समाज

पत्रकार धमला अस्पताल भर्ना

२०७३ बैशाख ३० बिहिबार, काठमाडौं । चर्चित पत्रकार तथा रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषी धमला अस्पताल भर्ना भएका छन् ।    गएराती उनी काठमाडौको थापाथलीस्थीत नर्भिक अस्पतालमा भर्ना भएका हुन् । टेलिभिजनका लागि अन्तर्वार्ता लिईरहेका बेला एक्कासी विरामी भएका धमलाको अवस्था अहिले सामान्य रहेको उनको परिवारले जनाएको छ ।    नर्भिक अस्पतालको बेड नं. २ सय ५ मा उनलाई राखिएको छ । उनलाई मुटु संवन्धी समस्या देखिएको बताइएको छ ।   ... बाँकी अंश»

अमेरिकी जलसेना विभाग प्रमुख काठमाडौंमा

२०७३ बैशाख २९ बुधबार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गत जलसेना विभाग प्रमुख रे माबुस नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आएका छन् । भ्रमणको सिलसिलामा वुधबार माबुसले छाउनीस्थित ‘वीर स्मारक’ मा सहिदहरुप्रति पुष्पगुच्छा अर्पण गरे । सोही अवसरमा प्रधान सेनापति राजेन्द्र क्षत्री र माबुसले गत वर्षको विनाशकारी भूकम्पपछि उद्धार कार्यमा सिन्धुपाल्चोक जिल्लामा खटिएका अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका नेपा ... बाँकी अंश»

सरकारको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्र; पत्रकारहरुको आपत्ति

२०७३ बैशाख २९ बुधबार, काठमाडौं । नेपाल सरकारले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको बारेमा उल्लेख गरिएका केहि प्रावधानप्रति नेपाल पत्रकार महासंघका केही पुर्वसभापतिहरुले आपत्ति जनाउनु भएको छ । साथै उहाँहरुले उल्लेख हुनै पर्ने बिषय सरकारले छुटाएकोतर्फ ध्यानाकर्षण भएको जनाउनु भएको छ ।    नीति तथा कार्यक्रममा उल्लेखित “सूचना सम्प्रेषणलाई विश्वसनिय र मर्यादित बनाउन पत्रकारहरुको योग्यता र मापदण्ड निर्धारण गरि आचार संहि ... बाँकी अंश»

दाङमा माओवादीले बनाएको बम सेनाले गर्‍यो निष्क्रिय

२०७३ बैशाख २९ बुधबार, दाङ। दाङको स्यूजा गाबिस भवनमा फेला परेको वमलाई नेपाली सेनाले निष्कृय पारेको छ। गाबिसको वडा नम्बर ४ वोझपोखरामा रहेको गाबिस भवनको एउटा कोठामा फेला परेको १५ वटा सकेट वम र वनाउन सिकाउने क्रममा तयार पारिएको नमुना २ वटा गरि १७ वटा बमलाई बुधबार नेपाली सेनाले निष्कृय पारेको हो।   नेपाली सेनाको १९ नम्बर बाहिनी तुलसीपुरबाट गएको डिष्पोजल टोलीले बमलाई निष्कृय पारेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए। अतिरिक्त हुलाक कार्यालय सञ्चालन हुद ... बाँकी अंश»

भूकम्पले वैशाख २९ लाई नि सम्झायो, गोरखा र धादिङमा पराकम्पन

२०७३ बैशाख २९ बुधबार, काठमाडौं । गएको वैशाख १२ गते गएको गोरखा भूकम्पको एक वर्ष पूरा भइसकेको छ । यस्तै, वैशाख २९ मंगलबारको पराकम्पनकाे समेत एक वर्ष पूरा भएको छ । साे पराकम्पनले समेत मानवीय तथा भौतिक क्षती गरेको थियो । दोलखा र सिन्धुपाल्चोक सिमानालाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको पराकम्पनले वैशाख १२ को भूकम्पले चर्किका संरचना भत्काएको थियो ।   वैशाख १२ मा गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प र २९ को पराकम्पनको चपेटामा पर ... बाँकी अंश»

