समाज

मधेसमा दुई प्रदेश कायम गरे मात्र मान्य हुन्छ : महन्थ ठाकुर

२०७२ माघ २९ शुक्रबार, विराटनगर । तराइ मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनितिक सयन्त्र बनाएर सिमांकनको विषय टुग्याउने कुरा विषय सकारात्मक रहेको बताएका छन् । विराटनगरमा संचारकर्मीसंग अध्यक्ष ठाकुरले वार्ता र छलफलवाटै मधेशको समस्यालाइ टुंग्याउन संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाहगर्ने विश्वास गरे । यद्यपि, ठाकुरले मधेशमा दुई प्रदेश कायम गरेर मात्र सिमाकंनको विषय टुंगो लगाउनु पर्नेमा जोड दिए ।   अध्यक्ष ठाकुरले जनताको भावनालाइ बुझेर मधेशी मोर ... बाँकी अंश»

खुला छलफल : नेताहरुले प्रमलाई भने, राष्ट्र हितविपरीत कुनै सन्धि–सम्झौता नगर्नु

२०७२ माघ २९ शुक्रबार, काठमाडौं । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रिय हितका विषयलाई नै प्रमुख प्राथमिकतामा राख्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा नेताहरुले अघोषित नाकाबन्दी केही दिन अगाडि मात्रै खुलेको र दुई मुलुकबीचको सम्बन्धमा केही असहजता देखिएको सन्दर्भमा राष्ट्रिय हित र चासोका विषय नै प्रमुख कार्यसूची ह ... बाँकी अंश»

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

२०७२ माघ २९ शुक्रबार, कालीकोट । सदरमुकाम मान्मबाट दाहा गाविसतर्फ जाँदै गरेको बा ३९ प ५७३६ नंको मोटरसाइकल आज साँझ सुर्खेत–जुम्ला सडकखण्डको ताडीको भिरमा खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दाहा गाविसस्थित बाविरा प्राविका शिक्षक केशबहादुर शाही,स्थानीयवासी गगनबहादुर शाही र मोटरसाइकल चालक कैलाली घर भई हाल दाहा मोल्फास्थित एक निजी विद्यालयका शिक्षक सन्दीपसिंह साउद रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।    प्रहरीका अनुसार एकै म ... बाँकी अंश»

कर्णाली काँग्रेसमा कहि चुनाव हुँदै कहि मतगणना

२०७२ माघ २९ शुक्रबार, जुम्ला। नेपाली काँग्रेसको छैटौ जिल्ला अधिवेशन माघ २५ गते हिमपात भएपछि एक दिनका लागिसकेको थियो। गाउँ गाउँबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरु खलंगा पुगेपनि चिसो मौसमका कारण अधिवेशन स्थगित गरिएको नेपाली काँग्रेस कार्यवाहक सभापति दिपबहादुर शाहीले वताए। उनले भने सोमवार विहान जिल्ला कमिटिको वैठक बसि एक दिन अधिवेशन सार्ने निर्णय गरिएको हो।    प्रतिनिधिहरु जिल्ला आइपुगेपनि गाउँ गाउँबाट कार्यकर्ताहरु जिल्ला आउने भएकाले चिसो मौसम र हिमपातका ... बाँकी अंश»

अख्तियारद्वारा सशस्त्रका पूर्व महानिरीक्षक सहित सातविरुद्ध मुद्दा दायर

२०७२ माघ २९ शुक्रबार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक वासुदेव ओलीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानिरीक्षक ओलीले सशस्त्र प्रहरी बलका विभिन्न गण, युनिट तथा गुल्ममा सामानको ढुवानी गर्दा नक्कली बिल तथा भर्पाई बनाई रु एक करोड १४ लाख ५४ हजार ४९ बराबर भ्रष्टाचार गरेको अभियोगसहित आज मुद्दा दायर गरेको प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।    यसैगरी, पूर्व सशस्त्र प्रहरी नायब उपरीक ... बाँकी अंश»

