समाज

आपूर्ति सहज बनाउन देउवाको भारतलाई आग्रह

२०७२ असोज २८ बिहिबार, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालको आपूर्ति व्यवस्था चाँडो सहज बनाउन भारत सरकारलाई आग्रह गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल ९टान०को ३७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनको बिहीबार यहाँ उद्घाटन गर्दै नेता देउवाले भारतबाट आउने सामान ढुवानीलाई सहज बनाउन आग्रह गरेका हुन् । नेता देउवाले तराईमा भएको लामो समयदेखिको आन्दोलनले कसैलाई फाइदा नपुग्ने भन्दै सो आन्दोलन तत्काल रोकेर वा ... बाँकी अंश»

जुवा खेल्दै गरेका १० जना पक्राउ

२०७२ असोज २८ बिहिबार, ललितपुर । जुवातास खेलिरहेको अवस्थामा बुधबार १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ललितपुर उपमहानगरपालिका–३ झम्सीखेलस्थित मिरर लञ्ज रेष्टुरेन्टको भुइँतलाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दयानिधि ज्ञवालीले बताए ।  पक्राउ पर्नेमा काठमाडौँका सुमन कार्की, विजय खत्री, श्री महर्जन र खोटाङका गणेश कोइराला, नुवाकोटका मङ्गल तामाङ, काभ्रेका हरिबोल खनाल, दोलखाका ... बाँकी अंश»

उदयपुरमा दशैं लक्षित काठ तस्करी

२०७२ असोज २८ बिहिबार, गाईघाट । नेपालीको महान् चाड बडादशैँ नजिकिदाँ उदयपुर जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा काठ तस्करी बढेको छ । साउने खाँबु गाविसको खाँबु रेन्जरपोष्टका राष्ट्रिय वनमा अहिले वन कर्मचारीको निगरानी कम हुँदा जङ्गल क्षेत्रको काठ तस्करी व्यापक रुपमा बढ्दै गएको स्थानीय होमबहादुर मगरले बताए । जेठमा हावाहुरीले लडाएको सो जङ्गल क्षेत्रका काठ रातारात तस्करले ट्राक्टरमा लोड गरेर सुनसरीतर्फ लान थालेको स्थानीयको भनाई छ । जिल्लाको पूर्वी क्षेत ... बाँकी अंश»

विषाक्त खानाबाट दलित समुदायका ३२ जना बिरामी

२०७२ असोज २७ बुधबार, रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका –६ खैरेनी बजारमा विषाक्त भोजनका कारण ३२ जना एकैपटक बिरामी परेका छन् । स्थानीय सन्तनारायण विकको घरमा सोमबार श्राद्ध खान गएका आफन्तहरु एकपछि अर्को अस्वस्थ भएपछि उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको छ । अस्पतालका निमेसु डा राजेन्द्रप्रसाद खनालका अनुसार दुई दिन सम्म देवदहमा उपचार सम्भव नभएपछि अञ्चल अस्पतालमा ३२ जना बिरामी आएको बताए । मङ्गलबार २३ जना र वुधबार थप नौ जना उपचारका लागि अस्पता ... बाँकी अंश»

एमाओवादीबाट सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लागेन

२०७२ असोज २७ बुधबार, काठमाडौँ। सरकारमा सहभागी हुने मन्त्री छान्नका लागि आज बसेको एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठकमा सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको छ । एमाओवादी प्रवक्ता दिनानाथ शर्माले आज स्थायी समिति सदस्यले सरकारमा सहभागिताबारे बोल्ने क्रम नसकिएकाले भोलि बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो ।    अरु सबै सदस्यले आफ्नो धारणा राखिसके पनि स्थायी समिति सदस्य शक्ति बस्नेतले बोल्न बाँकी रहेकाले भोलि बिहान बस्ने गरी बैठक टुङ्ग ... बाँकी अंश»

बढी भाडा लिने सवारीलाई विभागको कारवाही

२०७२ असोज २७ बुधबार, काठमाडौँ । दसैँमा घर जाने यात्रुसँग बढी भाडा लिएको गुनासो आउन थालेपछि यातायात व्यवस्था विभागले पाँचवटा अनुगमन समूह बनाई काम सुरु गरेको छ ।  राजधानीबाट लामो दूरीमा जाने सवारी साधनले नयाँ बसपार्कबाट टिकट काट्दा बढी भाडा नलिएपनि टिकट नकाट्ने यात्रुसँग र छोटो दूरीमा चल्ने सवारी साधनले मनपरी भाडा असुलेका छन् । काठमाडौँबाट हेटौँडा, चितवन, भैरहवा, पोखरालगायत छोटो दूरी र काठमाडौँ आसपासका जिल्लामा चल्ने सवारी साधनले विभागले तोकेभन्दा तेब्बर चौबरसम् ... बाँकी अंश»

