समाज

सुशील कोइरालाले आफूलाई समर्थन गर्ने पौडेलको दावी

२०७२ पौष २७ सोमबार, काठमाडौ। नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामि १३ औं महाधिवेशनमा आफ्नो उम्मेदवारी सिंगो पार्टीको महाधिवेशन भएको भन्दै त्यसमा बर्तमान पार्टी सभापति सुशील कोइरालाको समेत समर्थन रहेको दावी गरेका छन ।    मुलुकको समस्या समाधानकोलागि रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘ देशभरीका साथीहरुले म बाट अपेक्षा गरेका छन । मेरो निष्ठा,योगदान, आवश्यकता र पार्टीलाई जिवन्त बनाउन मलाई सभापति बन्नु पर्छ भनेर ... बाँकी अंश»

पार्टीको आगामी महाधिवेशन नमुनाको अधिवेशन : शेखर कोइराला

२०७२ पौष २७ सोमबार, कञ्चनपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको आगामी १३औँ महाअधिवेशन नमुनाको अधिवेशन हुने बताउनुभएको छ । आज कञ्चनपुरको झलारीबजारमा अयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले ६०-४० नभनी एकजुट भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीभित्र गुट–उपगुट नभई एकजुट भएर योग्य व्यक्तिलाई अधिवेशनका लागि छनोट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।    नेकपा (एमाले)सँग सरकार गठनका सम्बद्धमा कुनै किसिमको भद्र ... बाँकी अंश»

ईन्फोग्राफिक्स: पृथ्वीनारायण शाहको संक्षीप्त जिवनी

२०७२ पौष २७ सोमबार,   काठमाडौं। पृथ्वीनारायण शाहको दुईसय चौरानब्बेऔँ जन्म जयन्ती । उनलाई जानौं ईन्फोग्राफिक्सबाट। ग्राफ नेपालले बनाएको ईन्फोग्राफिक्सबाट पृथ्वीनारायणको जिवनीलाई देखाईएको छ।              ... बाँकी अंश»

उच्चपदस्थको सम्पत्ति बारे अदालतले के गर्ला

२०७२ पौष २७ सोमबार, काठमाडौँ । लाभको पदमा पुगेको उच्चपदस्थहरुको सम्पत्ति छानविन गर्ने विषयमा आज सोमवार सर्वोच्च अदालतमा बहस हुने भएको छ ।    पञ्चायतकालदेखि गणतन्त्रसम्मका प्रधानमन्त्री, प्रधान न्यायाधीश, मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न भन्दै सर्वोच्चमा दर्ता भएको मुद्दा माथी आज सोमवार छलफल हुन लागेको हो । वहस विहान ११ बजेबाट सुरु हुने अदालतले जनाएको छ ।    पूर्वराजबन्दी एवम् राजनीतिकर्मी कृष्ण केसीले प्रधानमन्त्री तथा मन्त्रिप ... बाँकी अंश»

'उखान टुक्काले देश चल्दैन, सरकार आफ्नै बोझले ढल्छ'

२०७२ पौष २६ आइतबार, भीमदत्तनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार उखान टुक्काले देश नचल्ने बताउनुभएको छ । सरकारको नेतृत्वप्रति आलोचना गर्दै केन्द्रीय सदस्य कोइरालाले वर्तमान सरकार आफ्नै बोझले ढल्ने दाबीसमेत गर्नुभयो ।    नेपाली काँग्रेस कञ्चनपुरले आज बेलुकी भीमदत्तनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले वर्तमान सरकारले मन्त्रालयहरु फुटाएर देशलाई आर्थिक भार थोपरेको र कालोबजारी नियन्त्रण गर्न असफल रहेक ... बाँकी अंश»