अनेरास्ववियुको बन्दसत्र सुरु, नवीना र दीपकको घमासान प्रतिस्पर्धा

२०७२ माघ २९ शुक्रबार, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) २२औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु भएको छ । प्रतिनिधिसम्बन्धी सामान्य विवादका कारण आचारसंहिता तय गर्दा बन्दसत्र सुरु हुने ढिला भएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए।    बन्दसत्र सुरु हुनुअघि तय गरिएको आचारसंहितामा उम्मेदवारले निर्वाचन सुरु भएको वरिपरि कुनै पनि प्रचारप्रसार गर्न नपाइने, निर्वाचन प्रभावित पार्ने गरी प्रचार सामग्री वित ... बाँकी अंश»

प्रधानमन्त्रीले राउटे मुखियालाई भने जङ्गलवाट सहर छिर्नुहोस्

२०७२ माघ २९ शुक्रबार, काठमाडौँ ।  राउटेका मुखियाहरुले आज प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग भेटघाट गरेका छन् । बिहान प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटघाटमा राउटेहरुले आफहरुलाई चाडवाड मनाउन सरकारले सहयोग गर्नुपर्ने माग राखे । प्रधानमन्त्री ओलीले उनीहरुलाई आधुनिक जीवनशैली अपनाउन,जंगलबाट गाउँ,सहरमा आउन आग्रह गरे  ।   अधुनिक जीवनशैली अपनाउनका लागि राउटेहरुलाई राज्यले सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए । परम्परागत संस्कृतिको संरक्षण गर्दै जीव ... बाँकी अंश»

काँग्रेस नेता नसिमलाई गोली हान्ने दुई पक्राउ

२०७२ माघ २९ शुक्रबार, जनकपुरधाम। धनुषा जिल्लाको वीरेन्द्र बजारमा नेपाली काँग्रेसका नेता नसिम राइनमाथि गोली हानेको घटनामा पक्राउ गरिएका दुई जनालाई प्रहरीले आज मुद्दा चलाएको छ । घटनामा संलग्न रहेको आशङ्कामा हिजो बिहीबार वीरेन्द्र बजारबाट प्रमोदकुमार पूर्वे र योगेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको थियो ।    पक्राउ परेका दुबै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभय ... बाँकी अंश»

सजिलै उम्किन्छन् काठमाडौ उपत्यकाका चोर

२०७२ माघ २९ शुक्रबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो समय रातिको तुलनामा दिउँसोमा बढी चोरी हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७२/७३ मा महाशाखामा परेको उजुरीमध्ये रातिमा चार र दिउँसो १०७ चोरीका घटना भएका छन् । महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीका अनुसार दिँउसो मानिस घरमा नभएको समयमा बढी चोरी हुने गरेको छ ।    “रातिको समयमा प्रायः बचत तथा ऋण सहकारी संस्था र कार्यालयमा तथा दिउँसो घरमा बढी चोरी हुने गर ... बाँकी अंश»

चीनसँग जोडिने बाटो निर्माण र बिस्तारमा तिब्रता

२०७२ माघ २९ शुक्रबार, काठमाडौं । चीनसँग सीमा जोडिएका चारवटा मार्ग निर्माण, विस्तार र कालोपत्रे गर्ने कामलाई सरकारले प्राथमिकता साथ अगाडि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई वर्षमा सक्ने गरी सङ्खुवासभाको किमाथाङ्का, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ् र मुस्ताङ्को कोरला नाकालाई निर्माण, विस्तार एवम् कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिए ।   “विराटनगर–किमाथ ... बाँकी अंश»

