समाज

खुट्टामा गोली ठोकेर प्रक्राउ गरेका गुण्डा नाइके जसवन्त राई धरौटीमा छुटे

२०७३ भदौ २० सोमबार, काठमाडौं । प्रहरीले पक्रिन खोज्दौ उल्टै रड प्रहार गरेर भाग्न खोज्दा गोली हानेर पक्राउ गरेका गुण्डानाइके जसवन्त राई उर्फ पुर्ण राई अदालतमा १ लाख धरौटी बुझाएर रिहा भएका छन् ।    जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके राईलाई १ लाख धरौटी लिएर छाडेको हो । उनीमाथि प्रहरीले व्यवसायीलाई धम्क्याएर रकम असुलेको र हैरानी गरेको भन्दै मुद्दा दर्ता गरेको थियो । यस्तै, राईविरुद्ध ३ वटा ज्यानमार्ने उद्योग र ४–५ वटा सार्वजनिक अपराधको मुद्दा छन् ।   व्य ... बाँकी अंश»

तरुण दल सिन्धुली सभापतिमा कुँवर विजयी

२०७३ भदौ २० सोमबार, सिन्धुली। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल सिन्धुलीको तेस्रो जिल्ला अधिवेशन सोमवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अधिवेशनबाट बिजय कुँवर सभापतिमा दुई तिहाइ मतका साथ विजयी भएका छन्।  जिल्ला सभापति पदमा तीन जनाको प्रतिस्पर्धा भएको थियो । कुल २९३ मत खसेकोमा कुँवरले १८६ मत प्राप्त गरेर सभापतिमा विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी सुरज मिश्र(शेखर)ले ८६ मत र अर्का प्रतिद्धन्द्र्धी प्रकाश कार्कीले १७ मत प्राप्त गरेका थिए ।   उपसभापत ... बाँकी अंश»

मन्दिर प्रवेश गरेका दलितलाई १ आना सुन सहित २ हजार जरिवाना

२०७३ भदौ २० सोमबार, बझाङ । जिल्लाको  रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय एकजना दलितले मन्दिर छुवाछुत गरेको भन्दै स्थानियबासीले दण्ड जरिवान गराएका छन् । रिलु गाविस घरभएका लाल बहादुर आग्री भक्तजनहरुका लागी प्रसाद पकाउने ठाँउ र कालीका देवीको मन्दिरमा प्रवेश गरेपछि स्थानियले उनिवाट एक आना सुन सहित २ हजार नगद दण्ड तिराएका हुन् ।   परम्परागत रितीरिवाज अनुसार दलितहरुले मन्दिर छुन नहुने रहेको छ । सो दिन आग्रीले मदिरा सेबन गरि मन्दिर प्रवेश गरेरकाले आग्र ... बाँकी अंश»

बुधबार भव्य रूपमा निजामती दिवस मनाईँदै, यस्तो छ कार्यतालिका

२०७३ भदौ २० सोमबार, काठमाडौं बुधबार सरकारले निजामति सेवा दिनस २०७३ लार्इ भब्य रूपमा मनाउने तयारी गरेको छ । हरेक वर्ष भदौ २२ गतेका दिन मनाउने गरिएको निजामति कर्मचारी दिवसको यो वर्षको नारा भने ‘सेवामैत्री प्रशासन : संघीयतामा सुशासन’ रहेको निजामती सेवा दिवस मूल समारोह व्यवस्थापन समितिका सदस्य सचिव टंकमणि शर्माले जानकारी दिए ।   बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने विशेष समारोहलाई अप्रधानमन्त्री पुक्ष्पकमल दाहाल प्रहचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेक ... बाँकी अंश»

देउवाको गृह जिल्लाका व्यापारी प्रशासनको छड्के अनुगमन टोलीलाई झुक्याउन खप्पिस

२०७३ भदौ २० सोमबार, डडेल्धुरा । कांग्रेस सभापति शेरबहदुर देउवाको गृह जिल्ला डडेल्धुराका व्यावरी प्रशासनको छड्के अनुगमन टोलीको पनि आँखा छलेर उपभोक्तालाई ठग्ने गरेको खुलेको छ ।   प्रशासनले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा अनुगमन गर्दा यस्तो चर्तिकलाको खुलासा भएको हो । चाडवाड नजिकिएसँगै प्रशासनले जिल्लाको मुख्य बजार बागबजार क्षेत्रमा खाद्य पदार्थ, पेय पदार्थका साथै केही अन्य गैर खाद्य बस्तुहरुको समेत अनुगमन गरेको छ ।     सामान्य अनुगमनका क्रममा म्याद ... बाँकी अंश»

तरुण दल सुनसरीमा गुरुङ सर्वसम्मत निर्वाचित

२०७३ भदौ २० सोमबार, धरान। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीको सभापतिमा सिजन गुरुङ निर्वाचित भएका छन्। यस अघि कार्यवाहक सभापति रहेका गुरुङ दलको चौथो जिल्ला अधिवेशनवाट सर्वसम्मतले निर्वाचित भएका हुन।   निर्वाचित अन्य पदाधिकारी र केन्द्रिय प्रतिनिधिहरु समेत सर्वसम्मत नै भएको कांग्रेस सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए। उनका अनुसार उपसभापतिमा सन्तोष वि.क., सचिवमा रमेश कटवाल र अम्बुस श्रेष्ठ, कोषाध्यक्षमा अरविन्द मण्डल रहेका छन्। त ... बाँकी अंश»

