समाज

अध्यक्षमा निर्विरोध भएका झाले भने 'नेपाल सदभावना पार्टीलाई मधेशकै ठूलो बनाउछौं '

२०७२ चैत ३० मंगलबार, जनकपुरधाम। नेपाल सदभावना पार्टीको अध्यक्षमा निर्विरोध रुपमा अनिल झा निर्वाचित भएका छन्। जनकपुरधाममा भएको पार्टीको छैठौ महाधिवेशनबाट झा अध्यक्षमा निर्वाचित भएका हुन् ।   निर्वाचित भएपछि अध्यक्ष झाले आफुले नेपाल सदभावना पार्टीलाई मधेशको सबभन्दा ठूलो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे।    आफूलाई निर्विरोध बनाउने कार्यकर्ताहरुलाई धन्यवाद दिदै झाले नेपालको राजनीतिमा पार्टीलाई नयाँ उचाईमा पुर्र्‍याउने विश्वास दिलाए। पार्टी २६औं ... बाँकी अंश»

प्लाटिष्कको झोलामा रहेको अज्ञात वस्तु पड्किदा एक घाइते

२०७२ चैत २९ सोमबार, विराटनगर । मोरङको बुद्धनगर ५ मा रहेको एक माछा पोखरीमा विस्फोट भएको छ । विस्फोटमा परी एक किशोर घाइते भएका छन् । मध्यान्न पोखरीमा प्लास्टीमा रहेको चिज चलाउँदा एक्कासी विष्फोट भएपछि  १७ वर्षीय रुपेश मण्डल घाइते भएको मोरङका प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठले बताए ।    मण्डलको बाँया हातको बुढी औलामा चोट लागेकाले उपचार भइरहेको छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठले प्लास्टीकको पोकामा के थियो भन्ने अनुसन्धान भइरहेको बताए । प्रहरीका अनुसार झोला ... बाँकी अंश»

क्षेत्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत जोशीलाई गृहनगरमा सम्मान

२०७२ चैत २९ सोमबार, धनगढी। नेपाल सरकारबाट प्रदान गरिने क्षेत्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत कैलालीका कलाकार राजकुमार जोशीलाई गृहनगर धनगढीमा सम्मान गरिएको छ।    चलचित्र पत्रकार संघ सुदूरपश्चिम क्षेत्रिय समितिले धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै कलाकार जोशीँलाई सम्मान गरिएको हो। उनलाई नेपाल पत्रकार महासंघ कैलाली साखाका अध्यक्ष भरत साहले खादा ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरे।    सो अवसरमा बोल्दै सम्मानित कलाकार जोशीले कलाकारीता क्षेत्रमा लागे ... बाँकी अंश»

पुर्वाञ्चलकै पुरानो मदनमेलाको तयारी अन्तिम चरणमा

२०७२ चैत २९ सोमबार, चैत। तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्ने पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदनमेला यस वर्ष पनि बैशाख १ गतेबाट सुरु हुँदैछ। मेला आयोजक समितिले मेलाको तयारी तिव्र रुपमा गरिरहेको जनाएको छ।    खेलकुद, सांस्कृतिक र साहित्यिक कार्यक्रमहरु सहित सन्चालन हुने मेलाकालागि अन्तिम तयारी भइरहेको मेला समितिका सचिव अनिरुद्र तिम्सीनाले बताए। बैशाख १ गते नयाँ वर्षको आगमनसँगै सुरु भएर एक सातासम्म सन्चालन हुने मेलाको रोटेपिङ, चर्चित हाँस्य कल ... बाँकी अंश»

फोटो पत्रकार अधिकारी कुटपीटको विरोधमा प्रेस युनियन सडकमा उत्रियो

२०७२ चैत २९ सोमबार, काठमाडौं । नेपाल प्रेस युनियनले अनलाइनखबरमा कार्यरत फोटो पत्रकार कविन अधिकारीमाथि आइतबार बिहान ११ बजे नेपाल सरकारको केन्द्रीय प्रशासनिक निकाय सिंहदरवाबार भित्रै प्रहरीले गरेको दुर्व्यवहार र कुटपीटको घटनाको विरोध गरेको छ । युनियनले घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याई पीडित पत्रकार अधिकारीलाई उपचारको उचित व्यवस्था मिलाउन माग समेत गरेको छ ।    सामान्य प्रशासन मन्त्रालयमा भएको निजामती कर्मचारीहरुको विरोध प्रदर्शनको समाचार संकल ... बाँकी अंश»