जनजाति महासंघ दोलखाको अध्यक्षमा आङपासाङ शेर्पा

२०७३ बैशाख २९ बुधबार, दोलखा ।आदि बासी जनजाति महासंघ दोलखाको अध्यक्षमा आङपासाङ शेर्पा निर्वाचित भएका छन् । प्रतिनिधिको विषयमा पार्टीका नेताहरु बीच कुरा मिल्न नसकेपछि नेकपा एमाले पक्षीय नेताहरु स्थगित भएको घोषणा गर्दै बाहिरीय पनि काँग्रेस, एनेकपा माओवादी, संघीय समाजवादी लगायतका दलका नेताहरुको उपस्थितिमा शेर्पालाई अध्यक्ष घोषणा गरेको हो ।   महासंघका उपाध्यक्षमा देवेन्द्र थामी, सचिव प्रमिला श्रेष्ठ, सहसचिव सुजन सुरेल, कोषाध्यक्ष ललीतबहादुर मगर खपाङ्गी रहेका छन् ... बाँकी अंश»

सिपी मैनाली पुनः नेकपा मालेका महासचिवमा निर्वाचित

२०७३ बैशाख २९ बुधबार, काठमाडौँ। नेकपा (माले)को सातौँ राष्ट्रिय महाधिवेशनबाट सिपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएकाछन्।   यही वैशाख २५ गतेदेखि सुरु भएको महाधिवेशनले मैनालीलाई महासचिवमा निर्वाचित गरेको हो।   महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ।   त्यसमध्ये ५४ महाधिवेशनबाट चयन गरेको हो भने बाँकी २१ जना प्रदेशबाट मनोनित गर्ने नवनिर्वाचित केन्द्रीय सदस्य शङ्कर पोखरेलले जानकारी दिए।   पार्टीको ... बाँकी अंश»

पुराना ब्रह्मायणीको दुई मूर्ति चोरी

२०७३ बैशाख २९ बुधबार, भक्तपुर। भक्तपुर नगरपालिका–१ तौलाछेंस्थित हजारौँ वर्ष पुराना ब्रह्मायणीको दुई वटा ढलोटको मूर्ति चोरी भएको छ । ब्रह्मायणीको चार वटा हात भएको एक फिट एक इन्च अग्लो करिब पाँच किलोको ढलोटको मूर्ति एक र चारवटै हात भएको १० इन्च अग्लो करिब पाँच किलोकै ढलोटको अर्को मूर्ति गए राति चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।    ब्रह्मायणी गुठीसहित र चारजना पुजारी रहेको यस मन्दिरमा बिहान नित्यपूजा गर्न ज ... बाँकी अंश»

भूकम्पले मनायो बैशाख २९को बार्षिकी

२०७३ बैशाख २९ बुधबार, काठमाडौं । गतबर्ष दोस्रो ठुलो भुकम्प आएकै दिन आज विहानै भुकम्पको पराकम्प भएको छ । गत बर्ष वैशाख १२ गतेपछि बैशाख २९ गते पनि ठुलो पराकम्प भएको थियो ।    विहान सात बजेर ४ मिनेट जाँदा आएको पराकम्पको महशुष काठमाडौं र आसपासका क्षेत्रमा स्पष्टसंग गरिएको थियो ।    भूकम्प मापन केन्द्रका अनुसार विहान आएको पराकम्पको केन्द्रविन्दु धादिङ रहेको थियो । ४.४ म्याग्नीच्युडको भुकम्प आएको केन्द्रले जनाएको छ ।    ... बाँकी अंश»

सरकार ढाल्न खोज्नेहरु पानीको फोका फुटे झै फुट्नेछन् : मन्त्री राई

२०७३ बैशाख २८ मंगलबार,  दोलखा । सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले सरकारले सार्वजनिक गरेको नीती तथा कार्यक्रम लोकप्रिय भएकाले विपक्षीहरु अतालिएर यसलाई असफल पार्न लागिरहेको बताए । नीति तथा कार्यक्रम सार्वजनिक गर्न र सरकार ढाल्न खोज्नेहरु पानीका फोका फुटे झै फुट्ने ठोकुवा गरे । मन्त्री राईले संविधान निर्माणपछि  नेपाली कांगे्रसले राष्ट्रलाई धोका दिएको आरोप लगाए । विना कारण १६ बुँद्धे सम्झौतालाई लत्याउदै कांगे्रस बाहिर बस्नु उसैका लागि घातक भ ... बाँकी अंश»