श्रृंखलावद्ध हत्यामा संलग्न रइस साउदी भाग्नै लाग्दा पक्राउ, तीन हत्यामा संलग्न रहेको खुलासा

२०७३ भदौ २० सोमबार, राजविराज । श्रृंखलावद्ध हत्यामा संलग्न मोहम्द मस्तकिम भनिने रइस मिँया साउदी अरब जाँदै थिए । साउदी उड्नै लाग्दा उनी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । विमानस्थल प्रहरीको सहयोगमा पक्राउ परेका उनलाई पक्राउ लगत्तै सप्तरी पठाइयो ।    उनी तीन ठाउँमा भएको व्यक्ति हत्याको घटनामा संलग्न रहेकोसम्म खुलेको छ । अन्य घटनासंग जोडिएकोबारे जिल्ला अदालत सप्तरीबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।    आइतबार पक्राउ परेका मि ... बाँकी अंश»

दशैंको टीकाको दिन विप्लव माओवादीको चक्काजाम

२०७३ भदौ २० सोमबार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले आउँदो असोज २५ गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लव माओबादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले दशैंको टीकाको दिन विहान ९ देखि १० बजेसम्म चक्काजाम गर्ने निर्णय गरिएको जनाएको छ ।     उसले विभिन्न जनजिविकाका मुद्दा अघि सारेर भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने जनाएको छ । जसमा भदौ २२ गते आफ्ना विभिन्न ... बाँकी अंश»

थाइल्याण्डले गर्‍यो प्रधानमन्त्रीलाई भ्रमणको आग्रह

२०७३ भदौ २० सोमबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई आगामी असोज २२ गतेदेखि सुरु हुने एसिएन कोअपरेटिभ समिटमा भाग लिन थाइल्याण्ड सरकारले निमन्त्रणा गरेको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसान्टले भेटवार्ता गरी एसियाली मुलुकका सरकार प्रमुखहरु सहभागी हुने उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका हुन् ।    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैंककमा हुने दोस्रो सम्मेलनमा सहभागिताका लागि थ ... बाँकी अंश»

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा नभएकामा सांसदहरु दुःखी

२०७३ भदौ २० सोमबार, काठमाडौँ । सांसदहरुले सञ्चारकर्मीको सेवा सुविधाका लागि कडाइका साथ श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्र्ने सुझाव दिएका छन् ।    व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको अवस्थाका सम्बन्धमा आज भएको छलफलमा सांसदहरुले ऐन कार्यान्वयनमा अटेर गर्नेलाई सरकारी सुविधाबाट वञ्चित गर्नुपर्ने माग गरे ।    अधिकांश सांसदले अरुका अधिकार दिलाउनु आवाज उठाउने महत्वपूर्ण भूमिका ... बाँकी अंश»

भारतीय ट्याङ्करको ठक्करबाट वृद्धको मृत्यु

२०७३ भदौ २० सोमबार, उर्लाबारी (मोरङ)। मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा आज बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।   बिहान १०:३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु बी११ए ८२८६ नंको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको थियो।   सो दुर्घटनामा परी स्कुटरमा सवार विराटनगर–४ बस्ने ६६ वर्षीय भोजराज कोइरालाको मृत्यु भएको हो।   दुर्घटनामा परेर गम्भीर घाइते भएका कोइर ... बाँकी अंश»

दोलखामा लगातार दुई वटा भूकम्पका पराकम्पन

२०७३ भदौ २० सोमबार, काठमाडौं । सोमबार एकाबिहानै दोलखा केन्द्रबिन्दू भएर दुई पटक भूकम्पका धक्का गएका छन् । ०७२ को गोरखा भूकम्पको पराकम्पनका रुपमा आएका दुबै धक्काले भने दोलखा र वरिवरिको क्षेत्रमा एकाएक त्रास पैदा भएको थियो ।    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ६.२२ बजे पहिलो धक्का महसुस गरिएको थियो ।     ओरङ र बिगुको बीचमा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्नेच्युडको पराकम्पन आएको हो । त्यस्तै ७.४९ बजे ४.५ म्याग्नेच्युडको अर्को पराकम्पन आएक ... बाँकी अंश»

जमिन चिरा परेपछि म्याग्दीका स्थानीयवासी त्रसित

२०७३ भदौ २० सोमबार, म्याग्दी। म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन् ।    बाँसबोट र लिस्नेमा गाउँ तल र माथिबाट पहिरो जान थालेको तथा बाढीले असर पु¥याएपछि २२ घरधुरी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी टीका पुर्जा मगरले बताउनुभयो । उहाँका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीयवासी १० घरपरिवारले ब ... बाँकी अंश»

