समाज

मोदीले संसदमा बोलेका कुरालाई लात हाने : नेपाल

२०७२ मङ्सिर ५ शनिबार, जुम्ला ।  एमाले नेता माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बोलेका कुरालाई आफैँले लात हानेको बताएका छन् । जुम्ला पुगेका नेता नेपालले कार्यकर्तालाई प्रशिक्षण दिँदै नेपालको व्यवस्थापिका–संसदमा बुद्ध, जानकी र सगरमाथाको देशसँगको लामो मित्रता छ भनी व्याख्या गरे पनि व्यवहारतः त्यसो नगरेको बताएका हुन् ।    भारतीय नेताले अहिले नाकाबन्दी लगाएर नेपालीलाई दुःख दिएको नेता नेपालको टिप्पणी छ । नाकाबन्दी अहिलेको प् ... बाँकी अंश»

मोर्चा कार्यकर्ताको हर्कत : सरकारी सवारी फोडे, कर्मचारी कुटे

२०७२ मङ्सिर ५ शनिबार, सप्तरी । बन्दको अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा जिल्ला वन कार्यालयको मोटरसाइकल तोडफोड गरेका छन् ।   कल्यानपुरबाट राजविराजतर्फ आउँदै गरेको मे १ प ९५७० नम्बरको मोटरसाइकलमा आन्दोलनकारीले तोडफोड गरेको प्रहरीले जनाएको छ ।    साथै आन्दोलनकारीले मोटरसाइकलमा सवार जिल्ला वन कार्यालयअन्तर्गतको इलाका वन कार्यालय कल्यानपुरका कर्मचारी विष्णु सिवाकोटीमाथि हात पातसमेत गरेका  प ... बाँकी अंश»

संविधान कार्यान्वयन पछि मात्रै संशोधन हुन्छ : लेखक

२०७२ मङ्सिर ४ शुक्रबार, धनगढी । काँग्रेस केन्द्रिय सदस्य एवं सांसद रमेश लेखकले संविधान कार्यान्वयन गर्नु पहिले नै संशोधन हुन नसक्ने बताएका छन् ।  तर, सुशील कोइराला नेतृत्वको सरकारले बनाएको संविधान संशोधन सम्बन्धि विधेयक व्यवस्थापिका संसद बैठकको कार्यसूचीमा जानुपर्नेमा कांग्रेसले जोड दिइरहेको छ ।   मधेसी मोर्चाले समेत कांग्रेसको संविधान संशोधन सम्बन्धि विधेयकमा समर्थन जनाउँदै संसदको कार्यसूचीमा जानुपर्ने माग गर्दै आएका छन् । सत्ताधारीहरुले भने सो विधेयकबारे ... बाँकी अंश»

मधेसीदलका कार्यकर्ताद्वारा औषधि बोकेको ट्रकमा आगजनी

२०७२ मङ्सिर ४ शुक्रबार, वीरगन्ज। आन्दोलनरत मधेस केन्द्रीत दलका कार्यकर्ताले यहाँ औषधि बोकेको एउटा ट्रकमा आगजनी गरेका छन् । वीरगन्जको ओम आश्रमस्थित नेशनल ट्रेडिङ्ग लिमिटेड कार्यालय आगाडि औषधि बोकेको ना २ ख ८२९२ नम्बरको एउटा ट्रकमा आन्दोलनकारीले गएराति करिब एक बजे आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालयका अनुसार आगजनीबाट करिब रु. २० लाख मूल्य बराबरको औषधि जलेर नष्ट भएको छ । वीरगन्जबाट ट्रकमा लोड गरिएको उक्त औषधि जनकपुर पठाउन ... बाँकी अंश»

