समाज

ऐतिहासिक मेला ‘बान्नीकी चैतली’

२०७३ बैशाख १० शुक्रबार, बझाङ । सुदुर पश्चिमको प्रशिद्ध तथा ऐतिहासिक मेला बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन् । परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासंग युद्ध गरी मष्टालाई पासोमा  पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गर्दछ ।     होली पूर्णिमाको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमा सम्म ... बाँकी अंश»

सैनिक मुख्यालय भवनको निर्माण सुरु

२०७३ बैशाख १० शुक्रबार, काठमाडौँ । भूकम्पले पूर्णक्षति पुर्‍याएको जङ्गी अड्डास्थित सैनिक मुख्यालय भवनको निर्माण सुरु गरिएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नयाँ निर्माण हुने जङ्गी अड्डा भवनको आज आयोजित समारोहमा शिलान्यास गरेका हुन् । गएको वर्ष वैशाख १२ गते गएको भूकम्पबाट नेपाली सेनाको मुख्यालयसहित मुलुकभर सेनाका एक हजार १०९ वटा भौतिक संरचना पूर्णरुपमा क्षति भएको थियो ।  भूकम्पले जर्जर अवस्थामा पुर्‍याएको सैनिक मुख्यालयको मुख्य भवन हटाएर त्यहाँ रह ... बाँकी अंश»

एक सय ३८ कानुन बनाउने तयारी अन्तिम चरणमा

२०७३ बैशाख १० शुक्रबार, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ११० विषयमा सङ्घीय कानुन, २२ विषयमा प्रदेश कानुन र छ विषयमा स्थानीय कानुन निर्माण गर्ने कार्य अन्तिम तयारीमा पुगेको जनाएको छ । मन्त्रालयले आज  पत्रकार सम्मेलनको आयोजना गरी सङ्घीय, प्रदेश र स्थानीय गरी १३८ कानुन बनाउनुपर्ने आवश्यकता पहिचान गरी सोहीबमोजिम विवरणसमेत तयार पारिसकेको जानकारी दिएको हो ।    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले प्राथमिकताका आधारमा कानुन जतिसक्दो ... बाँकी अंश»

प्रधानसेनापति आइतबार अमेरिका जाने

२०७३ बैशाख १० शुक्रबार, काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा ११ दिने भ्रमणका लागि आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।  अमेरिकी सेनाको कमाण्ड र जनरल स्टाफ कलेज फोर्ट लिभेनवर्थ कान्सास र बार कलेज कार्लिस्ले ब्यारेक पेन्सिल भेनियामा इन्टरनेसनल फेलोस् हल अफ फेम इन्डक्सन (इएचओएफ) समारोहमा भाग लिन क्षेत्री त्यसतर्फ जान लागेका  सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।    अमेरिकी सेनाका शिक्षण संस्थाले त्यहाँब ... बाँकी अंश»

संघीय गठबन्धन आन्दोलन : जेठ १ गते सिंहदरबार घेराउ (विज्ञप्तीसहित)

२०७३ बैशाख १० शुक्रबार, काठमाडौं । संघीय लोतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान पुनःखेलन सहित २६ बुँदे माग अघि सार्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा पत्रकार सम्मेलनमा २७ दल संवद्ध गठबन्धनले वैशाख १५ गतेदेखि जेठ १ गते सम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।   गठबन्धनले मधेसी, आदिवासी, जनजाती, दलित (शिल्पी समुदाय), थारु, खस समुदाय, महिला, पिछडा वर्ग, सीमान्तकृत, ... बाँकी अंश»

एमाले र एमाओवादी आचरण नभएका कम्युनिष्ट : बाबुराम भट्टराई

२०७३ बैशाख १० शुक्रबार, लुम्बिनी (रुपन्देही) । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेकपा (एमाले) र एकीकृत(नेकपा)माओवादीले कम्युनिष्ट पार्टीको आचरणविरुद्ध काम गर्दै हिडेको आरोप लगाएका छन् । मधेस जागरण अभियानअन्तर्गत आज भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता भट्टराईले एमाओवादी र एमालेले आफूलाई कम्युनिष्ट भन्दै हिँडे पनि व्यवहार, आचरण र संस्कार कम्युनिष्टको नभएको तर्क गरे ।    नेता भट्टराईले कम्युनिष्टमा सिद्धान्त र व्यवहारमा एकरुपता हुनुपर्नेम ... बाँकी अंश»

