समाज

ग्यास र पेट्रोलियम पदार्थको सङ्कट रहे पनि नुन र खाद्यान्नको पर्याप्त मौज्दात रहेको छ : मन्त्री पुन

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौँ । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको सङ्कट रहेको भए पनि नुन र खाद्यान्नको भने पर्याप्त मौज्दात रहेको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको मौज्दातको अवस्थालाई दृष्टिगत गरी औषधि, पानी, फोहोरमैला बोक्ने सवारी साधन तथा प्रहरी, विद्यालय र स्वास्थ्यसँगसम्बन्धी अत्यावश्यक यातायातका साधनलाई इन्धनम ... बाँकी अंश»

विद्युत् खपत कम गर्न प्राधिकरणको आग्रह

२०७२ मङ्सिर ९ बुधबार, भक्तपुर । इन्धन अभावका कारण विद्युत् खपत अत्यधिक बढेपछि लोड धान्न नसक्दा ठाउँठाउँका ट्रान्सफर्मर जल्न थालेका छन् । विशेषगरी साँझको समयमा उपभोक्ताले बढी विद्युत् खपत गर्दा ट्रान्सफर्मर र कालो तार जल्न थालेको भन्दै प्राधिकरणले आज विद्युत् खपत कम गर्न उपभोक्तालाई आग्रह गरेको हो ।    नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखा अन्तर्गतको क्षेत्रमा चारवटा र ठिमी शाखा अन्तर्गतको क्षेत्रमा दुईवटा ट्रान्सफर्मर जलेका छन् । विद्युत् प्राधिकरण भक्तपु ... बाँकी अंश»

पेट्रोल लुकाउने पम्पमा सिल

२०७२ मङ्सिर ९ बुधबार, चितवन, भरतपुरको हाकिमचोकमा रहेको अष्टभुजा आयल डिष्ट्रिब्यूटर्सले कालोबजारी गर्ने नियतले सर्वसाधारणलाई बाड्नुपर्ने पेट्रोल लुकाएको भन्दै वाणिज्य विभागले बुधबार सिल गरेको छ ।  वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्बासेको नेतृत्वको टोलीले पेट्रोल पम्पमा सिल गरेर पम्प भाडामा सञ्चालन गर्ने खिलकान्त बर्तौलालाई थप अनुसन्धानका लागि भन्दै प्रहरीको जिम्मा लगाएको छ ।  निर्देशक बेल्बासेले पेट्रोल पम्पमा नौ हजार लिटर पे ... बाँकी अंश»

नाकाबन्दीले काभ्रेमा पनि औषधि अभाव

२०७२ मङ्सिर ९ बुधबार, बनेपा । भारतको अघोषित नाकाबन्दीका कारण काभ्रेपलाञ्चोक जिल्लामा पनि औषधिको अभाव हुन थालेको छ । जिल्लाको दुर्गम गाविस महाभारत शृङ्खलापारी र कोसीपारीका विभिन्न गाविसका स्वास्थ्य संस्थामा औषधिको अभावले सेवाग्राही मर्कामा पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  “विभिन्न एन्टिबायोटीक, सिटामोल, डाइजीन, जीवनजललगायत औषधि अभाव भइसकेको छ”–जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका अधिकृत नारायण केसीले भने ।  उनले झण्डै दुई सातादेखि जि ... बाँकी अंश»

छिन–छिनमै पराकम्पन

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प पछि पराकम्पन आउने क्रम अझै रोकिएको छैन । मध्यराति १२ बजेर ४२ मिनेटमा सिन्धुपाल्चोकको बरम्ची नजिकै केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।    मंगलबार मात्रै चार रेक्टर स्केल माथिका २ पराकम्पन आएका छन् । साँझ पाँच बजे नुवाकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्पन आएकामा फेरि ६ बजेर ९ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पर ... बाँकी अंश»