९ बुँदेले चौतर्फी तनाव : द्धन्दपीडित सुरक्षाकर्मी परिवारको कडा आपत्ति

२०७३ बैशाख २८ मंगलबार, काठमाडौ । सत्तारुढ दुई प्रमुख शक्ति एमाले र एकीकृत माओवादीबीच भएको ९ बुँदे सहमतिप्रति द्धन्द पीडित सुरक्षाकर्मी परिवारले आपत्ति जनाएको छ । द्धन्द पीडित सुरक्षाकर्मी परिवार संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर दुई दलबीच भएको सम्झौताले द्धन्द पीडित समूदायलाई चिन्तित बनाएको भन्दै यो सम्झौताले राजनीतिक दलहरु नै न्याय र समस्या समाधानको पक्षमा गम्भीर नभएको आरोप लगाए । संघले संक्रमणकालिन न्यायप्रक्रियामा हस्तक्षेप गरी अदालतमा चलिरहेका ... बाँकी अंश»

आफ्नै संगठनका नेताले ओली सरकारमाथि औंला ठड्याए

२०७३ बैशाख २८ मंगलबार, काठमाडौ । श्रमिकले पाउने न्याय प्रणालीमा ढिलाई भएको भन्दै श्रमिक नेताहरुले सरकारप्रति औंला ठड्याएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको वैदेशिक रोजगार ऐन संशोधन एवं घरेलु श्रमिकसम्बन्धि अन्तक्रियामा जिफन्टका महासचिव विष्णु लम्सालले स्वदेशमा होस् या विदेशमा कुनै श्रम समस्या आएमा श्रमिकले त्यसको न्याय खोज्दा खोज्दै वर्षौ या जीवन नै व्यतित गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । कार्यक्रममा संसदको अन्तर्राष्ट्रिय सम ... बाँकी अंश»

स्व क्षेत्रीका छोरालाई निःशुल्क पढाइने

२०७३ बैशाख २८ मंगलबार, काठमाडौँ। नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीका छोराको निःशुल्क अध्ययनका लागि पहल गर्ने भएको छ।   स्व क्षेत्रीको निधनको तेह्रौँ दिनको पुण्य तिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा युनियनले अल्पायुमै निधन हुनुभएका क्षेत्रीका नाबालक छोराको निःशुल्क अध्ययनका लागि पहल गरिने उद्घोष गरेको हो।   कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले अल्पायुमै निधन हुनुभएका क्षेत् ... बाँकी अंश»

इन्द्रेणीलाई धर्मपरिवर्तनविरुद्धको टोल घोषणा गरिने

२०७३ बैशाख २८ मंगलबार, घोराही । धर्म परिवर्तन विरुद्धको महाअभियान अन्तर्गत घोराही नगरपालिका ११ ईन्द्रेणी टोललाई धर्म परिवर्तनमुक्त टोल घोषणा गरिने भएको छ । हिन्दु जागरण नेपालको अभियान अन्तर्गत दाङ्मा पहिलो पटक यो टोललाई धर्म परिवर्तनमुक्त टोल घोषणा गर्न लागिएको हो । हिन्दु जागरण नेपाल दाङ्का जिल्ला अध्यक्ष यमबहादुर भण्डारीको अध्यक्षतामा घोराहीमा बसेको बैठकले भव्य कार्यक्रमका साथ ईन्द्रेणी टोललाई धर्म परिवर्तनमुक्त घोषणा गर्ने निर्णय गरेको हो । जेठ ३ गते हुने धर ... बाँकी अंश»

