समाज

हिउँचितुवाको आक्रमणबाट दश भेडाच्याङ्ग्रा मरे

२०७२ कार्तिक २१ शनिबार, मुस्ताङ । जोमसोम–४ ठिनी गाउँमा शुक्रबार राति हिउँ चितुवाको आक्रमणबाट एकै गोठका १० भेडाच्याङग्रा मरेका छन् । गाउँका बीचमा रहेको गोठमा राति करिब २ः०० बजे आएको हिउँचितुवाले दुई च्याङ्ग्रा पनि लगेको स्थानीयवासीले जानकारी दिएका छन् ।  ठिनीका अगुवा भेडाबाख्रा पालक किसान आइतबहादुर थकालीले पालेका भेडाबाख्रा मारेपछि स्थानीयवासी त्रसित बनेका छन् । उनीहरुले नजिकै जङ्गलबाट आएको हिउँ चितुवाले मानिसमाथि समेत आक्रमण गर्ने सम्भावना बढेको जनाई तत्काल ... बाँकी अंश»

प्रधानमन्त्रीलाई नागरिक समाजको स्मरणपत्र

२०७२ कार्तिक २१ शनिबार, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र नागरिक समाजका अगुवाले तराई मधेसमा देखिएको समस्याको समाधान वार्ता र संवादबाटै गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक स्मरणपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर शनिवार उनीहरुले तराई मधेसको आन्दोलन र भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दी फरक–फरक विषय भएकाले त्यसलाई फरक कोणबाट हेर्नसमेत आग्रह गरेको छ ।  नेपाली जनतालाई राष्ट्रवादी र अराष्ट्रवादीको कित्तामा विभ ... बाँकी अंश»

काँग्रेसले विगत सच्याएर सरकारमा सामेल बन्नुपर्छ–नेपाल

२०७२ कार्तिक २१ शनिबार, दाङ । नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा प्रमुख दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न नहुने धारणा राखेका छन् । संविधान कार्यान्वयनका लागि एकता अपरिहार्य भएको भन्दै उनले काँग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । ‘संविधान कार्यान्वयन गर्ने विषय अहिलेको मुख्य विषय हो,’ प्रेस चौतारी नेपालले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस्तो महत्वपूर्ण ... बाँकी अंश»

धनुषामा एक स्कुल बसमा आगजनी

२०७२ कार्तिक २१ शनिबार, महेन्द्रनगर (धनुषा)। धनुषामा गएराति एक स्कुल बसमा आगजनी गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा ज१ख ७६३ नम्बरको बसमा आगजनी गरिएको छ ।  वीरेन्द्रबजारस्थित बुद्ध सिद्धार्थ निकेतन बोर्डिङ स्कुलको प्राङ्गणमा पार्किङ गरी राखिएको स्कुल बसमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरी फरार भएको बताइएको छ ।  बसमा लागेको आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिन सफल भए पनि ... बाँकी अंश»

अपाङ्ग छोरा शिक्षक, दलित आमा विद्यार्थी

२०७२ कार्तिक २० शुक्रबार, मोहन बिष्ट, बेलौरी (कञ्चनपुर)। ललित नेपाली कञ्चनपुरको बेल्डाँडी नगरपालिका–२ सिंहपाल टोलमा बस्छन् । २४ वर्षीय ललित नेपाली अपाङ्ग हुन् । उनका चारै हातखुट्टा अपाङ्ग छन् ।  ललितका दुबै हात जन्मजातै अपाङ्ग थिए । त्यसपछि २०६४ सालतिर उनको घर हात्तीले भत्काउँदा फेरि दुबै खुट्टा च्यापिएर ललितका चारै हातखुट्टा अपाङ्ग बने । यसरी चारै हातखुट्टा अपाङ्ग भए पनि उनको मन, कला, ज्ञान र सीप भने साङ्गभन्दा कम छैन । ललितले कक्षा ८ सम्म गाउँकै रौलेश्वर उच्च माध्यमिक व ... बाँकी अंश»

