समाज

काँग्रेस बैठकमा संविधान कार्यान्वयनमा नेतृत्व प्रदान गर्ने सङ्कल्प

२०७२ फाल्गुण ११ मंगलबार, नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा भएको नीति तथा कार्यक्रमबारे छलफलमा आफ्नै नेतृत्वको सरकारको सक्रियतामा नेपालको संविधान जारी गरेको काँग्रेसले संविधान कार्यान्वयनमा पनि नेतृत्व प्रदान गर्ने सङ्कल्प गरेको छ । काँग्रेसले भविष्यमा आउने राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र सङ्गठन निर्माणको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा कावा स ... बाँकी अंश»

नारच्याङ पहिरोमा पाँचजना सम्पर्कविहीन

२०७२ फाल्गुण ११ मंगलबार, म्याग्दी । जिल्लाको नारच्याङ गाविस–१ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा भीषण सुख्खा पहिरो गएको छ । पहिरोमा परेर नारच्याङ–५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, सोही गाविस वडा नम्बर ६ का हुकुम पुन र वडा नम्बर ४ का टरबहादुर फगामी सम्र्पकविहीन भएका छन् ।  गएराति १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्किएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजीवन प्रभावित बनेको छ । पहिरो गएको ठाउँ वरपर धुलो ... बाँकी अंश»

स्वस्थानी व्रत सम्पन्न

२०७२ फाल्गुण १० सोमबार, काठमाडौं। साँखुमा गत माघ १० गतेदेखि सुरुभएको स्वस्थानी व्रत तथा श्री माधवनारायणको मेला आज सम्पन्न भएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिको संयोजनमा विधि विधानपूर्वक अश्वमेघ यज्ञ तथा व्रत गरिरहेका व्रतालुलाई पूजा गराई मेला समापन गरिएको हो।  ... बाँकी अंश»

सरकारले बहानावाजी छोड्नु पर्ने एमाओवादीको निष्कर्ष

२०७२ फाल्गुण १० सोमबार, काठमाडौं । एकीकृत माओवादीले अब बहानावाजी छोडेर काम गर्नु पर्ने निष्कर्ष निकालेको छ  । एमाओवादी स्थायी समिति बैठकले भारतको अघोषित नाकाबन्दी समेत अन्त्य भएको र तराई–मधेसको आन्दोलन समेत मत्थर भएको अवस्थामा सरकारको काम कारबाही प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।    अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा सोमबार बसेको पार्टीको स्थायी समिति बैठले दैनिक कार्य सञ्चालनका लागि मात्रै केन्द्रित हुने प्रवृत्तिले सरका ... बाँकी अंश»

डराए प्रचण्ड : भने- ‘मोदी अझै ओलीलाई केरकार गर्दै छन्, नाकाबन्दी हल हुँदैन’

२०७२ फाल्गुण १० सोमबार, काठमाडौँं  । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा राखेका भनाइलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खण्डन गरेकाले नाकाबन्दीको समस्या समाधान हुनेमा ढुक्क हुन नसकिने बताएका छन् ।    पार्टीको काठमाडौँ जिल्ला कमिटीले गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीले राखेको वि ... बाँकी अंश»

आफ्नै श्रीमतीलाई बोक्सी भन्दै कुटपिटगरी मलमूत्र खुवाउने प्रहरी खोरमा

२०७२ फाल्गुण १० सोमबार, विराटनगर । आफ्नै श्रीमतीलाई बोक्सीको आरोपमा कुटपिटगरी मलमूत्र खुवाउने प्रयास गरेको आरोपमा श्रीमानसहित प्रहरीले परिवारका चार जना सदस्यलाई पक्राउ गरेको छ । मोरङ होक्लाबारी–२ मा आफ्नै श्रीमती र बुहारीलाई कुटपिट गर्ने क्षत्रबहादुर भण्डारी, रोशन भण्डारी, मन्दिका भण्डारी र जानुका कोइरालालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अभिचन्द्र रिजालले बताए ।     परिवारका सदस्यले धा ... बाँकी अंश»

पार्टीमा धेरै दुख गरेकोले म पार्टी सभापतिकालागि सक्षम छु: प्रकाशमान सिंह

२०७२ फाल्गुण १० सोमबार, काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू सक्षम भएको बताउनुभएको छ ।    नेपाल विद्यार्थी सङ्घले आज यहाँ आयोजना गरेको नेपाली काँग्रेस काठमाडौँका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिको बधाई तथा सम्मान कार्यक्रममा पार्टी फुट्दा उपसभापति र सुशील कोइराला सभापति हुँदा निर्वाचित महामन्त्री भएकाले आफू अब पार्टी सभापतिका लागि सक्षम भएको बताउनुभएको हो ।    उहाँले भन्नुभय ... बाँकी अंश»