तुलसीपुरमा जीप र मोटरसाइकल ठोकिदा एकको निधन

२०७३ बैशाख २८ मंगलबार, दाङ । तुलसीपुर हरिपौरीमा बिपरित दिशाबाट आइरहेको स्कार्पियो जीपले मोटरसाईकललाई टक्कर दिदाँ मोटरसाईकल सवार २० बर्षिय बिजय धितालको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते धितालको राप्ती अञ्चल  अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।  मंगलवार विहान कक्षा १२ को परिक्षा सकेर घरतर्फ पर्कदै गरेका धिताललाई अमेलिया सडकखण्डको तुलसीपुर–१२ हरिपौरीमा  रा २ प ८१६ नम्बरको  मोटरसाइकललाई ग २ च १० ... बाँकी अंश»

सङ्घीय कानुनअनुरुप स्थानीय निकायको निर्वाचन नभए मान्दैनौं : उपेन्द्र यादव

२०७३ बैशाख २८ मंगलबार, पर्सा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आगामी मंसिरमा गर्ने भनेको स्थानीय निकायको निर्वाचन संघीय कानुनुअनुरुप हुनुपर्ने बताएका छन् । यादवले यदी त्यसो नभए आफुहरुलाई मान्य नहुने बताए । स्थानीय निकायको निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने समेत उनको भनाई छ । पर्सामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले प्रान्तको निर्धा ... बाँकी अंश»

म्याग्दी जीप दुर्घटना : मृतक पाँचैको सनाखत

२०७३ बैशाख २७ सोमबार, म्याग्दी ।  म्याग्दीको निस्कोट गाविस –४ कोदालीबाङमा सोमबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । दरबाङबाट निस्कोट गाउँ जादै गरेको ग १ ज ५१०३ नम्बरको जीप दुर्घटना हुँदा चालक ताकम–८ का मनबहादुर छन्त्याल, निस्कोट ४ की भौमती बिक, निस्कोट–४ की श्यानुकली विक, सुनमायाँ विक र निस्कोट–८ की चुइयाँ विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।    ग ... बाँकी अंश»

म्याग्दीमा जीप दुर्घटना, पाँचको मृत्यु

२०७३ बैशाख २७ सोमबार, म्याग्दी । म्याग्दीको निस्कोटमा जीप दुर्घटना हुँदा पाँच यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच घाइते भएका छन् । ४ महिला र १ पुरुषको घटनास्थलमै मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ । घटनास्थल टाढा रहेकाले मृतकको पहिचान गर्ने टोली समयमा पुग्न नसकेकाले मृतकको पहिचान हुन नसकेको बताइएको छ ।   १० जना यात्रु रहेको ग १ ज ५१०६ नम्बरको बोलेरो जीप दरवाङबाट निस्कोट गइरहेको प्रहरीले जानकारी दिएको छ । निस्कोट उलिवाङमा जीप दुर्घटना भएको र घाइते पाँच ... बाँकी अंश»

अमेरिकन पेस्तोलसहित पक्राउ पर्ने दुई सार्वजनिक

२०७३ बैशाख २६ आइतबार, विराटनगर । हतियार सहति पक्राउ परेका दुई जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ  । आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी विराटनगर ११ का ३३ वर्षीय न्दिप प्याकुरेल र जीवन तामाङलाई सार्वजनिक गरिएको हो । उनीहरुको साथबाट प्रहरीले अमेरिकन पेस्तोल र त्यसमा लाग्ने एकथान म्याग्जिन समेत वरामद गरेको छ  ।    मोरङ प्रहरीका प्रही प्रमुख प्रहरी उपरिक्षक सुदिप भण्डारीका अनुसार विराटनगर १० स्थित कान्तिपुर होटलबाट उनीहरुलाई पेस्तोलस ... बाँकी अंश»

बाबुराम भट्टराई संसदमा !

२०७३ बैशाख २६ आइतबार, काठमाडौं । संविधान जारी भएसँगै संविधानप्रति असन्तुष्टि व्यक्ति गर्दै आफ्नो साँसद् पदबाट राजिनामा दिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सात महिनापछि संसद् भवन नयाँबानेश्नर पुगेका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्तो पाएका भट्टराई सोही समारोहमा सहभागि हुनको लागि संसद् भवन जान लागेको भट्टराईका नीजि सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।    पहिलो संविधान सभालाई आफ्नो प्रधानम ... बाँकी अंश»

नयाँ