समाज

केपी ओलीलाई तिहारमा टिका लगाइदिने दिदी विष्णुमायाको निधन

२०७३ भदौ १३ सोमबार, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई तिहारमा टिका लगाउने दिदी विष्णुमाया शिवाकोटीको ७६ वर्षकाे उमेरमा निधन भएको छ । केहि समय देखि फोक्सोको क्यान्सरबाट पीडित शिवाकोटी दुई दिन अघि मात्रै नर्भिक हस्पिटलबाट घर फर्किएकी थिइन् । फोक्सोको क्यान्सर पिडित विष्णुमायाको भारतमा पनि उपचार गरिएको थियो ।   यस्तै, ललितपुरको हरिसिद्धि र नर्भिकमा समेत उनको उपचार गराइएको छोरा बालकृष्ण शिवाकोटीले जानकारी दिए। जेठा बालकृष्ण लगानी बो ... बाँकी अंश»

चार राजदूतले राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाए

२०७३ भदौ १३ सोमबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि श्रीलङ्का, इक्वेडर, स्लोभानिया र मौरिससका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।     राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा श्रीलङ्काका वेलेज स्वारनलानथ परेरा, इक्वेडरका मेन्तोर प्याट्रिसिया भिलागोमेज मोरिनो, स्लोभानियाका जोजेफ ड्रोफेनिक र मौरिससका जगदीश्वर गोबर्धनले आआफ्नो ओहोदारको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएक ... बाँकी अंश»

कूटनीतिक मर्यादा विपरीत छिमेकीसँग सम्बन्ध बढाउन खोजिँदैः पोखरेल

२०७३ भदौ १३ सोमबार, काठमाडौँ। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारले कूटनीतिक मर्यादा विपरीत भारत र चीनसँग सम्बन्ध बढाउन थालेको आरोप लगाएका छन् ।    एमाले स्कुल विभागको आयोजनामा युवा सङ्घ नेपालका लागि सञ्चालन भएको ‘प्रशिक्षक–प्रशिक्षण’ कार्यक्रम समापन समारोहमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले उपप्रधानमन्त्रीहरुलाई कूटनीतिक मर्यादा विपरीत ती मुलुकहरुमा पठाएर सम्बन्ध बढाउन थालेको आरोप लगाए ।    पोखरेलले एमाले अध्यक्ष केपी शर् ... बाँकी अंश»

राष्ट्र संघका उपमहासचिवले बालुवाटार पुगेर के भने ?

२०७३ भदौ १३ सोमबार, काठमाडौं । संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खेर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।    बालुवाटारमा भएको भेटका क्रममा संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खेरले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीहरूले गरेको योगदानको प्रशंसा गरे ।    अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने कार्यमा थप शान्ति सेना पठाइ योगदान दिने नेपालको इच्छाका लागि स्रहाना गरे ... बाँकी अंश»

सुजाता नाचेपछि अरु थपिए, धरानमा तीजको रौनक

२०७३ भदौ १३ सोमबार, धरान। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले निर्णायक तहमा महिला नपुगेसम्म महिलाहरुको हक अधिकार स्थापित हुन नसक्ने बताएकी छन्। पहिलो पटक महिला राष्ट्रपति भएकै कारण तीजको अवसरमा राष्ट्रपतिद्धारा पहिलो पटक मन्त्री, सांसद लगायत राज्यको उच्चपदस्थ व्यक्तित्वहरुलाई निमन्त्रणा गरेर तीज मनाएको प्रसंग उल्लेख गर्दै उनले अब महिलाको हक अधिकार स्थापित गर्न राज्यको हरेक निकायको निर्णायक तहमा महिलाक ... बाँकी अंश»

माओवादी केन्द्र राष्ट्रियताबारे लड्ने वा आत्मसमर्पण गर्ने विन्दुमा छः बादल

२०७३ भदौ १३ सोमबार, काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा ‘बादल’ले अहिले देश बाह्य हस्तक्षेपको दलदलमा परेको र पार्टी राष्ट्रिय मुद्दामा निर्णायक विन्दुमा रहेको बताएका छन्। विदेशी दलालले सिधै आफैं नआई देशभित्रैबाट दलाल खडा गरेर विकासोन्मुख मुलुकहरुमा शासनसत्ता चलाउँदै आइरहेको बताउँदै त्यस्ता दलाललहरुलाई परास्त गर्नुको विकल्प पार्टीसँग नरहेको बताए।    सरकारको नेतृत्व गरिरहँदा पनि माओवादी केन्द्रसामु राष्ट्रियताबारे लड्ने कि आत्मसम ... बाँकी अंश»