दैनिक जोहोका लागि चर्को सङ्घर्षमै बित्यो भूकम्पपीडितको एकवर्ष

२०७३ बैशाख १० शुक्रबार, रत्ननगर (चितवन)। आठजनाको परिवारका अगुवा लीलाबहादुर विक फलामलाई खुर्पाको आकार दिंदै छन् । फलाम सेलाउँदा ताप दिन छोरा लोकबहादुर पछाडि उभिएका छन् । “छोराले आरन मेसिन (हावा दिने मेसिन) चलाउँछ, म घन ठोक्छु हजुर, यस्तै छ काम,” घन हानिरहेका लीलाबहादुरले हेर्दै नहेरी जवाफ फर्काए  । श्रीमती फूलमायाको मेलापात र ज्याला मजदुरी गर्दैमा दिन बित्छ । उनलाई बुहारी शान्तिले बेलाबेलामा ज्याला मजदुरी गर्न सघाउछिन् ।    छोरा यमबहादुर तामाको काम गर्छन् । मजदुर ... बाँकी अंश»

अवैध गर्भधारणबाट सुत्केरी भएकी किशोरी अस्पतालमा अलपत्र

२०७३ बैशाख १० शुक्रबार, बैतडी । मानसिक सन्तुलन गुमेका बेला भएको अवैध गर्भधारणबाट सुत्केरी भएकी बैतडीकी एक किशोरी अलपत्र परेकी छन् । विशालपुर गाविसकी १७ वर्षीया ती किशोरीले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा गत चैत २५ गते छोरी जन्माएकी थिइन् । उनका आफन्त नहुँदा अलपत्र परेकी हुन् । उनी अहिले जिल्ला अस्पतालमा बस्दै आएकी छन् । ती किशोरीका परिवार र आफन्त छैनन् । गत असारमा मानसिक सन्तुलन गुमाएका बेला उनले अवैध गर्भ बोकेकी थिइन् ।    मानसिक उपचारपछि स्वस्थ भएकी उ ... बाँकी अंश»

मधेसी मोर्चाको आन्दोलन सांकेतिक मात्रै, दमन भए माहोल फेरि बिग्रने

२०७३ बैशाख ९ बिहिबार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले शुक्रबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । विहिबार सार्वजनिक गर्ने भनिएकामा २८ दलको गठबन्धनका नेताहरु कुटनीतिज्ञ भेट्न भन्दै लाजिम्पाटको होटल र्‍याडिसन पुगे ।  उनीहरुले त्यहाँ विभिन्न देशका राजदूत तथा कुटनितिज्ञहरुसंग छलफल गरे । खानपान सहितको छलफलमा अस्वस्थ भनिएका मधेसी मोर्चाका शीर्ष नेताहरु महनन्थ ठाकुर, राजेन्द्र महतो समेत देखिए । यस्तै, उपेन्द्र यादव, मह ... बाँकी अंश»

‘मधेस आन्दोलनको कुनै अर्थ र औचित्य छैन’

२०७३ बैशाख ९ बिहिबार, नेपालगन्ज । नेकपा (एमाले)का नेता योगेश भट्टराईले संविधान कार्यान्वयन र राष्ट्रिय एकता बलियो बनाउन नेपाली काँग्रेस सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।    प्रेस चौतारी नेपाल, बाँकेद्वारा आज  आयोजित पत्रकार सम्मेलनमा उनले भने– “संविधान कार्यान्वयनमा नेपाली काँग्रेस बाधक होइन, साधक नै हो, यदि प्रतिपक्षीमा रहेर पनि उसको सरकारलाई सहयोग रहन्छ भने पनि त्यसलाई अन्यथा लिनु हुँदैन ।”    लोकतन्त्रलाई बलियो बनाई सरकारको सेवा प्रवाह ज ... बाँकी अंश»

