समाज

मोरङमा गोली चल्यो, एकको मृत्यु, २ को अवस्था गम्भीर, ४० राउण्ड फायर

२०७२ माघ ७ बिहिबार, विराटनगर । मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले प्रहार गरेको गोली लागि ६२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । एक प्रहरी सहित २ जनाको अवस्था गम्भीर छ । युवासंघको कार्यक्रम विथोल्न खोजपछि झडप भएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ४० राउण्ड भन्दा बढी गोली प्रहार गरेको छ ।   ... बाँकी अंश»

चितवनका काँग्रेस नेता जोशी चिन्ताजनक अवस्थामा अस्पताल भर्ना

२०७२ माघ ७ बिहिबार, काठमाडौं। चितवन निवासी नेपाली काँग्रेसका पुराना नेता नारायणप्रसाद जोशी लामो समयदेखि अचेत अवस्थामा रहेपछि थप उपचारका लागि काठमाडौँं ल्याइएको छ ।    चितवनको भरतपुर अस्पतालमा एक हप्तासम्म आइसियुमा राखी उपचार गरेपनि सुधार हुन नसकेपछि उहाँलाई आज काठमाडौं ल्याइएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।    झण्डै १५ वर्षदेखि पक्षाघातबाट ग्रसित जोशी चितवनको टिकुलिगढस्थित आफ्नै घरमा बसिरहेका बेला एक हप्ता अगाडि ... बाँकी अंश»

खुल्यो सेनामा जागिर

२०७२ माघ ७ बिहिबार, काठमाडौं । नेपाली सेनामा एक सय ७५ जनाका लागि जागिर खुलेको छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्दार पदहरुका लागि दरखास्त आह्वान गरेको हो । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ ।   आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित ... बाँकी अंश»

पाँचथरको ओलनेमा आगलागी, ७० लाख वढिको क्षति

२०७२ माघ ६ बुधबार, पाँचथर। पाँचथरको ओलने ९ मा आज दिउँसो आगलागी हुँदा ७० लाख रुपैया भन्दा वढिको क्षति भएको छ । स्थानिय पदम प्रसाद मुखियाको घरमा भएको सोलारको तार सट भई आगलागी हुँदा ३ वटा घर, २ वटा होटल र ३ वटा पसल जलेर नष्ट हुँदा ७२ लाख २० हजार रुपैयाको क्षति भएको छ ।आगलागी बाट स्थानिय पदम प्रसादको तिन तले कच्ची घर,घरमा भएको लत्ताकपडा,अन्नपात र भाडावर्तनको सामान जल्दा ४० लाख रुपैयाको क्षति भएको छ । यस्तै जय कृष्ण मुखियाको १० लाख रुपैयाको क्षति भएको छ ।   जोग रानी राईको ६ ल ... बाँकी अंश»

कालिकोटमा हिमपात संगै चिसो बढ्यो

२०७२ माघ ६ बुधबार, कालिकोट। लामो समयदेखिको खडेरी झेली रहेको कालिकोटमा मंगलवार देखी हिमपात सुरु भएको छ । हिमपातले जनजिवन कष्टकर भएपनि बालिलाई फाइदा हुने भन्दै कृर्षकहरु खुसी भएका छन् । यो पटक हिउदलागेपछि कालिकोट लगायत यसका आसपासका जिल्लामा पहिलो पटक वर्षा सुरु भएको हो । वर्षा भएसंगै कालिकोट सदरमुकाम लगायतका अन्य गाविसमा भने भारी हिमपात भएको छ । गत वर्ष मंसिरमा नै हिमपात भएको कालिकोटमा यस वर्ष भने माघमा मात्र हिउ परेको छ ।   गत भदौदेखि पानि नपरेकाले हिउदेबाली सुक ... बाँकी अंश»