सरकारी कार्यालयमा सेवाग्राहीको भीड

२०७२ माघ २८ बिहिबार, रौतहट।मधेस आन्दोलनले गर्दा प्रत्यक्षरुपमा प्रभावित बन्न पुगेका सदरमुकाम गौरका सरकारी कार्यालय आजदेखि निर्वाधरुपमा सञ्चालनमा आएका छन् ।    विगत छ महिनादेखि बन्द रहेको सरकारी कार्यालयमा बिहानैदेखि सेवाग्राहीको भीड लागेको छ । कतिपय सरकारी कार्यालयमा कामका लागि सेवाग्राहीको लाइन लागेको छ भने कर्मचारी कार्यसम्पादनमा व्यस्त भएका छन् । नयाँ संविधानमा मधेसीको अधिकार नसमेटिएको भन्दै असन्तोष व्यक्त गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ... बाँकी अंश»

कोइरालाको निधनप्रति दुःख व्यक्त

२०७२ माघ २८ बिहिबार, काठमाडौं। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधन भएकामा नेपाल प्रजातन्त्र सेनानी सङ्घले दुःख व्यक्त गरेको छ ।    सङ्घका सभापति टङ्कप्रसाद शर्मा कँडेल र प्रवक्ता बालकृष्ण दाहालले आज संयुक्त विज्ञप्ति प्रकाशन गरी पूर्वप्रधानमन्त्री कोइरालाको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई गम्भीर आघात पु¥याएको उल्लेख गर्नुभएको छ । “उहाँ संविधानका पिता हुनुहुन्थ्यो, उहाँको अभावमा संविधान कार्यान्वयनका चुनौती सामना गर्ने शक् ... बाँकी अंश»

नेविप्राका कर्मचारीविरुद्ध आरोपपत्र दायर

२०७२ माघ २८ बिहिबार, काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणका तत्कालीन सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीविरुद्ध गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।    उप्रेतीले पदमा बहाल रहँदा आफ्नो पदीय अधिकारको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले भन्दै आयोगले रु चार करोड १८ लाख ... बाँकी अंश»

फुटेका माओवादीलाइृ जुट्नका लागी आह्वान

२०७२ माघ २८ बिहिबार, काठमाडौं। विभिन्न समूहमा विभाजित माओवादी दलहरुलाई एकताबद्ध हुन ‘माओवादी एकता अभियान’ ले आह्वान गरेको छ ।    अभियानका तर्फबाट शान्ता श्रेष्ठ, प्रा डा गोपाल शिवाकोटी, दीपेन्द्र रोकाय, बोर्णबहादुर कार्की, अमन श्रेष्ठ, डा अष्टमान किसी महर्जनलगायतले आज संयुक्त वक्तव्य जारी गर्दै आगामी फागुन १ गते माओवादी जनयुद्ध दिवसको ऐतिहासिक अवसरलाई उपयोग गर्न माओवादी पार्टी सक्षम हुनेछन् भन्ने आशा व्यक्त गरिएको छ ।    विज्ञप्तिमा माओवादी आन्दोलन व ... बाँकी अंश»

एमालेका नेता भन्छन ' प्रमको भारत भ्रमणमा असमान सन्धी सम्झौताको कुरा हुँदैन'

२०७२ माघ २८ बिहिबार, काठमाडौ। सरकारले नेपाल भारत सम्बन्ध सुमधुर बनाउन गठन गरेको विज्ञ समूहका सदस्य डा. राजन भट्टराईले १९५० सहितका असमान सन्धी सम्झौत र सीमा विवादका कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामि भारत भ्रमणमा उठाउनु उपयूक्त नहुने बताएका छन।    रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘सरकारले गठन गरेको प्रबुद्ध ब्यक्तित्वहरुको समूह १९५० देखिका असमान सन्धी पुनरावलोकनसहित नेपाल भारत सम्बन्ध २१ औं शताब्दी सुहाउदो बनाउन स ... बाँकी अंश»

