समाज

सरकार ढाल्न खोज्नेहरु पानीको फोका फुटे झै फुट्नेछन् : मन्त्री राई

२०७३ बैशाख २८ मंगलबार,  दोलखा । सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले सरकारले सार्वजनिक गरेको नीती तथा कार्यक्रम लोकप्रिय भएकाले विपक्षीहरु अतालिएर यसलाई असफल पार्न लागिरहेको बताए । नीति तथा कार्यक्रम सार्वजनिक गर्न र सरकार ढाल्न खोज्नेहरु पानीका फोका फुटे झै फुट्ने ठोकुवा गरे । मन्त्री राईले संविधान निर्माणपछि  नेपाली कांगे्रसले राष्ट्रलाई धोका दिएको आरोप लगाए । विना कारण १६ बुँद्धे सम्झौतालाई लत्याउदै कांगे्रस बाहिर बस्नु उसैका लागि घातक भ ... बाँकी अंश»

९ बुँदेले चौतर्फी तनाव : द्धन्दपीडित सुरक्षाकर्मी परिवारको कडा आपत्ति

२०७३ बैशाख २८ मंगलबार, काठमाडौ । सत्तारुढ दुई प्रमुख शक्ति एमाले र एकीकृत माओवादीबीच भएको ९ बुँदे सहमतिप्रति द्धन्द पीडित सुरक्षाकर्मी परिवारले आपत्ति जनाएको छ । द्धन्द पीडित सुरक्षाकर्मी परिवार संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर दुई दलबीच भएको सम्झौताले द्धन्द पीडित समूदायलाई चिन्तित बनाएको भन्दै यो सम्झौताले राजनीतिक दलहरु नै न्याय र समस्या समाधानको पक्षमा गम्भीर नभएको आरोप लगाए । संघले संक्रमणकालिन न्यायप्रक्रियामा हस्तक्षेप गरी अदालतमा चलिरहेका ... बाँकी अंश»

आफ्नै संगठनका नेताले ओली सरकारमाथि औंला ठड्याए

२०७३ बैशाख २८ मंगलबार, काठमाडौ । श्रमिकले पाउने न्याय प्रणालीमा ढिलाई भएको भन्दै श्रमिक नेताहरुले सरकारप्रति औंला ठड्याएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको वैदेशिक रोजगार ऐन संशोधन एवं घरेलु श्रमिकसम्बन्धि अन्तक्रियामा जिफन्टका महासचिव विष्णु लम्सालले स्वदेशमा होस् या विदेशमा कुनै श्रम समस्या आएमा श्रमिकले त्यसको न्याय खोज्दा खोज्दै वर्षौ या जीवन नै व्यतित गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । कार्यक्रममा संसदको अन्तर्राष्ट्रिय सम ... बाँकी अंश»

स्व क्षेत्रीका छोरालाई निःशुल्क पढाइने

२०७३ बैशाख २८ मंगलबार, काठमाडौँ। नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीका छोराको निःशुल्क अध्ययनका लागि पहल गर्ने भएको छ।   स्व क्षेत्रीको निधनको तेह्रौँ दिनको पुण्य तिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा युनियनले अल्पायुमै निधन हुनुभएका क्षेत्रीका नाबालक छोराको निःशुल्क अध्ययनका लागि पहल गरिने उद्घोष गरेको हो।   कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले अल्पायुमै निधन हुनुभएका क्षेत् ... बाँकी अंश»

इन्द्रेणीलाई धर्मपरिवर्तनविरुद्धको टोल घोषणा गरिने

२०७३ बैशाख २८ मंगलबार, घोराही । धर्म परिवर्तन विरुद्धको महाअभियान अन्तर्गत घोराही नगरपालिका ११ ईन्द्रेणी टोललाई धर्म परिवर्तनमुक्त टोल घोषणा गरिने भएको छ । हिन्दु जागरण नेपालको अभियान अन्तर्गत दाङ्मा पहिलो पटक यो टोललाई धर्म परिवर्तनमुक्त टोल घोषणा गर्न लागिएको हो । हिन्दु जागरण नेपाल दाङ्का जिल्ला अध्यक्ष यमबहादुर भण्डारीको अध्यक्षतामा घोराहीमा बसेको बैठकले भव्य कार्यक्रमका साथ ईन्द्रेणी टोललाई धर्म परिवर्तनमुक्त घोषणा गर्ने निर्णय गरेको हो । जेठ ३ गते हुने धर ... बाँकी अंश»

तुलसीपुरमा जीप र मोटरसाइकल ठोकिदा एकको निधन

२०७३ बैशाख २८ मंगलबार, दाङ । तुलसीपुर हरिपौरीमा बिपरित दिशाबाट आइरहेको स्कार्पियो जीपले मोटरसाईकललाई टक्कर दिदाँ मोटरसाईकल सवार २० बर्षिय बिजय धितालको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते धितालको राप्ती अञ्चल  अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।  मंगलवार विहान कक्षा १२ को परिक्षा सकेर घरतर्फ पर्कदै गरेका धिताललाई अमेलिया सडकखण्डको तुलसीपुर–१२ हरिपौरीमा  रा २ प ८१६ नम्बरको  मोटरसाइकललाई ग २ च १० ... बाँकी अंश»

