समाज

जिल्ला प्रशासन कार्यालय पाँचथरमा अख्तियारको छापा

२०७२ पौष १४ मंगलबार, जितेन्द्र भण्डारी, पाँचथर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय धनकुटाले जिल्ला प्रशासन कार्यालय पाँचथरमा आज दिउँसो छापा मारेको छ । केहि दिन अघि राहादानी सिफारिसका लागि पाँचथर रानीटारका अन्जित दर्जी बाट प्रशासनका कर्मचारी सुरेन्द्र दाहालले १० हजार रुपैया लिएर ५ हजार रुपैयाको रसिद दिएपछि अख्तियारले कार्यालयमा छापा मारेको हो ।  कार्यालयले एक वर्षको कार्यालयको सवै कागजतहरु हेरिरहको र आवश्यक कागजतहरु लगेको प्रमुख जिल्ला अ ... बाँकी अंश»

धर्मरक्षाका लागि बेलायतबाट २० लाखको सहयोग

२०७२ पौष १४ मंगलबार, नवलपरासी । नवलपरासीको गैँडाकोटमा अवस्थित प्रसिद्ध धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्र मौलाकालिका मन्दिरलाई बेलायतबाट एक व्यवसायीले लाखौँको सहयोग गरेका छन् । मन्दिरमा धर्मकर्मका लागि आउने श्रद्धालु भक्तजनहरुको उचित व्यवस्थापन तथा मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि बेलायतमा व्यवसाय गर्ने सफल युवा व्यवसायी रविजंग लामिछानेले २० लाख ५० हजार बराबरको सहयोग गरेका हुन् ।    मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुलाई खाद्यान्नको उचित व्यव ... बाँकी अंश»

भुकम्प पिडितलाई बचाउन छाडेर प्रधानमन्त्री ओली आफ्नौ सरकार बचाउन तिर मात्र लागेः उपसभापति पौडेल

२०७२ पौष १४ मंगलबार, शैलेस मिश्र, अर्घखाँची। नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली भुकम्प पिडितलाई बचाउन छाडेर मन्त्रालय फुटाउदै आफ्नै सरकार बचाउन तिर मात्र लागेको आरोप लगाउनु भएको छ। भुकम्प पिडितहरुले सरकारको राहत नपाएर चिसोका कारण पिडितहरुको ज्यान नै जान थालिसक्दा पनि प्रधानमन्त्री संविधानमा भएको व्यवस्थालाई उल्लघंन गर्दै मन्त्रालय र मन्त्रीपद थप्नमा मात्र केन्द्रित भएको आरोप पौडेलको रहेको थियो।   कस्तो बन्यो संविधान ? ... बाँकी अंश»

एकै पटक ३८ ट्याङ्कर इन्धन आयो

२०७२ पौष १४ मंगलबार, कैलाली । एक सातादेखि इन्धन आयात बन्द भएको धनगढीस्थित गौरीफन्टा नाकाबाट मंगलबार एकै दिन ३८ ट्याङ्कर तेल आएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीलाई तेल दिने भारत आयल कर्पोरेशनको बनथरा डिपोले स्टक नभएको भन्दै ७ दिन तेल दिएको थिएन । कैलालीमा इन्धन सहज हुँदै गएका बेला एक साता लामो अवरोधले तेलको हाहाकार भएको छ । गौरीफन्टा नाकाबाट मंगलबार ३८ ट्याङ्कर तेल भित्रिएको निगमका क्षेत्रीय प्रमुख शरद पौडेलले बताए । तेल बुधबारबाट वितरण हुनेछ ।    २० ... बाँकी अंश»

दशगजामा गएर समस्या समाधान नहुने : सिटौला

२०७२ पौष १४ मंगलबार,  मणि प्रसाद गैहे्र ,कपिलवस्तु । नेपाली कांग्रेसका महामन्त्री एवं गृह मन्त्रि कृष्ण प्रसाद सिटौलाले मधेशी मोर्चाले नेपाल भारत सिमा १० गजामा गएर आन्दोलन गरेर समस्याको समाधान नहुने वताएका छन । जनतालाई शास्ती दिने र खरवौं राजस्व संकलन गर्न नदिएर इतिहासमै नराम्रो काम भएको उनले स्पष्ट पारे । कपिलवस्तुको जितपुरमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ता संगको भेटघाटमा उनले यस्तो कुरा वताएका हुन ।  २००७ सालको आन्दोलन , २०४६ सालको आन्दोलन र ६२, ६३को आन्दोल ... बाँकी अंश»

