समाज

ओली र प्रचण्ड बीच भेटवार्ता

२०७३ बैशाख २२ बुधबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ।   सत्तारुढ दुई प्रमुख दलका अध्यक्ष समेत रहेका उनीहरुबीच राष्ट्रिय सहमति निर्माण लगायत विषयमा छलफल भएको बुझिएको छ यद्दपि भेटवार्ताबारे औपचारिक जानकारी दिइएको छैन। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुबीच भेटवार्ता भएको तर छलफलका विषयवस्तुबारे जानकारी नभएको बताए।   मङ्गलबार साँझ वर्त ... बाँकी अंश»

बर्दिया निकुञ्जको रेस्क्यू टोली असफल, फेरी पनि चितुवाको आक्रमण

२०७३ बैशाख २१ मंगलबार, डोटी । बर्दिया राष्ट्रिय निकुञ्जबाट रेस्क्यूका लागि डोटी आएको टोलीले चितुवालाई पक्रन नसकेपछि सोमबार फिर्ता भएको छ । पहाडी जिल्लामा समात्न सम्भव नहुने भएपछि शुक्रबार आएको टोली सोमबार गएको इलाका प्रहरीकार्यालय दिपायलका प्रमुख भीम बहादु मल्लले जानकारी दिए ।   तीन जनाको टोलीले विभिन्न तरीका अपनाउँदा समेत सिप नलागेपछि आफुहरुलाई बोलाएको भन्दै उनीहरु हिंडेको जनाइएको छ । सोमबार मात्रै फेरी एक महिला चितुवाको आक्रमणमा परेकी छन् । तल्लो घरबाट माथिल ... बाँकी अंश»

हरियालीको जिल्ला इलाममा नै खानेपानीको हाहाकार

२०७३ बैशाख २१ मंगलबार,   इलाम । लामो समयदेखि पानी नपरी मुहान सुकेको तथा बजारी क्षेत्रमा जनसंख्या बढेको कारण इलामको तीन वटै ( इलाम, सूर्योदय, देउमाई) नगरपालिका लगायत अधिकाशं गाबिसमा खानेपानीको हाहाकार मच्चिएको छ ।  विभिन्न स्थानमा खानेपानीको हाहाकार हुन थाले पछि कर्मचारी, बिद्यार्थी ब्यापारी र सर्वसाधारणले पानीको लागि घन्टौ लाइनमा बस्नु परेका कारण दैनिकी कष्टकर बन्न थालेको उनीहरुले दुखेसो पोखेका छन । पानीको अभाव भएपछि मानव वस्ती, पशु चौपाया र खेतीपातीमा प्रत्यक्ष ... बाँकी अंश»

नाकाबन्दी मानवता विरुद्धको गम्भिर अपराध : पहाडी

२०७३ बैशाख २१ मंगलबार, रुकुम। नागरिक अगुवा तथा मानव अधिकारवादी नेता कृष्ण पहाडीले जुनसुकै माग राखेर गरिने नाकाबन्दी मानवता बिरुद्धको गम्भिर अपराध भएको जिकिर गरेका छन। माग जायज नै भएपनी त्यो आन्दोलन नाकाबन्दीको हदसम्म जान्छ भने मानवता विरुद्धको गम्भिर अपराधा हुने बताएका हुन।  मानव अधिकार तथा शान्ति समाजद्धवारा  देशव्यापी रुपमा जारी स्वाभिमा अभियान अन्र्तगत सोमबार सदरमुकाम मुसिकोट खलंगामा आयोजित जागरणसभामा बोल्दै पहाडीले राजनितिमा हिंसा र घृणाले प्रश्रय पाईर ... बाँकी अंश»

