समाज

नेपाल ल्याउने सामान केरुङ आइपुग्यो

२०७२ कार्तिक २० शुक्रबार, धुन्चे । नेपाल ल्याउनका लागि विभिन्न उपभोग्य चिनियाँ सामान केरुङ आइपुगेको छ ।  नेपाल–चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलका अनुसार मुसा नामक चिनियाँ ट्रान्सपोर्ट कम्पनीले एक अर्बभन्दा बढीको तयारी पोसाक, लसुन, स्याउलगायत सामग्री नेपाल भित्र्याउने प्रक्रिया अगाडि बढाएको छ ।  नेपालका लागि ल्हासाबाट चिनियाँ भू–भागको ढुवानी गर्ने जिम्मा लिएको सो ट्रान्सपोर्टका कम्पनीका प्रबन्धक स्याङ् सेपिङले ढुवानी कार्य निरन्तर गर्ने प्रतिबद् ... बाँकी अंश»

मलेसियामा इलामे युवकको मृत्यु

२०७२ कार्तिक २० शुक्रबार, इलाम । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामे युवकको मृत्यु भएको छ । रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको मृत्यु भएको हो । छ दिनअघि मृत्यु भए पनि परिवारले भने बिहीबार मात्रै उनको मृत्युको खबर सुनेका थिए ।  मलेसियामा अवैध रूपमा बस्दै आएका राईलाई छ महिनाअघि मलेसिया प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो । राईको जेलमै मृत्यु भएको उनकी दिदी रञ्जना राईले जानकारी दिए ।  उनी जेल परेको लामो सम ... बाँकी अंश»

इन्धन अभावले पाँचथरका होटलहरु बन्द हुँदै

२०७२ कार्तिक २० शुक्रबार, जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरका प्रतिष्ठित होेटलहरु धमाधम बन्द हुन थालेका छन् । भिभिआइपीहरु बस्ने जिल्लाका सुविधा सम्पन्न होटलमध्येमा पर्ने होटल अजिःमा विहिबार देखि बन्द भएको छ । ग्याँसको अभाव भएपछि दाउराको सहज उपलव्धता नहुने र उपलव्ध भएपनि झन्झटिलो हुने भएपछि ग्याँस नपाइञ्जेल होटल बन्द गर्नु परेको होटल सञ्चालक विमल श्रेष्ठ बताए । ग्याँसको आयात करिव २ महिनादेखि ठप्प हुँदा खाली सिलिण्डरहरु ग्याँस व्यवसायीकामा थन्किएका छन् । आएका ग्राह ... बाँकी अंश»

गृह मन्त्रालयको संरचनामा परिवर्तन गरिने

२०७२ कार्तिक १९ बिहिबार, काठमाडौँ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले गृह प्रशासन सुधारका लागि प्रभावकारी काम गरिने बताउनुभएको छ। सुरक्षा क्षेत्र हेर्ने सञ्चारकर्मीहरुसँग भएको आजको भेटमा मन्त्री बस्नेतले सुरक्षा र सङ्गठनको नीतिगत विषयमा बाहेक आफूले सरुवा बढुवामा चासो नदिने बताउँदै सुरक्षा र सङ्गठनबीचको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन सक्दो प्रयास गरिने प्रतिबद्धता जनाउनुभयो।   गृह मन्त्रालयको संरचना परिवर्तन र काम गर्ने तौरतरिकामा फेरबदल गरी मन्त्रालयको कामलाई ... बाँकी अंश»

नाकाबन्दीको असर समेटिएको दस्तावेज बनाएर अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्छः प्याकुरेल

२०७२ कार्तिक १९ बिहिबार, काठमाडौ । अर्थविद्ध डा. विश्वम्भर प्याकुरेलले भारतले गरेको नाकाबन्दीको असर र प्रभावका विषय समेटेको दस्तावेज नै बनाएर नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्नु पर्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले कसैले भने पनि नभनेपनि नेपालमा भारतले नाकाबन्दी लगाएको प्रष्ट भईसकेको भन्दै यसले नेपालको अर्थतन्त्र, जनजीवनमा पारेको असर समेटिएको दस्तावेज तयार पारेर अन्तर्राष्ट्रिय जगतलाई जानकारी दिनु पर्ने बताए ।  क ... बाँकी अंश»