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नेविसंघको अग्रता

२०७३ भदौ १३ सोमबार, सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ जीतको नजिक देखिएको छ। गणना अनुसार नेपाल विद्यार्थी संघ प्यानल सचिव बाहेक सबै पदमा अगाडि रहेको निर्वाचन समितिले जनाएको छ। जम्मा एक हजार ६ सय ९३ जना मतदाता भएकोमा ८६.४१ प्रतिशत अर्थात एक हजार चार सय ८० जना मत खसेको थियो।    सभापतिमा नेविसंघबाट झक्कु बहादुर शाही अगाडी देखिएका छन्। अध्यक्षमा शाहीले नेविसंघ ४३२, अखिल क्रान्तिकारीका राजेन्द ... बाँकी अंश»

बाली पर्थाका कारण संकटमा पर्‍यो आरन पेशा

२०७३ भदौ १३ सोमबार, बागलुङ। जिल्लाको हिल, अर्गल, ताराखोलाका दलित समुदायले गर्दै आएको आरन पेशा संकटमा पर्न थालेको छ। पुख्यौली पेशा सगाल्दै आए पनि बालि पर्थाका कारण अहिलको परिवेश अनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाहरुले उक्त पेशालाई छोडदै गएका छन। पछिल्लो समयमा युवाहरु आफ्नो पुखौली पेशा भन्दानी बैदेशिक रोजगारका लागी आकर्षित बन्न थालेका हुन।    दिनभर फलाम पिटेर विभिन्न औजार बनायो बर्षभरीको बाली ५ पाथी देखि १२ पाथी मकै, गँहु, दिने गर्छन अर्गल सिलेका ७० बर्षिय भ ... बाँकी अंश»

वनरक्षक र तस्करबीच गोली हानाहान

२०७३ भदौ १३ सोमबार, पर्सा  । सशस्त्र वनरक्षक र तस्करबीच पर्सामा गएराति दोहोरो गोली हानाहान भएको छ । पर्साको मधुवनमथवल वन क्षेत्रमा गएराति वन फँडानी गर्ने तस्करलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको हो ।    नियमति गस्तीमा रहेको इलाका वन कार्यालय बढनियारको वन रक्षकमाथि राति १ बजेको समयमा तस्करले गोली चलाएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।    उनले बढनिहार रेन्जपोस्टका जमदार प्रदीप तिमिल्सिनाको नेतृत्वमा गएको वनरक्षकको टो ... बाँकी अंश»

काठमाडौंको त्रिपुरेश्वरमा बसले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, एक घाइते

२०७३ भदौ १३ सोमबार, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा दक्षिणकाली यातायातको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने, एक जना सख्त घाइते भएका छन् ।    दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले बा७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार विवेक बराइलीको मृत्यु भएको हो ।  ... बाँकी अंश»

नेपाली राजदूतावासको अङ्ग्रेजी भाषा परिवर्तन

२०७३ भदौ १२ आइतबार, काठमाडौं । विदेशस्थित नेपाली राजदूतावासको नाम अङ्ग्रेजी भाषामा एम्बेसी अफ नेपाल र छोटकरीमा नेपाली एम्बेसी लेखिने भएको छ ।    नेपाल सरकार परराष्ट्र मन्त्रालयको आइतबारको मन्त्रीस्तरको निर्णयअनुसार यसअघि नेप्लिज एम्बेसी भनिने गरेकामा यसलाई नेपाली एम्बेसी सम्बोधन हुनेगरी निर्णय भएको हो ।    त्यसैगरी महावाणिज्य दूतावासको नाम अङ्ग्रेजी भाषामा कन्सुलेट जनरल अफ नेपाल र छोटकरीमा नेपाली कन्सुलेट जनरल सम्बोधन गरिने भएको परराष्ट्र मन्त्रा ... बाँकी अंश»

थारु अगुवालाई प्रधानमन्त्रीले भने– टेन्सन नलिनुस् झुट्टा मुद्दा खारेज प्रक्रिया सुरु भइसक्यो

२०७३ भदौ १२ आइतबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तराई–मधेस आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिबारे आयोगले सिफारिस गर्ने बताएका छन् । आइतबार दिउँसो कैलालीका थारु समुदायका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले यसो भनेका हुन् ।    भेटमा प्रधानमन्त्रीले भने, ‘टिकापुर लगायत तराई–मधेश आन्दोलनका क्रममा देशै भरी भएका घटनाहरुको छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गीरिसचन्द्र लालको नेतृत्वमा उच्चस्तरीय आयोग बनेको छ । आयोगले य ... बाँकी अंश»

अर्घाखाँची जीप दुर्घटनामा ९ को मृत्यु, ६ घाइते मध्ये ३ को अवस्था चिन्ताजनक (अपडेट)

२०७३ भदौ १२ आइतबार, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कबाट प्यूठानको वादीकोट जाँदै गरेको यात्रु जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।   घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । घाइते ६ मध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । जीपमा १७ देखि १८ जना रहेको बताइएको छ ।   ९ जनाको शव भेटिएको र एक दुई जना अझ हुन सक्ने शंकामा खोजी जारी छ । यद्यपि, घटनास्थल पुगेको प्रहरी टोलीले मृत्यु पुष्टी गर्न सकेको छैन ।    ग १ ज ४८७८ नम्ब ... बाँकी अंश»

