समाज

मधेस समस्या समाधान गर्न सौराहा भेला

२०७२ मङ्सिर २१ सोमबार, रत्ननगर (चितवन) । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसको समस्या समाधान गर्न सौराहामा हुन गइरहेको विशेष भेला फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।  सोमबार चितवनको रत्ननगरस्थित सौराहामा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै वरिष्ठ नेता नेपालले तराई केन्द्रित भेलाको मूल उद्देश्य पनि मधेसका समस्याको समीक्षा गरेर साझा धारणा तय गर्नु भएकाले आफू आशावादी भएको बताए ।  मधेस केन्द्रित दलले उठाएको विषयमा एमालेस ... बाँकी अंश»

डोल्पालीलाई सुनको भन्दा नुनको चिन्ता

२०७२ मङ्सिर २१ सोमबार, रामचन्द्र न्यौपाने, त्रिपुराकोट (डोल्पा) । त्यसै त भूगोलले ठगेको डोल्पालाई राज्यले पनि वर्षौंदेखि उपेक्षित गरिरहेको छ । डोल्पा सरकारको विकासे रणनीतिबाट पनि पछाडि परेको छ ।  आजको यस एक्काइसौँ शताब्दीमा विकासका लहर चलिरहेको अवस्थामा नेपालकालका सबैजसो जिल्लामा मोटरबाटो पुग्दा डोल्पा सडक सञ्जालको सुविधाबाट पनि अछूतो रहेको छ । मानिसको सर्वाङ्गीण विकासका लागि सबैभन्दा ठूलो कुरा पौष्टिक आहारयुक्त स्वस्थ खानेकुराको आवाश्यक पर्दछ तर डोल्पालीलाई भन ... बाँकी अंश»

पाँच महिनापछि चल्यो मोबाइल

२०७२ मङ्सिर २१ सोमबार, खोटाङ । यस जिल्लाको दक्षिणी क्षेत्रमा अवरुद्ध भइआएको मोबाइल सेवा पाँच महिनापछि सञ्चालनमा आएको छ । काहुले–८ मा पर्ने होङ्मापोखरीस्थित टावर मर्मत गरिएपछि स्काई र नमस्ते मोबाइल सेवा सञ्चालन भएको हो ।  पावर युनिटमा समस्या देखिएको र टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरबाट सामान ल्याएर फेरेपछि आइतबार बेलुकादेखि मोबाइल सेवा सञ्चालन भएको टेलिकम खोटाङका प्रमुख भरोसी साहले जानकारी दिए।  साहका अनुसार टावरका लागि आवश्यक सामग्री टाढाबाट ल्याउ ... बाँकी अंश»

एक हप्ता विराएर पराकम्पन

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प पछि पराकम्पन आउने क्रम अझै रोकिएको छैन । सोमबार विहान एक हप्तापछि दोलखा केन्द्रविन्दु भएर चार रेक्टर स्केलको एउटा पराकम्पन आएको छ । बिहान ७ बजेर २७ मिनेटमा दोलखाको स्यालुस्थित चरिकोट लामाबगर सडक खण्ड नजिकै केन्द्रविन्दु भएर चार रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको सोमबार काठमाडौं केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको थियो ।     ... बाँकी अंश»

दशगजाबाट मोर्चाका नेता पक्राउ

२०७२ मङ्सिर २० आइतबार, रुपन्देही । आपूर्ति व्यवस्था चौपट हुने गरी नेपाल–भारत सीमा नाका बेलहियास्थित दशगजा क्षेत्रमा आन्दोलन गर्न गएका मधेसी मोर्चाका नेता पक्राउ परेका छन् ।  आइतबा दिउँसो नेपाल–भारत सीमा नाका बेलहियामा धर्ना बसी नाका अवरुद्ध गर्दै आपूर्ति व्यवस्था ठप्प पार्न खाजेपछि मधेसी मोर्चामा आबद्ध ६ नेता पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।    पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव, स ... बाँकी अंश»

