समाज

बालुवाटारमा एमाले स्थायी समिति बैठक बस्दै

२०७२ पौष ७ मंगलबार, काठमाडौं । सत्ताधारी एमालेले सरकारको काम कारबाही र वर्तमान राजनीतिक गत्यावरोधबारे छलफल गर्दैछ । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एमाले स्थायी समिति बैठकमा सरकारको काम कारबाहीबारे भइरहेको चर्को आलोचनाबारे समेत समिक्षा हुने पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकमा सरकारले गरेको पछिल्लो तीन बुँदे निर्णयमा मधेसी मोर्चाले राखेको असन्तुष्टी सम्बन्धमा समेत छलफल हुने बुझिएको छ ।     ... बाँकी अंश»

७२ वर्षीया चरिमाईको क्रन्दनःम मरेपछि दुई नातिनी कसले पालिदिन्छ’

२०७२ पौष ७ मंगलबार, गोकर्णप्रसाद भण्डारी, दोलखा । दोलखाको लादुक गाबिस बडा नम्बर ६ घर भएकी चरिमाई तामाङ उमेरले ७२ बर्ष भईन् । उनको जिन्दगी बेदना नै बेदनाको स्वरले भरिएका छन् ।  भुकम्प पीडित चरिमाईले वैशाख २९ गतेको भुकम्पमा आफ्ना श्रीमान त गुमाईन् नै श्रीमान्सँगै आफ्नो सम्पुर्ण जायजेथा पनि गुमाउनु प¥यो । अब उनको घरमा २ जना नातिनी र आफुबाहेक कोही र केहि छैन ।  चरिमाईसँग आफ्नी छोरीका २ बर्षिय सजिना तामाङ र ३ बर्षिय लालमाई तामाङ छन् । यी नै नाबालिकाहरुको पालनपोषण र भबि ... बाँकी अंश»

महिलालाई विभेद गर्नेलाई भोट नदिन आब्हान

२०७२ पौष ७ मंगलबार, काठमाडौ । महिला अधिकारबादीहरुले महिलामाथि कुनै पनि रुपमा विभेद गर्ने राजनीतिक दल र तिनका नेताहरुलाई भोट नहाल्न सम्पूर्ण महिलाहरुलाई आब्हान गरेका छन ।  मानवअधिकारको लागि महिला, एकल महिला समूहले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई रामजानकी मन्दीर दर्शनको क्रममा विद्युवा, अलच्छिनी लगायतका असभ्य भाषाले गरेको अपमान सम्पूर्ण नेपाली ५१ प्रतिसत महिलाको भएको भन्दै त्यस्तो आब्हान गरेको हो ।  का ... बाँकी अंश»

[समय सन्दर्भ] : सितलहर र भारतको कृषि क्रान्ति ?

२०७२ पौष ७ मंगलबार, चन्द्र धामी, काठमाडौं । डिसेम्बर अन्तिम तथा जनवरीको सुरुवातमा हुनु पर्ने चिसो पछिल्ला वर्ष केही छिटो हुने गरेको छ । अझै साविकको चिसो भइसकेको छैन । सितलहर सुरु भइसकेको छैन । कुहिरो लाग्ने समस्याले वायु चिसिएको मात्रै हो । मौसमविद् वरुण पौडेलले हाम्राकुरासंग भने,‘तत्काल वर्षाको सम्भावना छैन, पश्चिम उच्च हिमाली भेकमा हिमपात हुन सक्छ ।’ पौडेलले अहिले काठमाडौं उपत्यकाको वायुको तापक्रम अधिकतम १६ र १७ डिग्री सेल्सियस र न्यूनतम २ डिग्री सेल्सियसबीच ... बाँकी अंश»