इन्धन अभावको अवसर राष्ट्रिय गौरवको आयोजनामा

२०७२ असोज २७ बुधबार, जितेन्द्र भण्डारी, पाँचथर । इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल राजमार्गअन्र्तगत पाँचथरको फिदिमस्थित जोरसाल–तमोर नदीसम्मको सडक निर्माण कार्य अवरुद्द भएको छ ।  इन्धन अभावले एक सातादेखि सडक निर्माण कार्य अवरुद्द भएको आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक तेजकुमार कुरुम्बाङले जानकारी दिए । इन्धन आपूर्ति सहज नभएकोले अझै दुई हप्ता पछि मात्रै काम सुचारु हुने उनले बताए । जोरसालदे ... बाँकी अंश»

प्रहरीले पेट्रोल भुइँमा खन्यायो

२०७२ असोज २६ मंगलबार, कपिलवस्तु । कपिलवस्तु प्रहरीले भारतबाट ल्याएर महँगो मूल्यमा बिक्री गर्न राखिएको ५० लिटर पेट्रोल भुइँमा खन्याइदिएको छ । जिल्ला प्रहरी उपरीक्षक विक्रम गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलबार तौलिहवा बजार–४ जितपुर र पिपरा बजारमा मिनरल वाटरमा बिक्रीका लागि राखिएको ५० लिटरभन्दा बढी पेट्रोल नियन्त्रणमा लिएर नष्ट गरेको हो । जिल्लाका विभिन्न ठाउँबाट उपभोक्ताले कालोबजारी गर्ने गिरोहले भारतबाट पेट्रोल ल्याएर महँगो मूल्यमा बिक्री गरेको ... बाँकी अंश»

एसएसबीलाई कुट्ने नेपाली युवक पक्राउ

२०७२ असोज २६ मंगलबार, कैलाली । भारतीय सीमा सुरक्षा बल एसएसबीमाथि जाई लागेको आरोपमा कैलालीको भजनीत्रिशक्ति नगरपालिका–७ गोदामटोलका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने २० वर्षीय गोविन्द कडायत हुन् । भारतबाट जर्किनमा करिब ५० लिटर डिजल ल्याउँदै गरेका उनलाई भारतीय सुरक्षा बल एसएसबीले डिजल दिने मान्छे चिनाउन भन्दै भारतमा लान खोजेकामा विवाद भएको थियो । कडायतलाई भारतीय सुरक्षाकर्मीले भारत लान खोजेपछि स्थानीयको सहयोगमा आडले एसएसबीका सदस्यहरुमाथि जाई लागेका थिए । ए ... बाँकी अंश»

पत्रकार महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको निधन

२०७२ असोज २६ मंगलबार, सुनिल शिवाकोटी । हेटौंडा।नेपाल पत्रकार महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको  ७७ वर्षको उमेरमा निधन भएको छ  । हेटौडा ११ थानाभर्यङ्गमा रहेको चुरेहिल अस्पतालमा उपचारको क्रममा श्रेष्ठको आज बिहान निधन भएको हो । श्रेष्ठ नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको २०४७ सालमा सस्थापक अध्यक्ष  भएका  थिए  । श्रीमती मात्र रहेको श्रेष्ठको आजै राप्ती तठमा अन्यष्टी गरिएको छ ।   साथै संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको निधन प्रत ... बाँकी अंश»

हत्यारलाई बचाउन प्रहरी र डाक्टर नै लागेको आरोप

२०७२ असोज २६ मंगलबार, काठमाडौ । गत असोज १७ गते ललितपुरको ठूला दुर्लुङ्ग गाविस ८ मा बारीमा पासो लगाएको अवस्थामा मृत भेटिएकी सरिता तिमिल्सिनाको हत्यालाई आत्महत्या बनाउने षडयन्त्र भईरहेको दावी मृतकका माईती पक्षले गरेका छन । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पीडित पक्षले पत्रकार सम्मेलन गरेर ५ दशमलब ४ ईन्च हाईटकी तिमल्सिना ५ दशमलब २ ईन्च अग्लो रुखमा झुण्डिएको अवस्थामा फेला परेको, शरिरभरी यातनाका चिन्हहरु भएको र मृतको घाटिमा दुई वटा डाम रहेको अवस्थाले मृतकले आत्महत्या ग ... बाँकी अंश»

प्रधानमन्त्री ओली–अमेरिकी राजदूत भेटवार्ता

२०७२ असोज २६ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका साथै नयाँ संविधान कार्यान्वयनबारे छलफल भएको थियो ।    राजदूत टेपलेट्जले अमेरिकी सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो । गत साता मात्र आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर् ... बाँकी अंश»

बस दुर्घटनामा दुईको मृत्यु, पच्चीस घाइते

२०७२ असोज २६ मंगलबार, कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटो घुम्तीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना५ख २६१० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बर्दिया नेवलापुरका २३ वर्षीय मुकुन्द थापा र कञ्चनपुर पुनर्वास–३ का ३० वर्षीय शेरबहादुर कँुवरको मृत्यु भएको हो ।    दुर्घटनामा परी घाइते भएका २५ जनाम ... बाँकी अंश»

