समाज

नेविसङ्घको एघारौँ महाधिवेशन असार अन्तिम साता

२०७३ जेठ १५ शनिबार, काठमाडौँ। लामो समयदेखि रोकिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन असार अन्तिम साता गर्ने प्रस्ताव गरिएको छ ।    जेठ २५ गते नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने सङ्घको केन्द्रीय समिति बैठकमा असार अन्तिम साता काठमाडौँ, पोखरा, नेपालगञ्ज वा चितवनमध्ये एक स्थानमा महाधिवेशन गर्ने प्रस्ताव अध्यक्ष रञ्जित कर्णले राख्ने तयारी गरेको नेविसङ्घले जनाएको छ ।    सङ्घका प्रवक्ता युपी लामिछानेले राससलाई बताएअनुसार संविधानसभाब ... बाँकी अंश»

अर्थमन्त्रीले कृष्ण प्रसाद भट्टराई र गिरीजा प्रसाद कोईरालालाई सम्झेनन्

२०७३ जेठ १५ शनिबार, काठमाडौं। संसदमा आर्थिक वर्ष २०७३/७४ को  बजेट पेश गर्ने क्रममा आर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सम्बोधन गर्ने क्रममा नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज ब्यक्तिहरु सम्झने क्रममा नेपाली काँग्रेसका नेताहरु स्व. कृष्ण प्रसाद भट्टराई र स्व. गिरिजा प्रसाद कोईरालाको नाम सम्बोधन गरेनन्।   उनले सम्बोधन गर्ने क्रममा स्व. पुष्पलाला श्रेष्ठ, स्व. बिशेश्वर प्रसाद कोईराला, स्व. मदन भण्डारी, स्व. गणेशमान सिंह श्रेष्ठ र स्व. मनमोहन अधिकारी लगायत सबै प् ... बाँकी अंश»

काठमाडौं उपत्यकामा भूकम्पको झट्का

२०७३ जेठ १५ शनिबार, काठमाडौं। काठमाडौं उत्यकामा भूकम्पको झट्का महशुस गरिएको छ। करिब तीन बजेर २५ मिनेटमा भूकम्पको झट्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्ला रहेको जनाईएको छ भने  ४.६ म्याग्नेच्युडको धक्का रहेको छ।  ... बाँकी अंश»

नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्रीको बधाई

२०७३ जेठ १५ शनिबार, बेइजिङ। नेपालको गणतन्त्र दिवसका अवसरमा चीनले नेपाललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । शनिबार परेको नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत नेपाली जनतालाई शनिबार बधाई ज्ञापन गरेका हुन् ।    चिनियाँ प्रधानमन्त्री खछ्याङले दिएको बधाई सन्देशमा चीन र नेपालले सधैं समान एवम् पारस्पारिक सहयोगी सम्बन्ध कायम गर्दै आएको बताएका छन् ।    खछ्याङले चीन र नेपाल छिमेकी राष्ट्र ... बाँकी अंश»

विमलकी बहिनी मनीषाको हत्यामा संलग्न आरोपी चौधरीको पोलीग्राफ हुने

२०७३ जेठ १५ शनिबार, नवलपरासी। फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘आशिष’लाई प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।    शुक्रबार जिल्ला अदालतबाट सँत दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए  ।    प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको शव परीक्षण प्रतिवेदन आइतबार आउँदै छ । प ... बाँकी अंश»

सरकारी कर्मचारीको तलब पाँच सय !

२०७३ जेठ १५ शनिबार, कञ्चनपुर । सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो ।    कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब थाप्दै आएका छन् । हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत रु ५०० पाउने गरेका हुन्  ।    जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रु आठ हजार नबढ्ने गरी घटाघटीमा आवेदन मागेको थ ... बाँकी अंश»

द्धन्द्धकालिन अपराधीलाई उन्मुक्ति नदिन तीन पार्टीको एक मत

२०७३ जेठ १५ शनिबार, काठमाडौं । द्वन्द्वकालमा भएका जघन्य अपराधका दोषीलाई उन्मुक्ति दिनु हँुदैन भन्नेमा प्रमुख तीन दलका शीर्ष नेताको एक मत खिएको छ ।    एम्नेष्टी इन्टरनेसनल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताले समान धारणा राख्नुभएको हो ।    कार्यक्रममा काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जघन्य अपराधका दोषीलाई नेपालले कानुन बनाएरै क्षमा दि ... बाँकी अंश»

