी गरेको नेविसङ्घले जनाएको छ ।    सङ्घका प्रवक्ता युपी लामिछानेले राससलाई बताएअनुसार संविधानसभाब ... बाँकी अंश»

अर्थमन्त्रीले कृष्ण प्रसाद भट्टराई र गिरीजा प्रसाद कोईरालालाई सम्झेनन्

२०७३ जेठ १५ शनिबार, काठमाडौं। संसदमा आर्थिक वर्ष २०७३/७४ को  बजेट पेश गर्ने क्रममा आर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सम्बोधन गर्ने क्रममा नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज ब्यक्तिहरु सम्झने क्रममा नेपाली काँग्रेसका नेताहरु स्व. कृष्ण प्रसाद भट्टराई र स्व. गिरिजा प्रसाद कोईरालाको नाम सम्बोधन गरेनन्।   उनले सम्बोधन गर्ने क्रममा स्व. पुष्पलाला श्रेष्ठ, स्व. बिशेश्वर प्रसाद कोईराला, स्व. मदन भण्डारी, स्व. गणेशमान सिंह श्रेष्ठ र स्व. मनमोहन अधिकारी लगायत सबै प् ... बाँकी अंश»

काठमाडौं उपत्यकामा भूकम्पको झट्का

२०७३ जेठ १५ शनिबार, काठमाडौं। काठमाडौं उत्यकामा भूकम्पको झट्का महशुस गरिएको छ। करिब तीन बजेर २५ मिनेटमा भूकम्पको झट्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्ला रहेको जनाईएको छ भने  ४.६ म्याग्नेच्युडको धक्का रहेको छ।  ... बाँकी अंश»

नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्रीको बधाई

२०७३ जेठ १५ शनिबार, बेइजिङ। नेपालको गणतन्त्र दिवसका अवसरमा चीनले नेपाललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । शनिबार परेको नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत नेपाली जनतालाई शनिबार बधाई ज्ञापन गरेका हुन् ।    चिनियाँ प्रधानमन्त्री खछ्याङले दिएको बधाई सन्देशमा चीन र नेपालले सधैं समान एवम् पारस्पारिक सहयोगी सम्बन्ध कायम गर्दै आएको बताएका छन् ।    खछ्याङले चीन र नेपाल छिमेकी राष्ट्र ... बाँकी अंश»

विमलकी बहिनी मनीषाको हत्यामा संलग्न आरोपी चौधरीको पोलीग्राफ हुने

२०७३ जेठ १५ शनिबार, नवलपरासी। फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘आशिष’लाई प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।    शुक्रबार जिल्ला अदालतबाट सँत दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए  ।    प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको शव परीक्षण प्रतिवेदन आइतबार आउँदै छ । प ... बाँकी अंश»

सरकारी कर्मचारीको तलब पाँच सय !

२०७३ जेठ १५ शनिबार, कञ्चनपुर । सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो ।    कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब थाप्दै आएका छन् । हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत रु ५०० पाउने गरेका हुन्  ।    जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रु आठ हजार नबढ्ने गरी घटाघटीमा आवेदन मागेको थ ... बाँकी अंश»

नयाँ