समस्याको दलदलमा लुम्बिनी विकास कोष, सरकार मौन

२०७२ पौष ७ मंगलबार, दीपक घिमिरे, लुम्बिनी । लुम्बिनी विकास कोषमा राजनीतिक नियुक्तिबाट आएका तीनजना पदाधिकारीको कामप्रतिको उदासीनता र त्यहाँ कार्यरत ज्यालादारी कर्मचारीको आन्दोलनका कारण पवित्र भूमि लुम्बिनी अस्तव्यस्त बनेको छ ।  विगत चार महिनादेखिको तराई मधेस आन्दोलन र कर्मचारीको वृत्ति विकासको मागप्रति पदाधिकारी मौन बस्दा बुद्ध जन्मस्थल लुम्बिनी अस्तव्यस्त बनेको हो ।  स्थानीय प्रशासनले मधेसी मोर्चाले लगाएको ताला तोडेर लुम्बिनीमा काम गर्ने वातावरण मिलाइ ... बाँकी अंश»

असमान सन्धिका विषयमा भारतसँग बसेर परिमार्जन गर्न सकिन्छः नेता पोखरेल

२०७२ पौष ७ मंगलबार, इटहरी । नेकपा (एमाले)का महासचिव पोखरेलले १९५० का सन्धि वा अरु कुनै असमान सन्धिका विषयमा भारतसँग बसेर औचित्यका आधारमा क्रमशः परिवर्तन वा परिमार्जन गर्न सकिने बताएका छन् । प्रेस चौरी नेपालले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । पोखरेलले सार्वभौम नेपालका जनताबाट निर्वाचित संविधानसभाले आफ्ना लागि संविधान लेख्ने कुरा छिमेकी भारत, चीन वा जापान अमेरिकालगायत अरु मुलुकलाई सोधेर लेख्नुपर्ने कुनै दरकार थिएन र छैन भने । उनले छिम ... बाँकी अंश»

नक्कली एमआरपी बनाउने पराजुली पक्राउ

२०७२ पौष ७ मंगलबार, काठमाडौं । झुटो विवरण राखेर नक्कली एमआरपी बनाउन सक्रिय व्यक्ति रत्नप्रसाद पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । राम र रमेश नामले चिनिने उनलाई प्रहरीले सिनामंगलबाट पक्राउ गरी हाल अदालतबाट राहदानी ऐन अन्तर्गतको मुद्धामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । गत साउन ४ गते  उतम गुरूङले अमेरिका जानको लागी झुट्टा विवरण भएको एमआरपी राहदानी अमेरिकी राजदुताबासमा पेश गरेका थिए । यो कुरा थाहा पाएको प्रहरीले उनलाई पक्राउ गरेपछि गुरुङले आफ ... बाँकी अंश»

‘सरकारमा कुटनीतिक दक्षता देखिएन’

२०७२ पौष ७ मंगलबार, शरद रेग्मी, दाङ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदय समशेर राणाले देशको समस्या समाधानका लागि दलहरु एक हुनुपर्ने वताएका छन् । रिपोर्टर्स क्लव दाङले मगलबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले अहिले राजनीतिमा खेलेर वा झगडा गरेर मात्रै नहुने तर्क गरे । सांसद समेत रहेका राणाले चार महिना देखि भारतले लगाउँदै आएको नाकाबन्दी खोल्न अप्रत्यक्ष रुपमा कुटनिनिक पहल आवश्यकता रहेको चर्चा गरे । राणाले भने ‘सरकार नाकावन्द ... बाँकी अंश»

भूकम्पपीडित सैनिकलाई चार करोड

२०७२ पौष ७ मंगलबार, दमौली, ७ पुस । तनहुँको व्यास नगरपालिका–८ स्थित रामवाण गुल्मले पहिलो चरणअन्तर्गत भूकम्पबाट पीडित भएका बहालवाला र भूपू सैनिकका लागि रु तीन करोड ९६ लाख ७५ हजार राहत रकम वितरण गरेको छ ।    तनहँु जिल्लाभित्रका पूर्ण र आंशिक रुपमा घर क्षति भएका एक हजार ३३६ जना सैनिकलाई उक्त राहत रकम वितरण गरिएको हो ।    सैनिक कल्याणकारी योजना निर्देशनालय सैनिक जङ्गीअड्डाबाट उपलब्ध भएको उक्त राहत रकम ती सैनिकलाई वितरण गरिएको गुल्मपति दुर्गाबहादुर थापाले बताउ ... बाँकी अंश»