विद्युतीय तारबार नगर्दा, जङ्गली जनावरले हिउँदेबाली सखाप पारे

२०७२ मङ्सिर ८ मंगलबार, कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जङ्गली जनावरले नवलपरासी प्रसौनीका किसानले लगाएको बालीनाली नष्ट गरेको छ । हिउँदको समयमा लगाएका बाली एकसिङ्गे गैंडा र बँदेलले नष्ट गरेपछि किसान हैरान भएका छन् । मध्यवर्ती उपभोक्ता समितिले विद्युतीय तारबार नगर्दा जङ्गली जनावर गाउँ पसेका हुन् । गोसाइकुन्ड मध्यवर्ती उपभोक्ता समितिभित्रको क्षेत्रमा गैंडाको बाक्लो उपस्थिति रहेको छ । यस क्षेत्रमा ३२ एकसिङ्गे गैंडा रहेका छन् ।    मध्यवर्ती क्षेत्र ... बाँकी अंश»

हवाई इन्धनसहितको ट्याङ्कर नियन्त्रणमा

२०७२ मङ्सिर ८ मंगलबार, चितवन । वडा प्रहरी कार्यालय नारायणगढले कालोबजारी गरी ल्याइएको हवाई इन्धनसहितको ट्यांकर गए राति नियन्त्रणमा लिएको छ ।  नेपालगन्जबाट आएको ना २ ख ४३६५ नंको ट्यांकरसहित प्रहरीले चार जनालाई नारायणगढको बेलचोकबाट पक्राउ गरेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार नेपाल आयल निगमसँग कुनै स्वीकृति नलिई नेपालगन्ज नाकाबाट बाटोका विभिन्न स्थानमा आआफ्नै ढङ्गले बिक्री ... बाँकी अंश»

मोर्चा र मानव अधिकार आयोग बीच छलफल

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र मधेसी मोर्चाका नेताहरु बीच अहिलेको समसामयिक विषयमा आयोगमा छलफल भएको छ । छलफलका क्रममा मोर्चाका नेताहरुले तराईका विभिन्न जिल्लाहरुमा भइरहेको आन्दोलनमा प्रहरीले सर्वसाधरणको घर–घरमा पुगेर कुटपिट गर्ने, म्याद नाघेका अश्रु ग्यास प्रहार गर्ने र छाती तथा टाउँकोमा गोली हानेका कारण आन्दोलनकारीको मृत्यु र घाइते भएको आयोगका पदाधिकारीलाई जानकारी गराउँदै जबरजस्ती बल प्रयोग गर्ने कार्य तत्काल रोक्न स ... बाँकी अंश»

ग्यासको अभावमा दाउराको प्रयोग वढ्दो

२०७२ मङ्सिर ८ मंगलबार, जितेन्द्र भण्डारी, पाँचथर । ग्यासको अभाव हुँदा सदरमुकाम फिदिममा दाउराको प्रयोग बढेको छ । दिनहुँ फिदिममा ५० भारी भन्दा बढि दाउरा आहालगैरी हुँदै फिदिम बजारमा भित्रिने गरेको छ । एलपी ग्याँसको अभावले दाउराको प्रयोग बढेको हो । दाउरा होटलमा धेरै खपत हुने गरेको छ । खपत बढ्दा दाउराको मूल्य पनि ह्वात्तै बढेको छ । ग्याँसको अभाव नहुँदा प्रति भारी १ सय ६० रुपैयाँ देखि ३ सय रुपैयाँ सम्ममा किनबेच हुने गरेकोमा अहिले तीन सय देखि पाँच सय रुपैयाँसम्ममा दाउराको भार ... बाँकी अंश»

नेपाल टेलिभिजन महाप्रबन्धक हुमागाई पुर्नवहाली, कर्मचारीको आन्दोलन निभ्यो

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । कर्मचारीको कडा विरोधबीच नेपाल टेलिभिजनको महाप्रबन्धकमा लक्ष्मण हुमागाईंको पुर्नवहाली भएको छ । टेलिभिजनमा विज्ञापन प्रसारणबापत नक्कली बैंक ग्यारेन्टी प्रकरणमा मुछिएपछि कारबाहीमा परेका हुमागाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा २०७१ फागुन १४ देखि हाजिर गरिरहेकामा कानुनी निकायबाट सफाइ पाएका छन् । वर्तमा संचारमन्त्री शेरधन राईको पहलमा हुमागाई पुनःबहाली भएको भन्दै एक दिन अघि मात्रै टेलिभिजनमा कार्यरत कर्मचारीहरुले तालाबन्दी ग ... बाँकी अंश»