खरिपाटीमा प्रधानमन्त्री : सैनिक अधिकृत क्याडेटलाई आयुक्त प्रदान

२०७२ चैत २९ सोमबार, भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आज आयोजित कार्यक्रममा सिसं ५४ अधिकृत क्याडेट तालिमका १० महिलासहित १०७ अधिकृत क्याडेट र सिसं ४४ पदिक हुद्दा अधिकृत क्याडेट तालिमका एक महिलासहित २६ जनालाई आयुक्त पद प्रदान गर्नुभएको छ ।    सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ता एवम् भौगोलिक अखण्डताको रक्षार्थ नेपाली सेनाले संविधानको अधीनमा रहेर सरकारको मातहत र निर्देशनमा काम गर्दै आएको ... बाँकी अंश»

राप्रपा अध्यक्ष चन्द अस्पताल भर्ना

२०७२ चैत २९ सोमबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द हर्निया एवं प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि आज बल्खुस्थित वयोधा अस्पतालमा भर्ना भएका छन् । राप्रपा नेपाल लगायतका पार्टीसंग पार्टी एकताको बहस भइरहेकै बेला चन्द विरामी परेका हुन् ।    पार्टीले पूर्वप्रधानमन्त्री चन्दको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पार्टी प्रवक्ता ठाकुरप्रसाद शर्माले विज्ञप्ती मार्फत जनाएका छन् ।  ... बाँकी अंश»

संचारमन्त्रीलाई आन्दोलनको डर, भने–‘मोर्चाको मागबारे सरकार गम्भीर भइसक्यो’

२०७२ चैत २९ सोमबार, विराटनगर । सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री शेरधन राईले उच्च स्तरीय राजनीतिक समितिलाई केहि दिन भित्रै पूर्णता दिएर सिमाकंनको विषय टुंगो लगाउने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै मन्त्री राईले उच्च स्तरीय समितिको प्रतिवेदनका आधारमा सिमाकंनको विषय टुंगो लाग्ने  भएकाले बन्द हडताल नर्गन मधेशी मोर्चालाइ आग्रह गरे ।    मधेशको समस्या वार्ता र छलफलबाटै समाधान खोज्न सरकार गम्भीर भएर लागेकाले सहमतीका लागी म ... बाँकी अंश»

बस दुर्घटना हुँदा एकको मृत्यु, ५५ घाइते

२०७२ चैत २९ सोमबार, गौशाला । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । मृत्यु हुनेमा थर, वतन नखुलेको तर हातमा दीपेन्द्र एन्ड बाचिया ट्याटु लेखिएको, गोरो वर्णको अन्दाजी २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।     धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरका लागि आएको ना२ख८७५२ नम्बरको वीरेन्द्र बस सेवा लेखिएको बस आज बिहान ९ः३० बजे जलेश् ... बाँकी अंश»

आफ्नै पुर्वपत्नि करणी गरी धम्की दिने पक्राउ

२०७२ चैत २९ सोमबार, पोखरा। पूर्वपत्नीलाई जबरजस्ती करणी गर्ने म्याग्दी जिल्लाको पाखापानी–२ बस्ने वर्ष ३३ को टङ्क पाइजालाई प्रहरीले आज पोखरा ४ बाट पक्राउ गरेको छ ।    निजले पोखरा उपमहानगरपालिका–४ मा बस्दै आएकी आफ्नी पूर्वपत्नीलाई फेला पारी हिजो साँझ जबरजस्ती आफ्नो मोटरसाइकलमा राखी पोखराकै नदीपुरमा लगी यातना दिएर जबरजस्ती करणी गरेका थिए ।    घटनापछि राति पीडितलाई दीपको केआई सिंह पुलमा लगी फाली मारिदिन्छु भनी फिर्के पुल पुर्‍याएको जिल्ला प्रहरी कार्या ... बाँकी अंश»