देउवाले गिरिजालाई सम्झिए–‘उहाँकै नेतृत्वमा नेपालमा गणतन्त्र स्थापना भएकाे हाे’

२०७३ जेठ १४ शुक्रबार, काठमाडौं । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नवौं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सुभकामना सन्देश जारी गरेका छन् । शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले २०६२–०६३ काे ऐतिहासिक जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् ।    देउवाले शन्देशमा भनेका छन्,–‘नेपाली जनताको अभूतपूर्व त्याग रवलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२–०६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला ... बाँकी अंश»

नयाँ संविधान : नवौँ गणतन्त्र दिवस

२०७३ जेठ १४ शुक्रबार, काठमाडौँ  । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा शनिबार गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२-६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ ।    राष्ट्रपति गणतन ... बाँकी अंश»

तरुण दल अर्घाखाँचीको अधिवेशन २१ र २२ गते सन्धिखर्कमा

२०७३ जेठ १४ शुक्रबार, अर्घाखाँची । अर्घाखाँची तरुण दलको अधिवेशन  यही जेठ २१ र २२ गते सन्धिखर्कमा हुने भएको छ । वीपी स्मृती भवन सन्धिखर्कमा शुक्रबार बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । तरुण दलको जिल्ला अधिवेशनका लागि सन्धिखर्क नगरपालिका तथा सबै गाविसमा अधिवेशन सम्पन्न भइसकेको तरुण दलका जिल्ला उपाध्यक्ष तारा घिमिरेले बताए ।    कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनालले तरुण दल बलियो भएका नेपाली कांग्रेस नै बलियो हुने भएकाले २४ सै ... बाँकी अंश»

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

२०७३ जेठ १४ शुक्रबार, डोटी । ट्रयाक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । डोटीको चवारा चौताराबाट दिपायल तर्फ आउदै गरेको से १ त ६६४५ नम्बरको ट्रयाक्टर तिखात्तर गाविस ६ सेलपाखा भन्ने ठाउँमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । ट्रयाक्टर दुर्घटनामा परी कैलाली जोशीपुर गाविस–९ का ४० वर्षीय चालक चन्नु राम डगौरा (चौधरी)को मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।    शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । कच्चि सडकमा ट्रयाक्टरको ब्रेकफे ... बाँकी अंश»

प्रेस युनियन पर्साको अधिवेशन; कुर्मीको अध्यक्षतामा नयाँ कार्यसमिति

२०७३ जेठ १४ शुक्रबार, पर्सा। नेपाल प्रेस युनियन पर्सा शाखाका केन्द्रिय पार्षद र साधारण सदस्यहरुको भेलाले रामनारायण कुर्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ। भेलाले जिल्ला कार्यसमितिको उपाध्यक्षमा विजय चौहान, सचिवमा उदयदास थारु, सहसचिवमा निलिमा पौडेल, कोषाध्यक्षमा राम कुशवाहा र सदस्यहरुमा दिपक ठाकुर, मनोज साह, हेमन्त तामाङ्ग, प्रकाश तिवारी, रामप्रवेश चौधरी, श्याम कुशवाहा, सिमा श्रीवास्तव, मनिषा श्रेष्ठ, विमला गुप्ता, ईरफान अलिलाई ... बाँकी अंश»

मोटरसाइकल ठक्करबाट झापामा दुईको मृत्यु

२०७३ जेठ १४ शुक्रबार, सुरुङ्गा (झापा)। झापाको विर्तामोड–भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।   मृत्यु हुनेमा बाहुनडाँगी– २ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। विर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेको मे४प ८६८२ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको र उनको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक ... बाँकी अंश»

पाँचसय ८२ ट्याक्सी कारबाहीमा

२०७३ जेठ १४ शुक्रबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा एक महिनामा ५ सय ८२ ट्याक्सी कारबाहीमा परेका छन्।   महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्क अनुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४ सय ६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन्।   महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौँ क्षेत्रमा धेरै ट्याक्सी प्रयोग हुने गरेकामा धेरै ट्याक्सी मिटरमा जान नमान्ने गरेको बताए। ... बाँकी अंश»

