समाज

सरकारको काम कर्तव्यप्रति जनता असन्तुष्ट

२०७२ पौष १२ आइतबार, प्रेम रौले, बाजुरा । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सभासद बद्रीप्रसाद पाण्डेले अहिलेको सरकारको काम कर्तव्यप्रति आफु सन्तुष्ट नभएको बताएका छन् । नेपाली कांग्रेसले अहिलेको सरकारलाइ सहयोगको सकारात्मक सोचको बनाएका थियौ, तर त्यो हुन नसकेको बताएका छन् । उनले सरकारले गरेको अहिलेको गतिविधी सकारात्मक नभएको बताएका छन् ।    नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले गरेको पत्रकार सम्मेलनमा पाण्डेले जिल्लामा शिक्षा एकदमै जटिल समस्या भएकाले यसलाइ ... बाँकी अंश»

मन्त्रिपरिषद् विस्तार कार्य बदर गर्न माग गर्दै सर्वोच्च रिट

२०७२ पौष १२ आइतबार, काठमाडौँ। नेपालको संविधान विपरीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विस्तारको कार्य बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, रोशनकुमार झा र प्रभुचन्द्र झाले आज छुट्टाछुटै रिट निवेदन दायर गर्नुभएको हो ।    नेपालको संविधान–२०७२ को धारा ७६ को उपधारा ९ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्थामा ‘राष्ट्रपतिल ... बाँकी अंश»

जेसिजको मतदान सुरु; अध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता

२०७२ पौष १२ आइतबार, ईश्वरदत्त बडू, महेन्द्रनगर। नेपाल जेसिजको ४२ औं महाधिवेशनमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । बुटबलका जगतबहादुर पोखरेल, पोखराका संगीता शर्मा, टंकी सिनवारीका रिता न्यौपाने, त्रिभुवननगरका निशान्त आचार्यले उम्मेदवारी दिएका छन् ।   जेसिजको कार्यकारी उपाध्यक्षमा ४ पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिमका धनगढी जेसिजबाट पदमबहादुर सिंहले कार्यकारी उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय उपाध्यक्षमा १२ पदका लागि २ ... बाँकी अंश»

केपी ओली आफैले सरकार चलाउन नसकेर छाड्ने पौडेलको दावी

२०७२ पौष १२ आइतबार, श्रीकृष्ण सिग्देल, स्याङ्जा। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा एमालेको नेतृत्वमा रहेको सरकार आफै ढल्ने बताएका छन्। नेपाल प्रेस युनियन स्याङ्जाले आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले मुलुकले धान्नै नसक्ने गरी उपप्रधानमन्त्री र मन्त्री थप्ने कामले सरकार छिटै ढल्ने बताएका हुन्।    मुलुकमा भुकम्पले बनाएको समस्या र मधेशवादीहरुको आन्दोलन तर्फ केन्द्रीत हुनुपर्नेमा जम्वो मन्त्रीमण्डल र मन्त्रालय फोर्ने काममा सरकार ... बाँकी अंश»

दुई वर्षमा एक नम्बरको पार्टी बनाउँछु–अध्यक्ष दाहाल

२०७२ पौष १२ आइतबार, विराटनगर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान विश्वको उत्कृष्ट संविधानमध्ये एक रहेको बताएका छन् । अखिल (क्रान्तिकारी) मोरङको १४औँ जिल्ला सम्मेलनको आइतबार विराटनगरमा उद्घाटन गर्दै उनले मधेसी, थारुलगायत समुदायको जायज माग संविधानमा समावेश गर्न वार्ता जारी रहेको बताए । सङ्घीय संविधान जारी भएपछि मुलुकमा सामन्तवादको अन्त्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सामन्तवादका अवशेषलाई समाप्त पार्न अग्रसर भएर लाग्नुपर्ने ... बाँकी अंश»