शेखरले भने, ‘वर्तमान सरकार आफै ढल्छ’

२०७२ चैत २८ आइतबार, इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले न्यायलयमाथि हस्तक्षेप गरी सत्ता कब्जातिर उन्मुख भएकाले वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् । कोइरालाले आफैलाई गरेको सम्मान कार्यक्रममा बोल्दै यसो बताएका हुन् ।    नेता कोइरालाले विशेषगरी धर्म निरपेक्षताको विषयमा काँग्रेसकै केही नेताले बेलाबखत टीकाटिप्पणी गर्ने गरेको उल्लेख गरे । उनले भने, ‘सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशीता काँग्रेसकै नेतृ ... बाँकी अंश»

लोकतान्त्रिक पद्धतिबाट हिँड्न आवश्यक छ: पूर्वराष्ट्रपति यादव

२०७२ चैत २८ आइतबार, काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सरकार संयमित तथा आन्दोलनरत मधेसी मोर्चा लोकतान्त्रिक पद्धतिबाट प्रस्तुत हुन आवश्यक रहेको बताएका छन् । नेपाली सेनाका पूर्वप्रधानसेनापति छत्रमान गुरुङको आत्मकथामा आधारित कृति ‘जनताको छोरो’ पुस्तकको आइतबार  लोकार्पण गर्दै यादवले भने, “लोकतन्त्रको बाटो र विधिबाट हिँडेर संसद्बाटै समस्याको समाधान खोज्न आन्दोलनरत दलहरुलाई म आह्वान गर्दछु ।”    आफ्नो घर ... बाँकी अंश»

अश्लील फिल्मका शौकीनले लुटे १२ वर्षिया बालिकाको अस्मिता

२०७२ चैत २८ आइतबार, रोल्पा। केही समयदेखि मोबाइलमा अश्लील फिल्म राखेर हेर्दै आएका एक १६ वर्षे युवकले रोल्पामा १२ वर्षिया बालिकालाई बलात्कार गरेका छन्। घटना २०७२ साल फागुन ११ गतेको हो। जंगलमा सोत्तर सोर्न गएकी बालीका एक युवकबाट जवर्जस्ती बलात्कृत भएकी हुन्।    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ती बालिकाका बाबुले दोश्रो विवाह गरेर सम्पर्क विहिन भएपछि आमा पनि दोश्रो बिबाह गरेर हिडिन्। बाबु-आमा दुबैको मायाबाट बञ्चित भएकी ती बालिका फुपुको साहारामा बस्दै आएकी ... बाँकी अंश»

नयाँ शक्तिको पनि प्राध्यापक मञ्च

२०७२ चैत २८ आइतबार, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियाननिकट प्राध्यापकहरुले प्राध्यापक मञ्च नेपाल घोषणा गरेका छन् । आइबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मञ्च घोषणा भएको जानकारी गराइयो । मञ्चका तर्फबाट अध्यक्ष प्राध्यापक सूर्य बहादुृर थापाले नवनिर्मित मञ्चलाई सबैको साझा  मञ्चको रुपमा विकास गर्ने बताए ।   उनले भने,‘नेपालका सबै विश्वविद्यालयहरु राजनीतिक भागबण्डाको कारण दिन दिनै आरोलो लागिरहेका छन्, अब हामी गुणस्तरीय उच्च शिक्षा दिलाउन ... बाँकी अंश»

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल

२०७२ चैत २८ आइतबार, काठमाडौँ । नेकपा(एमाले) केन्द्रीय कमिटीको छैटौँ बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आज बिहानदेखि समूहगत छलफल भइरहेको छ । पार्टीका पदाधिकारी सहितका कुल १८४ केन्द्रीय सदस्यले दश समूहमा विभाजित भई आज दिनभर पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा छलफल गर्ने र टोली नेताहरुले सोमबार आआफ्नो समूहको धारणा र सुझाव प्रस्तुत गर्ने केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकार ... बाँकी अंश»