सङ्घीय कानुनअनुरुप स्थानीय निकायको निर्वाचन नभए मान्दैनौं : उपेन्द्र यादव

२०७३ बैशाख २८ मंगलबार, पर्सा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आगामी मंसिरमा गर्ने भनेको स्थानीय निकायको निर्वाचन संघीय कानुनुअनुरुप हुनुपर्ने बताएका छन् । यादवले यदी त्यसो नभए आफुहरुलाई मान्य नहुने बताए । स्थानीय निकायको निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने समेत उनको भनाई छ । पर्सामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले प्रान्तको निर्धा ... बाँकी अंश»

म्याग्दी जीप दुर्घटना : मृतक पाँचैको सनाखत

२०७३ बैशाख २७ सोमबार, म्याग्दी ।  म्याग्दीको निस्कोट गाविस –४ कोदालीबाङमा सोमबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । दरबाङबाट निस्कोट गाउँ जादै गरेको ग १ ज ५१०३ नम्बरको जीप दुर्घटना हुँदा चालक ताकम–८ का मनबहादुर छन्त्याल, निस्कोट ४ की भौमती बिक, निस्कोट–४ की श्यानुकली विक, सुनमायाँ विक र निस्कोट–८ की चुइयाँ विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।    ग ... बाँकी अंश»

म्याग्दीमा जीप दुर्घटना, पाँचको मृत्यु

२०७३ बैशाख २७ सोमबार, म्याग्दी । म्याग्दीको निस्कोटमा जीप दुर्घटना हुँदा पाँच यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच घाइते भएका छन् । ४ महिला र १ पुरुषको घटनास्थलमै मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ । घटनास्थल टाढा रहेकाले मृतकको पहिचान गर्ने टोली समयमा पुग्न नसकेकाले मृतकको पहिचान हुन नसकेको बताइएको छ ।   १० जना यात्रु रहेको ग १ ज ५१०६ नम्बरको बोलेरो जीप दरवाङबाट निस्कोट गइरहेको प्रहरीले जानकारी दिएको छ । निस्कोट उलिवाङमा जीप दुर्घटना भएको र घाइते पाँच ... बाँकी अंश»

अमेरिकन पेस्तोलसहित पक्राउ पर्ने दुई सार्वजनिक

२०७३ बैशाख २६ आइतबार, विराटनगर । हतियार सहति पक्राउ परेका दुई जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ  । आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी विराटनगर ११ का ३३ वर्षीय न्दिप प्याकुरेल र जीवन तामाङलाई सार्वजनिक गरिएको हो । उनीहरुको साथबाट प्रहरीले अमेरिकन पेस्तोल र त्यसमा लाग्ने एकथान म्याग्जिन समेत वरामद गरेको छ  ।    मोरङ प्रहरीका प्रही प्रमुख प्रहरी उपरिक्षक सुदिप भण्डारीका अनुसार विराटनगर १० स्थित कान्तिपुर होटलबाट उनीहरुलाई पेस्तोलस ... बाँकी अंश»

बाबुराम भट्टराई संसदमा !

२०७३ बैशाख २६ आइतबार, काठमाडौं । संविधान जारी भएसँगै संविधानप्रति असन्तुष्टि व्यक्ति गर्दै आफ्नो साँसद् पदबाट राजिनामा दिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सात महिनापछि संसद् भवन नयाँबानेश्नर पुगेका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्तो पाएका भट्टराई सोही समारोहमा सहभागि हुनको लागि संसद् भवन जान लागेको भट्टराईका नीजि सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।    पहिलो संविधान सभालाई आफ्नो प्रधानम ... बाँकी अंश»

सत्ताको कारण लोकतन्त्र गुम्ने खतरा बढेको छ : बाबुराम

२०७३ बैशाख २५ शनिबार, चितवन। नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भटृराईले पछिल्लो समयमा राजनीतिक दलहरु सत्ताको पछि लागेका कारण देशले निकास पाउन नसकेको बताएका छन् ।    नयाँ शक्ति नेपाल, चितवनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै भटृराईले दलहरुको सत्ता मोहले लोकतन्त्र पनि गुम्ने खतरा बढेको उल्लेख गरे । दलहरु जालझेल गरेर सत्तामा पुग्ने मात्र दाउमा रहेको भन्दै उहाँले राजनीतिक स्थिरताले मात्रै देशको विकास हुने बताए । सत्ता र शक्तिको दाउमा लागेका दलहरुले राजनी ... बाँकी अंश»

मालेको सातौँ महाधिवेशन काठमाडौँमा सुरु

२०७३ बैशाख २५ शनिबार, काठमाडौँ । नेकपा (माले)को सातौँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौँमा सुरु भएको छ । महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना मन्तत्व दिँदै वर्तमान सङ्कटलाई चिर्न सबै दल एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।    ओलीले सत्ता परिवर्तनका लागि केही शक्ति लागे पनि सफल हुन नसकेको बताउँदै विदेशीको इशारामा सत्ता परिवर्तनको खेल भएको उल्लेख गरे । “सत्ता परिवर्तनका लागि केही दल उफ्रे”, उनले भने  – “त्यो विदेशीको इशारामा थियो । तर ... बाँकी अंश»