घरको छतमा बसेका निर्दोष मारिएकामा कांग्रेसको आपत्ति

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । सुरक्षाकर्मीले चलाएको गोली लागी घरको छतमा बसिरहेका सप्तरी राजविराजस्थित नेताचोकका दिलीपकुमार साहको निधन भएकामा नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।  पार्टीका क्रियाशील सदस्य ४२ वर्षीय साह सुरक्षाकर्मीले चलाएको गोली लागी घाइते भएकामा उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदा बाटामै निधन भएको थियो । काँग्रेसले घटनाको भत्र्सना गर्दै निहत्था र निर्दोष व्यक्तिको हत्या हुनु दुःखद भएको बताएको छ ।    कांग ... बाँकी अंश»

काँग्रेसका मधेसी सांसदद्वारा सप्तरी घटनाको छानविन माग

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । नेपाली काँग्रेसमा तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सप्तरीलगायतका स्थानमा भएको घटनाको छानविन गन माग गरेको छ । सात जना सभासदहरुले विज्ञप्ति जारी गर्दै  विगत सय दिन भन्दा बढीदेखि तराई–मधेस–थरुहटमा अधिकार र प्रतिनिधित्वको सुनिश्चितताको लागि चल्दै आईरहेको शान्तिपूर्ण आन्दोलनलाई सार्थक संवादबाट टुंग्याउनुको सट्टा आतंककारी व्यवहार गर्दै राज्यको निर्देशनमा स्थानीय प्रशासनद्वारा गरिएको बर्बर दर्मनको भत्र्सना गरेका छन ... बाँकी अंश»

‘संविधानप्रति नकारात्मक प्रचार गरिएको छ, त्यो गलत छ’

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट जारी नेपालको संविधानले कसैलाई पनि  भेदभाव नगरेको बताएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपालको आठौँ महाधिवेशन, २१औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै उनले भने, “संविधानले कसैलाई पनि भेदभाव गरेकै छैन ।” केहीले संविधान मधेस विरोधी भनेर हल्ला फैलाएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “संविधानप्रति नकारात्मक प्रचार गरिएको छ, त्यो गलत छ, यो संविधानले सबैको स ... बाँकी अंश»

आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोग्य वस्तुको मूल्य अत्यधिक वृद्धि

२०७२ मङ्सिर ७ सोमबार, धनगढी । नाकाबन्दीपछि आपूर्ति व्यवस्था सहज हुन नसक्दा यहाँ दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक वृद्धि भएको छ । मूल्य वृद्धिबाट विपन्न र मजदुरवर्ग सबै भन्दा बढी मारमा परेका छन् । नाकाबन्दीसँगै चामल, दाललगायतका खाद्यानको आपूर्ति हुन नसक्दा मूल्य वृद्धि भएको व्यापारीले बताएका छन् । सबै भन्दा चर्को मूल्य वृद्धि खाने तेल र दालमा भएको छ । आधा लिटर सनफ्लावरको तेलको मूल्य रु ६५ बाट रु १२० तथा तोरीको तेल आधा लिटर रु ७० बाट रु ११० पुगेको छ ।    यस्तै प्रति ... बाँकी अंश»

पाँच दशकमा पनि ज्ञानराजले पाएनन् नागरिकता

२०७२ मङ्सिर ७ सोमबार, भीमदत्तनगर । झलारी पिपलाडी नगरपालिका–१ बन्साहका २८ वर्षीय ज्ञानराज गुप्ता स्नातकोत्तर तहको अध्ययन सक्दैछन् ।  बुवा रामस्वरुप गुप्ताले गाउँमा करिब ३० वर्षसम्म धान खरिदको व्यापार सम्हालेर बसेको सम्झिँदै ज्ञानराज भन्छन्, “नागरिकता नभएकै कारण सिङ्गो परिवारमा उतारचढाव आइरहन्छ । केही काम गरौँ वा विदेश जाऔँ भने पनि नागरिकता नहुँदा प्रयास गर्नै सकिरहेको छैन ।”  उनले भने – “बुबाले त अब नागरिकता पाउने आश नै मारिसक्नुभयो ।” ज्ञानराजका बुबा ... बाँकी अंश»

