समाज

मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीनको अवस्था गम्भीर

२०७२ कार्तिक ३ मंगलबार, उदयपुर। आज बिहान गाईघाट बजारबाट पहाडी क्षेत्र फोक्सिङटारतर्फ जाँदै गरेको मिनीट्रक साउने गाविस–१ स्थित जङ्गलमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।    आज बिहान ६ बजे भएको दुर्घटनामा खोटाङ बतासे–४ की १९ वर्षीया श्रद्धा राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।    यस्तै खोटाङ बतासेकै ३२ वर्षीय मिनीट्रक चालक विष्णुकुमार राई, देवन राईसहित तीन जनाको अवस ... बाँकी अंश»

दशैलाई स्वागत गर्दै हात्ती महोत्सव

२०७२ कार्तिक ३ मंगलबार, यादव आचार्य, बर्दिया। विजया दशमीका अवसर पारेर बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्वारामा आयोजना गरिएको दुई दिने हात्ती महोत्सव सम्पन्न भएको छ । नेपाली सँस्कृतिलाई पर्यापर्यटन मार्फत संरक्षण गर्दै स्थानियको जिविकोपार्जनमा टेवा पुर्याउन हात्तीसार मैदानमा महोत्सवको आयोजना गरिएको हो । निकुञ्ज विभागका सहायक संरक्षण अधिकृत रमेश थापाले समीको वृक्षारोपण गरी महोत्सव उद्घाटन गरेका थिए ।   महोत्सवका अवसरमा हात्ती फूटवल प्रतियोगिता, संरक्षणकर्मी ... बाँकी अंश»

एमालेका नेतालाई प्रधानमन्त्री ओलीले दिए रात्रीभोज; मन्त्री चयन अनिर्णीत

२०७२ कार्तिक २ सोमबार, काठमाडौँ। प्रमुख सत्तारुढ दल नेकपा (एमाले) को स्थायी कमिटीको आजको बैठकमा मुलुकमा उत्पन्न पेट्रोलियम पदार्थको अभाव, सरकार विस्तारलगायत समसामयिक विषयमा छलफल भए पनि ठोस निर्णय भएन ।    प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको भारत भ्रमण, सीमामा भइरहेको अघोषित नाकाबन्दी खुलाउने उपाय, पार्टीका तर्फबाट थप मन्त्री चयनबारे छलफल भएको थियो ।    एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठल ... बाँकी अंश»

महोत्तरीमा भूत मेला

२०७२ कार्तिक २ सोमबार, महोत्तरी। महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई शक्तिपीठमा आजदेखि भूत मेला सुरु भएको छ । जिल्लाको सोनामाई गाविस वडा नं ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात रहेको छ । हरेक वर्ष बडादसैँको षष्ठीदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष पनि आजदेखि सुरु भएको पुजारी कामेश्वर झाले बताउनुभयो ।    बडादसैँको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौँ पीडित र दर्शनार्थीको भीड लाग्ने गर्छ । भूतप्रेत, बोक्साब ... बाँकी अंश»

दाङमा जिप दुर्घटना, चालकसहित दुईको मृत्यु

२०७२ असोज ३० शनिबार, तुलसीपुर । तुलसीपुरबाट सल्यानको गांडापानीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । रा १ ज ४६२ नम्बरको यात्रुबाहक जिप शुक्रबार बेलुका धनवाङ गाविस–४ को किउरेनीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जिप चालक धनवाङ गाविस–७ का मानबहादुर घर्ती र धनवाङ गाविस–८ निवासी पुष्पा डांगी छन् । सो दुर्घटनामा परी घाइते भएका ११ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुर ... बाँकी अंश»

इन्धन अभावले मेलम्ची प्रशोधन केन्द्रको काम पनि रोकियो

२०७२ असोज २९ शुक्रबार, काठमाडौं । इन्धन अभावले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलमा निर्माण भइरहेको अत्याधुनिक पानी प्रशोधन केन्द्रको काम समेत रोकिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलमा ल्याएपछि प्रशोधन गरी वितरण गर्नका लागि निर्माण भइरहेको केन्द्रको काम डिजेलको अभावले नै रोक्नुपरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । “आयोजनाको कामका लागि मासिक दुई लाख लिटर डिजेलको आवश्यकता पर्दछ, डिजेलकै अभावका कारण सुरुङको काम ... बाँकी अंश»

कार्की महान्यायाधिवक्तामा नियुक्त

२०७२ असोज २८ बिहिबार, काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले ओखलढुङ्गा माम्खा–१ निवासी हरिकृष्ण कार्कीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम उनलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ... बाँकी अंश»