नदी कटान र बन्यजन्तुबाट हुने क्षती नरोकिए बर्दियामा खाद्य संकट आउने

२०७२ माघ ६ बुधबार, बर्दिया । बबई र कर्णाली नदीको बाढी तथा कटानबाट बर्षेनी हुने क्षती लगायत बन्यजन्तुबाट हुने खेतीवालीको नोक्सानी नरोकिए देशकै एक खाद्य भण्डार मानिने बर्दिया जिल्ला खाद्य संकटको जोखिममा पर्न सक्ने तथ्य सार्वजनिक भएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग, कृषि विकास मन्त्रालय तथा विश्व खाद्य कार्यक्रमको सहजीकरणमा बर्दियामा सञ्चालन गरिएको चार दिने खाद्य सुरक्षा प्रतिकार्य विश्लेषणबाट उक्त तथ्य उजागर भएको हो ।    विश्वका १०४ राष्ट्रमध्ये नेपा ... बाँकी अंश»

विप्लब माओवादी चार केन्द्रीय सदस्यसहित सयौ नयाँ शक्तिमा

२०७२ माघ ६ बुधबार, काठमाडौ। नेकपा माओवादी विप्लब समूहका चार केन्द्रीय सदस्यसहित सयौ कार्यकर्ताहरुले नयाँ शक्तिमा प्रवेशको घोषणा गरेका छन । बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीयसदस्यहरु ठाकुरप्रसाद चापागाई, गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्त घर्तीमगरसहितका नेता कार्यकर्ताहरुले नयाँ शक्तिमा जाने घोषणा गरेका हुन ।  जसमा विद्यार्थी केन्द्रीय सदस्य मिनराज केसी, पर्वत डीसिएम हरि पौडेल,अनिल मास्के, सूर्यबहादुर थापा, प्रदिपबहादुर ... बाँकी अंश»

प्रेस युनियनका सदस्यहरुले पत्रकार महासंघको सदस्यता त्याग्ने चेतावनी

२०७२ माघ ६ बुधबार,  दोलखा । नेपाल प्रेस युनियनले आफ्ना सदस्यहरुले नेपाल पत्रकार महासंघको सदस्यता त्याग्न सक्ने चेतावनी दिएको छ । पूर्ववर्ती सरकारले स्थापना गरेको पूर्व प्रधानमन्त्री एवं नेपाल पत्रकार महासंघका संस्थापक सभापति स्व. कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको नाम परिवर्तन गर्ने केपी ओली नेतृत्वको निर्णय पछि  प्रेस युनियन आक्रोशित भएको हो । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार विहान चरिकोटमा पत्रकार सम् ... बाँकी अंश»

काँग्रेसको अधिवेशनका लागि नौ हजार पेसाकर्मी परिचालित हुने

२०७२ माघ ६ बुधबार, काठमाडौं। नेपाली काँग्रेसको आगामी अधिवेशनमा स्थानीयस्तरका लागि हुने निर्वाचनमा देशभरिमा झण्डै नौ हजारभन्दा बढी पेसाकर्मी परिचालित हुने भएका छन् । यही माघ १५ गतेदेखि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन अधिकारीका रुपमा विभिन्न पेसाकर्मीलाई खटाउन लागिएको काँग्रेसले जनाएको छ ।  देशभरका तीन हजार १६५ गाविस र २१७ नगरपालिकाका तीन हजार ९० ठाउँको निर्वाचन गराउन एक ठाउँको कम्तीमा तीन जनाका दरले नौ हजारभन्दा बढी निर्वाचन अधिकारी चाहि ... बाँकी अंश»

हिमपातले सेताम्मे भए मध्यपश्चिमका हिमाली जिल्ला

२०७२ माघ ६ बुधबार, मुगु। मध्यपश्चिमका हिमाली जिल्ला मुगु, हुम्ला र जुम्लामा गएराति बाट व्यापक हिमपात भएको छ । मुगुको जिल्ला सदरमुकाम गमगढीमा पनि हिउँपर्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ । जिल्लाका उच्च बस्तीमा भने हिजो साँझ ५ बजेबाट हिउँ पर्न थालेको थियो ।  ... बाँकी अंश»

तत्काल भाडा घटाउन नेविसंघको माग

२०७२ माघ ६ बुधबार, काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य घटेको दरमा सवारी सधानको भाडादर तत्काल घटाउन नेपाल विद्यार्थी संघले माग गरेको छ ।   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पेट्रोलियम पदार्थको मुल्य घट्दा पनि सवारी साधनको भाडा नघटेको भन्दै भाडा घटाउन माग गरेको हो ।    नेविसंघ प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन् ।  ... बाँकी अंश»

