समाज

धार्मिक, क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्छः नेत्रविक्रम चन्द

२०७३ जेठ ७ शुक्रबार, काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सहिद तथा बेपत्ता परिवार र द्वन्द्वकालका घाइते र अपाङ्गता भएकाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभएको छ । बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा पार्टीद्वारा यहाँ आज आयोजित जनसभालाई सम्बोधन गर्दै सहिद परिवारको सपना पूरा गर्नाको सट्टा सरकारले जनयुद्धका घटनालाई ब्युँताएर सहमति तोड्ने काम गरेको आरोप लगाउनुभयो ।      धार्मिक विवादसँगै क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्ने उ ... बाँकी अंश»

नयाँ शक्तिको घोषणासभा दशरथ रङ्गशालामा

२०७३ जेठ ७ शुक्रबार, काठमाडौँ । नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा हुने भएको छ । पार्टीले केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ ३० गते पार्टीको स्थापना घोषणासभा दशरथ रङ्गशालामा एवम् ३१ र ३२ गते बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने जनाएको छ ।    ‘एक लाख संस्थापक सदस्यको सहभागितामा हुने भेलाले ऐतिहासिक रुपमा नयाँ शक्तिको घोषणा सहित सामूहिक शपथग्रहण कार्यक्रम हुनेछ’, पार्टीका संयोजक ब ... बाँकी अंश»

पार्टी बाहुबल र डनबादमा फसेको आरोप लगाउँदै काँग्रेस परित्यागको घोषणा

२०७३ जेठ ७ शुक्रबार, काठमाडौ। नेपाली काग्रेस आफ्नो सिद्धान्त र मुल्यमान्यताबाट पूर्ण रुपमा च्यूत भई बाहुबल र डनबादमा फसेको आरोप लगाउँदै नेपाली काग्रेस ओखलढुंगाका पुराना नेता तथा कार्यकर्ताहरुले पार्टी परित्यागको घोषणा गरेका छन ।    ओखलढुंगाका पूर्व जिविस सभापति, पार्टी सभापति एवम आदिबासी जनजाति विकास समितिका केन्द्रीय उपाध्यक्ष महेशकुमार कोर्मोचा, ओखलढुंगा काग्रेसका पूर्व उपसभपाति लक्ष्मिप्रसाद बाँस्कोटा, तरुण दलका पूर्व अध्यक्ष भक्तबहादुर कटवाल, क्रिय ... बाँकी अंश»

भ्रष्टाचार भएको रकमको चार गुणा माग दाबी गर्दै विशेष अदालतमा मुद्धा (विज्ञप्ति)

२०७३ जेठ ७ शुक्रबार, काठमाडौं। सिंहदरबारमा रहेको दुई मन्त्रालयको निर्माणका क्रममा अनियमितता गरेको आरोपमा एक उपसचिव सहित दुई विरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार सिंहदरबारमा रहेको संघीय मामला तथठा स्थानीय विकास मन्त्रालय तथा युवा तथा खेलकूद मन्त्रालयको भवन निर्माणको क्रममा अनियमितता भएको आरोपमा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका सदस्य सचिव मनिप्रसाद राई, तात्कालीन उपसचिव (लेखा) राम बहादुर केसी र इन्जिनियर जगत बहादुर राना ... बाँकी अंश»

नेविसंघलाई कार्यक्रम गर्न प्रतिबन्ध

२०७३ जेठ ७ शुक्रबार, धरान ।  नेपाली कांग्रेस सुनसरीले पार्टी तथा भ्रातृ संघ संस्थाको नाममा कुनैपनि चन्दा तथा सहयोग संकलन नगर्न निर्देशन जारी गरेको छ । नेविसंघ विवाद समाधान समितिका संयोजक समेत रहेका जिल्ला सचिव केदार भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टी लगायत सम्पूर्ण भ्रातृ संस्थाहरुको कुनैपनि पदाधिकारी, सदस्य वा जोकोहीले पनि चन्दा संकलन गर्न आएमा नदिन र तुरुन्त सभापति राजिव कोइराला, सचिवद्वय भण्डारी, र सुजेन्द्र तामाङ वा पार्टी कार्यालयमा जानकारी गराउन ... बाँकी अंश»