नेपालीलाई सहयोग गर्दै सीमाका भारतीय

२०७२ कार्तिक १९ बिहिबार, भैरहवा । अघोषित नाकाबन्दीको मारमा परेका नेपालीलाई अहिले सीमा क्षेत्रका भारतीय नागरिकले सक्दो सहयोग गरिरहेका छन् । अत्यावश्यकीयदेखि दैनिक उपभोग्य वस्तुसमेत भारतबाट आउन नसकेको अवस्थामा सीमाक्षेत्रका भारतीय नागरिकबाट सहयोग भने निरन्तर भइरहेको छ । मुख्य नाका वीरगन्जमा आन्दोलनकारीको अवरोध छ भने अन्य नाकाबाट आपूर्ति अवरोध भइरहेको छ ।  चाडबाडको अवसरमा पनि भारतीय नागरिकले नेपालीलाई सकेको सहयोग गरेको देखिन्छ । सीमा क्षेत्रमा जनस्तरमा आत्मीयता ... बाँकी अंश»

पुनःनिर्माण विधेयक सदनमा शीघ्र पेस हुनेछ प्रधानमन्त्री

२०७२ कार्तिक १९ बिहिबार, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणसम्बन्धी विधेयक सदनमा शीघ्र पेस हुने जानकारी दिँदै पुनःनिर्माण प्राधिकरण गठनको काम पनि तदारुकताका साथ गरिने बताएका छन् ।  यहाँस्थित युरोपेली प्रतिनिधिमण्डल र फ्रान्सका राजदूत तथा विश्व बैङ्क र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती विकास विभाग (डिएफआइडी) का यहाँस्थित प्रमुखसँग बिहीबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।  प्रधानमन्त्रीसँगको भेट ... बाँकी अंश»

युवकको मृत्युपछि चारजना नियन्त्रणमा

२०७२ कार्तिक १९ बिहिबार, इलाम । फुटबल हेरेर फर्कने क्रममा इलाम नगरपालिकाका एक युवकको बुधबार राति अचानक मृत्यु भएको छ । इलामको माईपोखरीस्थित जसबिरेमा सञ्चालित फुटबल प्रतियोगिता हेरेर फर्कने क्रममा इलाम नपा–२ का अन्दाजी ३५ वर्षीय राजकुमार मुखियाको मृत्यु भएको हो ।  प्रतियोगिता हेरेर राति घर आइपुगेका मुखिया अचानक बिरामी परेपछि इलाम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएको केहीबेरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  विगतदेख ... बाँकी अंश»

दश वर्षपछि पर्सामा भेटिए बालक

२०७२ कार्तिक १९ बिहिबार, पाल्पा  । दश वर्षअघि हराएका बालक अर्जुन खड्का पर्सा जिल्लामा भेटिएका छन् । पाल्पा जिल्ला तानसेन नगरपालिका बतासेडाँडाका खड्का दश वर्षअघि घर छाडेका थिए ।  खड्का पर्साको वीरगन्जस्थित बालकल्याण गृहमा अध्ययनरत रहेको बालकल्याण समिति पाल्पाका बालअधिकृत हरिबहादुर सारुले जानकारी दिए । खड्कालाई माइती नेपालको पहलमा वि।स। २०६२ साल जेठ ९ गते बालकल्याण गृहमा भर्ना गरिएको थियो । उनी बालगृहमा अध्ययन गर्दै आएका थिए ।  विद्यालयमा रजिस्ट्रेसन भर्दा जन ... बाँकी अंश»

आमहडतालका क्रममा विद्यालय खुल्न दिने सहमति

२०७२ कार्तिक १९ बिहिबार, लहान । आमहडतालका कारण करिब ८३ दिनदेखि बन्द रहेका सिरहा जिल्लास्थित विद्यालय सञ्चालन हुन दिन सर्वपक्षीय सहमति भएको छ ।  जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा भएको विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन, अधिकारकर्मी, सञ्चारकर्मीसँगको सर्वपक्षीय छलफलका क्रममा जिल्लाका विद्यालय सञ्चालन हुन दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले जानकारी दिए ।  विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालय बन्द नगराउने सहमति भएकाले तत्का ... बाँकी अंश»