बोक्सीको आरोपमा दम्पतीमाथि कुटपिट

२०७२ पौष १२ आइतबार, दाङ । दाङमा एक वृद्ध दम्पति माथि बोक्सीको आरोपमा कुटपिट भएको छ । जिल्लाको रामपुर गाविस वडा नम्बर ८ काँडाखुट्टीका ५८ वर्षीय मनिराम कंवर र उनकी श्रीमती ५० वर्षीया हुमा कंवरलाई उनको भाई बुहारी नाता पर्नेले बोक्सीको आरोपमा कुटपीट गरेका हुन । आफ्नो बुवा ८२ वर्षीया हिराबहादुर कंवर डेढ वर्ष पहिले हराएपछि खोजतलास गर्नुको साटो टुनामुना लगाएर बेपत्ता बनाएको भन्दै आफूहरुलाई भाईका श्रीमतीहरु खिमा कंवर र रेखा कंवरले निरन्तर यातना र कुटपिट गर्दै आएको मनिरा ... बाँकी अंश»

जनकपुरमा झडप, प्रहरीद्वारा १३ सेल अश्रु ग्याँस प्रहार

२०७२ पौष १२ आइतबार, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष तथा मधेसी मोर्चाका नेता राजेन्द्र महतो विराटनगरको रानी भन्सारमा प्रहरीबाट कुटिएको विरोधमा जनकपुरको रामचौंकमा मोर्चाका कार्यकताहरुले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो । झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रु ग्याँस प्रहार गरेको थियो । महतो कुटिएको विरोधमा आइतबार बिहानैदेखि जनकपुरको चोक चोकमा मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।विराटनगरको ... बाँकी अंश»

मन्त्रालय थप भएकोमा लेखा समितिमा आपत्ति

२०७२ पौष १२ आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सरकारले आफुखुशी मन्त्रालय थप गरेकोमा सांसद्हरूले आवाज उठाएका छन् । प्रशासन सुधार आयोगको सुझावअनुसार मन्त्रालयको सङ्ख्या घटाउनुपर्नेमा उल्टै बढाइएकोमा उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । विभाग वा सरकारी निकायका कर्मचारीको दरबन्दी थप गर्न साङ्गठिनक संरचना मूल्याङ्कन (ओएनएम सर्भे) गर्नुपर्ने तर मन्त्रालय थप गर्दा कुनै कानुनी आधार लिनु नपर्ने देखिएको भन्दै उनीहरूल ... बाँकी अंश»

विदेश फर्किने कामदारलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने तयारी

२०७२ पौष १२ आइतबार, काठमाडौं । व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आमगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम स्वीकृति दिने व्यवस्था लागू हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले मङ्सिर २४ गते पारित गरेको ‘तत्काल सुधार कार्ययोजना’ मा छ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाइने उल्लेख छ ।    न्यून लागतमा कामदा ... बाँकी अंश»

‘सरकार छाड्ने हल्ला गलत’–प्रचण्ड

२०७२ पौष १२ आइतबार, विराटनगर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले  सरकार छाड्ने हल्ला गलत रहेको भन्दै उनले बरु सरकारलाई अझ कसरी प्रभावकारी बनाउनेतर्फ पार्टी अग्रसर रहेको स्पष्ट पारेका छन् । अध्यक्ष दाहालले नाकाबन्दी कसरी हटाउने र मधेसी मोर्चासँगको वार्तालाई कसरी परिणाममुखी बनाउनेतर्फ मात्र ध्यान केन्द्रित रहेकाले सरकार ढाल्ने चर्चा सञ्चार क्षेत्रमा मात्र रहेको स्पष्ट पारे ।  मन्त्रिमण्डल विस्तार र मन्त्रालय विभाजनको सम्बन्धमा उनले भने “स ... बाँकी अंश»

सरकारको विकल्प खोज्ने बेला भएको छैनः सिटौला

२०७२ पौष १२ आइतबार, चितवन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकारको विकल्प खोज्ने बेला नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयन र भूकम्प प्रभावितका लागि काम गर्नुपर्ने बेला भएकाले सरकारको विकल्प खोज्नेतर्फ लाग्न नहुने बताए ।  काँग्रेस अहिले सत्ताको खेलमा प्रवेश नगर्ने उल्लेख गर्दै महामन्त्री सिटौलाले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लाग ... बाँकी अंश»

