समाज

सुक्खा बन्दरगाह सञ्चालन

२०७२ माघ १५ शुक्रबार, वीरगन्ज। धर्नामा बसेका कबरियालाई सुरक्षाकर्मीले बल प्रयोग गरेर हटाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाह आजदेखि पुनःसञ्चालन भएको छ । हिन्दू कबरिया सङ्घको आह्वानमा कबरियाले सुक्खा बन्दरगाह जोडिने मार्गमा बिहीबारदेखि धर्नामा बसेपछि सुक्खा बन्दरगाहबाट हुने आयातनिर्यात ठप्प भएको थियो ।   दिउ“सो स्थानीय प्रशासनको निर्देशनमा सुरक्षाकर्मीले धर्नामा बसेका कबरियालाई बल प्रयोग गरेर हटाएपछि सुक्खा बन्दरगाहबाट हुने आयातनिर्यात सञ्चालन भएको पर्स ... बाँकी अंश»

अख्तियारले मार्‍यो वैदेशिक रोजगारीमा विभागमा छापा, महानिर्देशकसहित १३ अधिकृत गयल

२०७२ माघ १५ शुक्रबार, काठमाडौं। वैदेशिक रोजगारीमा जान चाहने युवाको काममा लापर्बाही गरेको र घुस लिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज वैदेशिक रोजगार विभागमा छापा मारेको छ ।    सेवाग्राहीलाई दुःख दिएको, श्रम स्वीकृतिलगायतमा व्यवधान गरेको र घुस लिएको उजुरी परेपछि आयोगले छापा मारेको हो । नागरिकको गुनासोका आधारमा छापा मारिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार छापा मार्दा महानिर्देशक केदार बोगटीसहित १३ जना अधिकृतसमेत गय ... बाँकी अंश»

लाङ्टाङमा भूकम्पस्मृति पार्क बनाइने

२०७२ माघ १५ शुक्रबार, धुन्चे (रसुवा)। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले लाङ्टाङमा भूकम्पस्मृति पार्क बनाउने घोषणा गरेका हुन् ।   तीन दिनदेखि हिमाली क्षेत्रमा सञ्चालित प्रथम राष्ट्रिय स्की (हिउँमा खेल्ने खेल) प्रतियोगिताको समापनका लागि आज लाङ्टाङ पुग्नुभएका मन्त्री पोखरेलले स्मृति पार्क बनाउने घोषणा गर्दै निर्माणका लागि डिपिआर तयार गर्न लगाउने बताए ।  स्की खेलमा समानुपातिक हिसाबले छ महिला छ पुरुष खेलाडी सहभागी भएका र दुवै समूहबा ... बाँकी अंश»

इजरायल जान सय जनाको आवेदन छनोट

२०७२ माघ १५ शुक्रबार, काठमाडौं। इजरायलका केयरगिभरका रुपमा रोजगारीमा जान पहिलो चरणमा १०० जना आवेदक परीक्षार्थीका रुपमा चिट्ठा प्रणालीबाट छनोट गरिएको छ ।    वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै छनोटमा परेको आवेदकको माघ १९ गते मनमोहन मेमोरियल कलेज सोह्रखुटेमा परीक्षा हुने जनाएको छ । परीक्षा दिन आउँदा राहदानी र नागरिकताको सक्कली प्रमाणपत्र लिएर उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।    सरकारबाट अधिकारप्राप्त निकायबाट परीक्षा हुन लागेकाले परीक्षा स्वच्छ, ... बाँकी अंश»

रेड पान्डाको छालासहित दुई जना पक्राउ

२०७२ माघ १५ शुक्रबार, भीमदत्तनगर। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट खटिएको प्रहरीको अनुसन्धान ब्युरोले अति दुर्लभ रेड पान्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।    अनुसन्धान ब्युरोका महाकाली अञ्चल इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारी नेतृत्वको टोलीले आज बाँकेको कोहलपुरबाट रेड पान्डाको ३१ इन्च लामो छालासहित दुई जनालाई पक्राउ गरेको हो ।    प्रहरी नायब निरीक्षक जोहारका अनुसार छालासहित पक्राउपर्नेमा कालिकोट राम्नाकोट–१ घर भ ... बाँकी अंश»