जानकी मन्दिर क्षेत्र तनावग्रस्त

२०७२ पौष १४ मंगलबार, जनकपुरधाम । प्रहरी र प्रदर्शनकारीबीच झडपका कारण जानकी मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शकारीले जानकी प्रहरी चौकीलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गरिरहेका छन् । प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बमले चौकी नजिकै रहेको गोलघरमा आगो लागेकामा प्रहरीको सक्रियतामा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    तीन दिनदेखि सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ । प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार प्रदर्शनकार ... बाँकी अंश»

ठगी गर्दै हिँड्ने तीन जना पक्राउ

२०७२ पौष १४ मंगलबार, पथरी (मोरङ)। पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा–२ का कुमार विश्वकर्मा र सिजुवा–२ का मिलन सुनवारलाई गए राति इटहरा–६ स्थित उलुघुटुस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।  उनीहरुको साथबाट रु ५० हजार र नक्कली सुनका दुईवटा गहना नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायब निरीक्षक शङ्कर खड्काले ... बाँकी अंश»

सशस्त्र द्वन्द्वमा ध्वस्त भएकामध्ये पाँच प्रहरी भवन निर्माण

२०७२ पौष १४ मंगलबार, दाङ । सशस्त्र द्वन्द्वको समयमा दाङमा ध्वस्त पारिएका २९ वटा प्रहरी भवनमध्ये हालसम्म पाँच वटा भवन मात्र निर्माण भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका अनुसार निर्माण गरिएका प्रहरी भवनमा इलाका प्रहरी कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय पञ्चकुले, इलाका प्रहरी कार्यालय गढवा, इलाका प्रहरी चौकी हेकुली र वडा प्रहरी कार्यालय घोराही रहेका छन् ।    शान्ति तथा पुननिर्माण मन्त्रालय र शान्ति कोषको सहयोगमा ती भवन निर्माण गरिएका हुन् ।   सशस्त्र ... बाँकी अंश»

काँग्रेसको चार लाख ७० हजार ६५५ क्रियाशील सदस्यता सभापतिलाई बुझाइयो

२०७२ पौष १३ सोमबार, भीष्मराज ओझा, काठमाडौँ। नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित ‘केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति’ ले आज त्यसको प्रतिवेदन सभापति सुशील कोइरालालाई बुझाएको छ ।    उक्त समितिको प्रतिवेदनका सम्बन्धमा यही पुस १ गतेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी तीन दिनभित्र प्रतिवेदन सभापतिलाई बुझाउनु पर्ने निर्णय गरेको थियो । साथै सभापतिले सो प्रतिवेदन तेह्रौँ महाधिवेश ... बाँकी अंश»

नेपाली सेनाको आधुनिकीकरणमा जोड

२०७२ पौष १३ सोमबार, काठमाडौ । जङ्गी अड्डामा सोमबार भएको पिएस्ओज रथीवृन्द तथा पृतनापति सम्मिलित ‘पृतनापति समन्वयात्मक बैठक–२०७२’ सम्पन्न भएको छ ।    उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीमबहादुर रावलले राष्ट्र र जनताको सर्वोत्तम हित र सुरक्षाका लागि उत्पन्न हुन सक्ने परिस्थितिको आकलन गरी जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्ने गरी नेपाली सेनालाई आधुनिकीकरण गर्दै साधन र स्रोत सम्पन्न बनाई तयारी हालतमा रहन निर्देशन दिएका हुन् ।   प्रधानसेनापति राजेन् ... बाँकी अंश»