संविधानको विषयमा मधेसमा भ्रम फैलाइएको छ

२०७२ मङ्सिर २० आइतबार, विराटनगर । संविधानमा सबैलाई समान अधिकार दिएको भएपनि मधेसी समुदायमा भने यस विषयमा भ्रम फैलाइएको छ । युवा सङ्घ नेपालको आयोजनामा विराटनगरमा आज आयोजित ‘नयाँ संविधान, नाकाबन्दी र मधेसमा जारी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा मधेस आन्दोलनबाट मधेसी जनता नै बढी पीडित रहेको, संविधानमा नेपाली जनताको हकअधिकार समेटिएको र संविधानमा उल्लिखित अधिकारको विषयमा जनतामा जानकारी गराउनुपर्ने सम्बन्धमा वक्ताहरुले जोड दिएका थिए । सो अवसरमा पूर्वमन्त्री मह ... बाँकी अंश»

लाइन बस्नेले नै गर्छन् कालोबजारी

२०७२ मङ्सिर २० आइतबार, भीष्मराज ओझा । काठमाडौँ। पेट्रोलियम पदार्थको अभावको मौका उठाई पेट्रोल पम्पको लाइनमा बसेका सवारी चालकले नै पेट्रोलियम पदार्थको कालोबजारी गर्ने गरेको तथ्य फेला परेको छ । वितरण प्रणालीलाई व्यवस्थापन गर्न सरकारले लाइनमा राखेर पेट्रोलियम पदार्थ वितरण गर्दै आएको भए पनि कतिपयले पटकपटक लाइनमा बसेर तेल हाल्ने र त्यसैलाई बेचेर पैसा कमाउने गरेको अनुगमनका क्रममा फेला परेको हो ।    वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनका क्रममा कतिपय ... बाँकी अंश»

मापसे जाँचलाई कडा बनाउदै ट्राफिक प्रहरी

२०७२ मङ्सिर २० आइतबार, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने कार्यलाई निरुत्साहन गर्न छड्के जाँचलाई कडाइ गरेको छ । इन्धन अभावका कारण हरेक छ घन्टा मात्र मापसेमा कडाइ गर्दै आएको महाशाखाले शनिबारदेखि १२ घन्टा कडाइ गर्न थालेको छ । महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पोषराज पोखरेलले जाँच नहुँदा धेरै दुर्घटना हुने भएकाले जाँचमा कडाइ गरिएको जानकारी दिनुभयो । उहाँले इन्धन अभाव र मापसे कडाइले पछिल्लो समयमा काठमाडौँ उपत्यकामा दुर् ... बाँकी अंश»

गजेन्द्रनारायण सिंह अस्पतालका आन्दोलित स्वास्थ्यकर्मीद्वारा प्रदर्शन

२०७२ मङ्सिर २० आइतबार, विराटनगर । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका आन्दोलित स्वास्थ्यकर्मीको समर्थनमा आज मोरङका आठ स्वास्थ्यकर्मीको संस्थाले विराटनगरमा संयुक्त रुपमा प्रदर्शन गरेका छन् । विराटनगरस्थित कोसी अञ्चल अस्पताल चोकबाट स्वास्थ्यकर्मी तथा प्राविधिक निस्केको पदयात्राले दोषी प्रहरीमाथि कारबाहीलगायत प्लेकार्ड बोकेर विराटनगरको ट्राफिक चोक, महेन्द्रचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपसमेत बुझाएका छन् ।    प्रधानमन ... बाँकी अंश»

नेपाली कांग्रेस मोरङ, काठमाडौं सम्पर्क समितिमा संग्रौला

२०७२ मङ्सिर १९ शनिबार, विराटनगर। नेपाली कांग्रेस मोरङ, काठमाडौं सम्पर्क समितिमा नयाँ समिति चयन भएको छ। समितिले सर्वसम्मतरुपमा विमल संग्रौलाको सभापतित्वमा समिति गठन गरेको हो। विधान अनुसार सभापतिले समितिलाई पूर्णता दिनेछन्।    सम्पर्क समितिका निवर्तमान अध्यक्ष प्रभात मणी ओझा अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे, महासमिति सदस्य लक्ष्मण ढकाल, महाधिवेसन प्रतिनिधी केशव दुलाल, नेविसंघका भूतपूर्व केन्द्रिय उपाध्यक्ष बासु कोइराल ... बाँकी अंश»