पहिरोमा परि ३ को मृत्यु, बेपत्ता चारको खोजी जारी

२०७३ जेठ ७ शुक्रबार, कालिकोट । कालिकोटको कोटवाडामा बाढीसँगै आएको पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ । कोटवाडा–४ स्थित गेजबजारमा खहरे खोलामा आएको बाढी र पहिरोले पुरिँदा अस्थायी व्यवसाय गर्दै आएका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट रास्कोट स्यूना–५ का ३४ वर्षीय हरि तिरुवा, स्यूना–२ का ५५ वर्षीय धनमति टमटा, घौलागोह–९ का २० वर्षीय लक्ष्मण भण्डारी रहेको कालिकोट प्रहरीले जनाएको छ ।   पहिरोमा पुरीएर घाइते भएका ६ जनाको अवस्था समेत गम्भीर रहेको प् ... बाँकी अंश»

राष्ट्रपति भण्डारी तिलौराकोटमा

२०७३ जेठ ७ शुक्रबार, नवलपरासी । लुम्बिनीको भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो बजे कपिलवस्तुको तिलौराकोट पुगेकी छन् । लुम्बिनीमा रहेको मायादेवी मन्दिरमा पूजा अर्चनासहित लुम्बिनी क्षेत्रको अवलोकन सकेर राष्ट्रपति भण्डारी तिलौराकोट पुगेकी हुन् ।    राष्ट्रपति भण्डारी करिब एकघण्टा लुम्बिनीमा रहँदा लुम्बिनीको समग्र गुरुयोजना, लुम्बिनीको समग्र अवस्थाबारे लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले राष्ट्रपति भण्डारीलाई जानकारी गराए ।    ... बाँकी अंश»

लमजुङ बस दुर्घटना : थप दुईको मृत्यु, मृतकको संख्या ११

२०७३ जेठ ७ शुक्रबार, लमजुङ । पश्चिम लमजुङमा यात्रुवाहक बस दुर्घट्नामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । ९ जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा लैजाँदै गर्दा मृतइु भएको हो ।  विहिबार साँझ तनहुँको सदरमुका दमौलीबाट लमजुङको जिताकोट तर्फ जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस साँझ दुर्घटना भएको थियो ।   मध्यनेपाल नगरपालिका –५, अन्तर्गत टक्सार तामाखानीको भीरमा बस दुर्घटना भएको हो । दुर्घट्नामा परी मृत्यु भएका सबै मध्यनेपाल –१ (पहिलाको जिता गाविस) जिताकोटकै हुन ... बाँकी अंश»

'लुम्बिनी क्षेत्रलाई विवादमा ल्याउने प्रयास भारतबाट'

२०७३ जेठ ७ शुक्रबार, काठमाडौँ। विश्वमा शान्ति र अहिंसाका परिकल्पनाकार एवम् प्रतिपादक शाक्यमुनि गौतमबुद्धले नेपालमै बुद्धत्व प्राप्त गरेको विभिन्न विद्वानले बताउनुभएको छ ।    तत्कालीन कपिलवस्तु गणराज्यका राजा शुद्धोधनका सुपुत्रका रुपमा लुम्बिनीमा जन्मेका बुद्धको जन्मको विषयलाई लिएर विभिन्न भ्रम फैलाउन विदेशीले विभिन्न प्रयत्न गरिरहेका बेला बुद्धत्वसमेत नेपालमा नै प्राप्त भएको विद्वानले तर्क प्रस्तुत गर्नुभएको छ ।    नेपालमा २५६०औँ बुद्धजयन्तीका ... बाँकी अंश»