कोइराला निवासमा दाहाल, संविधान संशोधनको प्रस्ताव सहमतिमा अघि बढाइने

२०७२ माघ ५ मंगलबार, काठमाडौँ । नेपाली काँग्रेसका नेता र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको वार्तामा व्यवस्थापिका–संसद्मा रहेको संविधान संशोधनको प्रस्तावलाई सहमतिमा अघि बढाउने सम्बन्धमा छलफल भयो । काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा भएको भेटवार्तामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागलाई सम्बोधन गर्ने र संविधान संशोधन विधेयकमा परेका संशोधनमा एकरुपता कायम गरी पारित गर्ने सम्बन्धमा छलफल भएको काँग्र ... बाँकी अंश»

कांग्रेस पदाधिकारी बैठक : संसद र दलीय छलफल एक साथ

२०७२ माघ ५ मंगलबार, काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सकिएको छ । सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बिहान बसेको पदाधिकारी बैठकले संसद र राजनीतिकदलहरुबीच एक साथ छलफल अघि बढाउने निर्णय गरेको छ । यस्तै, दिउँसो बस्ने संसद बैठकबाट प्रक्रियामा रहेको संविधान संशोधन प्रस्ताव अघि बढाउने कि रोक्ने भन्ने बारे तीन दलले परामर्श गर्दै छन् । त्यसअघि मधेसी मोर्चासंग सहमतिको प्रयास गर्ने शीर्ष तीन दलको तयारी छ । सोमबार बसेको तीन दल र संयुक्त कार्यदल सहितको बैठकमा मधे ... बाँकी अंश»

बजेट निकासा नगर्दा बाढीपिडितको पुर्नस्थापनमा अवरोध

२०७२ माघ ५ मंगलबार, यादव आचार्य, बर्दिया । गतवर्ष साउनको अन्तिम साता बबई नदीमा आएको बाढीबाट घरवार विहिन भएका बर्दियाका वाढीपिडित हरुको यतिका दिन वितिसक्दा पनि सरकारले पुर्नस्थापन गर्न नसक्दा खुला आकास मुनी दिनरात विताउन वाध्य छन् । जिल्ला प्रशासन कार्यालयले भवन डिभिजन कार्यालय नेपालगंजलाई पुर्नस्थापनको लागि जिम्मा दिएपनि गृह मन्त्रालयले समयमै बजेट निकासा नगर्दा बर्दियाका बाढी पिडितहरु यतिखेर घरको न घाटको भएका छन् । गतवर्ष साउन ३० गते बबई नदीको अनियन्त्रित बा ... बाँकी अंश»

मधेस आन्दोलनले मुलुकमा बाह्य चासो बढ्यो: उपप्रम थापा

२०७२ माघ ४ सोमबार, काठमाडौँ। उपप्रधानमन्त्री कमल थापाले चाँडोभन्दा चाँडो वीरगन्जको नाका खोल्नका लागि कूटनीतिक प्रयास भइरहेको बताउनुभएको छ ।    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आज भएको काठमाडौँ जिल्ला कार्यकर्ता प्रशिक्षण भेलामा पार्टी अध्यक्ष थापाले मधेस आन्दोलनले मुलुकमा बाह्य चासो बढेकोमा चिन्ता व्यक्त गर्दै वार्ताका माध्यमबाट समस्या समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।    सङ्घीय मामला तथा स्थानीय विकासमन्त्री पनि रहनुभएका थापा ... बाँकी अंश»

राष्ट्रिय सूचना आयोगको वर्षभरीको काम (हेर्नुस् पूर्ण विवरण)