एमाओवादी राष्ट्रियताकै दौडमा

२०७२ मङ्सिर १९ शनिबार, काठमाडौं । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समिति बैठकम राष्ट्रियताको मुद्दा केन्द्रित भएको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा धारणा राख्ने नेताहरुले पछिल्लो समय मुलुकको सार्वभौमसत्ता र अखण्डतामा संकट सिर्जनमा भएको र राष्ट्रियता संकटमा परेकाले त्यसलाई विशेष ध्यान दिनेगरी एजेण्डा तय गर्न आग्रह गरे ।    अधिकांश केन्द्रिय सदस्यहरुले संविधानसभाबाट जारी भएको संविधान जायज भएपनि विगतदेखि नै पार्टीले उठाउँदै आएका ... बाँकी अंश»

मधेस आन्दोलनको रिमोट देश बाहिर छः पर्यटनमन्त्री

२०७२ मङ्सिर १९ शनिबार, भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मधेस आन्दोलनको रिमोट देश बाहिर रहेको बताएका छन् ।  नेकपा एमाले नगरकोट नगर कमिटीको शनिवार सुडालमा आयोजित पहिलो स्थापना दिवस कार्यक्रममा मन्त्री पोखरेलले मधेसी मोर्चाका नेताहरुसमेत देश बाहिरबाटै निर्देशित भएकाले यसको समाधान पनि उनीहरुसँग नभई देश बाहिरै खोज्नुपर्ने औल्याए । अन्तर्राष्ट्रिय विमानस्थलमा एक हप्ताभित्र सुधार  मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय विमान ... बाँकी अंश»

‘भारत आफै नाकाबन्दी खोल्न बाध्य हुन्छ’

२०७२ मङ्सिर १९ शनिबार, बुटवल । उपप्रधान तथा महिला, बालबालिका मन्त्री सिपी मैनालीले नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय जगतमा भारतको छवि ब्रिग्रीएकाले भारत छिटै नाकवन्दी खोल्न बाध्य हुने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनीद्धारा शनिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले बिना कारण नाकावन्दी लगाएकोले नाकाबन्दि खोल्न भारतलाई आफ्नै मुलुकका नागरीक लगायत अन्तराष्ट्रिय जगत बाट समेत ब्यापक दबाब बढेकोले भारतले छिट्टै नाकाबन्दि खोल्ने बिस्वास ब ... बाँकी अंश»

काभ्रेका सात पेट्रोल पम्पको बिक्री वितरण रोक्का

२०७२ मङ्सिर १९ शनिबार, बनेपा। काभ्रेपलाञ्चोकमा उपकरण जडान गरी उपभोक्ता ठगी गर्ने पेट्रोल पम्पको सङ्ख्या सात पुगेको छ ।  अनुगमनको क्रममा पछिल्लो समय भकुण्डेमा रहेको पशुपति आयल स्टोरमा मिटर नै नघुमेको पाइएपछि उपभोक्ता ठगी गर्ने पम्पको सङ्ख्या सात पुगेको र उनीहरु सबैको बिक्री वितरण रोक्का भएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकमा रहेका पेट्रोल पम्पको थप अनुसन्धान गर्न नेपाल गुणस्तर तथा नापत ... बाँकी अंश»