आज देशभरका शक्तिपीठ तथा घरघरमा घटस्थापना

२०७२ असोज २६ मंगलबार, काठमाडौँ । विजयादशमीको पहिलो दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा घटस्थापना गरी मनाइँदैछ । आश्विन शुक्ल पक्षको प्रतिपदादेखि सुरु भई दशमीका दिन टीका तथा जमरा लगाउने प्रचलनअनुरूप आजैका दिनमा दियो, गणेश र कलश पूजाका साथ घटस्थापना गरी जमरा राख्ने गरिन्छ ।    आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म नौवटा रात पर्ने भएकाले यसलाई ‘नवरात्र’ भनिने र कोजाग्रत पूर्णिमासम्मलाई दुर्गा पक्षका रुपमा लिइन्छ । आजकै दिनदेखि विजयादशमीका दिनसम्म शक्ति ... बाँकी अंश»

बेइजिङ गईन सुजाता

२०७२ असोज २६ मंगलबार, काठमाण्डौ । पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला चिनको राजधानी बेइजिङ्मा हुने एशियाली राजनीतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन आइक्यापमा सहभागी हुन मंगलर बेइजिङ् गएकी छन् ।  आइक्याप महिला सेलकी अध्यक्षसमेत रहेकी कांग्रेस बिदेश बिभाग प्रमुख कोइरालाले बेइजिङ्मा हुने सिल्करोड क्षेत्रको बिकास, बिस्तार र सम्पर्क संजालको निमार्णका लागी निति तथा कार्यक्रम तयगर्दै एसिया, यूरोप र अमेरीकालाइ सिल्क रोड मार्फत जोड्ने योजनाका बिषयमा छलफ ... बाँकी अंश»

बडा दशैं सुरु, घटस्थापनाको शुभ साइत बिहान ११ः२५ मा

२०७२ असोज २६ मंगलबार, काठमाडौं । यस वर्षको बडा दशैं मंगलबार (आज) बाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भन्ने गरिन्छ । यही दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन दशैं घर अर्थात घर–घरमा जमरा राखिन्छ । घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वान गरिन्छ । घटस्थापना र नवरात्री आरम्भको शुभ साइत बिहान ११ बजेर २५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ... बाँकी अंश»

मंगलबार घटस्थापना, दशैं घर र घर–घरमा जमरा राखिँदै

२०७२ असोज २५ सोमबार, काठमाडौ । विजयादशमीको पहिलो दिन मंगलबार घर–घरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताए । कलशको स्थापना गरी यस दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चो ... बाँकी अंश»

चिनियाँ प्रधानमन्त्री ‘ली’को ओलीलाई हार्दिकताको बधाई

२०७२ असोज २५ सोमबार, काठमाडौं । जनगणतन्त्र चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले चीन सरकार र जनताको तर्फबाट नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई  हार्दिकताको बधाई दिएका छन् । ‘ली’ ले हृदयदेखिनै बधाई भन्दै कार्यकालको सफताको शुभकामना दिएका छन् । एमाले अध्यक्ष ओली नेपालको प्रधानमन्त्री निर्वाचित भएकामा एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्री ‘ली’ले चीन र नेपाल निकटका मिलनसार मित्र र कठिन परिस्थितिमा पनि सुमधुर पारस्परिक सम्बन्ध काय ... बाँकी अंश»

रुपन्देहीको बेलहिया नाका खुल्यो

२०७२ असोज २५ सोमबार, रुपन्देही । गत सोमबारदेखि पूर्णरुपमा ठप्प रहेको नेपाल–भारत सीमा नाका बेलहिया सोमबार देखि खुलेको छ । बेलहिया नाकाबाट साँझ ६ः३० बजेसम्ममा झन्डै एक सय ट्रक नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । दिउँसो २ बजेदेखि सहजरुपमा खुलेको बेलहिया नाकाबाट साँझसम्ममा दुईवटा पेट्रोल, दुईवटा डिजेल, तीनवटा ग्यास बुलेट, चारवटा अक्सिजनसहित अन्य खाद्यान्न बोकेका ट्रक तथा टुरिस्ट बस गरी सय बढी सा ... बाँकी अंश»

झापाको काँकडभिट्टाबाट २४ टयाङकर पेट्रोलियम पदार्थ भित्रियो

२०७२ असोज २५ सोमबार, झापा । पूर्वी नाका काँकडभिट्टाबाट सोमबार साँझसम्ममा २४ वटा पेट्रोलियम पदार्थका गाडी नेपाल भित्रिएका छन् । २२ ट्याङ्कर डिजेल, एक ट्याङ्कर मट्टितेल र एक ट्याङ्कर हवाई इन्धन नेपाल आएको मेची भन्सार कार्यालयका अधिकृत दीपेन्द्र झाले बताए । सिलगुढीस्थित अइल निगम पुगेका ३० वटा ट्याङ्करमध्ये २४ ट्याङ्कर सोमबार आइपुगेको र बाँकी मंगलबार बिहानसम्ममा आइपुग्ने मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले जानकारी दिए । आइतबार यता केही नाकाबा ... बाँकी अंश»

नयाँ