अर्घखाँचीको हंसपुरमा जिप दुर्घटना

२०७३ भदौ १२ आइतबार, काठमाडौँ ।  अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटना भएको छ। दुर्घटनामा केहीको ज्यान गएको प्रहरीले जनाए पनि अहिलेसम्म मृतक संख्या यति नै भन्ने थाहाँ नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनकारी दिएका छन्।   अर्घाखाँचीको सन्धिखर्कबाट प्युठानको बाँदीकोटका लागि छुटेको जीप हंसपुर गाविसको रतनमारेमा दुर्घटनामा परेको हो।    दुर्घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेहरूको उद्दार कार्य जारी रहेको र घटनाको थप विवरण आउँन बाँकी प्रमुख जिल्ल ... बाँकी अंश»

दुर्घटना कम गर्न ‘रुट परमिट’ जिल्लाबाटै

२०७३ भदौ १२ आइतबार, कात्तिके देउराली (काभ्रेपलाञ्चोक)। सवारीसाधन सञ्चालनका लागि आवश्यक पर्ने मार्ग अनुमतिपत्र (रुट परमिट) अब जिल्ला प्रशासन कार्यालयबाटै पाइने भएको छ ।    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवस्था कार्यालयबाट लिनुपर्ने ‘रुट परमिट’ सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै लिन सकिने व्यवस्था गरेका हुन् । जिल्लाका सडकको अवस्था र यात्रुलाई सहजरुपमा यात्रा गराउन कुन ठाउँमा कति सवारी चाह ... बाँकी अंश»

दुर्घटना बढेपछि सुरक्षा र चेकजाँचमा कडाइ

२०७३ भदौ १२ आइतबार, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएपछि चेकजाँचमा कडाइ थालिएको छ भने संवेदनशील क्षेत्रमा ट्राफिक चिह्न र सुरक्षाबार राखिने भएको छ।   शुक्रबार बिहान बस र शनिबार बिहान ट्रक त्रिशूली नदीमा खसेपछि सुरक्षा निकाय र सडक डिभिजनको समन्वयमा सो सडक क्षेत्रमा आजैबाट ट्राफिक चिह्न र सुरक्षाबार निर्माण गर्ने कार्य थालिने भएको हो। चितवनको मौवाखोलादेखि आँपटारीसम्मको सडक क्षेत्रमा यो कार्य गरिने छ।   सो सडकखण्डको मध्ये क्षेत् ... बाँकी अंश»

रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड सञ्चालन

२०७३ भदौ १२ आइतबार, गुल्मी । गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सारअन्तर्गतको सडकखण्डको मोटरबाटो एक महिनापछि सञ्चालनमा आएको छ ।    एक महिना अगाडि बढिघाट नदी जोहाङ गाविसको उर्लिखोलामा नदीले ७०० मिटर सडकखण्ड बगाएपछि सडक अवरुद्ध बनेको थियो ।    उक्त नदीले बगाएको सडकखण्डअन्तर्गत उर्लिखोलामा वैकल्पिक मार्गका रुपमा एक किमी नयाँ सडकखण्ड निर्माण र रुपाकोटको सिस्नेमा सडक विस्तार गरी मर्मतपछि झन्डै एक महिनापछि उक्त सडकखण्ड सञ्चालनमा ल्याइएको तम्घास सिमलटारी ... बाँकी अंश»

भूकम्पले थलिएको बारपाकलाई पर्यटन स्थल ?

२०७३ भदौ १२ आइतबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीयस्थल बनाउन पहल गरिने बताएका छन् ।     बारपाकका भूकम्प प्रभावितको प्रतिनिधिमण्डलसँग बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री दाहालले “ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुनःनिर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्य ... बाँकी अंश»

पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

२०७३ भदौ १२ आइतबार, काठमाडौं । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ । काठमाडौ बाँसबारीस्थित न्यूरो अस्पतालमा शनिबार मध्यराति ७० वर्षको उमेरमा उनको निधन भएको हो ।    २०५९ साल भदौ २२ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी महिला तथा बालबालिका मन्त्री बनेका थिए ।   २०७० साल बैशाख १२ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाइकलले ठक्कर दिएको थि ... बाँकी अंश»

नेविसंघले गर्‍यो विश्वविद्यालयमा भागवण्डाको विरोध

२०७३ भदौ ११ शनिबार, काठमाडौँ। नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न दबाबस्वरुप जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।    दुई दिन लामो चलेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनपछिको पहिलो बैठकले लामो समयदेखि स्ववियु निर्वाचन नभएको भन्दै दबाब दिन जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।    नेवि सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले विभिन्न विश्वविद्यालयमा नियुक्त गरिने उपकुलपति, शिक्ष ... बाँकी अंश»

नयाँ