पूर्वाञ्चलमा धमाधम औषधि आउन थाल्यो

२०७२ पौष ७ मंगलबार,   पथरी (मोरङ), ७ पुस । पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा धमाधम औषधि आउन थालेको छ ।    स्वास्थ्य सेवा विभागले हवाई जहाजमार्फत औषधि आयात गरेपछि पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा धमाधम औषधि आउन थालेको पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरका प्रमुख भरत साहले जानकारी दिनुभयो ।    भारतको नाकाबन्दी र मधेसी मोर्चाको बन्दका कारण औषधि ढुवानीमा समस्या हुँदा पूर्वाञ्चलमा औषधिको अभाव भएको थियो । पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरका प् ... बाँकी अंश»

सरकारी वार्ता टोली र मोर्चा नेताबीच आकस्मिक छलफल

२०७२ पौष ६ सोमबार, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा संयोजकत्वको सरकारी वार्ता टोली र आन्दोलनरत मधेसी मोर्चाबीच आकस्मिक छलफल भएको छ । सरकारी वार्ता टोली संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग मोर्चाको टोलीले अनौपचारिक छलफल गरेको हो । परराष्ट्र मन्त्रालयमा अबको वार्ता कसरी निर्णायक बनाउने भन्नेबारे दुवै पक्षबीच अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ । मोर्चा कार्यकर्ताले आन्दोलन सशक्त पार्ने भन्दै हिंसात्मक बाटो रोजेका बेला मोर्चा ने ... बाँकी अंश»

जनकपुर घटनाका दोषीलाई कारबाही नभए आन्दोलनको आँधी बेहरी आउने

२०७२ पौष ६ सोमबार, काठमाडौं । विभिन्न राजनीतिक पार्टी निकट महिला संघ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर भ्रमणका क्रममा भएको दुब्र्यवहार, अपमान र आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।  नेपाल महिला संघ, अनेमसंघ, अनेमसंघ (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (नेपाल), राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, अखिल नेपाल प्रगतिशिल महिला संघ, नेपाल महिला फेडेरेशन र अखिल नेपाल महिला संघ संलग्न रहेको सं ... बाँकी अंश»

होचा पुड्का संघमा कुर्सी विवाद

२०७२ पौष ६ सोमबार, काठमाडौं । नेपाल होचा पुड्का संघमा नेतृत्वको विषयमा लिएर विवाद भएको छ । नेतृत्व हस्तान्तरण गर्ने संस्थापक अध्यक्ष लोकनाथ ढकाल र बर्तमान अध्यक्ष ज्याक गुरुङबीच नयाँ नेतृत्वको विषयलाई लिएर विवाद भएको हो । आफूखुसी आफ्नो अध्यक्षता गुरुङ्गलाई हस्तान्तरण गरेका ढकालले सस्थाको आर्थिकसहितका कारोबारका कागजात नदिएका कारण संस्था नविकरण गर्न नसकिएको बताए पछि ढकालले आफ्नो नेतृत्व फिर्ता दिन माग गरेका थिए । त्यसपछि संघमा विवाद भएको हो ।    सोमबार राजध ... बाँकी अंश»

सवारी दुर्घटनामा दुईको मृत्यु, ३ घाइते

२०७२ पौष ६ सोमबार, काठमाडौं । कैलालीको अत्तरियाबाट डडेल्धुरा गइरहेको ना.३ च.४७३५ नम्बरको जिप साउखर्कनजिक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन्  । घाइते दुई जनालाई उपचारका लागि उपक्षेत्रीय अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक बिपिन कर्माचार्यले बताए । घाइते एक जनाको अवस्था सामान्य छ । सडकमा तुषारो जमेका कारण चिप्लिएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।    गुल्मीमा एकको मृत्यु जिपको ठक्करबाट गुल्मीको दिगाममा एक जनाको मृत्यु ... बाँकी अंश»

साम्प्रदायिक दंगा फैलिन नदिन सरकार सचेत छ : प्रधानमन्त्री ओली

२०७२ पौष ६ सोमबार, विराटनगर  । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति कायम राख्न र साम्प्रदायिक दंगा भड्किन नदिन सरकार सचेत रहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग प्रधानमन्त्री ओलीले सरकार वार्ताबाटै समस्या समाधान गर्न तयार रहेको प्रष्ट्याए ।    प्रधानमन्त्री ओलीले नेपाली जनताको भावनाअनुसार संविधान जारी भएको बताउँदै मुलुकको स्थायित्व र संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे । प्रधानमन्त्री ओलील ... बाँकी अंश»