स्कुल पाेशाकमै फिल्म हेर्न जाँदा प्रहरीको फन्दामा

२०७२ माघ १५ शुक्रबार, भक्तपुर। कलेज पोसाकमै चलचित्र हेर्न गएका विद्यार्थीलाई आज बाराही मुभिज सूर्यविनायकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी टोलीले काठमाडौँ उपत्यकाका १० उमाविका कलेज पोसाकमै आएका ३१ छात्रछात्रालाई चलचित्रघरबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए । प्रहरीले छापा मारेपछि कतिपय विद्यार्थीले कलेजको कोट र ज्याकेट खोली झोलामा हालेर भाग्ने प्रयास गरेका थिए ... बाँकी अंश»

पत्रकारको वर्गीकरण र योग्यता निर्धारणबारे बहस

२०७२ माघ १५ शुक्रबार, काठमाडौं। पत्रकारिता क्षेत्रलाई व्यावसायिक, योग्य, मर्यादित, भरपर्दो, जिम्मेवार, पारदर्शी र सक्षम बनाउनका लागि पत्रकारको योग्यता र वर्गीकरणको मापदण्ड निर्धारणबारे छलफल थालिएको छ । नेपालमा बदलिँदो संवैधानिक परिपेक्षमा प्रजातन्त्रको आधार मानिने पत्रकारिता पेसाको उच्च मर्यादा र व्यावसायिकतालाई ध्यानमा राखेर प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता निर्धारणबारे छलफल अगाडि बढाएको हो । “कानुन व्यवसायी, इन्जिनियर, चिकित्सक, नर्स, चार्टर एका ... बाँकी अंश»

दमौली व्यासमा पेचिलो चुनाव, पौडेल पुत्रले नाम फिर्ता लिए

२०७२ माघ १५ शुक्रबार, तनहुँ । दमौली कांग्रेसको गढ मानिएको व्यास–२ मा चुनाव निकै पेचिलो बन्ने दखिएको छ । वडा सचिवमा सुरेश पुरी र कोषाध्यक्षमा चन्द्रकला वाग्लेबाहेक सवै पदमा चुनाव हुने देखिएको छ । चुनावमा कांग्रेस हस्ती अमरराज कैनी पनि उत्रने छन् । कांग्रेस उप–सभापति रामचन्द्र पौडेलपुत्र चिन्तन पौडेलले भने नाम फिर्ता लिएका छन् । वडा सभापतिका लागि टुकबहादुर हमाल र तिलबहादुर थापा प्रतिस्पर्धी छन् ।    व्यास –११ मा सभापतिका लागि इन्द्रबहादुर दरै र रामचन्द्र न्य ... बाँकी अंश»

'सरकार छाड्ने कुरा सडक हल्ला मात्र'

२०७२ माघ १५ शुक्रबार, सुरुङ्गा(झापा)। गृहमन्त्री शक्तिबहादुर बस्नेतले शान्ति, समृद्धि र सुशासनयुक्त समाज निर्माण गर्नु नै सरकारको पहिलो काम भएको बताउनुभएको छ ।    झापाको बिर्तामोडमा क्रान्तिकारी पत्रकार सङ्घले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बस्नेतले मुलुकमा शान्ति, समृद्धि र सुशासन नभई देशको विकास नहुने हुँदा सरकार अहिले त्यही विषयमा केन्द्रित छ, भन्नुभयो ।    बितेको तीन महिना सरकार कामको तयारीमा लागेकाले अब परिणाम देखिने र अनुभूति हुने ... बाँकी अंश»

वालिङ नगर सभापतिमा खाँण निर्विरोध, तीन नगरपालिकामा सहमतिको प्रयास

२०७२ माघ १५ शुक्रबार, स्याङ्जा। नेपाली काँग्रेसको १३ औं महाधिवेसनका लागि स्याङ्जाका चार नगरपालिकामा सभापति, सचिव, कोषाध्यक्ष, सदस्य र क्षेत्रिय प्रतिनिधिहरुका लागि मनोनयन दर्ता भएका छन्। विहिवार तीन नगरपालिकामा मनोनयन दर्ता भएपनि चापकोट नगरपालिकामा भने विहानै मात्र उमेदवारी दर्ता हुने क्रम जारी रहेको बताइएको छ।  पुतलीबजार, भिरकोट, वालिङ र चापकोट नगरपालिकामा अहिले काँग्रेसको चहलपहल शुरु भएको छ भने ५३ ओटा गाँउ विकास समिति र नगरका वडाहरुमा पनि निर्वाचनको प्रक्रिया ... बाँकी अंश»