आपूर्ति असहजता चाँडै हट्छः मन्त्री पुन

२०७२ कार्तिक १९ बिहिबार, काठमाडौँ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले आपूर्तिमा देखिएको असहजता चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् । उपभोक्ता हित तथा संरक्षण मञ्चसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले नाकाबन्दीले नेपालको आपूर्ति व्यवस्थामा प्रतिकूल असर पारेको भन्दै त्यसको समाधानका लागि कूटनीतिक पहल भइरहेको बताए ।  मधेस आन्दोलन वार्ताको माध्यमबाटै समाधान गर्नुपर्ने उनको भनाइ थियो । मञ्चका अध्यक्ष ज्योति बानियाँले अघोषित नाकाबन्दीका कारण उत ... बाँकी अंश»

दुई महिनादेखि अपरेशन कक्ष बन्द

२०७२ कार्तिक १९ बिहिबार, जितेन्द्र भण्डारी, पाँचथर । जिल्ला अस्पताल पाँचथरका प्रमुख डा.पवनजंग रायमाझी सरुवा भएर गएपछि अस्पतालको रिक्त दरवन्दीमा २ महिना वित्दा समेत डाक्टर नआएपछि अस्पतालको अपरेशन थिएटर वन्द भएको छ ।   अपरेशन थिएटर बन्द भएपछि अहिले प्रशुती गराउन जिल्ला बाहिर जानुपर्ने वाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । अहिले पाँचथर,तेह्रमुको आठराई र ताप्लेजुङ जिल्लाका सर्वसाधरण गर्भवती महिलाको गर्भ अपरेशन गराउनुपरेमा झापा,मोरङ लैजानुपर्ने अवस्था आएको स ... बाँकी अंश»

नयाँ नमूना शहर फिदिमको काम सुस्त

२०७२ कार्तिक १९ बिहिबार, जितेन्द्र भण्डारी, पाँचथर । देशका दश नयाँ शहरमा परेको पाँचथरको फिदिमलाई नयाँ सहर बनाउने काम सुस्त गतिमा भएको सरोकारवालाहरुले आरोप लगाएका छन् । सरकारले ६ वर्ष अघि नयाँ सहरको प्रस्ताव गरेपछि विस्तृत अध्ययन गरी बर्षेनी बजेट विनियोजन गर्दै आएपनि बल्ल सवारी व्यवस्थापन गर्न वसपार्क र बजारको फोहोर विसर्नजन गर्न ल्याण्डफिल्ड साइड निर्माण भएको बताउँदै काम तीव्र गतिमा हुनु पर्ने बताएका हुन् ।  नयाँ सहर आयोजनाको कार्यालयद्धारा बुधबार आयोजित फिदिम नय ... बाँकी अंश»

सशक्त आन्दोलन गर्ने महिला फोरमको चेतावनी

२०७२ कार्तिक १८ बुधबार, काठमाडौं । संघीय समाजवादी महिला फोरम नेपालले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । महिला फोरमले बुधबार मधेश मिडिया हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिनौंदेखि जारी अनिश्चितकालीन मधेश आन्दोलनलाई बदनाम गरी यसलाई तुहाउने षड्यन्त्र गरेको भन्दै विरोध गरेको छ । महिला फोरमले पत्रकार सम्मेलनमा आगामी आन्दोलनका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । महिला फोरमले बिहीबार काठमाडौंको प्रमुख जिल्ला अधिकारीको कार्यालयमा बिहान ९ बजेदेखि ११ बजेसम्म ध ... बाँकी अंश»

आठ वर्षदेखि जङ्गलमै बास

२०७२ कार्तिक १८ बुधबार, बेलौरी(कञ्चनपुर) । झन्डै आठ वर्षअघि कञ्चनपुरको दोदा नदीले विस्थापित गरेका शङ्करपुरका डेढ सय बढी परिवारको अझैसम्म पनि जङ्गलमै बास छ । दोदा नदीमा २०६५ सालदेखि आउने बाढीले हालसम्म शङ्कपुरका १६३ परिवार पूर्ण विस्थापित परिवारको बास जङ्गलमै रहेको छ । स्थानीयवासीका अनुसार दोदाले २०६५ सालमा शङ्करपुर गाविसको वडा नम्बर ७ नै बगाएको थियो । विस्थापितका हालसम्म पनि पुनःस्थापना नहुँदा जङ्गलमै बस्न बाध्य भएका हुन् ।  सरकारी पक्षबाट कुनै पहल नहुँदा उनीहरु ... बाँकी अंश»