तला थप्न डराए काठमाडौंबासी

२०७२ कार्तिक २० शुक्रबार, काठमाडौँ । गोरखा भूकम्पपछि तला थप्नका लागि नक्सा पास गर्ने नागरिकको सङ्ख्या अत्यन्तै कम भएको काठमाडौँ महानगरपलिकाले बताएको छ । ‘भूकम्पअघि दैनिक तला थप गर्नका लागि आउने २० नक्सामध्ये आधाजसो तला थप्नका लागि नक्सा दर्ता हुने गरेको भए पनि अहिले मुस्किलले दैनिक एउटा मात्र आउने गरेको छ”, महानगरपालिकाका इन्जिनियर वीरबहादुर खड्काले भने ।  इन्जिनियर खड्काका अनुसार भूकम्पअघि र अहिलेमा नक्सापास गर्न आउनेको सङ्ख्यामा खासै फरक नभए पनि पछिल्लो समयमा ... बाँकी अंश»

प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि अभिलेख अद्यावधिक गरिने

२०७२ कार्तिक २० शुक्रबार, काठमाडौँ । सवैधानिक परिषद्ले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त र आयुक्त दुईको पदका लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको परिषद्को बैठकले त्यसका लागि सात दिनको म्याद दिएर सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।  बैठकपछि परिषद्का सदस्य एवम सभामुख ओनसरी घर्तीले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिअनुसार निर्वा ... बाँकी अंश»

विदेशी कम्पनीले काम नगर्दा पेट्रोलियम अन्वेषण अन्यौलमा

२०७२ कार्तिक २० शुक्रबार, काठमाडौँ । विदेशी कम्पनीलाई जिम्मा लगाएको काम नगरेपछि पेट्रोलियम पदार्थको उत्खनन अन्योलमा परेको छ । खानी तथा भूगर्भ विभागले २०३३ सालमा चुरे तथा तराई समेट्ने गरी सर्वेक्षण गरेपछि २०३९ सालमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि परियोजना गठन गरेर उत्खननका लागि विदेशी कम्पनीलाई जिम्मा दिए पनि काम नभएपछि उत्खननको काम अन्योलमा परेको हो ।  ‘परियोजना गठन भएसँगै देशको चुरे तथा तराई क्षेत्रलाई १० वटा क्षेत्रमा भाग लगाएर विदेशका विभिन्न कम्पनीलाई अ ... बाँकी अंश»

केही दिनमै आपूर्ति ब्यवस्था सहज हुन्छः सञ्चारमन्त्री राई

२०७२ कार्तिक २० शुक्रबार, काठमाडौ । नवनियूक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरधन राईले मुलुकमा देखिएको आपूर्ति समस्या केही दिनभित्रै समाधान हुने दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने–सरकारले बिहीबारमात्रै पूर्णता पाएको छ, अब मुलुकको समस्या टुलुटुलु हेरेर बस्ने पक्षमा छैन । आपूर्ति ब्यवस्था सहज बनाउन सरकारले ठोस कदम चाल्छ । मलाई विश्वास छ केही दिनमै सहज हुन्छ ।’  क्लका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षा ... बाँकी अंश»

राजमार्गमा आन्दोलनको प्रभाव न्यून

२०७२ कार्तिक २० शुक्रबार, महेन्द्रनगर (धनुषा) । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले सदरमुकाम जनकपुरमा आन्दोलन सशक्त पारे पनि पूर्व पश्चिम राजमार्गमा भने त्यसको प्रभाव न्यून देखिएको छ । राजमार्गमा निर्बाध रुपमा मालवाहक र यात्रुवाहक सवारीसाधन चलेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको ढल्केवर भएर दैनिक सयौँको सङ्ख्यामा मालवाहक र यात्रुवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मोर्चाको धनुषा शाखाका नेताले आपूmहरुले नाका र राजमार्ग केन्द्रित आन्दोलन गरेको दाबी गर् ... बाँकी अंश»