प्रहरी र मोर्चाका कार्यकर्ता झडप

२०७२ मङ्सिर ७ सोमबार, लहान। प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताका बीच आज इलाका प्रहरी कार्यालय लहान अगाडि झडप भएको छ । प्रहरी कार्यालयअगाडि मोर्चाका कार्यकर्ताले बालेको टायरलाई प्रहरीले निभाउन खोज्दा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन सात राउन्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले जानकारी दिनुभयो । ... बाँकी अंश»

छाडा राँगाको आक्रमणबाट दस घाइते

२०७२ मङ्सिर ७ सोमबार, बर्दिवास । महोत्तरीको भङ्गाहा–३ र ४ मा पर्ने रामनगर बस्तीमा छाडा राँगाले आक्रमणगर्दा १० जना घाइते भएका छन् ।  बाहिरी गाउँबाट भैँसी पछ्याउँदै आएकोे राँगाले स्थानीय बासिन्दालाई हानेर घाइते बनाउने गरेको पीडितले जानकारी दिएका छन् । उक्त राँगो कुन गाउँबाट आएको हो भन्ने खुल्न सकेको छैन ।  छाडा राँगाको आक्रमणबाट अहिलेसम्म दुई किशोरसहित आठजना महिला घाइते भएका छन् । घाइते भएका सबैको गाउँकै स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।  आइतबार साँझ राँ ... बाँकी अंश»

आठ दिने पदयात्रासहित भुकम्प पीडितलाई सहयोग

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौ । दुई सय ५० यूवाहरुले सामूहिक पदयात्रासहित सिन्धुपाल्चोक जिल्लाका भुकम्प पीडितहरुलाई सहयोग गरेका छन ।  लिभ टु लभ ईन्टरनेशन र डुक्पा नेपालको संयूक्त आयोजनामा १५० बौद्ध भिक्षुसहितको पदयात्रामा भुटान, भियतनाम, जर्मन, भारत र नेपालसहित आधादर्जन मुलुकका नागरिक र सहयोगीहरुको सहभागिता रहेको सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।  सिन्धुपाल्चोकको विकट गाँउसम्म पुगेका पदयात्रीहरुले १ हजार बढी मृतकको आत् ... बाँकी अंश»

प्रधानमन्त्रीलाई सुझाव दिँदै एमालेका मधेसी सांसद

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौँ । प्रस्तावित दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले) का सांसदहरुले मधेसका समस्या समाधान गर्न बुँदागत रुपमा प्रधानमन्त्रीलाई सुझाव दिने तयारी गरिरहेका छन् ।  मधेसको आन्दोलनले जनजीवनलाई दुष्प्रभाव पार्दै गएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गर्न दुई नम्बर मधेस प्रदेशबाट निर्वाचित तथा समानुपातिक एमाले सांसदहरुबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई लिखित सुझाव दिने तयारी भएको नेकपा (एमाले)का पोलिटब्यूरो सदस ... बाँकी अंश»

राजविराज भू–संरक्षण कार्यालयमा आगजनी

२०७२ मङ्सिर ७ सोमबार, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्याकर्ताले राजविराजमा रहेको भू–संरक्षण कार्यालयमा आज आगजनी गरिदिएका छन् ।  दस÷बीस जनाको समूहमा गएका मोर्चाका कार्यकर्ताले भू–संरक्षण कार्यालयमा आगजनी गरिदिएका कार्यालयले जनाएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात, टेबुल, कुर्सी, झ्याल, ढोका र फर्निचर जलेर नष्ट भएको बताइएको छ ।  मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गमा रोकिइ राखेका गाडिलाई प्रहरीले सुरक्षा घेरा दिई गन्तव् ... बाँकी अंश»

नयाँ