आपूर्ति सहज बनाउन देउवाको भारतलाई आग्रह

२०७२ असोज २८ बिहिबार, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालको आपूर्ति व्यवस्था चाँडो सहज बनाउन भारत सरकारलाई आग्रह गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल ९टान०को ३७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनको बिहीबार यहाँ उद्घाटन गर्दै नेता देउवाले भारतबाट आउने सामान ढुवानीलाई सहज बनाउन आग्रह गरेका हुन् । नेता देउवाले तराईमा भएको लामो समयदेखिको आन्दोलनले कसैलाई फाइदा नपुग्ने भन्दै सो आन्दोलन तत्काल रोकेर वा ... बाँकी अंश»

जुवा खेल्दै गरेका १० जना पक्राउ

२०७२ असोज २८ बिहिबार, ललितपुर । जुवातास खेलिरहेको अवस्थामा बुधबार १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ललितपुर उपमहानगरपालिका–३ झम्सीखेलस्थित मिरर लञ्ज रेष्टुरेन्टको भुइँतलाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दयानिधि ज्ञवालीले बताए ।  पक्राउ पर्नेमा काठमाडौँका सुमन कार्की, विजय खत्री, श्री महर्जन र खोटाङका गणेश कोइराला, नुवाकोटका मङ्गल तामाङ, काभ्रेका हरिबोल खनाल, दोलखाका ... बाँकी अंश»

उदयपुरमा दशैं लक्षित काठ तस्करी

२०७२ असोज २८ बिहिबार, गाईघाट । नेपालीको महान् चाड बडादशैँ नजिकिदाँ उदयपुर जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा काठ तस्करी बढेको छ । साउने खाँबु गाविसको खाँबु रेन्जरपोष्टका राष्ट्रिय वनमा अहिले वन कर्मचारीको निगरानी कम हुँदा जङ्गल क्षेत्रको काठ तस्करी व्यापक रुपमा बढ्दै गएको स्थानीय होमबहादुर मगरले बताए । जेठमा हावाहुरीले लडाएको सो जङ्गल क्षेत्रका काठ रातारात तस्करले ट्राक्टरमा लोड गरेर सुनसरीतर्फ लान थालेको स्थानीयको भनाई छ । जिल्लाको पूर्वी क्षेत ... बाँकी अंश»

विषाक्त खानाबाट दलित समुदायका ३२ जना बिरामी

२०७२ असोज २७ बुधबार, रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका –६ खैरेनी बजारमा विषाक्त भोजनका कारण ३२ जना एकैपटक बिरामी परेका छन् । स्थानीय सन्तनारायण विकको घरमा सोमबार श्राद्ध खान गएका आफन्तहरु एकपछि अर्को अस्वस्थ भएपछि उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको छ । अस्पतालका निमेसु डा राजेन्द्रप्रसाद खनालका अनुसार दुई दिन सम्म देवदहमा उपचार सम्भव नभएपछि अञ्चल अस्पतालमा ३२ जना बिरामी आएको बताए । मङ्गलबार २३ जना र वुधबार थप नौ जना उपचारका लागि अस्पता ... बाँकी अंश»

एमाओवादीबाट सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लागेन

२०७२ असोज २७ बुधबार, काठमाडौँ। सरकारमा सहभागी हुने मन्त्री छान्नका लागि आज बसेको एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठकमा सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको छ । एमाओवादी प्रवक्ता दिनानाथ शर्माले आज स्थायी समिति सदस्यले सरकारमा सहभागिताबारे बोल्ने क्रम नसकिएकाले भोलि बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो ।    अरु सबै सदस्यले आफ्नो धारणा राखिसके पनि स्थायी समिति सदस्य शक्ति बस्नेतले बोल्न बाँकी रहेकाले भोलि बिहान बस्ने गरी बैठक टुङ्ग ... बाँकी अंश»

बढी भाडा लिने सवारीलाई विभागको कारवाही

२०७२ असोज २७ बुधबार, काठमाडौँ । दसैँमा घर जाने यात्रुसँग बढी भाडा लिएको गुनासो आउन थालेपछि यातायात व्यवस्था विभागले पाँचवटा अनुगमन समूह बनाई काम सुरु गरेको छ ।  राजधानीबाट लामो दूरीमा जाने सवारी साधनले नयाँ बसपार्कबाट टिकट काट्दा बढी भाडा नलिएपनि टिकट नकाट्ने यात्रुसँग र छोटो दूरीमा चल्ने सवारी साधनले मनपरी भाडा असुलेका छन् । काठमाडौँबाट हेटौँडा, चितवन, भैरहवा, पोखरालगायत छोटो दूरी र काठमाडौँ आसपासका जिल्लामा चल्ने सवारी साधनले विभागले तोकेभन्दा तेब्बर चौबरसम् ... बाँकी अंश»