नेपाल ल्याउने सामान केरुङ आइपुग्यो

२०७२ कार्तिक २० शुक्रबार, धुन्चे । नेपाल ल्याउनका लागि विभिन्न उपभोग्य चिनियाँ सामान केरुङ आइपुगेको छ ।  नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलका अनुसार मुसा नामक चिनियाँ ट्रान्सपोर्ट कम्पनीले एक अर्बभन्दा बढीको तयारी पोसाक, लसुन, स्याउलगायत सामग्री नेपाल भित्र्याउने प्रक्रिया अगाडि बढाएको छ ।  नेपालका लागि ल्हासाबाट चिनियाँ भू–भागको ढुवानी गर्ने जिम्मा लिएको सो ट्रान्सपोर्टका कम्पनीका प्रबन्धक स्याङ् सेपिङले ढुवानी कार्य निरन्तर गर्ने प्रतिबद् ... बाँकी अंश»

मलेसियामा इलामे युवकको मृत्यु

२०७२ कार्तिक २० शुक्रबार, इलाम । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामे युवकको मृत्यु भएको छ । रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको मृत्यु भएको हो । छ दिनअघि मृत्यु भए पनि परिवारले भने बिहीबार मात्रै उनको मृत्युको खबर सुनेका थिए ।  मलेसियामा अवैध रूपमा बस्दै आएका राईलाई छ महिनाअघि मलेसिया प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो । राईको जेलमै मृत्यु भएको उनकी दिदी रञ्जना राईले जानकारी दिए ।  उनी जेल परेको लामो सम ... बाँकी अंश»

इन्धन अभावले पाँचथरका होटलहरु बन्द हुँदै

२०७२ कार्तिक २० शुक्रबार, जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरका प्रतिष्ठित होेटलहरु धमाधम बन्द हुन थालेका छन् । भिभिआइपीहरु बस्ने जिल्लाका सुविधा सम्पन्न होटलमध्येमा पर्ने होटल अजिःमा विहिबार देखि बन्द भएको छ । ग्याँसको अभाव भएपछि दाउराको सहज उपलव्धता नहुने र उपलव्ध भएपनि झन्झटिलो हुने भएपछि ग्याँस नपाइञ्जेल होटल बन्द गर्नु परेको होटल सञ्चालक विमल श्रेष्ठ बताए । ग्याँसको आयात करिव २ महिनादेखि ठप्प हुँदा खाली सिलिण्डरहरु ग्याँस व्यवसायीकामा थन्किएका छन् । आएका ग्राह ... बाँकी अंश»

गृह मन्त्रालयको संरचनामा परिवर्तन गरिने

२०७२ कार्तिक १९ बिहिबार, काठमाडौँ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले गृह प्रशासन सुधारका लागि प्रभावकारी काम गरिने बताउनुभएको छ। सुरक्षा क्षेत्र हेर्ने सञ्चारकर्मीहरुसँग भएको आजको भेटमा मन्त्री बस्नेतले सुरक्षा र सङ्गठनको नीतिगत विषयमा बाहेक आफूले सरुवा बढुवामा चासो नदिने बताउँदै सुरक्षा र सङ्गठनबीचको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन सक्दो प्रयास गरिने प्रतिबद्धता जनाउनुभयो।   गृह मन्त्रालयको संरचना परिवर्तन र काम गर्ने तौरतरिकामा फेरबदल गरी मन्त्रालयको कामलाई ... बाँकी अंश»

नाकाबन्दीको असर समेटिएको दस्तावेज बनाएर अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्छः प्याकुरेल

२०७२ कार्तिक १९ बिहिबार, काठमाडौ । अर्थविद्ध डा. विश्वम्भर प्याकुरेलले भारतले गरेको नाकाबन्दीको असर र प्रभावका विषय समेटेको दस्तावेज नै बनाएर नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्नु पर्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले कसैले भने पनि नभनेपनि नेपालमा भारतले नाकाबन्दी लगाएको प्रष्ट भईसकेको भन्दै यसले नेपालको अर्थतन्त्र, जनजीवनमा पारेको असर समेटिएको दस्तावेज तयार पारेर अन्तर्राष्ट्रिय जगतलाई जानकारी दिनु पर्ने बताए ।  क ... बाँकी अंश»