पशुसेवा केन्द्र बन्द

२०७२ माघ १५ शुक्रबार, जाजरकोट । दुई दुर्गम स्थानमा रहेका पशुसेवा केन्द्रमा कर्मचारी नहुँदा समस्या भएको छ । जिल्लाको कोताङ र गर्खाकोट पशुसेवा केन्द्र कर्मचारीको अभावमा सेवा प्रवाह कार्य रोकिएको छ ।    गत साउनमा ती केन्द्रमा कार्यरत पशु स्वास्थ्य प्राविधिक सरुवा भएपछि अहिलेसम्म पद पूर्ति नहुँदा सेवा प्रवाहमा समस्या परेको पशु विकास अधिकृत कपिलप्रसाद उपाध्यायले बताउनुभयो । झन्डै सात महिनादेखि खाली भएका ती केन्द्रमा दैनिक किसान सेवा लिन आए पनि रित्तो हात फर्कने गर ... बाँकी अंश»

संविधान संशोधनले मधेसका समस्या समाधान–नेता नेपाल

२०७२ माघ १४ बिहिबार, धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान संशोधनले मधेसका समस्या समाधान गरेको बताएका छन् ।    विहीबार आयोजित एमाले कैलालीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले संविधानले सबैको अधिकार सुनिश्चित गरेकाले अब बन्द, हडताल, क्रान्तिको आवश्यकता नरहेको धारणा राखेका हुन् । “अब राज्य क्रान्ति गर्नु आवश्यक छैन, आर्थिक क्रान्तिको चरणमा नेपाल प्रवेश गरेको छ”उनले भने ।    मधेसम ... बाँकी अंश»

मधेस आन्दोलन र नाकाबन्दीको समस्या चाँडै हट्ने –महासचिव महरा

२०७२ माघ १४ बिहिबार, तुलसीपुर (दाङ)। एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले संविधान संशोधन गरी मधेसीको माग संशोधन प्रक्रिया सुरु भएकाले अब मधेस आन्दोलन र नाकाबन्दीको समस्या चाँडै नै हट्ने बताएका हुन् ।    क्रान्तिकारी पत्रकार सङ्घ रोल्पाले  लिवाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले मधेसी दलले बाहिरी रुपमा संविधानको खुलेर स्वीकार नगरेको भए पनि भित्रीरुपमा भने संविधान स्वीकार गरेको दाबी गरे ।    अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले पत्र ... बाँकी अंश»

२८ किलो चरेससहित तीन पक्राउ

२०७२ माघ १४ बिहिबार, बागलुङ।जिल्लाको बुर्तिवाङबाट ३८ किलो अवैध लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले बुधबार साँझ स्थानीय बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।    चरेससहित पक्राउपर्नेमा रुकुमको रन्मा मैकोट–५ का ५१ वर्षीय बेजबहादुर घर्तीमगर, सोही स्थानका २३ वर्षीय राजु घर्तीमगर र रोल्पा घर भएकी ३० वर्षीया कर्मचीज पुन रहेको प्रहरीले जनाएको छ । जिल्लाको ढोरपाटनबाट बुर्तिवाङ ल्याउँदै गरेका अवस्थामा गस्तीटोलीले ... बाँकी अंश»

उपेन्द्र यादव भन्छन् , सरकारले कालोबजारीयालाई प्रोत्साहन दिइरहेको छ

२०७२ माघ १४ बिहिबार, लहान। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।    सङ्घीय समाजवादी फोरम नेपाल सिरहाको लहानमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले वर्तमान सरकारले मधेसी जनतालाई अधिकार दिन नचाहेकाले आन्दोलन जारी राख्नुको विकल्प नरहेको बताए ।    वर्तमान सरकार कालोबजारीलाई प्रोत्साहन गर्दै कालोबजारीया अर्थतन्त्रमार्फत देश चलाउन खोजिरहेको आरोप लगाउँदै अब मुलुकलाई जोगाउन प ... बाँकी अंश»