दाङमा एमालेकाे महिला संघ दुई टुक्रा, केन्द्रले यसरी गरायो झगडा

२०७३ बैशाख २० सोमबार, दाङ  । एमालेको महिला संगठन अखिल नेपाल महिला संघ दाङ विभाजन भएको छ । संघको एउटा पक्षले केही दिन पहिले केन्द्रीय अध्यक्ष गोमा देवकोटा र सचिव सुजिता शाक्यलाई उपस्थित गराएर सातौं जिल्ला अधिवेशन गराएको केही दिनमै अधिवेशन बहिस्कार गरेको अर्को पक्षले पत्रकार सम्मेलन गरेर अधिवेशन अवैधानिक भएको जनाएको छ ।   अधिवेशन बहिस्कार गरेको पक्षकी अध्यक्ष सीमा न्यौपानेले पत्रकार सम्मेलनमा आफू अध्यक्ष भएको संघको सम्मेलन र अधिवेशनबारे आफूलाई जानकारी नै नदिई अ ... बाँकी अंश»

कपिलवस्तु कांग्रेसमा कार्यवाहक सहित १० मनोनित, सारा जिम्मेवारी अब्दुल खाँलाई

२०७३ बैशाख २० सोमबार,  कपिलवस्तु ।  नेपाली कांग्रेस कपिलवस्तुले जिल्लामा जिल्ला कार्यवाहक सभापति  सहित १० जना सदस्य मनोनित गरेको छ । यसअघि जिल्ला उपसभापतिमा मनोनयन गरिएका अब्दुल कलामखाँलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । पार्टी सभापति सुरेन्द्र राज आचार्य सांसद समेत रहेकाले धेरै समय काठमाण्डौ रहनु पर्ने भएकाले जिल्लामा पार्टीको कामलाई मजवुद र संचालन गर्न खाँलाई कार्यवाहक दिइएको सभापति आचार्यले बताए ।     यस्तै, कांगे्रसको विधान २०१७ मा संशोेधन प ... बाँकी अंश»

दुतावासको लापरवाहीले चार वर्षपछि मात्रै क्षतिपूर्ति

२०७३ बैशाख २० सोमबार, काठमाडौ । दुबईमा रहेको नेपाली दुतावास र परराष्ट्रमन्त्रालयको लापरवाहीको कारण बैदेशिक रोजगारीमा ज्यान गुमाएका धनकुटाका एक युवकका परिवारले क्षतिपूर्ति पाउन चार वर्ष कुर्नु परेको छ । २०६६ सालमा डीडी ओभरसीजमार्फत दुवईको रोयल कंक्रिट प्रोडक्टमा काम गर्न गएका २०६६ सालमा दुवई गएका धनकुटाका २९ वर्षिय तुलसीप्रसाद चापागाईको २०६९ सालमा मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।    कम्पनीले २०७० सालमा क्षतिपूर्तिबापतको दुई लाख दिराम रकम त्यहाँको अदालतम ... बाँकी अंश»

काठमाडौं लगायत देशभर मौसम वदली, वर्षाकाे सम्भावना

२०७३ बैशाख २० सोमबार, काठमाडौं । देशभरको मौसममा वदली आएको छ । देशको पूर्वी पहाडी र पश्चिम पहाडी क्षेत्रमा पूर्ण वदली भएको छ भने, काठमाडौं उपत्यका लगायत आसपास र पूर्वी तराईमा आंशिक वदली भएको छ ।    वदलीको स्थिति रहिरहे राति सम्म काठमाडौं उपत्यकामा हल्का वर्षा हुने मौसमविद् मिन कुमार अर्यालले जानकारी दिए । अर्यालका अनुसार वदली दुई चार दिन रहनेछ । मंगलबार पनि काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा बाक्लो वर्षाको सम्भावना रहेको अर्यालले जानकारी दिए । प्रि–मनसुन स ... बाँकी अंश»

‘एसएलसी पास’ पत्रकार बन्न नपाउने

२०७३ बैशाख २० सोमबार, चितवन। नेपाल पत्रकार महासङ्घले एसएलसी मात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ । मङ्गलबारदेखि चितवनको रत्ननगरमा हुन लागेकोे विधान सभामा उक्त संशोधन प्रस्ताव पेस गर्न लागिएको पत्रकार महासङ्घले जनाएको छ । महासङ्घले सभासद्लाई अध्ययनका लागि दिएको उक्त विधान संशोधनको प्रस्तावमा पत्रकार बन्नलाई अब कम्तीमा पनि उच्च माध्यमिक तह वा सो सरहको पढाइ हुनुपर्ने प्रावधान राखिएको छ ।    यसअघिको विधानमा एसएलसी गरे ... बाँकी अंश»