नेकाँ म्याग्दीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

२०७२ फाल्गुण १० सोमबार, म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी सभापति सुशील कोइरालाको निधनपछि स्थगित भएको छैटौँ जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया आज पुनः सुरु गरिएको हो ।    नयाँ नेतृत्वका लागि सभापतिमा दुईजनाबीच प्रतिस्पर्धा भएको छ । सभापति पदका लागि निवर्तमान उपसभापति खमबहादुर गर्वुजा (खमवीर) र महासमिति सदस्य नेत्र महत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।    त्यसैगरी १२ जना महाधिवेशन प्रतिनिधिमा महिलातर् ... बाँकी अंश»

२० बर्ष देखि अध्यक्ष भएका केसी जनमोर्चाको अध्यक्षमा पुनः निर्वाचित

२०७२ फाल्गुण १० सोमबार, लुम्बिनी (रुपन्देही)। राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले चित्रबहादुर केसीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ।   गए राति सम्पन्न सम्मेलनले केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। यस्तै सम्मेलनले कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा बद्रे आलम र दुर्गा पौडेल, महासचिवमा जनकराज शर्मा, सचिवमा हेमलाल पुरी, कोषाध्यक्षमा ओमबहादुर केसीलाई निर्वाचित गरेको छ। एकतीस जना केन्द्रीय सदस्य निर्वाचित भइसकेप ... बाँकी अंश»

काँग्रेस गुल्मीमा श्रेष्ठ निर्वाचित

२०७२ फाल्गुण १० सोमबार, गुल्मी। नेपाली काँग्रेसको गुल्मी जिल्ला सभापतिमा भुवनप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्।   जिल्ला सभापति पदका लागि शनिबार पाँच जनाले उम्मेद्वारी दिएपनि कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतबार पुनः निर्वाचन भएको थियो।   त्यस्तै सचिवमा खिलध्वज पन्थी र कोषाध्यक्षमा हरिबहादुर खत्री विजयी भएका छन्।   निर्वाचन अधिकृत हरि ज्ञवालीका अनुसार तीन वटै क्षेत्रबाट २७ जनाबाट जिल्ला सदस्यका लागि उमेद्वारी परेकामा छ जना मात्रै विजयी भएका छन ... बाँकी अंश»

कोइरालाको स्मरणमा नेविसङ्घद्वारा दीप प्रज्ज्वलन

२०७२ फाल्गुण ९ आइतबार, काठमाडौँ। नेपाल विद्यार्थी सङ्घले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मरणमा दीप प्रज्ज्वलन गरिएको छ ।   स्वर्गीय कोइरालाको १३ औँ पूण्य तिथिको अवसर पारेर आज साँझ शान्तिबाटिकामा दीप प्रज्वलन गरेको हो ।   कार्यक्रममा नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले संविधान निर्माणमा स्वर्गीय कोइरालाले दिएको योगदानको कदर गर्दै यसलाई कार्यान्वयन गर्ने नेपाली काँग्रेसको मुख्य चुनौती भएको बताउनुभयो ।   कार्यक्रम ... बाँकी अंश»

दोलखा कांग्रेसमा खड्का अगाडी (अपडेट)

२०७२ फाल्गुण ९ आइतबार, दोलखा । नेपाली काँग्रेस दोलखाको सभापतिको चुनावको दोस्रो चरणको प्रतिस्पर्धामा रुद्र बहादुर खड्का र ईश्वर मानन्धरबीच कडा टक्कर देखिएको छ । पहिलो चरणको प्रतिस्पर्धामा कुनै पनि उमेद्वारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । साँझ सुरु भएको मतगणनामा पछिल्लो नतिजा अनुसार रुद्रबहादुर खड्काले २०१  र इश्वर मान्धरले ९९ मत प्राप्त गरेको स्थानिय पत्रकार रविन्द्र गौतमले जनाएका छन्। अबको केही घण्टामै पूर्ण नतिजा आउने बताइएको छ । कु ... बाँकी अंश»

भारत गएपछि मधेस मुद्दामा पग्लिए ओली, के भने पत्रकार सम्मेलनमा ?

२०७२ फाल्गुण ९ आइतबार, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली दूतावासमा पत्रकार सम्मेलन गरेका छन् । पत्रकार भेटघाटमा ओलीले असन्तुष्टहरुका जायज माग समावेश गरेर संविधान संशोधन गर्ने बताए । ओलीले पत्रकार सम्मेलनमा जनताका मौलिक अधिकार सुरक्षित गर्न ३१ वटा धारा नयाँ सम्बिधानमा समावेश गरेकाले असन्तुष्टी पोख्ने ठाउँ कमै रहेको जानकारी दिए ।    शनिबार ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका थिए । ओलीले नेपाल&ndas ... बाँकी अंश»

राष्ट्रिय एकताबाट मात्र ‘सुशिल दा' प्रति सच्चा श्रद्धाञ्जली :महामन्त्री सिटौला

२०७२ फाल्गुण ९ आइतबार, बिर्तामोड। नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकताबाट मात्र संविधानका पिता सुशिल काइरालाकाप्रति सच्चा श्रद्धाञ्जली ठहर्ने बताउनुभएको छ।    स्वर्गीय कोइरालाको १३औं दिनको पुण्यतिथिमा झापाको पवित्र कनकाई नदीमा आयोजित अस्तु कलश विसर्जन तथा श्रद्धाञ्जलीसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महामन्त्री सिटौलाले सबैलाई मिलाएर संविधान निर्माण गर्ने कोइराला राष्ट्रिय एकताका प्रतिक रहनुभएको भनाई राख्नुभयो।  ... बाँकी अंश»