बिकल्प सहितको निकास निकाल्ने प्रतिबद्धता

२०७३ बैशाख ९ बिहिबार, दाङ । तुलसीपुर सुर्खेत सडक खण्डको निमार्ण कार्यमा ढीलाई भएपछि आन्दोलीत भएका पश्चिम दाङबासी समक्ष स्थानिय प्रशासनले बिकल्प सहितको निकास निकाल्ने प्रतिबद्धता जनाएको छ । तुलसीपुरमा आज बिहीबार आयोजीत कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले उक्त सडकमा धुलो उडि जनजीवन नै प्रभाबित भएको अबस्थामा ट्याकंरबाट पानी छर्कन लगाउने प्रतिबद्धता जनाए ।   कालोपत्रे गर्न माटो फिलीङ मात्र भएको र उक्त स्थानबाट सडकमा गुड्ने सवारी साधन र आसपासमा ... बाँकी अंश»

गच्छदारले मोर्चा नेतालाई भने, ‘तिमीहरुसंग सबै वाक्क दिक्क भई सके, अब के आन्दोलन गर्छौ’

२०७३ बैशाख ९ बिहिबार, विराटनगर । उपप्रधानमन्त्री तथा मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्यन र  मुलुकको मुख्य ऐजेन्डा सम्बोधनका लागि सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढनुपर्ने बताएका छन् । मधेशी जनअधिकार फोरम लोकतन्त्रिकले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा गच्छदारले राष्ट्रिय सहमतिका लागी कांग्रेस, एमाले, एकिकृत माओवादी लगायतका ठूला दहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको सुनाए ।    उपप ... बाँकी अंश»

सिन्धुलीका ८८ अभियुक्त फरार

२०७३ बैशाख ९ बिहिबार, सिन्धुली । विभिन्न अपराध गरी कानुनी दायरामा नआएका फरार अभियुक्तहरुको संख्या पछिल्लो चार वर्षमा ८८ जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०६९ र ७० मा कानुनले २ सय १८ जनालाई दोषी ठहर गरेकोमा फरार १० जना, आर्थिक वर्ष २०७० र ७१ मा १८९ अभियुक्त मध्ये फरार १३ जना, आर्थिक वर्ष २०७१ र ७२ मा १९७ मध्ये फरार ३२ जना र चालु आर्थिक वर्षको चैत्र महिना सम्म १४५ अभियुक्त मध्ये ३३ जना फरार रहेका छन । फर ... बाँकी अंश»

जागे म्याग्दीका पत्रकार : सुरु भो कालीगण्डकी–म्याग्दी नदी सरसफाइ बृहत अभियान

२०७३ बैशाख ९ बिहिबार, म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारलाई बीचमा पारेर वग्ने धार्मिक र साँस्कृतिक एवं ऐतिहासिक महत्वका कालीगण्डकी र म्याग्दी नदीमा भएको फोहोर सफा गर्न म्याग्दीमा क्रियाशिल पत्रकारहरुको समूह वास पत्रकार मञ्चले बृहत सरसफाई अभियान सुरु गरेको छ । नदीका तटीय क्षेत्रमा जनघनत्व बढेसँगै नदीमा दिनानुदिन फोहोर बढ्न थालेपछि जिल्ला स्थित विभिन्न सरोकारवाला निकायको सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल म्याग्दीको अग्रसरतामा विहि ... बाँकी अंश»

केपी ओली हटाउन पार्टीभित्र आन्दोलनको घोषणा : किराती

२०७३ बैशाख ९ बिहिबार, काठमाडौ। एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले केपी ओली नेतृत्वको सरकारलाई यथासिघ्र विस्थापित गरेर प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन।    साक्षात्कारमा उनले एमालेले अहिले माओवादीको चिहानमा बसेर पश्चिम बंगालको ज्योति बशुले शासन गरे जस्तो आफू शासन गर्न चाहिरहेको दावी गर्दै  ओली सरकारको विस्थापनकोलागि पार्टीभित्रबाटै शसक्त आन्दोलन गर्ने घोषणा गरे।   साक्षात्कारमा किरातीले भने,‘ केपी ओल ... बाँकी अंश»

'घरमा न सम्पत्ति रह्यो न श्रीमती'