पत्नीकाे रिटले दीक्षितलाई सर्वोच्चमा पुर्‍यायाे

२०७३ बैशाख २० सोमबार, काठमाडौँ  । साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा संचार उद्यमी कनकमणि दीक्षितलाई सोमबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । अकूत सम्पत्ति जोडेको आरोपमा हिरासतमा लिइएका दीक्षितलाई अदालतको आदेशअनुसार सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा राखेका पत्रकार दीक्षितको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा उपचार हुँदैआएको थियो । सोमबार अदालतको आदेशअनुसार सर्वोच्चमा उपस्थित गराइएको हो । & ... बाँकी अंश»

राप्रपा अध्यक्ष चन्दको स्वास्थ्य सुधार

२०७३ बैशाख २० सोमबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।  बल्खुस्थित वयोधा अस्पतालमा एक सातादेखि मुटुरोगको उपचार गराइरहेका अध्यक्ष चन्दको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको पार्टी प्रवक्ता किरण गिरीले जानकारी दिए ।     केही दिनअघि चन्दको मुटुको शल्यक्रिया भएको थियो । आजदेखि पूर्वप्रधानमन्त्री चन्दले सामान्य कुरा गर्ने तथा झोलिलो खानेकुरा खान थाल्नु भएको छ । ... बाँकी अंश»

सिराहामा आगलागीबाट आधा दर्जन घर नष्ट

२०७३ बैशाख २० सोमबार, लहान। सिरहाको मझौरा–३ मा आज बिहान आगलागी हुँदा आधा दर्जन घर जलेर नष्ट भएका छन् ।    मझौरा–३ निवासी देवेन्द्र यादवको घरबाट बिहान ४ बजे अचानक सल्केको आगो फैलिएर भएको आगलागीबाट यादवसहित स्थानीयवासी हरि यादव, लखन यादव र मुकेश यादवको ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।    आगलागीमा परी एउटा भैँसी र ६ वटा बाख्रासमेत जल्नुका साथै खाद्यान्न, लत्ताकपडा लगायतका सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब रु १२ लाख बराबरको क्षति भएको जिल ... बाँकी अंश»

आगलागीपीडितलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय

२०७३ बैशाख २० सोमबार, काठमाडौँ। मन्त्रिपरिषद्को आजको बैठकले मुलुकका विभिन्न ठाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका घरधुरीलाई प्रतिघर परिवार दुई बन्डल (२६ गेजको) जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ । गत मङ्सिर १ गतेपछिका आगलागीपीडितलाई सो राहत दिने निर्णय भएको हो ।    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।    बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हालसम्म एक हजार ४०२ घर आगलागीबाट पूर्ण क्षति भएको जानकारी दिनुभयो ।    ... बाँकी अंश»

प्रम ओली, नेपाल र रणजीत रायबीच गोप्य भेट

२०७३ बैशाख १९ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रणजीत रायले रात्रीभोज सहितको गोप्य भेट गरेका छन् । काठमाडौंको द्वारीका होटलमा भएकाे भेटमा अर्थमन्त्री विष्णु पौडेल समेत सहभागि भएका थिए । भेटघाटको विषय कसैले खुलाएनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले वेलायती राजदूतसंगको भेटबारे जानकारी भएको तर रायसंगको भेटघाट सेड्युल नभएकाले आफुलाई जानकारी नभएको बताए । यस्तै, प्रधानमन्त्रीका प्रम ... बाँकी अंश»

गच्छदारले ओली, देउवा, प्रचण्ड सबैलाई डाके, भारतीय नेतापनि छुटाएनन्

२०७३ बैशाख १९ आइतबार, विराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन सोमबारबाट विराटनगरमा शुरु हुँदैछ । तीन दिन दिनसम्म चल्ने महाधिवेशनमा पार्टी प्रतिनिधि तथा पर्यवेक्षक गरी तिनहजार जना सहभागी हुने जनाइएको छ । पार्टीले विराटनगगरमा पत्रकार सम्मेलनगरी अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  अधिवेशनले नया नेतृत्व समेत चयनगर्ने जनाएको छ ।   सोमबार दिउँसो १ बजे हुने अधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी सर् ... बाँकी अंश»