४० लाख गैरनेपालीलाई बाँडिएको नागरिकता फिर्ता गर्नुपर्ने – सहायकमन्त्री श्रेष्ठ

२०७२ पौष १३ सोमबार, भक्तपुर । भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री दिनेश श्रेष्ठले विगतमा ४० लाख गैरनेपालीलाई बाँडिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने बताएका छन् ।   सोमबार सूर्यविनायक नगरपालिकाले आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ नगरस्तरीय प्रचार अभियानमा क्रममा यस्तो कुरा बताएका हुन् ।    मधेसमा जारी आन्दोलन नेपाली नागरिकता लिने गैरनेपालीले उठाएको जिकिर गर्दै भने “पहिला ४० लाख गैरनेपालीलाई नेपाली नाग ... बाँकी अंश»

भूकम्पपीडित ज्येष्ठ नागरिकलाई सहयोग गर्न आग्रह

२०७२ पौष १३ सोमबार, काठमाडौ। राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ नेपालले भूकम्पपीडित ज्येष्ठ नागरिकको जीवन सहज बनाउन उचित व्यवस्थापनका लागि सम्पूर्ण सरोकारवाला निकायलाई आह्वान गरेको छ ।  महासङ्घका अध्यक्ष डा गौरीशङ्करलाल दासले आज एक विज्ञप्ति जारी गरी गत वैशाख १२ गतेको भूकम्पले क्षति पुगेका आवास हालसम्म पनि निर्माण नहुँदा ज्येष्ठ नागरिकले थप कष्टकर दैनिकी गुजार्नुपरेको जनाउनुभएको छ ।    चिसोका कारणले विभिन्न जिल्लामा ज्येष्ठ नागरिकको मृत्यु हुँदै आएको सम ... बाँकी अंश»

तराई समस्याको समाधान खोज्न आयोगको आग्रह

२०७२ पौष १३ सोमबार, काठमाडौँ । तराईमा जारी आन्दोलनले सर्वसाधारणलाई दैनिक जीवन चलाउन समस्या परेकाले वार्ता र संवादको माध्यमबाट यथाशीघ्र समाधान खोज्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।  लामो समयदेखि तराईमा जारी आन्दोलनले गर्दा मानव अधिकारको उपभोगमा गम्भीर असर परेको छ’–आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।    आयोगले लामो समयदेखि तराई बन्द र भारतले गरेको नाकाबन्दीका कारण जनताको दैनिकीमा समस्या आएको भन्दै समाधानका लागि सरकार र सरोक ... बाँकी अंश»

ठगी मुद्दाका अपराधी गिरफ्तार

२०७२ पौष १३ सोमबार,   मलेखु (धादिङ) । काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा दोषी ठहर गरेको दार्खा गाविस वडा नं ८ का एक युवकलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पक्राउ गरी आज जिल्ला अदालतमा पेस गरेको छ ।    पैंतिस वर्षीय वेगबहादुर तामाङविरुद्ध जिल्ला अदालतले एक वर्ष ११ महिना १२ दिन कैद र रु दुई लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार भएका तामाङ लुकिछिपी बसेका बेला जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सबिन प्रधानले जानकारी दिए ... बाँकी अंश»

पार्टीको निर्णय चित्तबुझदो नभएपछि अनसनमा

२०७२ पौष १३ सोमबार, काठमाडौँ । नेपाली काँग्रेस डोल्पाका सभापति टंङ्कप्रसाद उपाध्याय विगत चारदिनदेखि पार्टी कार्यालय सानेपामा आमरण अनसन बसेका छन् । उनले विधि विधानअनुसार ६२१ जना नयाँ क्रियाशिलसहित केन्द्रमा पठाएपनि केन्द्रले जम्मा १८ जनालाई मात्र सदर गरेर बाँकी ६०३ जनालाई बदर गरेको भनि अनसन बसेका हुन् । पार्टीको जमानत जफत हुने जिल्ला डोल्पामा नयाँ क्रियाशिल बनाउदाँ पार्टीले सदर नगरेपछि उनी निरास भई अनसन थालेका हुन् ।     यसैगरि नेपाली काँग्रेस सोलुखुम्बुमा ... बाँकी अंश»