भ्रमण स्थगित र राजदूत फिर्तामा अतिरञ्जित नगरौँः उपप्रम थापा

२०७३ बैशाख २५ शनिबार, काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रपतिको भारत भ्रमण र भारतका लागि नेपालका राजदूतको फिर्ताबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।    संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने, उज्जैनमा ठूलो प्राकृतिक विपत्ती आएको, छजनाको निधन भएको तथा ४० जना घाइते भएको, टेन्टलगायतका सामग्रीको क्षति भएको सरकारलाई सू ... बाँकी अंश»

संविधान कार्यान्वयनका लागि काँग्रेसको नेतृत्व : नेता लेखक

२०७३ बैशाख २५ शनिबार, पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका लिने बताएका छन् ।    नेपाली काँग्रेसको पोखरा उपमहानगरपालिका–४ इकाईद्वारा आज  आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लेखकले नेपाली जनताको लामो समयको सङ्घर्षको जगमा नेपाली काँग्रेसको नेतृत्वमा देशले नयाँ संविधान प्राप्त गरेको बताए ।    संविधानको सफल कार्यान्वयनका लागि पनि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह ... बाँकी अंश»

राष्ट्रपतिले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

२०७३ बैशाख २५ शनिबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि व्यवस्थापिका–संसद्मा सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्ने भएको छ ।    राष्ट्रपति भण्डारीले आइतबार अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विसं २०७२ असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचित भएको सात महिनापछि सरकारको नीति तथा कार्यक्रम आउन लागेको हो ।    रा ... बाँकी अंश»

राष्ट्रिय हित विपरित काम गरेकोले राजदुत उपाध्यायलाई फिर्ता बोलाईएको होः उपप्रधानमन्त्री रावल

२०७३ बैशाख २५ शनिबार, काठमाडौ । उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले राष्ट्रिय हित विपरित काम गरेकोले भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको स्पष्ट पारेका छन् ।   रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले भने,‘ राजदुत जस्तो ब्यक्तिले अर्को देशमा काम गर्दा आफ्नो देशको अनुहार हेरेर सरकारको  नीति निर्देशन र कुटनीतिक मर्यादा कायम राख्न सक्नु पर्छ । परराष्ट्रमन्त्रालयलाई जानकारी नै नदिई कार्यक्षेत्र छाड्ने, तराई जस्त ... बाँकी अंश»

'राजदूत फिर्ता बोलाउनु मुर्खतापुर्ण र अदुरदर्शी'

२०७३ बैशाख २५ शनिबार, काठमाडौँ । नेपाली काँग्रेसका  नेता डा. राम शरण महतले ट्विट गर्दै राजदुत फिर्ताको निर्णय प्रति आपत्ती जनाएका छन्। उनले ट्विट गर्दै भनेका छन् 'सरकारको राजदुत बोालउने निर्णय मुर्खतापुर्ण र अदुरदर्शी' ।    सरकारलले राजदूत उपाध्यायलाई काठमाडौंमा भएको बेला ओली सरकार परिवर्तनको खेलमा संलग्न भएको, परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नदिइ आफूखुसी कामकारबाही गर्ने गरेको र परराष्ट्र मन्त्रालयलाई जानकारी नदिएर नेपालका लागि भारतीय रञ्जीत रेसँग ... बाँकी अंश»

न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी

२०७३ बैशाख २५ शनिबार, काठमाडौँ । पूर्वबाट स्थानीय वायुको प्रभावमा न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी आएको छ । उक्त वायुको प्रभावले पश्चिमी तराई भेग बाहेक देशका अधिकांश भेगमा बदली हुनाका साथै मध्य र पूर्वका कतिपय स्थानमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पूर्वी भेगमा पूर्ण बदली भए पनि बढी असर पूर्वी भेगमा देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।    “मौसम बद्लीसँगै पूर्वका अधिकांश स्थानमा वर्षात् भएको छ, यो प्रणाली केही दि ... बाँकी अंश»

मधेसवादी दलद्वारा बैठक बहिष्कार

२०७३ बैशाख २५ शनिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठक मधेसकेन्द्रित दलसँग आबद्ध सांसदले बहिष्कार गरेका छन् । सदनको कारबाही सुरु हुनेबित्तिकै सद्भावना पार्टीका नरसिंह चौधरीले प्रमुख राजनीतिक दल र सरकारले आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्ने तर्फ नलागेको भन्दै रोष प्रकट गरे ।    उनले मधेसकेन्द्रित दलले उठाउँदै आएको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाउँदासम्म सदनको कारबाहीमा सहभागी नजनाउने भन्दै बहिष्कार गरिएको जानकारी गराए ।    ... बाँकी अंश»

नयाँ