यस्तो थियो, माओवादी एकताको रौनक

२०७३ जेठ ६ बिहिबार, काठमाडौँ । दश वर्षसम्मसँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहोर्‍याएका माओवादीका नेता विभिन्न समूह र घटक एकै ठाउँमा उभिका छन्। बबरमहलको कार्की पार्टी प्यालेसमा दश विभिन्न माओवादी घटक एकीकृत भइरहँदा मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियसले भने एकता प्रक्रियालाई ‘नवशंसोधनवादी’को सङ्ज्ञा दिँदै वक्तव ... बाँकी अंश»

दिल्लीबाट धनगढी आउँदै गरेको बसमा शब फेला

२०७३ जेठ ६ बिहिबार, धनगढी । नयाँदिल्लीबाट धनगढीका लागि छुटेको ना५ख ६५०० नं को रात्रि बसको सिटमा एक नेपाली यात्रु आज मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त बसमा सवार बैतडी जिल्ला महारुद्र गाविस–४ का उदगीबहादुर चन्दलाई बसको सिटमा मृत फेला पारेको हो ।    दिल्लीको आनन्दबिहार बस बिसौनीबाट बुधबार साँझ बसमा चढेका चन्दको बस गुडिरहेकै अवस्थामा गएराति निधन भएको साथमै रहेका मृतका आफन्तलाई उद्धृत गर्दै प्रहरी निरीक्षक कर्ण कार्कीले बताए ।    बसम ... बाँकी अंश»

मुस्ताङ्ग पनि जलवायु परिवर्तनको उच्च जोखिममा

२०७३ जेठ ६ बिहिबार, काठमाडौं । मुस्तांग जिल्लालाई पहिलो जलवायु परिवर्तन स्थानीय अनुकुलन कार्ययोजना युक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला विकास समिति मुस्तांगको आयोजना र सांसद् रोमी गौचन थकालीको प्रमुख आतिथ्यमा जिल्लालाई जलवायु परिवर्तन स्थानीय अनुकुलन कार्ययोजना युक्त जिल्ला घोषणा गरिएको हो ।    स्थानीयस्तरमा भोगेका जलवायुजन्य जोखिम र त्यसको असरबाट संकटासन्न समुदायको पहिचान गरी उपयुक्त अनुकुलनका उपायहरुको प्राथमिकता निर्धारण भएको छ । साथै स्थानीय समुदा ... बाँकी अंश»

महँगीविरुद्ध नेविसङ्घको प्रदर्शन

२०७३ जेठ ६ बिहिबार, काठमाडौँ। सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ।   प्रदर्शनकारीले ‘उखान टुक्काले चुल्हो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए। प्रदर्शनी मार्गबाट सुरु भएको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।   कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेताले कालोबजारी, महँगी र शैक्षिक मा ... बाँकी अंश»

पाँचथरमा ट्रक दुर्घटना हुँदा ६ जना घाईते, दुईको अवस्था गम्भिर

२०७३ जेठ ६ बिहिबार, फिदिम। पाँचथरको एकतिन बाट फिदिम तर्फ गोलिया लोड गरेर आउँदै गरेको मालबहाक ट्रक आज विहान एकतिन २ स्थित पंचमुखी छेउमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन्।   घाइते मध्ये २ जनाको अवस्थामा गम्भिर रहेको छ। गम्भिर घाईते पाँचथर इम्बुङ ८ वस्ने २६ वर्षिय शंकर कटुवाल र सोही ठाउँ वस्ने ३० वर्षिय डिल्लीराम बाँनियाको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको विर्तामोड स्थित बि.एण्ड सी हष्पिटल विर्तामोडमा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाए ... बाँकी अंश»

बुद्धजयन्तीका दिन रुपन्देहीमा मारकाट गर्न रोक, पशु–पंक्षीको हत्या गर्नेलाई कारबाही (विज्ञप्तीसहित)

२०७३ जेठ ६ बिहिबार, रुपन्देही । २५ सय ६०औं बुद्ध जयन्तीको अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष समारोह हुँदैछ । बुद्ध जयन्तीलाई लक्षित गरी रुपन्देहीमा तयारी तिब्र मात्रै पारिएको छैन । अहिंसाका प्रतिपादक भगवान गौतम बुद्धको जन्मोत्सवलाई लक्षित गरी शनिबार रुपेन्देही जिल्लाभर पशु पंक्षीको वध नगर्न अपिल जारी भएको छ ।   जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना नै जारी गरी बुद्धजयन्तीका दिन जिल्लामा रहेका मासु तथा होटल व्यसायीलगायत सबै स्थानीयमा प् ... बाँकी अंश»