कालोबजार मौलाएकोमा पूर्वप्रशासकहरुको चिन्ता, सरकारले कसैलाई पनि नछाड्ने

२०७२ मङ्सिर ४ शुक्रबार, रमेश लम्साल-हरि लामिछाने, काठमाडौँ। इन्धनको चरम कालोबजारी भएको तर त्यसको नियन्त्रणमा कुनै पनि प्रयास नभएको भन्दै पूर्वप्रशासक एवम् विभिन्न क्षेत्रका विज्ञले सरकारको ध्यानाकर्षण गराएका छन् ।   भारतको अघोषित नाकाबन्दीपछि मुलुकमा वैधानिक बाटोबाट अत्यावश्यक इन्धन नआएपछि अवैध तवरले आयात भएको इन्धनका कारण मुलुकको अर्थतन्त्रसमेत धरापमा परेको भन्दै उनीहरुले तत्काल कडा कदम चाल्न अनुरोध गरेका हुन् । काठमाडौँको कलङ्की, नयाँ बसपार्क, कोटेश्वर, बल ... बाँकी अंश»

कांग्रेस सहकार्यबिनाको वार्ता अर्थहिन : मोर्चा नेताहरु

२०७२ मङ्सिर ४ शुक्रबार, गौशाला । संघीय लोकतान्त्रिक मोर्चाका नेता एवं मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलन अलग राष्ट्रका लागि नभएको बताएका छन् ।     महोत्तरीको जलेश्वरमा पत्रकारसँग नेता यादवले मोर्चा विखण्डनवादी नभएको तथा सच्चा राष्ट्रवादीको परिचय दिँदै देशको सार्वभौमसत्ता र अखण्डताभित्र रहेर स्वायत्त मधेस प्रदेशका लागि लडिरहेको प्रस्ट्याए ।  अर्थपूर्ण वार्ताका लागि कांग्रेसलाई सत्ताधारीले साथमा ल्याउनै पर्नेमा जोड दिए ... बाँकी अंश»

व्यवसायिक पेट्रोल आयातको सम्झौता गर्न सरकारी टोली चीन जाँदै

२०७२ मङ्सिर ३ बिहिबार, काठमाडौं । चीनबाट व्यवसायिक रुपमा पेट्रोलियम पदार्थ आयात गर्ने सम्बन्धी सम्झौता गर्न सरकारी टोली शुक्रबार चीन जाँदैछ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव शम्भु घिमिरेको संयोजकत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले मन्त्रालयमा विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।    सरकारी टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त अर्थ, कानून, परराष्ट्र र नेपाल अइल निगमका अधिकारीहरु ... बाँकी अंश»

सिन्धुपाल्चोकमै अर्को धक्का

२०७२ मङ्सिर ३ बिहिबार, काठमाडौं । बिहानै ५ दशमलव ३ रेक्टर स्केलको पराकम्पनको धक्का दिएको सिन्धुपाल्चोकमा साँझ फेरि अर्को धक्का दिएको छ । साँझ ५ बजेर ४४ मिनेटमा सिन्धुपाल्चोकको राम्चे नजिकै अरनिको राजमार्ग छेउमै केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यसअघि बिहान १० बजे निम्लुङ नजिकै केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको  पराकम्पन आएको थियो । वैशाख १२ को ‘गोरखा’ भूकम्प गएको सात महिना पुग्न लाग्दा स ... बाँकी अंश»

तराईमा चुरे भावरले शक्ति प्रर्दशन गर्ने

२०७२ मङ्सिर ३ बिहिबार, काठमाडौ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे भावर प्रदेशको सुनिश्चितताको माग गर्दै तराई–मधेसमा शक्ति प्रर्दशन गर्ने भएको छ । सर्लाहीमा बिहीबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चुरे भावर प्रदेशको सुनिश्चितता र भारतको नाकाबन्दी विरुद्ध तराई मधेसमै बृहत शक्ति प्रर्दशन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष बद्रीप्रसाद न्यौपानेले पहिलो चरणमा आगामि शनिवार सर्लाही जिल्लाको हरिबनमा विशाल शक्ति प्रर्दशन गर्ने न ... बाँकी अंश»

तरुणदल स्याङ्जाद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०७२ मङ्सिर २ बुधबार, श्रीकृष्ण सिग्देल।स्याङ्जा जिल्लामा ब्याप्त कालोबजारी र ग्यास, इन्धनको सहज र न्यायिक बितरण गरियोस भन्दै नेपाल तरुणदल स्याङ्जाले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।   तरुणदल स्याङजाका अध्यक्ष भागवतप्रकाश मल्लले प्रशासकिय अधिकृत यादवराज शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा भारतीय अघोषित नाकाबन्दी र त्यसबाट नेपालीमा पर्न गएको हरेक क्षेत्रको कठिनाईलाई मध्यनजर गर ... बाँकी अंश»