उपराष्ट्रपति भन्छन् ,नाकाको अवरोध छिट्टै अन्त्य हुन्छ

२०७२ माघ १४ बिहिबार, चितवन। उपराष्ट्रपति नन्दबहादुर पुनले नाकाको अवरोध छिट्टै अन्त्य विश्वास लिएका हुन् । पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा आज रत्ननगर महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।   उनले भने “वैशाखको भूकम्प र त्यसपछिको अवरोधका कारण जनताले पीडा र व्यथा पाएका छन्, त्यसको चाँडोभन्दा चाँडो अन्त्य होस् । सबैको यसप्रति ध्यान जाओस् भन्ने आग्रह गर्न चाहन्छु ।” उपराष्ट्रपति पुनले अवरोधका कारण राष्ट्रले ठूलो मानवीय तथा आर्थिक मूल्य चुकाउन ... बाँकी अंश»

पाँच किलो चरेससहित पक्राउ

२०७२ माघ १४ बिहिबार, जाजरकोट  । पाँच किलो ३०० ग्राम चरेससहित आज दुई जना पक्राउ परेका छन् ।   अपराह्न जिल्ला प्रहरी कार्यालय जाजरकोट र प्रहरी चौकी छेडाबाट संयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले सुर्खेत घोरेटा गाविस–२ बस्ने ५४ वर्षीय रिके खत्री र बजेडीचौर– ५ बस्ने ६० वर्षीय भद्रबहादुर सिंहलाई जाजरकोट र सुर्खेतको सिमानामा पर्ने सीमा–९ स्यापी जङ्गलमा पाँच किलो ३०० ग्राम लागुऔषध सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याइएको प्रहरीको सूचना ब्युरो ... बाँकी अंश»

‘बहुराष्ट्रिय कम्पनीलाई गुण लाएवापत उत्कृष्ठ अर्थमन्त्री’

२०७२ माघ १४ बिहिबार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले बहुराष्ट्रिय कम्पनीहरुलाई नेपाली कामदार बिदेश पठाएर गुण लगाए बापत पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई बिश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले उक्त आरोप लगाएका हुन् ।  बिजुक्छेले नेपाली कांग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन हुने बताए । उनले नेपाली कांग्रेसको महाधिबेशन पश्चात काँग्रेसको ... बाँकी अंश»

भूकम्प क्षतिको लगत सङ्कलन जिम्मा एनजीओेलाई

२०७२ माघ १४ बिहिबार, वैशाखमा गएको ‘गोरखा भूकम्प’ले व्यक्तिगत घरमा पु¥याएको क्षतिबारे लगत सङ्कलन गर्ने जिम्मा एक गैरसरकारी संस्थालाई दिइएको छ ।  गोरखाका ६० गाविस र दुई नगरपालिकाभित्र रहेका व्यक्तिगत घरमा भूकम्पले पु¥याएको क्षति र आर्थिक, सामाजिक सूचना सङ्कलनको जिम्मा हर्ड नामक संस्थालाई दिइएको हो ।  केन्द्रिय तथ्याङक विभागले भूकम्पपीडितका घरको वास्तविक तथ्याङ्क सङ्कलनको जिम्मा उक्त एनजीओलाई दिएको छ । जिल्लास्थित लगत व्यवस्थापन समूहको समन्वयमा व्यक्ति ... बाँकी अंश»

तरुण दलका अध्यक्षले भने ' गगनले महामन्त्रीमा उमेद्धारी दिनु स्वभाविक '

२०७२ माघ १४ बिहिबार, तेह्रथुम। नेपाल कांग्रेस प्रजातान्त्रिक मुल्य र मान्यतालाई सिरोपर गर्ने पार्टी हो। अहिलेसम्म पार्टीमा युवाहरुको जोस र जाँगरले काम गर्ने अवसर पाएका छैनन्। अब पार्टीभित्र पुराना नेता कार्यकर्तालाई सम्मान र युवा शक्तिले नेतृत्व गर्दै नयाँ, पुराना नेता कार्यकतालाई मिलाएरै लैजान सकिने गरिको नेतृत्व चयन हुन आवश्यक छ।   खासगरी समाजवादको सिद्धान्तको वकालत गर्ने कांग्रेसभित्र जिल्लादेखि केन्द्रसम्मका केही नेताहरु पुँजीवादको पछाडि लागेको पनि ... बाँकी अंश»

नयाँ