अनलाइन पत्रकार अधिकारी माथि प्रहरीद्वारा सिंहदरवारभित्रै कुटपिट

२०७२ चैत २८ आइतबार, काठमाडौ । समाचार संकलनका लागि गएका फोटो पत्रकार कविन अधिकारीमाथि सिंहदरबारभित्रै प्रहरीबाट भएको आक्रमणको फोटो पत्रकार क्लबले घोर निन्दा र भत्र्सना गरेको छ । उनी निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनको प्रक्रियाविरुद्ध आन्दोलनरत कर्मचारीहरुको समाचार संकलनका लागी सामान्य प्रसाशन मन्त्रालयमा खटिएका थिए । क्लबका सदस्य तथा अनलाइनखबरका फोटो पत्रकार अधिकारीलाई फोटो खिचेको आरोपमा उनीमाथी लाठी र बुट बर्साउदै क्यामेरासमेत खोसेर फ ... बाँकी अंश»

भक्तपुरकाे बिस्केट जात्रा : रथमा च्यापिएर घाइते भएका एकको मृत्यु

२०७२ चैत २८ आइतबार, भक्तपुर । नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा शनिबार रातिदेखि सुरु भएको बिस्केट जात्रामा रथमा च्यापिएर घाइते भएका एक जनाको उपचारका क्रममा राति मृत्यु भएको छ । भक्तपुर नगरपालिकाका ४५ वर्षीय लक्ष्मीप्रसाद त्यातको वीर अस्पताल ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो ।    त्यसैगरी मध्यरातिसम्म तौमढी(पाँचतले मन्दिर)बाट तल्लो र माथिल्लो भेगका बासिन्दाबीच ढुङ्गा हानाहान भएको थ ... बाँकी अंश»

संविधानलाई कार्यान्वयन गर्न नदिने राजनीतिक समूहको सक्रियता बढ्यो : गृहमन्त्री

२०७२ चैत २८ आइतबार, इटहरी  । पूर्वाञ्चल क्षेत्रको सुरक्षा रणनीति तयार पार्न गृह मन्त्रालयले सुनसरी जिल्लाको धरानमा दुईदिने सुरक्षा बैठक सुरु गरेको छ । पूर्वी नेपालका १६ वटै जिल्ला प्रशासन प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको बैठकले पछिल्लो अवस्थामा देखिएको सुरक्षा चुनौती र त्यसको समाधानका उपायका विषयमा विस्तृत छलफल गरेर सुरक्षा रणनीति तयार पार्ने छ ।    बैठकमा गृहमन्त्री शक्तिबहादुर ... बाँकी अंश»

रोल्पाको सरसफाइमा जुटेका यि हातहरु

२०७२ चैत २८ आइतबार, रोल्पा। जिल्लामा सरसफाइको लहर तीब्र गतिमा अगाडि बढिरहेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाले गत शनिबारदेखि सुरु गरेको साप्ताहिक कार्यक्रम अनुसार शनिबार पनि जिल्लाका बिभिन्न ठाउँहरुमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। जस अन्तर्गत सदरमुकाममा भने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले टुडिखेलमा कुचोले फोहोर बढारेर कार्यक्रमको शुरुवात गरे।   सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, राष्ट सेवक कर्मचारीहरु, राजनीतिक दल, सामुदायिक सेवा समिति ... बाँकी अंश»

बाराको प्रस्तावित अन्तराष्ट्रिय विमानस्थलमा आगलागी

२०७२ चैत २७ शनिबार, बारा। बारा जिल्लामा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थलको जंगल क्षेत्रमा आगलागी भएको छ। जंगल क्षेत्रमा फैलिएको आगोले त्यस क्षेत्र नजिकैको गाउँहरु जोखिममा परेका छन्।    स्थानिय पेमासिद्धी लामाले दिएको जानकारी अनुसार आगलागीले घनाजंगलको आसपासका वासिन्दाले त्रास व्यहोर्नु परेको छ। आगोको राप गाउँसम्म आइपुगेको छ भने हावाले आगोको खरानी र आगोका झिल्काहरु गाउँसम्म ल्याइ पुर्‍याउँदा स्थानियहरु रातभर सुत्न सकेका छैनन। स्वाश फेर्न समेत गाह्रो ... बाँकी अंश»

नयाँ