जहाँ केटी माग्न आउँदैनन्

२०७२ कार्तिक १८ बुधबार, जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरको सीमावर्ती गाउँमा केटी माग्न सिक्किमेहरु आउन छाडेका छन् । सिक्किम राज्य भारतमा गाभिनु भन्दा अघि सिक्किमेहरु चिवाभञ्ज्याङ हुँदै जिल्लाको सीमावर्ती गा.वि.स.च्याङथापु,फलैँचा र ओयाम आएर रितपूर्वक केटी मगाएर विवाह गर्ने गर्दथे । भारतसँग गाभिएपछि पनि करिव ३ दशकसम्म पातलो रुपमा वैवाहिक सम्वन्ध स्थापित भएतापनि एक दशक अघि देखि टुटेको छ । लिम्वू र राई समुदायको वाग्लो वस्ती रहेको सीमावर्ती गाउ सँग भाषिक,सांस्कृतिक म ... बाँकी अंश»

तिहार पछि भाडामा बस्नेको आन्दोलन

२०७२ कार्तिक १७ मंगलबार, काठमाडौ । भाडावाला सरोकार समाज, नेपालले विनासकारी भुकम्प र भारतको अघोषित नाकाबन्दीको मारमा परेका भाडामा बस्ने नागरिकहरुको समस्या तत्काल समाधान नगरे तिहारपछि आन्दोलन थाल्ने भएको छ ।  रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गर्दै समाजका अध्यक्ष विष्णुजंग बस्नेतले भुकम्पमा घरभेटीले क्षतिपूर्ति पाएपनि लाखौको संख्यामा भाडामा बस्ने नागरिकले क्षतिपूर्ति नपाएको उल्लेख गर्दै नाकाबन्दीले तेल र ग्यास नपाएको अवस्थामा घरभेटीले समेत कोठम ... बाँकी अंश»

नागरिकको शिर ठाडो राख्ने काम सरकारले गर्छ –प्रधानमन्त्री

२०७२ कार्तिक १७ मंगलबार, काडमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानले प्रमुख संरक्षकका हैसियतमा मंगलबार संस्थाको प्रतीक चिह्न हस्तान्तरण गरेको छ । प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीले प्रतीक चिह्न प्रदान गर्दै संस्थाको समग्र स्थिति र भावी योजनाबारे जानकारी गराएको थियो ।  प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाका अनुसार त्यस अवसरमा प्रधानमन्त्री ओलीले देशको सङ्ग ... बाँकी अंश»

मधेसका पाँच नेताले फाइदा उठाए–सुजाता

२०७२ कार्तिक १७ मंगलबार, विराटनगर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका तीनै जना शीर्षस्थ नेताले पार्टीमा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गरेकी छन् ।  विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टीलाई नयाँ सोच र गतिका साथ अगाडि बढाउनाका लागि आगामी महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिनुपर्नेमा जोड दिईन ।  ‘नेपाली काँग्रेसले प्रधानमन्त्रीमा उम्मेद्वारी दिनुहुँदैन थियो ’ एक प्रश्नको जवाफमा ... बाँकी अंश»

पत्रकारलाई तीन हजार लिटर इन्धन

२०७२ कार्तिक १७ मंगलबार, काठमाडौं । चर्को इन्धन अभाव झेलिरहेको राजधानीमा कार्यरत पत्रकारलाई सरकारले आज तीन हजार लिटर पेट्रोल वितरण गरेको छ । आमसञ्चार क्षेत्रका व्यक्तिका कठिनाइलाई दृष्टिगत गरी वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङ लिमिटेडको कालिमाटीस्थित पम्पबाट उक्त परिमाणको पेट्रोल वितरण गरेको हो ।  ‘सञ्चारकर्मीलाई सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा दुईपाङ्ग्रे सवारीलाई रु ५०० को र चारपाङ्ग्रे सवारी साधनलाई रु एक हजार ५००को पेट्रोल वितरण ग ... बाँकी अंश»

नयाँ