लाप्राक पुगेर फर्क्यो सरकारी टोली, पीडितले राहत पाएनन्

२०७२ पौष २६ आइतबार, गोरखा । हिमपातले अस्तब्यस्त बनाएको गोरखाको लाप्राक, बारपाक, गुम्दालगायत क्षेत्रको स्थलगत अवलोकन गरी हिमपात पीडितलाई राहत वितरण गर्न सरकारले पठाएको अध्ययन तथा अनुगमन टोली लाप्राक पुगेर फर्केको छ ।    हेलिकप्टरमा लाप्राक आएको चार सदस्यीय सरकारी टोली गुप्सीपाखा नगई लाप्राककै रिन्जिलुङ भन्ने ठाउँ पुगेर फर्केको हो ।    नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्रालयका सहसचिव रामेश्वर दङ्गाल, उपसचिव बाबुराम भण्डारी, सेनाका एक कर्नेल र एक चिकित्स ... बाँकी अंश»

संविधान फेरि बन्ला देश टुक्रीय कस्ले जोड्छ?

२०७२ पौष २६ आइतबार, विशन क्षेत्री, पर्वत। नेकपा क्रान्तिकारी माओवादीका नेता एवम् सचिवालय सदस्य देव गुरुङ्गले संविधानका कारणले देश टुक्रिए आत्मघाती हुने बताएका छन्। छ/सात पटक निर्माण भइसकेको संविधान फेरि बनाउन सकिन्छ तर एकपटक देश टुक्रिएमा त्यसलाई कस्ले जोड्छ गुरुङको प्रश्न थियो। उनले संविधानका कारण देश टुक्रिन नहुने बताए।   ‘संविधान संशोधन गरेर राम्रो बनाउन सकिन्छ, तर देश टुक्रिएमा राष्ट्रियता फिर्ता ल्याउन सकिँदैन्,’ आईतबार पर्वत सदरमुकाम कुश्मामा पत्र ... बाँकी अंश»

मधेस आन्दोलमा कांग्रेस आई नेता खुर्शीदको चाँसो

२०७२ पौष २६ आइतबार, काठमाडौं । सद्भावना अध्यक्ष राजेन्द्र महतोले कांग्रेस आईका नेता एवं भारतीय पूर्व विदेशमन्त्री सलमान खुर्शीदसंग भेट गरेका छन् । भेटका क्रममा नेता खुर्शीदले मधेस आन्दोलनबारे विशेष चाँसो राखे । महतोले खुर्शीदलाई आन्दोलनमा सघाउन आग्रह गरेका छन्  ।   उपचारका लागि दिल्ली गएका महतोलाई चिकित्सकले केही दिन आराम गर्न भनेपनि उनले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । खुर्शीदलाई भेट्नु अघि महतो युनाइटेड मधेसी अफ नेपालले आयोजनका गरेको कार्यक्रममा ... बाँकी अंश»

अनुसन्धान विभागको प्रहरी भन्दै लुटपाट गर्ने फन्दामा

२०७२ पौष २६ आइतबार, पोखरा । सादा पोसाकमा काम गर्ने “अनुसन्धान विभागको प्रहरी हुँ” भन्दै लुटपाट गर्ने एक युवक प्रहरी फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई आइबार बिहान पक्राउ गरेको हो ।    गएको मङ्सिर ११ गते पोखराको लभ्ली डाँडामा घुम्न गएका दुई युवालाई डर धम्की दिई उनीहरुका साथमा रहेको आइफोन र तीन हजार नगद लुटी फरार डोरप्रसाद मगरलाई विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनले प्रहरीका नाममा लुटपाट गर्दै आएका ... बाँकी अंश»

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आउन थाले साइबेरियन चरा

२०७२ पौष २६ आइतबार, कञ्चनपुर । शुक्लाफाँटा वन्यजन्तु आरक्षका सिमसार क्षेत्रमा साइबेरियन चरा आउने क्रम सुरु भएको छ । उत्तरी धु्रवमा चिसो बढ्न थालेपछि साइबेरियालगायतका क्षेत्रबाट चिसो छल्नका लागि यहाँका सिमसार क्षेत्रमा विभिन्न प्रजातिका चरा पुग्ने गरेका छन् ।  हिउँदका बेला साइबेरिया क्षेत्रमा चिसो अत्यधिक हुने र खाने कुरा आहारको कमी हुने भएकाले जाडो छल्न र आहारको खोजीसँगै यसतर्फ चरा आउने गरेका हुन् ।  आरक्षका रानीताल, सलगौडीताल, कालिकिच ताल र तारा ताल क्षेत् ... बाँकी अंश»