मधेस आन्दोलनले संवैधानिक निकास पाउनुपर्छः नेता भण्डारी

२०७२ मङ्सिर ३ बिहिबार, बर्दिवास । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले मधेस आन्दोलनले संवैधानिक निकास पाउनुपर्ने बताएका छन् । राजनीतिक कामको सिलसिलामा गृह जिल्ला महोत्तरी आएका भण्डारीले बिहीबार बिहान जिल्लाको औरहीस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो दलले संसद्बाट नै मधेस आन्दोलनले निकास पाउनुपर्ने कुरा उठाई रहे पनि सरकार भने समस्या समाधानको कुरामा बेखबर रहेको आरोप लगाए ।  संसद्को अहिलेको संरचनामा मधेस आन्दोलनलाई सं ... बाँकी अंश»

जुवाडेसहित तीन पक्राउ

२०७२ मङ्सिर ३ बिहिबार, जितेन्द्र भण्डारी, पाँचथर । पाँचथर प्रहरीले कौडा र नगद सहित एक जना जुवाडेलाई पक्राउ गरेको छ । फिदिम २ पल्लोटारमा रहेको कँग्रेसका जिल्ला सचिव राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले फिदिम १ का खडग प्रसाद काफ्लेलाई पक्राउ गरेको छ । अन्य जुवाडेहरु काँग्रेस सचिव श्रेष्ठ सहित याङनाम घर भई फिदिममा बस्दै आएका राकेश थाम्सुहाङ,प्रेम थाम्सुहाङ,फिदिमकै अजित थापा र बरुण तुम्बापो फरार रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्र ... बाँकी अंश»

काकाकुल भएका उपभोक्ता जिस्काए मोर्चा कार्यकर्ताले, ५ सय लिटर पेट्रोलियम पदार्थ नष्ट

२०७२ मङ्सिर ३ बिहिबार, महोत्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीका दुई सीमा नाकामा विहिबार बिहान पाँच सय दश लिटर पेट्रोलियम पदार्थ नष्ट गरेका छन् ।  मोर्चाका कार्यकर्ताले महोत्तरीको मूख्य भन्सार नाका भिठ्ठामोड भारतबाट लुकिछिपी ल्याएको तीन सय १० लिटर पेट्रोल र मटिहानी सीमा नाकामा दुई सय लिटर पेट्रोल नष्ट गरिदिएका हुन् ।    सीमा नाकामा मोर्चाका कार्यकर्ताको धर्ना जारी रहेकै बेला जङ्गलको बाटो हुँदै महोत्तरीको सदरमुकाम जलेश्वर ल्याउ ... बाँकी अंश»

काठमाडौंमा पराकम्पनको धक्का महसुस

२०७२ मङ्सिर ३ बिहिबार, काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प पछि पराकम्पन आउने क्रम अझै जारी छ । भरखरै मात्र काठमाडौंमा धक्का महसुस भएपछि स्थानीयहरु बाहिर निस्केका छन् । पराकम्पनको केन्द्र विन्दु र रेक्टर रेरेक्टर स्केलबारे जानकारी आउन बाँकी नै छ । यसअघि, हिजो मात्रै दार्चुलामा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि मंगलबार साँझ रसुवा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको थियो ।  ... बाँकी अंश»

कपिलवस्तुमा बस दुर्घटना, दुईको मृत्यु, १५ को अवस्था गम्भीर

२०७२ मङ्सिर ३ बिहिबार, कपिलवस्तु । कपिलवस्तुमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ४ ख १०९४ नम्बरको बसले पूर्वपश्चिम राजमार्गस्थित खगेन्द्रपुर नजिक रोकिराखिको ना ४ ख ५३१९ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।    दुर्घटनामा परी मृत्यु हुने कोहलपुर नगरपालिका– २ बाँके घर भई हाल बागलुङमा कार्यरत २५ वर्षीय प्रहरी जवान शिव खत्री र कजेरी बर्दिया बस्ने ३२ वर्षीय चन्द्रबहादुर रोकाया हुन् ... बाँकी अंश»