२०७३ बैशाख ९ बिहिबार, तेह्रथुम। तेह्रथुमको हमरजुङ–२ बस्ने ३५ वर्षे दोर्णबहादुर भुजेल बाह्र वर्षअघि घरको अवस्था सुधार गर्न श्रीमतीलाई घर र छोराहरुको जिम्मा लगाएर रोजगारीका लागि साउदी अरब गएका थिए। बिदेशमा काम गर्दा कमाई पनि राम्रै भयो।    अलिअलि भएको ऋण तिरेपछि केही कमाउने र शहरतिरै घर बनाएर सुखको जीवन बिताउने सपना देखाउँदै यो अवधिमा दोर्ण तीन पटकसम्म घर आउँदैजाँदै गर्थे। तर पाँच महिनाको छुट्टी लिएर गत महिना घर फर्केका उनको साथमा अहिले न त घर बनाउन जम्मा गरेको स ... बाँकी अंश»

उमेरै नपुगेकी १४ वर्षीया भान्जीकाे विहे गर्न खाेज्नेे माइजू पक्राउ, केटाे २२ वर्ष

२०७३ बैशाख ९ बिहिबार, पर्वत । उमेर नपुग्दै बालिकालाई विवाह बन्धनमा बाध्न तयारी गरेका महिला र पुरुष प्रहरीको फन्दामा परेका छन् । उत्तरी पर्वतको धाइरिङ गाविस–१ स्थायी घर भई कुश्मा नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीय बालिकाको विवाह गर्न तयारी गरिरहेका बालिकाकी माइजु वर्ष २२ की जमुना पौडेल र विवाह गर्न खोज्ने ढिकुरपोखरी–५ कास्कीका २२ वर्षीय युवा पक्राउ परेका हुन् ।    सानै उमेरमा बाबुको मृत्यु भएको र गरिबीका कारण आमाले लालनपालन गर्न नसकेपछि पीडित बाल ... बाँकी अंश»

मानव बेचबिखनमा संलग्न पाँच पक्राउ

२०७३ बैशाख ९ बिहिबार, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा विभिन्न मितिमा पाँचजनालाई पक्राउ गरेको छ । छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको बुधबार विज्ञप्तिमार्फत प्रहरीले सार्वजनिक गरेको छ ।    जिल्लाको काउले गाविस वडा नं ६ भोटेगाउँ बस्ने १२ वर्षीया नाबालिकालाई विवाह गरे राम्रो हुन्छ भनी ललाइफकाइ भारत पु¥याउन प्रयास गर्ने काउले गाविस वडा नं ६ बस्ने ३७ वर्षीय शेरबह ... बाँकी अंश»

जग्गा धनी प्रमाणपत्र लिन झण्डै २५ सय आवेदन

२०७३ बैशाख ८ बुधबार, सिन्धुली । जिल्लाका जग्गा धनी प्रमाण  पुर्जा विहिन २ हजार ३ सय ३९ व्यक्तिले जग्गा दर्ताका लागी आवेदन दिएको नापी कार्यालय सिन्धुलीले जनाएको छ । २०२८ सालमा नापी हुँदा बस्तीका कारण नापी नभएका गाउँबल्कका जग्गाहरु नापी गरी पुर्जा वितरण गर्ने कार्य सरकारले विगत ३ वर्ष देखी सुरु गरेको थियो । जिल्लामा उक्त कार्यले चालु आर्थिक वर्षमा तिब्रता पाएको छ ।    गाउँबल्कमा रहेका जग्गा उपभोग गर्ने स्थानीयहरुबाट प्राप्त निवेदनहरुको छानविन गरी पुर्जा वितरण ग ... बाँकी अंश»

प्रधानमन्त्रीले भने, ‘असन्तुष्टका कुरा सुन्न संवाद’

२०७३ बैशाख ८ बुधबार, पोखरा । पोखरा विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहबाट विभिन्न तह र विषयका चार हजार ४९३ जना विद्यार्थी आज दीक्षित भएका छन् । विश्वविद्यालयले आज एक समारोहकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा विद्यार्थीलाई विभिन्न तहको उपाधि प्रदान गरेको हो । दीक्षान्त समारोहबाट १२ औँ दीक्षान्त समारोहपश्चात २०७२ चैत मसान्तसम्म ‘ट्रान्सक्रिप्ट’ लिएका विद्यार्थीलाई आज विश्वविद्यलायले दीक्षित गरेको हो ।    समारोहमा प्रधानमन्त्री एवम ... बाँकी अंश»

नयाँ