ओलीको पत्रपछि मुस्लिम गठबन्धन बालुवाटार जादै

२०७२ पौष २६ आइतबार, सरकार र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका विचमा आज साँझ वार्ता हुने भएको छ । मुस्लिम गठबन्धनसँग आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बार्ता हुन लागेको हो ।    उनीहरुलाई प्रधानमन्त्री केपी ओलीले वार्तामा आउन आह्वान गरेपछि गठबन्धन वार्तामा जाने तयारीमा रहेको छ ।     प्रधानमन्त्री ओलीले गत शुक्रवार गठबन्धनका संयोजक समिम अन्सारीलाई लिखित पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए । वार्तामा गठबन्धनले उठाएका मागका विषयमा ... बाँकी अंश»

तीन करोडमा नौवटा पुल !

२०७२ पौष २६ आइतबार, इलाम । इलाममा रु तीन करोड १७ लाख ३४ हजारको लागतमा नौवटा पुल निर्माण हुने भएका छन् ।    समुदाय, जिविस, गाविस÷नगरपालिका, स्वाप, ट्रेल ब्रिज सपोर्ट युनिट ९टिबिएसयु०को आर्थिक साझेदारीमा पुल निर्माण हुन लागेका हुन् ।    सोह्र महिनामा निर्माण सम्पन्न गर्ने गरी सातवटा झोलुङ्गे पुल तथा दुईवटा ट्रस ब्रिजको उपभोक्तासँग एकसाताअघि सम्झौता भइसकेको जिविसका ग्रामीण पुल शाखाका सवइञ्जिनियर गोविन्दप्रसाद ढकालले जानकारी दिए ।    जिविसका अनुसार स ... बाँकी अंश»

यसरी समातिए ७ जना जुवाडे

२०७२ पौष २६ आइतबार, रुकुम। जिल्ला प्रहरी कार्यालय रुकुमले जुवा खेलिरहेको अवस्थामा मुसिकोट नगरपालीका ५ सोलावाङबाट ७ जनालाई प्रकाउ गरेको छ। गोविन्द बुढाको कोठामा जुवा खेल्दै गरेको अवस्थामा नगद एक लाख ६८ हजार एकसय ४५ रुपायाँ सहित रङगेहात प्रकाउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेका ४० वर्षका गोबिन्द बुढा, २८ वर्षका अनिल गिरी, अर्का २८ वर्षकै राजु के.सी, १७ वर्षका किरण के.सी. रेहेका छन्। यस्तै पिपल गाविस वडा नं. ४ घर भएका ४४ बर्षका रंङग खत्री, स्यालाखदी गाविस वडा नं. ५ बस्न ... बाँकी अंश»

प्रजिअको सरसफाई अभियान; आँगन बढार्ने, पिँढी फोहोर गर्ने

२०७२ पौष २६ आइतबार, विशन क्षेत्री, पर्वत। सोलुखुम्बुबाट सरुवा भएर आएको केही समयमा नै पर्वतका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा सरसफाई अभियान सुरु भयो। सोलुखुम्बुमा लगातार २८ हप्ता अभियान चलाएका सरसफाई अभियन्ता ढकालले पर्वतमा कार्तिक १४ गतेबाट थालेको अभियानको अहिले १० हप्ता पुरा भईसकेको छ। जिल्लाको एक मात्र कुश्मा नगरपालिकालाई आफ्नो कार्यकालमा सरसफाईयुक्त घोषणा गर्ने अभियान थालेका ढकाललाई सरकारी कर्मचारी, राजनीतिक दल, सरकारी गैह्रसरकारी संघ–स ... बाँकी अंश»