एकै दिन अरब को सैन्य टोलीसहित डेढसय बढी सगरमाथा चढे

२०७३ जेठ ६ बिहिबार, काठमाडौँ । सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन आज मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । संयुक्त अरब इमिरेट युएई को सैनिक टोलीसहित एक दिनमै १५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।     उनका अनुसार आरोहीको भीडले कुन देशका कति आरोही चुचुरोमा पुगे भन्ने यकिन विवरण आइसकेको छैन । अझै धेरै सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने क्रममा रहेको श्रेष्ठले ब ... बाँकी अंश»

पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्नेमा अन्तिम सहमति जुटाउँदै माओवादीहरु

२०७३ जेठ ६ बिहिबार, काठमाडौं । माओवादी एकता औपचारिक घोषणा हुन बाँकी छ । पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्ने प्रस्ताव आएपछि नेताहरुबीच अहिले पार्टी एकता अधिवेशन बैठकमा अन्तिम छलफल हुँदै छ । बिहान बसेको एकता संयोजन समिति बैठकले एकीकरणपछिक पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्ने प्रस्ताव गरेको र त्यसबारे अहिले छलफल भइरहेको एमाओवादी महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।   महराले हाम्रा कुरालाई भने, ‘पार्टीको नाम लगायत विभिन्न विषयमा अन ... बाँकी अंश»

नेपाली किशोरी पाकिस्तान लिएर जाने पक्राउ

२०७३ जेठ ६ बिहिबार, भीमदत्तनगर। पाकिस्तान लगिँदै गरेकी एक युवतीको बुधबार कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरिएको छ ।    भारतको बाटो भएर पाकिस्तान लगिँदै गरेकी पोखराको भदौरे गाविसकी किशोरीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो । नेपालबाट पाकिस्तानका लागि भन्दै अवैध बाटोको प्रयोग गर्नु र त्यहाँ गएर मानव बेचबिखनमा पर्न सक्ने भन्दै माइती नेपालले ती किशोरीको उद्धार गरेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।    उद् ... बाँकी अंश»

जनताकै चाहना र आवश्यकतामा मात्रै संविधान संशोधन हुन सक्छ–महामन्त्री कोइराला

२०७३ जेठ ५ बुधबार, रुकुम । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गर्नुको कुनै तुक नभएको बताएका छन् ।    प्रेस युनियन रुकुमले आज खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने , विश्वमा यस्तो संविधान बिरलै बनेको छ, संविधानसभाको ९० प्रतिशत प्रतिनिधिले निर्माण गरेको संविधान पुनर्लेखन नभई जनताकै चाहना र आवश्यकतामा मात्रै संशोधन हुन सक्छ ।”    केही अमूक शक्तिले संविधान पुनर्लेखनको माग गर्नुलाई ‘बेमौसम ... बाँकी अंश»

स्थानीय निकायको निर्वाचनका लागि तयार रहनुस् : शेखर

२०७३ जेठ ५ बुधबार, मारेङ । कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले  स्थानीय निकायको निर्वाचन जुनसुकै बेला पनि हुनसक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । विराटनगरमा नेपाल कारखाना श्रमिक सङ्घले वुधबार गरेको सङ्गठनिक अभियान कार्यक्रममा कोइरालाले भने, ‘स्थानीय निकायको चुनाव जुनसुकै बेला पनि हुनसक्छ, तपाइँहरु तयार भएर बस्नुहोला ।’ यद्यपि, कांग्रेसकै अधिकांश नेताहरु तत्काल स्थानीय निकायको निर्वाचन हुन नसक्ने धारणा राख्दै आएका छन् । नेता क ... बाँकी अंश»

नयाँ