भारतीय नाबाकन्दीविरुद्ध एक लाख नागरिकको हस्ताक्षर राष्ट्रसंघमा

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । भारतीय नाकाबन्दीविरुद्ध नागरिकस्तरबाट स्वतस्फूर्तरुपमा संकलित एक लाख हस्ताक्षर संयुक्त राष्ट्रसंघलाई बुझाइएको छ । संकलित हस्ताक्षर बुधबार राष्ट्रसंघको नेपालस्थित कार्यालयमा बुझाइएको हो ।    ललितपुरमा रहेको राष्ट्रसंघको नेपाल सचिवालयमै पुगेर नागरिक अगुवाहरुले भारतीय नाकाबन्दीविरुद्ध संकलित हस्ताक्षर बुझाए । गएको  कार्तिक २१ गते काठमाडौंका विभिन्न ६ ठाउँबाट एक दिनमै हस्ताक्षर संकलन भएको नागरिक अगुवाहरुले बताएका छन् ।  ... बाँकी अंश»

औपचारिकता कि वास्तविक ?

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सडक सुरक्षा, पर्यावरण संरक्षण र दिगो विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।  नेपाल सरकार, क्षेत्रीय विकासका लागि राष्ट्र संघीय केन्द्र, एसिया तथा प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (इस्क्याप) र जापानको वातावरण मन्त्रालयले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको चारदिने ‘वातावरणीयरुपमा एसियामा दिगो यातायात मञ्च’ को नवौँ अन्तरसरकारी क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै प्र ... बाँकी अंश»

‘दाउराको विकल्प भए सरकारालाई दिए हुन्छ’

२०७२ मङ्सिर २ बुधबार, काठमाडौ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिलेको संकट टार्न तत्कालको लागि सरकारसँग दाउराको विकल्प नभएको भन्दै केहीसँग उपाय भए दिन आब्हान गरेका छन ।  नेपाल चेतना केन्द्र अर्घाखाँचीले आयोजना गरेको ग्रामिण विकास पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले भने,‘ अहिलेलाई दाउराको विकल्प छैन । कोहीसँग विकल्प भए सरकार कार्यान्वयन गर्न तयार छ । मलाई लाग्छ विकल्प पनि कसैसँग छैन ।’ उपप्रधानमन्त्री रायमाझीले विगतमा पटक पटक लाग् ... बाँकी अंश»

पूर्वका तीन जिल्ला टुक्राउने तयारीको विरोध

२०७२ मङ्सिर २ बुधबार, काठमाडौ । सुनसरी, मोरङ्ग र झापा संयूक्त नागरिक सरोकार समाजले पूर्वका तीन जिल्ला टुक्राएर मधेस मधेस आन्दोलनलाई संबोधन गर्ने गरी भईरहेका छलफल प्रति आपत्ति प्रकट गरेका छन ।  बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तीन जिल्ला राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक र ऐतिहासिक रुपमा अन्र्तसम्बन्धीत रहेकोले यसलाई टुक्राउन नमिल्ने भन्दै  दुई नम्बर प्रदेशमा गाभ्ने षडयन्त्र कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पारे ।  पत्रकार सम्म ... बाँकी अंश»

सूर्यलाई अर्घ दिँँदै छठी माईको विदाइ

२०७२ मङ्सिर २ बुधबार, वीरगन्ज । श्रद्धा, भक्ति र समग्र तराईको साझा पर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न भएको छ ।  उदाउँदो सूर्यलाई अर्घ दिन बुधबार बिहान वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरी, सिर्सिया नदी, नगवा, छपकैया र पिप्रालगायतका पोखरी एवम् जलाशयमा व्रतालुहरुको ठूलो घुइँचो लागेको थियो ।  यसअघि मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन परिवारका सम्पूर्ण सदस्यले विभिन्न भक्ति एवम् लोकगीत गाउ“दै छठ मातालाई चढाउने फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुक ... बाँकी अंश»

नयाँ