नेपालीलाई सहयोग गर्दै सीमाका भारतीय

२०७२ कार्तिक १९ बिहिबार, भैरहवा । अघोषित नाकाबन्दीको मारमा परेका नेपालीलाई अहिले सीमा क्षेत्रका भारतीय नागरिकले सक्दो सहयोग गरिरहेका छन् । अत्यावश्यकीयदेखि दैनिक उपभोग्य वस्तुसमेत भारतबाट आउन नसकेको अवस्थामा सीमाक्षेत्रका भारतीय नागरिकबाट सहयोग भने निरन्तर भइरहेको छ । मुख्य नाका वीरगन्जमा आन्दोलनकारीको अवरोध छ भने अन्य नाकाबाट आपूर्ति अवरोध भइरहेको छ ।  चाडबाडको अवसरमा पनि भारतीय नागरिकले नेपालीलाई सकेको सहयोग गरेको देखिन्छ । सीमा क्षेत्रमा जनस्तरमा आत्मीयता ... बाँकी अंश»

पुनःनिर्माण विधेयक सदनमा शीघ्र पेस हुनेछ प्रधानमन्त्री

२०७२ कार्तिक १९ बिहिबार, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणसम्बन्धी विधेयक सदनमा शीघ्र पेस हुने जानकारी दिँदै पुनःनिर्माण प्राधिकरण गठनको काम पनि तदारुकताका साथ गरिने बताएका छन् ।  यहाँस्थित युरोपेली प्रतिनिधिमण्डल र फ्रान्सका राजदूत तथा विश्व बैङ्क र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती विकास विभाग (डिएफआइडी) का यहाँस्थित प्रमुखसँग बिहीबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।  प्रधानमन्त्रीसँगको भेट ... बाँकी अंश»

युवकको मृत्युपछि चारजना नियन्त्रणमा

२०७२ कार्तिक १९ बिहिबार, इलाम । फुटबल हेरेर फर्कने क्रममा इलाम नगरपालिकाका एक युवकको बुधबार राति अचानक मृत्यु भएको छ । इलामको माईपोखरीस्थित जसबिरेमा सञ्चालित फुटबल प्रतियोगिता हेरेर फर्कने क्रममा इलाम नपा–२ का अन्दाजी ३५ वर्षीय राजकुमार मुखियाको मृत्यु भएको हो ।  प्रतियोगिता हेरेर राति घर आइपुगेका मुखिया अचानक बिरामी परेपछि इलाम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएको केहीबेरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  विगतदेख ... बाँकी अंश»

दश वर्षपछि पर्सामा भेटिए बालक

२०७२ कार्तिक १९ बिहिबार, पाल्पा  । दश वर्षअघि हराएका बालक अर्जुन खड्का पर्सा जिल्लामा भेटिएका छन् । पाल्पा जिल्ला तानसेन नगरपालिका बतासेडाँडाका खड्का दश वर्षअघि घर छाडेका थिए ।  खड्का पर्साको वीरगन्जस्थित बालकल्याण गृहमा अध्ययनरत रहेको बालकल्याण समिति पाल्पाका बालअधिकृत हरिबहादुर सारुले जानकारी दिए । खड्कालाई माइती नेपालको पहलमा वि।स। २०६२ साल जेठ ९ गते बालकल्याण गृहमा भर्ना गरिएको थियो । उनी बालगृहमा अध्ययन गर्दै आएका थिए ।  विद्यालयमा रजिस्ट्रेसन भर्दा जन ... बाँकी अंश»

आमहडतालका क्रममा विद्यालय खुल्न दिने सहमति

२०७२ कार्तिक १९ बिहिबार, लहान । आमहडतालका कारण करिब ८३ दिनदेखि बन्द रहेका सिरहा जिल्लास्थित विद्यालय सञ्चालन हुन दिन सर्वपक्षीय सहमति भएको छ ।  जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा भएको विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन, अधिकारकर्मी, सञ्चारकर्मीसँगको सर्वपक्षीय छलफलका क्रममा जिल्लाका विद्यालय सञ्चालन हुन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले जानकारी दिए ।  विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालय बन्द नगराउने सहमति भएकाले तत्का ... बाँकी अंश»

नयाँ