मधेसको आन्दोलन चाँडो अन्त्य होस् भन्ने चाहनामा छौं–ठाकुर

२०७२ पौष १३ सोमबार, काठमाडौँ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेसको माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिने बताएका छन् । पार्टीको आठौँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी कार्यालयमा झण्डोत्तलन गर्दै उनले आफूहरुले राखेका मागको प्रत्येक बुँदामा छलफल गरी सहमति निकाल्न सके आन्दोलन रोकिने बताए । “तराई–मधेसले राखेको बुँदागत मागको प्रत्येक बुँदामा छलफल गरौँ, जुन बुँदामा सहमति हुन्छ, त्यहीँबाट समाधान खोजौँ”–अध्यक्ष ठाकुरले भने ।&n ... बाँकी अंश»

एम्बुलेन्स दुर्घटनामा ३ को मृत्यु, २ घाईते

२०७२ पौष १३ सोमबार, जितेन्द्र भण्डारी, पाँचथर । मेची राजमार्ग अन्र्तगत इलामको गोदक ४ तिनघरेमा सोमबार विहान ५ वजे भएको एम्बुलेन्स दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी २ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा पाँचथर फिदिमका ६० वर्षिय नरीमाया चौहान, ४२ वर्षिय आनन्द अधिकारी, र २० वर्षिय रेनुका अधिकारी रहेका छन् । झापाको विर्तामोड बाट फिदिम तर्फ आउँदै गरेको मे १ च १७४७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । गम्भिर घाइते हुनेमा चालक सुर ... बाँकी अंश»

भूकम्पपीडितको अवस्था बुझ्न गाउँमा बाबुराम

२०७२ पौष १३ सोमबार, गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको क्षेत्र नं १ मा बसोबास गर्दैै आएका भूकम्पपीडितको अवस्थाबारे जानकारी लिएका छन् । आइतबार बक्राङ, मनकामना, ताक्लुङ, घैरुङ, ताङ्लीचोक, मकैसिङ, फुजेल पुग्नुभएका भट्टराईले सोमबार पनि भूकम्पपीडितको अवस्थाबारे गाउँगाउँ पुगेर जानकारी लिइरहेका छन् । डा भट्टराईले सोमबारै चेपाङ समुदायका साथै घ्याच्चोकका भूकम्पपीडितको अवस्था बुझ्ने कार्यक्रम छ ।  अहिलेको सरकारले भूकम्पपीडितको पीडा बुझ्न नसकेक ... बाँकी अंश»

विराटनगरमा महतो पिटिएपछि महोत्तरीमा विद्यालय बन्द

२०७२ पौष १३ सोमबार, महोत्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि तीन दिनका लागि महोत्तरीका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गराएको छ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरको जोगवनी सीमा नाकामा प्रहरीले बल प्रयोग गरी घाइते बनाएको विरोधमा मोर्चाले सोमबारदेखि पुस १५ गतेसम्मका लागि जिल्लाका हरेक शिक्षण संस्था बन्द गराएको हो ।  विद्यालय सञ्चालनमा रहँदा बालबालिकाको सुरक्षा मुख्य चुनौती रहेकाले सम्पूर्ण शिक्षण संस् ... बाँकी अंश»

चिसोले कठ्याङ्ग्रिएर १३ भूकम्प पिडितको मृत्यू

२०७२ पौष १३ सोमबार, (गोकर्ण भण्डारी) दोलखा । भूकम्प प्रभावित क्षेत्र दोलखाका वृद्धवृद्धाको  चिसोबाट मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । दोलखाका विभिन्न गाविसमा गरी सोमबार बेलुकासम्ममा चिसोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । भूकम्पले तहसनहस भनेको दोलखामा  जस्ताको टहरा र पालमा बस्दै आएका वृद्धवृद्धा चिसोका कारण बिरामी पर्ने र मृत्यु हुनेको संख्या  पछिल्ला दिनमा बढ्दै गएको छ ।    तापक्रम शुन्यमा झरेसंगै दोलखा चङ्खु गाविस–७ की ५५ वर्ष ... बाँकी अंश»

नयाँ