अशान्त रौतहटमा विद्यार्थीको भाटे जुलुस, प्रहरी चौकीमा आक्रमण र आगजनीपछी अनिश्चितकालिन कर्फ्यू

२०७२ पौष ६ सोमबार, गौर । शनिबार देखि अशान्त रौतहटको सदमुकाम र ग्रामीण भेगमा प्रर्दशन बढ्दै गएको छ । सोमबार पनि विहानै देखि विरोध प्रदर्शन भएको छ । सदरमुकाम गौरमा आइतबार झडपमा प्रहरीको गोली लागेर एक विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी समेत सडकमा ओर्लिएका छन् ।    ओक्रोशित मोर्चा कार्यकर्ताले बिहानै ग्रामीण भेगका ३ प्रहरी चौकीमा तोडफोड र आगजनी गरेका छन् । सदरमुकाम गौरमा समेत बिहानैदेखी चोक–चोकमा टायर बालेर प्रदर्शन भएपछि १० बजेसम्मका लागि हटाइएको कर्फ्यू ... बाँकी अंश»

राष्ट्रपति दुव्र्यवहारको घटनाबारे छानविन समिति गठन

२०७२ पौष ६ सोमबार, काठमाडौं । गृह मन्त्रालयले जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुर्व्यवहार भएको घटना छानविन गर्न मन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ ।  समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्तबहादुर पाल र सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल छन् । मन्त्रालयले समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समयसिमा तोकेको छ । रा ... बाँकी अंश»

जानकी मन्दिर तोडफोड गर्नेलाई सार्वजनिक मुद्धा

२०७२ पौष ६ सोमबार, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आगमनलाई लिएर जानकी मन्दिरमा गरिएको तोडफोड र ढुङ्गामुढा घटनामा संग्लन रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका तीनै जनामाथि प्रहरीले सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा सीताशरण मण्डल, राहुलकुमार राउत र रितेशकुमार मण्डल रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रामदत्त जोशीले घटनामा संग्लनको पहिचान भइसकेको र उनीहरुको खोजी कार ... बाँकी अंश»

पेट्रोल छर्किएर जिउँदै आगो लगाउने एक पक्राउ

२०७२ पौष ६ सोमबार, पथरी (मोरङ) । मोरङको भाथिगछ– ७ का २८ वर्षीय बब्लु राजवंशीमाथि पेट्रोल छर्किएर जिउँदै आगो लगाउने घटनामा संलग्न एकजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार भाथिगछ– २ का ४९ वर्षीय शिवु मलाहालाई पक्राउ गरिएको हो ।  जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार लुकेर बसेको सूचनाका आधारमा प्रहरीको विशेष टोलीले मोरङको कटहरीबाट मलाहलाई पक्राउ गरेको हो । अरोपित शिवुलाई ज्यान मार्ने उद्योगमा मुद्दा ... बाँकी अंश»

पाँच वर्षसम्म पनि सीमास्तम्भ मर्मत भएन

२०७२ पौष ६ सोमबार, इलाम । भारतसँगको सिमाना छुट्याउन इलाम र पाँचथरमा रहेका सीमास्तम्भहरू मर्मतसम्भार र पुनःनिर्माण गर्ने भनिएको पाँच वर्ष बितिसक्दा पनि अझै सो कार्य सुरु हुन सकेको छैन ।  इलामको पशुपतिनगरमा रहेको सीमा प्रशासन कार्यालयले पाँचथरको सिदिनदेखि इलामको जिर्मलेसम्मका सीमास्तम्भको २०६७ सालमै स्थलगत निरीक्षण गरी हराएका, भत्किएका र टुटफुट भएका सीमास्तम्भको विवरण गृहमन्त्रालयलगायत माथिल्लो निकायमा बुझाए पनि अझैसम्म पुनःनिर्माण भएको छैन ।  सीमा प्रश ... बाँकी अंश»

नयाँ