दृष्टिबिहिन पढ्ने विद्यालयमा एक करोडको भवन बन्दै

२०७२ पौष १२ आइतबार, जितेन्द्र भण्डारी, पाँचथर । गोर्खा वेल्फेयरले पाँचथरको सदरमुकाम फिदिम स्थित दृष्टिविहिन अध्ययन गर्ने गढी माविलाई ८ कोठे पक्की भवन निर्माण गरिदिने भएको छ । भवनको आज विहान आयोजित एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरले शिलान्यास गरे । शिलान्यास पछि वोल्दै प्रजिअ घिमिरेले भवन निर्माण गरिदिने गोर्खा वेल्फेयर स्कीमलाई धन्यवाद दिँदै यो योजना सम्पन्न गर्न त्यस समुदायले सहयोग गर्नुपर्ने वताए । कार्यक्रममा वोल्दै जिडब्लुएसका ... बाँकी अंश»

मन्त्री सापकोटाले भने 'सङ्कटका बेला हात्ती महोत्सव आयोजन राम्रो सन्देश'

२०७२ पौष ११ शनिबार, रत्ननगर (चितवन)। ‘समाज संरक्षण र समृद्धि’ भन्ने मूल नाराका साथ चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट १२ औँ चितवन हात्ती महोत्सव सुरु भएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा बाघमारा चौरमा सुरु भएको महोत्सवको वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटाले उद्घाटन गर्दै देश सङ्कटमा परेको बेला महोत्सव आयोजना हुनुले नेपालको राम्रो सन्देश गएको बताउनुभयो ।    उहाँले पर्यटन क्षेत्रले ठूलो क्षति भोगेकाले पर्यटन क्षेत्रको विकासका लागि सरकार ला ... बाँकी अंश»

मधेसीले विदेशीलाई हस्तक्षेप गर्ने मौका दिएको उपप्रधानमन्त्री मैनालीको आरोप

२०७२ पौष ११ शनिबार, बेलौरी (कञ्चनपुर)। उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले मधेसवादी दलहरुले विदेशीलाई हस्तक्षेप गर्ने मौका दिएको बताउनुभएको छ । आज महेन्द्रनगरमा नेकपा (माले) कञ्चनपुरको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै उपप्रधानमन्त्री मैनालीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो –“मधेसवादीहरुको आन्दोलनका कारण विदेशीहरुले नेपालमा हस्तक्षेप गर्ने अवसर मिलेको छ ।” संविधानकै विषयलाई लिएर मुलुकको संविधान च्यात्नु म ... बाँकी अंश»

नाका खुल्ने सकारात्मक सङ्केत देखिएको महराको विश्वास

२०७२ पौष ११ शनिबार, पोखरा । एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव कृष्णबहादुर महराले तीन महिनादेखि जारी नाकाबन्दी खुल्ने सकारात्मक सङ्केत देखिएको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कास्कीको २०औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले पार्टी अध्यक्षको पहलमा नाका खुलाउन सक्रिय प्रयास जारी रहेको बताउनुभयो ।    संविधान सबै राजनीतिक दलको सम्झौताको दस्तावेजसमेत भएको चर्चा गर्दै उहाँले यसमा केही कमीकमजोर ... बाँकी अंश»

मुलुकको समस्या समाधान काँग्रेसले गर्छ : नेता पौडेल

२०७२ पौष ११ शनिबार, श्रीकृष्ण सिग्देल, स्याङ्जा ।नेपाली काँग्रेसको १३ औं महाधिवेसन नजिकिदै गर्दा कार्यकर्ता भेटघाटका लागि देश दौडाहामा रहेका नेपाली काँग्रेसका केन्द्रिय उपसभापति रामचन्द्र पौडेलले मुलुकको समस्या समाधान नेपाली काँग्रेसले नै गर्ने बताएका छन् । नेपाली काँग्रेस स्याङ्जाका तिनओटै क्षेत्रिय कार्यकर्ता भेटघाट कार्याक्रममा नेता पौडेलले नेपालका बामपन्थीहरु समस्यामात्रै उत्पादन गर्ने पाटीहरु भएको आरोप लगाए । बामपन्थी शक्तिहरु समस्या मात्रै उत्पादन ... बाँकी अंश»