सहिदको सोच साकार पार्न काँग्रेस एक हुन्छ : सभापति कोइराला

२०७२ पौष २५ शनिबार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले सहिदको सोच साकार बनाउन पार्टी एकढिक्का भएर लाग्ने बताउनुभएको छ ।नेपाल प्रजातन्त्र सेनानी सङ्घ र सहिद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘प्रजातन्त्र सेनानी’ नामक पुस्तक लोकार्पण एवम् ‘ओखलढुङ्गा प्रजातान्त्रिक क्रान्तिको इतिहास’ वृत्तचित्र सुभारम्भ समारोहलाई सम्बोधन गर्दै सभापति कोइरालाले सो कुरा बताउनुभएको हो ।   “सहिदको बलि ... बाँकी अंश»

संशोधनबाटै मुलुकको निकास निस्कन्छ : प्रचण्ड

२०७२ पौष २५ शनिबार, शरद रेग्मी,  दाङ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाल देशमा देखिएको गतिरोध छिट्टै अत्यहुने उदघोष गनुभएको छ । दाङको तुलसीपुरमा विमान स्थलमा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले गतिरोध अत्यका लागि  संबिधान संशोधन हुन लागेको बताउनु भयो । त्यसैगरी उहाँले संसदमा दर्ता भएका संशोधन प्रस्ताबबाट मधेस तथा थारु समुदायका उचीत माग सम्बोधन हुने भएकाले अब मुलुकले निकास पाउने दाबी गर्नुभयो ।   ... बाँकी अंश»

काठमाडौं शंखमुलमा चितुवा घरमा; घरमुली बाहिर

२०७२ पौष २५ शनिबार, काठमाडौं। राजधानीको शंखमुल र नयाँबानेश्वर बिचमा रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेपछि घरमुली भण्डारी भने घरबाहिर परेका छन्। भण्डारीको घरमा चितुवा पसेपछि उनी हारगुहार गर्दै प्रहरीकहाँ पुगेका छन्। बिहान जनता बैंक परिसरमा देखिएको चितुवा घरमा प्रवेश गरेपछि भण्डारी परिवार र छिमेकीसमेत भागभाग चलेको हो। त्यसपछि भण्डारी सहितका स्थानीयले  चितुवा शौचालयमा बसिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इन्स्पेक्टर हरिबहादुर बस्नेतले शौचालयको ... बाँकी अंश»

प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान हुन्छ : सभापति कोइराला

२०७२ पौष २५ शनिबार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान गरिने बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानसँग आज आफ्नै निवास महाराजगन्जमा भएको भेटमा उहाँले समस्या समाधान गर्न वार्ता र संवाद अगाडि बढिरहेको र यही विधिबाट नै समाधान निस्कने बताउनुभयो ।    “अघोषित नाकाबन्दी र असहज आपूर्तिका कारण देखिएको मानवीय सङ्कटका समाधान ... बाँकी अंश»

स्याल बौलाएर गाउँ पसेपछि...

२०७२ पौष २५ शनिबार, दाङ । स्यालको आक्रमणबाट सात जना घाइते भएका छन् । तुलसीपुर–८ कटकुयामा स्यालको टोकाइबाट स्थानीयवासी गोमा गौतम, पुष्पराज गौतम, खिमलाल भण्डारी, गिरिराज लामिछाने, सरस्वती लामिछाने, वृद्धिराम चौधरी र विन्दु चौधरी घाइते भएको स्थानीयवासी कान्तप्रसाद खरेलले जानकारी दिए ।  बहुलाएर गाउँ छिरेको स्यालले घरमा बसिरहेका तथा बाटामा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  ... बाँकी अंश»

तारुका र बेत्रावतीमा २८ हल गोरु जुधाइने

२०७२ पौष २५ शनिबार, नुवाकोट । यो वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा १८ हल गोरु जुधाइने भएको छ । त्यसैगरी बेत्रावतीमा पनि १० हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्तिमा मनाइने गोरु जुधाई मेला सम्पन्न गर्न तारुका र वेत्रावतीमा स्थानीयबासीले विशेष तयारी थालेका छन् । ‘तारुकाको पौरख नेपालीको गौरब’ मूलनाराका साथ तारुका गोरु जुधाई मेलाको भव्यरुपमा उद्घाटन गर्ने तयारी भएको तारुका माघे संक्रान्त्रि मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुंगानाले जा ... बाँकी अंश»

नयाँ