धरहरा पुनःनिर्माणका लागि कोष स्थापना

२०७३ बैशाख १९ आइतबार, काठमाडौं । म बनाउँछु मेरो धरहरा राष्ट्रिय अभियानअन्तर्गत नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले ३ लाख ८७ हजार ४ सय १८ रुपैंयाको धरहरा पुनःनिर्माण कोष स्थापना गरेको छ । १ सय २७ औं मे दिवसको अवसरमा काठमाडौको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच नेकपा एमालेका महासचिव इश्वर पोखरेलको उपस्थितिमा उक्त कोष स्थापना भएको हो ।   कोषमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं जिफन्ट अध्यक्ष विष्णु रिमालले आफ्नो ३ दिनको तलब दिने घोषणा गरेका छन् । आजैब ... बाँकी अंश»

संविधान कार्यान्वयन नहोस् भन्नेविरुद्ध ईश्वर खनिए

२०७३ बैशाख १९ आइतबार, काठमाडौ । एमाले महासचिव इश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयन नहोस् भन्नेहरुविरुद्ध खबरदारी र भण्डाफोर अभियान छेड्नुपर्ने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले १ सय २७ औं मे दिवसको अवसरमा  भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले प्रमुख पार्टीहरुको सहमतिमा संविधानको कार्यान्वयनमा गराउनुपर्ने आवश्यकता औंल्याए । उनले भने ʽयो संविधान कसैको बक्सिस होईन र आयात गरिएको पनि होईन, अहिले पनि यो संबिधान कार्यान्वयन नहोस ... बाँकी अंश»

डा. भोलाले भने, ‘श्रमको उचित सम्मान गरेमात्र श्रमिक दिवसले सार्थकता पाउछ’

२०७३ बैशाख १९ आइतबार, काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एवं स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालले श्रमको उचित सम्मान गरेमात्र श्रमिक दिवसले सार्थकता पाउने बताएका छन् । १२७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर कर्मचारी यूनियनले आयोजना गरेको कार्यक्रममा डाक्टर रिजालले भने, ‘श्रमिक दिवसले  सार्थकता जुनबेला पाउने छ, जब श्रमको उचित सम्मान मात्र हुन थाल्छ ।’   डा.रिजालले सबै नेपाली श्रमिक तथा मजदुरले सबै अधिकारको ... बाँकी अंश»

जिशिअलाई दुव्र्यवहार गर्ने वैद्य कार्यकर्ताविरुद्ध मुद्दा

२०७३ बैशाख १९ आइतबार, भीमदत्तनगर । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि ६ दिनअघि कार्यालयमै दुव्र्यवहार गर्ने वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीका दुईजना विद्यार्थी पक्राउ परेका छन् ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनसँग आबद्ध २० वर्षीय विष्णु थापा र १७ वर्षीय वीरेन्द्र विष्टलाई शनिबार राति पक्राउ गरी कारबाही थालेको छ । उनीहरुले शिक्षा कार्यालय कञ्चनपुरमा विद्यार्थी सङ्गठन र जिल्ला शिक्षा अधिकारीब ... बाँकी अंश»

कांग्रेस नेता भन्छन्, ‘एमालेको निर्णय हचुवा, प्रदेश ७ को राजधानी दिपायल हुन्छ’

२०७३ बैशाख १९ आइतबार, डोटी । नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा सांसद बिरबहादुर बलायरले उखान टुक्काको भरमा मात्र सरकार नचल्ने बताएका छन् । दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै बलायरले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारको प्रमुख बोल्नु भनेको मुलुक बोल्नु हो, यस्तै तरीकाले सरकार अगाडी बढेमा मुलुक अत्यन्त जर्जर अवस्थामा जाने छ ।’   वर्तमान सरकार जटिलताका मुद्दा तर्फ नगएर मन्त्रालय बाँडफाँडमा लागेको समेत बलायरको आरोप छ । सं ... बाँकी अंश»

नयाँ