सांसदद्वारा ल्यापटप र प्रिन्टर प्रदान

२०७३ जेठ १४ शुक्रबार, सुरुङ्गा (झापा)। सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गरेका छन्।   नेपाल प्रेस युनियनको रजत महोत्सव तथा वार्षिक साधारणसभाको अवसर पारेर सांसद शिवाकोटीले बिहीबार उक्त सामग्री प्रदान गरे। बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित राजत महोत्सवमा सांसद शिवाकोटीले प्रदान गरेको ल्यापटप र कलर प्रिन्टर नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा र नेपाल पत्रकार महासङ्घका संस्थापक म ... बाँकी अंश»

यातायात व्यवसायी र सरकारबीच आज पुनः वार्ता हुँदै

२०७३ जेठ १४ शुक्रबार, काठमाडौं । बिहीबार निष्कर्षबिहीन बनेको यातायात व्यवसायी र सरकारबीच आज फेरि वार्ता बस्ने भएको छ । बिहीबार दुई पटकसम्म बसेको वार्ताले आन्दोलनका क्रममा पक्राउ परेका यातायात मजदूर तथा व्यवसायीहरूलाई निःशर्त रिहाई गर्ने सहमति भएर सबैजना छुटिपनि सकेको र बाँकी कुरा गर्न ढिला भएपछि शुक्रबार बस्नेगरी वार्ता टुङ्गिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।    आफूहरूले ट्राफिक प्रहरीले पाउने कमिसन लगायतका ... बाँकी अंश»

सडकको लम्बाइ अठाइस हजार किमी

२०७३ जेठ १३ बिहिबार, काठमाडौँ । चालु आवको फागुनसम्म कालोपत्रे सडक ११ हजार ८९०, खण्डास्मित छ हजार ४१९ र कच्ची सडक नौ हजार ६८१ किमी गरी हाल सडकको लम्बाइ २७ हजार ९९० किमी पुगेको छ ।      यसैगरी चालु आवको फागुन मसान्तसम्म २७० किमी माटे सडक, १३२ किमी खण्डास्मित र ९२ किमी कालोपत्र सडक स्तरोन्नति भएको आव २०७२÷२०७३ को आर्थिक सर्भेक्षणमा उल्लेख छ । आव २०७२÷२०७३ को चैत मसान्तसम्म २३ पक्की पुल बनेको छ ।    अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्र ... बाँकी अंश»

सबै माओवादी एक ठाउँमा नहुँदा शहीदका सपना पूरा भएनन् : रामबहादुर थापा

२०७३ जेठ १३ बिहिबार, पोखरा । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले सहिदको सपना तथा देश र जनताका आकांक्षा पूरा गर्न सबै विभाजित माओवादी एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।     कृष्ण सेन इच्छुकको १४औँ स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले सुरु गरेको २५ हजार राशिको थमन–महेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोमा घिमिरेलाई वितरण गर्दै थापाले माओवादी धेरै टुक्रामा विभाजित हुँदा शहीदका सपना पूरा गर्न नसकिएको धारणा राखे ।    विभाजित ... बाँकी अंश»

बङ्करबाट ब्यारेक योजनाका २०९ भौतिक पूर्वाधार निर्माण

२०७३ जेठ १३ बिहिबार, काठमाडौँ । सरकारले नेपाली सेनाको जिम्मेवारी र भूमिकालाई बदलिँदो परिप्रेक्ष्यमा अझ सक्षम र व्यवसायी बनाउन कार्यरत जनशक्तिको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।    सरकारले व्यवस्थापिका–संसद्मा आज पेस गरेको आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षणमा रक्षा मन्त्रालयको जिम्मेवारी र कार्य वृद्धि भएको हुँदा थप दरबन्दी पदपूर्ति गर्ने, मन्त्रालय र सेनाबीचको कार्यसम्पादनमा सरलता, पारदर्शीता र छिटो छरितोपन ल्याएर कार्यप्रणालीमा सुधार ... बाँकी अंश»

रामेछापमा टाटा सुमो दुर्घटना : ६ काे मृत्यु

२०७३ जेठ १३ बिहिबार, रामेछाप ।  रामेछापमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रामेछाप डाँडाबाट हिमगंगाको चिलाउनेखर्क जाँदै गरेको ना. १ ज. ४१६१ नम्बरको वीपी यातायात सेवा समितिको टाटासुमो रामेछाप नगरपालिका–१ ओख्रेनीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि,  घटनास्थल पुगेकाे प्रहरीले ६ जनाको मृत्यु भएको जानकारी दिएको हाे । मृतकको सनाखत हुँन बाँकी छ ।    जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटना भएको मात्रै खबर आएको छ । स्थानीयक ... बाँकी अंश»

नयाँ