प्रहरी हवल्दारको मृत्यु

२०७२ मङ्सिर १९ शनिबार, मोरङ । मोरङको विराटनगरमा दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।  मृत्यु हुने विराटनगर–६ का रेवतीरमण भण्डारी हुन् । उनी हाल इलाका प्रहरी कार्यालय रानीमा कार्यरत थिए ।    विराटनगर–७ स्थित शनिमन्दिर चोक अगाडि कोसी राजमार्गमा बरगाछीबाट रोडशेष जाँदै गरेको को७ प ७४५३ नम्बरको स्कुटी सोही दिशा जाँदै गरेको नम्बर नखुलेको ट्राक्टरमा ठोकिदाँ भण्डारी गम्भीर घाइते भएका थिए ।    घाइते भण्डारीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगर ... बाँकी अंश»

रेडियोमा आक्रमण गर्न खोज्ने पक्राउ

२०७२ मङ्सिर १९ शनिबार, परासी । नवलपरासीको रेडियो परासीमा आक्रमणको गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।    पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालिका–५ बस्ने ३० वर्षीय मनोज यादव छन् ।    यसअघि, रेडियोको हाताभित्र पार्किङ गरेको मोटरसाइकल आगजनी भएकोे थियो । ... बाँकी अंश»

संविधान संशोधन प्रक्रिया अघि बढाउने एमालेको निर्णय

२०७२ मङ्सिर १८ शुक्रबार, काठमाडौँ। नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले तराई–मधेसमा देखिएको समस्या समाधान गर्न र त्यस क्षेत्र र समुदायबाट उठेका माग सम्बोधन गर्न अघिल्लो सरकारले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशको सीमाङ्कन सम्बन्धमा उठिरहेका विभिन्न आवाज र मान्यतालाई समाधान गर्न सर्वदलीय राजनीतिक समिति निर्माण गरी अघि बढ्ने निर्णय पनि गरेको छ । प्रमुख तीन दलको छलफलका आधारमा एमाल ... बाँकी अंश»

भुकम्प पीडितलाई ९० प्रतिसत छुटमा काठः बनमन्त्री सापकोटा

२०७२ मङ्सिर १८ शुक्रबार, काठमाडौ । बन तथा भुसंरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले भुकम्प पीडितहरुलाई घर निर्माणकोलागि ९० प्रतिसत छुटमा आवश्यक काठ उलब्ध गराउने बताएका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ भुकम्प पीडितलाई आवास निर्माणकोलागि काठ उपलब्ध गराउने कार्ययोजना तयार भएको छ । योजना कार्यान्वयन आएपछि ९० प्रतिसत रकम छुटमा काठ उपलब्ध गराउँछौ ।’    साक्षात्कारमा मन्त्री सापकोटाले नाकाबन्दीबाट खाना पकाउने ग्यासको समस ... बाँकी अंश»

राजविराजमा निषेधाज्ञा हट्यो, भारदह रुपनी र राजमार्गमा कायमै

२०७२ मङ्सिर १८ शुक्रबार, सप्तरी। सप्तरी प्रशासनले राजविराज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाइएको छ । गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीनजना आन्दोलनकारीको मृत्युपछि सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, रुपनीमा स्थानीय प्रशासनले लगाइएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनाकारी दिनुभयो ।    उहाँका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै रहेको बताउँदै सदरमुकाम राजविरा ... बाँकी अंश»

भूकम्प भन्दा ठूलो नाकाबन्दी : गगन थापा

२०७२ मङ्सिर १७ बिहिबार, मन्थली । काँग्रेस केन्द्रीय सदस्य गगन थापाले भारतले गरेको अघोषित नाकाबन्दीबाट गत वैशाखमा गएको विनाशकारी भूकम्पभन्दा तीन गुणाले नेपालको अर्थतन्त्रमा क्षति पुगेको बताएका छन् ।    नेपाल महिला सङ्घले रामेछापमा आयोजना गरेको जनकपुर अञ्चलस्तरीय विचारगोष्ठीमा थापाले नाकाबन्दी कूटनीतिक प्रयासबाट समाधान गर्नेभन्दा पनि सरकारका जिम्मेवार व्यक्ति नै आरोप प्रत्यारोपमा उत्रिएकाले समस्या झन् जटिल बन्दै गएको धारणा राखे ।    नेपाली काँग्रेसकै ... बाँकी अंश»

नयाँ