माओवादीद्वारा केएफसीका कन्ट्री डाइरेन्टरको गाडीमा आगजनी

२०७२ पौष ११ शनिबार, काठमाडौं । नेकपा माओवादीका कार्यकर्ताले आज बिहान केएफसीका कन्ट्री डाइरेक्टर रोहित कोहलीको गाडीमा आगजनी गरेका छन् । राजधानीको गल्फुटारस्थित कोहलीको निवासमै बा८च ६३६६ नं को गाडीमा माओवादी कार्यकर्ताले आगजनी गरेका हुन् । केएफसीले गत वैशाख १३ गते गएको विनाशकारी भूकम्पलाई कारण बनाई ४५ जना मजदुरलाई निस्काशन गरेको, कम्पनीको मूल्य मानयताविपरीत सञ्चालन गरी मजदुरमाथि शोषण गरेकोलगायतको आरोप लगाइएको छ ।   माओवादीले भ्रष्ट र शोषकमाथि चलाउँदै आएको का ... बाँकी अंश»

जाडोले निदाउन पनि दिएन

२०७२ पौष ११ शनिबार, मलेखु (धादिङ) । उत्तरी धादिङको तिप्लिङ गाविसको जनजीवन पुस महिना सुरु भएसँगै बढेको अत्यधिक चिसोेका कारण प्रभावित भएको छ ।  तिप्लिङ – ८ र ९ वडामा बाक्लो तुसारो परेका कारण जनजीवन कष्टपूर्ण बनेको गाउँका बिजय तामाङले बताए । तुसारोको कारण भेंडा चराउनका लागि समेत समस्या भएको छ । चिसो मौसममा गाउँ नजिकैको खर्कमा राखिएको भेंडालाई चरन क्षेत्रमा लैजान समेत समस्या भएको छ । चिसोको कारण घरपालुवा जनवारलाई समेत दानापानी दिन कठिन भएको देउमाया तामाङले गुनासो ग ... बाँकी अंश»

भारतमा बन्दी बनाइएका नेपालीलाई रिहाइ गर्न माग

२०७२ पौष ११ शनिबार, काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता,मानवअधिकारकर्मी र अधिवक्ताले संयुक्त रूपमा भारतको हरियाणा राज्यमा बन्दी बनाइएका २४ नेपाली नागरिकलाई तत्काल निःसर्त रिहाइको माग गरेका छन् । सत् साहित्य सेवा समाजले शनिवार यहाँ आयोजना गरेको अन्तरक्रियामा उनीहरूले करिब एक वर्षअघि त्यहाँस्थित सत्लोक आश्रममा आयोजित सत्संगका क्रममा हरियाणाका प्रहरीले अन्यायपूर्ण र अमानवीय रूपमा धरपकड गरी नेपालीलाई कारागारमा बन्दी बनाएको भन्दै जतिसक्दो चाँडो रिहाइ गर्न आग् ... बाँकी अंश»

सरकारले तीन मुलुकमा राजदुतावास भवन बनाउने

२०७२ पौष ११ शनिबार, काठमाडौं । मुलुकको परराष्ट्र नीति प्रभावकारी ढङ्गले सञ्चालन गर्न सरकारले पाकिस्तानको इस्लामावाद, श्रीलङ्काको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजनाअनुसार आगामी दुई वर्षभित्र ती मुलुकमा राजदूतावास भवन निर्माण हुनेछन् । त्यसैगरी थाइल्यान्डको बैंकक, स्विट्जरल्यान्डको जेनेभा, फ्रान्सको पेरिस वा बेल्जियमको ... बाँकी अंश»

नयाँ