बिपी विचार राष्ट्रिय समाज गठन

२०७३ भदौ २० सोमबार, इटहरी । नेपाली काँग्रेससँग सम्बद्ध नेताहरुको सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा भएको भेलाले रामबहादुर बस्नेतको अध्यक्षतामा बिपी विचार राष्ट्रिय समाज सुनसरीको गठन गरेको छ ।    नवगठित समाजको सचिवमा केशवकुमार भट्टराई तथा सदस्यहरुमा अगमलाल चौधरी, दिलकुमारी राई, झवरलाल यादव, मुक्तिनाथ निरौला, सत्यनारायण गच्छदार, याम प्रधान, किशोर राई, डिल्ली दाहाल र धर्मनारायण मण्डल सदस्य छानिएका छन् ।     यसैगरी भेलाले रामनारायण चौधरी, भरत गोली, अशोक पोख्र ... बाँकी अंश»

तीजको शुभकामना साट्न मन्त्री केसीसँगै आए भारतीय राजदुत

२०७३ भदौ १९ आइतबार, काठमाडौं। शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संबिधानका केही विषयमा देखिएको असन्तुष्टिहरुलाई संवोधन गर्दै संबिधानको पूर्ण कार्यान्वयन गर्नका लागि सहमति, सहकार्य र सह–अस्तित्वको संस्कार अपरिहार्य रहेको वताएका छन्। हामी सवै नेपाली हौं र राष्ट्रको समस्या सबैको साझा समस्या हो भन्ने भावना जागृत भएमात्र परिवर्तनका उपलव्धिहरु संस्थागत हुने मन्त्री केसीको भनाई छ।   आईतवार ललितपुरको लगनखेलमा स्वतन्त्र प्रजातान्त्रिक युवा संघले आयोजना गर ... बाँकी अंश»

अमेरिकी सहायकमन्त्री निसा र परराष्ट्रमन्त्री प्रकाशशरण महतबीच भेट

२०७३ भदौ १९ आइतबार, काठमाडौं । परराष्ट्र मन्त्री प्रकाशशरण महतसँग दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायकमन्त्री निसा देसाई विश्वालले आइतबार परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएको छ ।     सो भेटका क्रममा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आपसी हित तथा सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा नेपालमा गतवर्ष गएको शक्तिशाली भूकम्पका साथै नेपालको विकासका विभिन्न क्षेत्रमा विगत लामो समयदेखि अमेरिकाले पु¥याउँदै आएको सहयोगका लागि मन्त्री ... बाँकी अंश»

राष्ट्रपतिबाट तीजको मौकामा पशुपति दर्शन

२०७३ भदौ १९ आइतबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा आइतबार साँझ पशुपतिनाथको दर्शन गरेकी छन् ।    राष्ट्रपति भण्डारी पशुपतिमा पुग्दा दर्शनका लागि लामबद्ध महिलाले हात हल्लाएर स्वागत गरेका थिए ।   राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद सदस्य एवम् कर्मचारीले मन्दिरको पश्चिमद्वारअघि स्वागत गरेका थिए ।    मन्दिर घुमेर राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेपछि मूलभट्ट पुराजरी गणेश भट्टबा ... बाँकी अंश»

सरकारी सञ्चारगृह बलियो र प्रतिस्पर्धी बनाइने : मन्त्री कार्की

२०७३ भदौ १९ आइतबार, काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले बदलिँदो परिवेशमा मन्त्रालय मातहतका संस्थान तथा समितिहरुलाई बलियो, प्रतिस्पर्धी एवम् पूर्णरुपमा व्यावसायिक बनाइने बताएका छन् ।    मन्त्रालय मातहतका राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नेपाल टेलिकम, रेडियो नेपालमा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीहरुसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री कार्कीले सरकारी संस्थाहरु बलियो भएमात्रै ज ... बाँकी अंश»

संविधान संशोधन सम्बन्धमा मस्यौदा समिति गठन

२०७३ भदौ १९ आइतबार, काठमाडौँ। सङ्घीय गठबन्धनको आजको बैठकले सङ्घीय गठबन्धनका नेता लक्ष्मणलाल कर्णको संयोजकत्मा ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।    समितिमा सांसदहरु लालबाबु राउत, वृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, गोपाल दहित, कुमार लिङ्देन मिराक, प्रेमबहादुर खाती, शिल्पीको तर्फबाट एकजना, प्रादेशिक मोर्चाको तर्फबाट एकजना र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको तर्फबाट एक जना गरी ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरिएको गठबन्धनका ... बाँकी अंश»

नरभक्षी चितुवा मार्ने प्रशासनको निर्णय

२०७३ भदौ १९ आइतबार, बैतडी । शनिवार साँझ बैतडीको उदयदेव २ कफाडीका हीरा चन्दकी ४ वर्षीया छोरी अञ्जली चन्दको चितुवा आक्रमणमा ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको छ ।    तल्लोस्वराडमा नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा आज बसेको सुरक्षा समितिको आकस्मिक बैठकले नरभक्षी चितुवालाई मार्न प्रहरी टोली खटाइने समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी ... बाँकी अंश»

नयाँ