इन्धन अभावको अवसर राष्ट्रिय गौरवको आयोजनामा

२०७२ असोज २७ बुधबार, जितेन्द्र भण्डारी, पाँचथर । इन्धन अभावका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल राजमार्गअन्र्तगत पाँचथरको फिदिमस्थित जोरसाल–तमोर नदीसम्मको सडक निर्माण कार्य अवरुद्द भएको छ ।  इन्धन अभावले एक सातादेखि सडक निर्माण कार्य अवरुद्द भएको आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक तेजकुमार कुरुम्बाङले जानकारी दिए । इन्धन आपूर्ति सहज नभएकोले अझै दुई हप्ता पछि मात्रै काम सुचारु हुने उनले बताए । जोरसालदे ... बाँकी अंश»

प्रहरीले पेट्रोल भुइँमा खन्यायो

२०७२ असोज २६ मंगलबार, कपिलवस्तु । कपिलवस्तु प्रहरीले भारतबाट ल्याएर महँगो मूल्यमा बिक्री गर्न राखिएको ५० लिटर पेट्रोल भुइँमा खन्याइदिएको छ । जिल्ला प्रहरी उपरीक्षक विक्रम गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलबार तौलिहवा बजार–४ जितपुर र पिपरा बजारमा मिनरल वाटरमा बिक्रीका लागि राखिएको ५० लिटरभन्दा बढी पेट्रोल नियन्त्रणमा लिएर नष्ट गरेको हो । जिल्लाका विभिन्न ठाउँबाट उपभोक्ताले कालोबजारी गर्ने गिरोहले भारतबाट पेट्रोल ल्याएर महँगो मूल्यमा बिक्री गरेको ... बाँकी अंश»

एसएसबीलाई कुट्ने नेपाली युवक पक्राउ

२०७२ असोज २६ मंगलबार, कैलाली । भारतीय सीमा सुरक्षा बल एसएसबीमाथि जाई लागेको आरोपमा कैलालीको भजनीत्रिशक्ति नगरपालिका–७ गोदामटोलका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने २० वर्षीय गोविन्द कडायत हुन् । भारतबाट जर्किनमा करिब ५० लिटर डिजल ल्याउँदै गरेका उनलाई भारतीय सुरक्षा बल एसएसबीले डिजल दिने मान्छे चिनाउन भन्दै भारतमा लान खोजेकामा विवाद भएको थियो । कडायतलाई भारतीय सुरक्षाकर्मीले भारत लान खोजेपछि स्थानीयको सहयोगमा आडले एसएसबीका सदस्यहरुमाथि जाई लागेका थिए । ए ... बाँकी अंश»

पत्रकार महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको निधन

२०७२ असोज २६ मंगलबार, सुनिल शिवाकोटी । हेटौंडा।नेपाल पत्रकार महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको  ७७ वर्षको उमेरमा निधन भएको छ  । हेटौडा ११ थानाभर्यङ्गमा रहेको चुरेहिल अस्पतालमा उपचारको क्रममा श्रेष्ठको आज बिहान निधन भएको हो । श्रेष्ठ नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको २०४७ सालमा सस्थापक अध्यक्ष  भएका  थिए  । श्रीमती मात्र रहेको श्रेष्ठको आजै राप्ती तठमा अन्यष्टी गरिएको छ ।   साथै संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको निधन प्रत ... बाँकी अंश»

हत्यारलाई बचाउन प्रहरी र डाक्टर नै लागेको आरोप

२०७२ असोज २६ मंगलबार, काठमाडौ । गत असोज १७ गते ललितपुरको ठूला दुर्लुङ्ग गाविस ८ मा बारीमा पासो लगाएको अवस्थामा मृत भेटिएकी सरिता तिमिल्सिनाको हत्यालाई आत्महत्या बनाउने षडयन्त्र भईरहेको दावी मृतकका माईती पक्षले गरेका छन । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पीडित पक्षले पत्रकार सम्मेलन गरेर ५ दशमलब ४ ईन्च हाईटकी तिमल्सिना ५ दशमलब २ ईन्च अग्लो रुखमा झुण्डिएको अवस्थामा फेला परेको, शरिरभरी यातनाका चिन्हहरु भएको र मृतको घाटिमा दुई वटा डाम रहेको अवस्थाले मृतकले आत्महत्या ग ... बाँकी अंश»

प्रधानमन्त्री ओली–अमेरिकी राजदूत भेटवार्ता

२०७२ असोज २६ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका साथै नयाँ संविधान कार्यान्वयनबारे छलफल भएको थियो ।    राजदूत टेपलेट्जले अमेरिकी सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो । गत साता मात्र आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर् ... बाँकी अंश»

बस दुर्घटनामा दुईको मृत्यु, पच्चीस घाइते

२०७२ असोज २६ मंगलबार, कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटो घुम्तीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना५ख २६१० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बर्दिया नेवलापुरका २३ वर्षीय मुकुन्द थापा र कञ्चनपुर पुनर्वास–३ का ३० वर्षीय शेरबहादुर कँुवरको मृत्यु भएको हो ।    दुर्घटनामा परी घाइते भएका २५ जनाम ... बाँकी अंश»

नयाँ