निजामती प्रशासनलाई सङ्घीय स्वरुप दिने तयारी हुँदै

२०७२ माघ २८ बिहिबार, काठमाडौँ । मुलुक सङ्घीय प्रणालीमा गएलगत्तै निजामती प्रशासनलाई पनि सङ्घीय स्वरुप दिने तयारी अब अन्तिम चरणमा पुगेको छ । प्रदेशमा प्रदेशसभा र स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको अलग्गै संरचना संविधानले गरेकाले हाल विद्यमान मन्त्रालयलाई केन्द्र, प्रदेश तथा स्थानीय निकायसम्म सेवा प्रवाह गर्न, आवश्यक नपर्ने केही कार्यालय हटाउन र तीनवटै क्षेत्रमा रहने कार्यालयमा चाहिने कर्मचारी समायोजन गर्न सबै मन्त्रालयले यो तयारी गरेका हुन् ।    यही माघ २ ... बाँकी अंश»

वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद

२०७२ माघ २८ बिहिबार, महेन्द्रनगर (धनुषा)। धनुषामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिएको छ । जिल्ला अदालत धनुषाका अनुसार आर्थिक वर्ष २०७१/७२ मा सम्बन्ध विच्छेदका मुद्दा मात्रै एकसयवटा दर्ता भएका छन् । यसमध्ये ७२ फछ्र्यौट भइसकेको छ र २८ वटा थाती छन् । आर्थिक वर्ष २०७२/७३ को सुरुवातसँगै अहिलेसम्म सम्बन्ध विच्छेदका करिब २५ वटाभन्दा बढी मुद्दा दर्ता भइसकेका छन् ।    यसैगरी, वैदेशिक रोजगारीसँगै जोडिएर महिलासम्बन्धी पर्ने विभिन्न प्रकारका मुद्दाको सङ्ख्या पनि बढि ... बाँकी अंश»

के हुदैछ आज अखिलको महाधिवेशनमा ?

२०७२ माघ २८ बिहिबार, काठमाडौं । एमाले भ्रातृ संगठन अनेरास्ववियुको २२औँ महाधिवेशन बुधबारबाट काठमाडौंमा सुरु हुँदै छ । भृकुटीमण्डमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार सम्मेलनको तयारी पूरा भए पनि मङ्गलबार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि सम्मेलनलाई एक दिन पर सारिएको हो । यही माघ २७ गतेदेखि २९ गतेसम्म सम्मेलनको पुर्व निर्धारित कार्यक्रम भएपनि ... बाँकी अंश»

सिन्धुपाल्चोक केन्द्र बनाएर ४.६ रिक्टर स्केलको पराकम्पन

२०७२ माघ २७ बुधबार, काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर १२ मिनेटमा ४.६ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको भूकम्प विनाशकारी गोरखा भूकम्पकै परकम्प थियो ।  माघ २० मा  राती १० बजेर  १० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्यूडको पराकम्प गएको एक हप्तापछि आज गएको हो। गत पुस २७मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको  थियो ... बाँकी अंश»

७ वर्षे बालकको अपहरण गरी निर्भमता पुर्वक घाँटी रेटेर हत्या

२०७२ माघ २७ बुधबार, बाँके। गत सोमबार अपहरणमा परेका कोहलपुर ९ झण्डहवाका ७ वर्षीय बालक आकास चौधरीको निर्भमता पुर्वक हत्या गरिएको छ ।    ७ वर्षीय बालक  चौधरीको निर्भमता पुर्वक हत्यारा गरेस‌गै मशंकर र सीतानरानीका एकमात्र सन्तानको हत्या भएपनि झण्डहवा गाउँ शोकमा डुबेको छ । कोहलपुर ९ झण्डहवाकै घरबाट करिव ३० मिटर टाढा परालको कुन्योमा बोरामा बेरेर राखिएको अवस्थामा बुधबार प्रहरीले शब फेला परेको जनाएको छ । यसैबिच बालक हत्या घटनाको अनुसन्धानका लागि शंकास्पद ५ व्यक्त ... बाँकी अंश»

नयाँ