अखिलमा नविना जीतको नजिक : २२२ मत गणना भइरहँदा १६९ मतले अघि (अपडेट)

२०७२ फाल्गुण ९ आइतबार, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना जारी छ । २ सय २२ मत गणना गर्न बाँकी छँदा अध्यक्षकी उम्मेद्वार नवीना लामा १ सय ६९ मतले अघि छिन् । लामाले ७६३ मत ल्याउँदा अध्यक्षका प्रत्यासी दिपक गौतमले ५ सय ६३ मत ल्याएका छन् । यो समाचार तयार पार्दा सम्म १२ सय ९७ मत गणना भइसको थियो । विश्व विद्यालय अन्तर्गतको निर्वाचन बुँतको मत गणना भइरहेको छ ।    नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिय ... बाँकी अंश»

सम्बन्धमा छाएको अविश्वासको बादल हटेको छः जोली

२०७२ फाल्गुण ९ आइतबार, काठमाडौ । भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई मुलुकको सम्बन्धमा छाएको अविश्वासको कालो बादल हटेको दावी गरेका छन । अस्वस्थ्य भएर नयाँ दिल्ली स्थितर अनुपम गार्डेन सैनिक फार्ममा रहेको निवासमा पत्रकार ऋषि धमलासँगको भेटवार्तामा उनले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणबाट आफू खुसी भएको भन्दै यसले नेपाल भारत सम्बन्ध सुमधुर बनाएको बताए ।    उनले भने,‘ म नेपालका प्रधानमन्त्री ... बाँकी अंश»

भूमिगत संगठनका कमाण्डरसहित कांग्रेस नेताको हत्या गर्ने गिरोह पक्राउ

२०७२ फाल्गुण ९ आइतबार, काठमाडौं । तराईमा जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामक भूमिगत संगठनको नाममा हत्या गर्ने गिरोह प्रहरी फन्दामा परेको छ । गएको माघ २२ गते राति झण्डै ८ः४५ बजे धनुषाको बालाबखर गाविस–४ बैरीया टोलस्थित सडकमा कांग्रेस नेता राजेन्द्र प्रसाद यादवलाई अज्ञात व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेपछी घटनाको अनुसन्धान गर्दै जाँदा उक्त गिरोह पक्राउ परेको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ । व्यूरोले विज्ञप्ती जारी ग ... बाँकी अंश»

ओलीको भ्रमणले नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुर्याएको भारतीय गृहमन्त्रीको दावी

२०७२ फाल्गुण ९ आइतबार, काठमाडौ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको दावी गरेका छन । उनले यो भ्रमणले दुई देशवीच विगत केही समयदेखि रहँदै आएको असमझदारी हटेको भन्दै  सम्बन्ध अझै प्रगाढ र समधुर बनेर अगाडि बढेको बताए ।   १७ अकवर रोड स्थित आफ्नै निवासमा आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यो भ्रमणबाट नेपालले जारी गरेको संविधानमा भारतको समर्थन छैन भन्ने भ्रम हटेको ... बाँकी अंश»

‘मृत्यु शहरको एक कथा’ : यात्रु झस्काउने शालिकहरु

२०७२ फाल्गुण ९ आइतबार, डोटी । भीमदत्त राजमार्गको सडक किनारको ठाउँ–ठाउँमा बनेका शालिक हेर्दा, झट्ट जो कोहीले यो सडक खण्ड भन्दा पनि मृत्यु शहर हो भन्ने सम्झिन्छन् । ठूल–ठूला घतलाग्दा सडक दुुर्घटनामा थुप्रै नागरिकले यस सडक खण्डमा अकालमै मृत्युवरण गरे । मृतकको सम्झनामा दुर्घटनास्थलको सडक किनारामा शालिक निर्माण भएका छन् । डोटी डडेल्धुरा हुँदै कैलाली जोड्ने भिमदत्त राजमार्गका डिलडिलमा बनेका शालिकले यात्रुको मनमा त्रास पैदा हुन्छ । ‘ओहोर दोहोर गर्नेलाई घरि–घरी झस्क ... बाँकी अंश»

‘केही तत्वहरू देश विखण्डन गर्न खोज्दै छन्’

२०७२ फाल्गुण ९ आइतबार, लहान । सिँचाइमन्त्री उमेशकुमार यादवले स्वतन्त्रताको नाममा मुलुकको विखण्डन गर्न खोज्नेमाथि सरकारले कारबाही गर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ सप्तरीले आइतबार बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले भने“ असाधारण परिस्थितिको फाइदा उठाएर केही तत्वहरू देश विखण्डन गर्न खोज्दै छन्, तर राज्य त्यस्तो तत्वहरुमाथि कारबाही गर्न पछि पर्दैन ।”  सीमाङ्कनको विषय टुङ्गो लगाउन हालै गठित उच्चस्तरीय संयन्त्रको संयुक् ... बाँकी अंश»

नयाँ