२०७२ माघ ४ सोमबार, काठमाडौं । राष्ट्रिय सूचना आयोगले पहिलो वर्ष (२०७१ माघ–२०७२ पुष) सम्म गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ । आयोगले सोमबार प्रेस विज्ञप्ती जारी गरेर वर्षभरी सम्पादित प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरेको हो । आयोगले आफुले गरेको कामलाई यसरी बुँदागत रुपमा उल्लेख गरेको छ ।    ३३ बुँदे कार्य विवरण    १. २०७१ पुष ३० गते प्रमुख सूचना आयुक्त र सूचना  आयुक्तहरूले शपथ ग्रहण गरी पदवहाली गर्नु भएको एकवर्ष पूरा भएको छ । २. आयोग गठन भएको पह ... बाँकी अंश»

कांग्रेसलाई सरकार ढाल्ने कुनै फुर्सद छैन: गगन थापा

२०७२ माघ ४ सोमबार, श्रीधर भट्टराई, प्यूठान । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसलाई वर्तमान सरकार ढाल्न कुनै फुर्सद नभएको बताएका छन् । काग्रेसको १३ औं महाधिबेशनको अबसरमा जिल्ला दौडाहको अवसरमा प्यूठान आएका नेता थापाले पत्रकारहरुसँग कुरा गर्दै काग्रेस महाधिवेशन तिर लागेकोले सरकार ढाल्ने वा बनाउने खेलमा नलागेको उल्लेख गरेका छन् ।  अहिले काग्रेस जारि भएको संविधानको कार्यान्वयन, भुकम्प पिडितहरुको दुखेसोमा हात मिलाउन र महाधिवेशन तिर लागेकोले सरारक ... बाँकी अंश»

विश्वयुद्धमा ज्यान गुमाएका नेपालीको स्मृतिमा स्मारक

२०७२ माघ ४ सोमबार, वासुदेव पौडेल, पोखरा । गोरखा भूतपूर्व सैनिक सङ्घ ९गेसो० को सक्रियतामा स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं ८ साल्मी डाँडामा, विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार नेपालीको स्मृतिमा गोरखा स्मारक बन्ने भएको छ ।  विश्व शान्तिका लागि नेपालीले विभिन्न युद्धमा सहादत प्राप्त गरेपनि उनीहरूको योगदानको कदर हुन नसकेको भन्दै गेसोले योगदानलाई जीवन्त राख्ने महत्वपूर्ण स्थलका रुपमा स्मारक निर्माण गर्न लागेको हो ।  पर्यटकीयरुपले अत्यन्त दर्शनीय साल्म ... बाँकी अंश»

उधारोमा सम्झौता हुँदैन, संविधान पुनःलेखन हुनुपर्दछ : उपेन्द्र यादव

२०७२ माघ ४ सोमबार, कुमोद  अधिकारी, विराटनगर । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले राज्य पुनःसंरचना तथा संविधान निमार्णमा भएका त्रुटिलाइ नसच्याएसम्म सहमती जुटन नसक्ने बताएका छन् । विराटनगरमा सोमबार आयोजित अन्तरक्रियामा यादवले सिमाकंनको हेरफेरनै मधेशी र्मोचाको मुख्य बटमलाइन रहेको प्रस्ट्याए । यादवले आफुहरु धेरैपटक वार्तामा बसेपनी निकास निस्कन नसकेकाले सरकारले ठोस प्रस्ताव अघि सारेर वार्तालाइ सफल बनाउनुपर्ने बताए । सिमाकंनको विषय नटुंग्याइकन आन्दोल ... बाँकी अंश»

विरगन्ज खुल्यो

२०७२ माघ ४ सोमबार, पर्सा । केन्द्रमा राजनीतिक भेटघाटको सरगर्मी बढेसंगै पाँच महिना देखि ठप्प, प्रमुख भारतीय सीमानाकासंग जोडिएको विरगन्ज खुलेको छ । विरजन्जमा आइतबारबाट व्यापार व्यवसाय, स्थानीय रुटका सवारी साधन, बैंक र शैक्षिक संस्था बाक्लो रुपमा खुलेका छन् । प्रमुख भारतीय नाका रक्सौल खुला नभएपनि विरगज्जबजार खुलिसकेको स्थानीय पत्रकार पुरुषोत्तम भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भारत जाने र भारतबाट आउने गाडीबाहेक लोकल ट्रक, मोटरसाइकल, टाटा सुमो, रिक्सा, टाँगा ... बाँकी अंश»

नयाँ