समाज

कोइरालाको अनुपस्थितिमा पनि संविधानको कार्यान्वयन र शान्ति प्रक्रिया अघि बढाउँछौँःभट्टराई

२०७२ माघ २७ बुधबार, गोरखा। नेपाली काँग्रेस सभापति सुशील कोइरालाको निधनले दुःखी तुल्याएको बताउँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोइरालाको नेतृत्वमा जारी गरिएको नयाँ संविधानको कार्यान्वयन गरिने बताउनुभएको छ ।   संविधानको कार्यान्वयन गर्दै देशलाई शान्ति, स्थायित्व र समृद्धितर्फ लगिने उमको भनाइ छ । बुधबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा डा भट्टराईले जारी भएको संविधानमा मधेसी, थारुलगायत समुदायको अधिकार सुनिश्चित नभएको धारणा राख्दै संविधान संशोधन ... बाँकी अंश»

सहमति कार्यान्वयन गर्न नेपालको जोड

२०७२ माघ २७ बुधबार, काठमाडौं।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारत भ्रमणका अवसरमा दुई देशबीच सहमति भएका पूर्वाधारसम्बन्धी आयोजनालाई द्रुतगतिमा कार्यान्वयन गर्न जोड दिएका छन् ।    भारतीय अर्थमन्त्री अरुण जेट्लीको मैत्रीपूर्ण निमन्त्रणामा यही माघ २४ देखि २६ सम्म भारतको भ्रमणमा रहँदा अर्थमन्त्री पौडेलले सहमति भइसकेका आर्थिक र प्राविधिक सहायतासम्बन्धी आयोजना तथा कार्यक्रमलाई शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले विगतका सहमतिलाई प्रभावकारी कार्यान् ... बाँकी अंश»

प्रधानमन्त्री ओली र भुटानी गृहमन्त्रीबीच भेटवार्ता

२०७२ माघ २७ बुधबार, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग भुटानका गृह एवम् सांस्कृतिक मामिला मन्त्री ल्यान्पो दावा ग्याल्तसेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।    प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा आपसी हित र दुई मुलुकको सम्बन्धका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले भुटानले पछिल्लो दिनमा गरेको आर्थिक प्रगतिको बारेमा उच्च प्रशङ्सा गर्नुभएको उहाँका परराष्ट्रविज्ञ गोपाल खनालले जानकारी दिनुभयो । सो अवसरमा नेपाल र भुटानबीच ... बाँकी अंश»

बाघ मारेर तस्करी गर्ने आठजना पक्राउ

२०७२ माघ २७ बुधबार, धनगढी।सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान टोलीले आज कैलाली जिल्लाको पहलमानपुरबाट बाघ मारेर तस्करी गर्ने गिरोहका आठ जनालाई बाघको छालासहित पक्राउ गरेको छ ।    भारतबाट नेपालमा घुमन्तेका रुपमा आएका भारतीय आदिवासी समुदाय मानिने बावरियाले बाघ मारी तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कैलालीको पहलमानपुरबाट आज पक्राउ परेकामध्ये छ जना बावरिया समुदायकै रहेका छन् ।  ... बाँकी अंश»

कोइरालाका भतिजा किरिया बस्ने

२०७२ माघ २७ बुधबार, काठमाडौं।नेपाली काँग्रेसका दिवङ्गत सभापति सुशील कोइरालाको अन्त्येष्टि किरिया कोइराला निवास महाराजगन्जमा बस्ने व्यवस्था मिलाइएको छ ।    स्वर्गीय कोइरालालाई दागबत्ती दिनुभएका उनका भतिजाद्वय अतुल र सुधांशु कोइराला नै किरियामा बस्न भएका छन् । यसअघि पशुपतिस्थित आर्यघाटमा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालगायतका नेता तथा कार्यकर्ताले भावपूर्ण श ... बाँकी अंश»

पूर्व प्रधानमन्त्री कोइरालाको अन्त्येष्टि; १३ तोपको सलामी

२०७२ माघ २७ बुधबार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइरालाले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभयो।   स्व. कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उहाँलाई १३ तोपको सलामी दिइएको थियो । यसअघि उहाँको शवलाई दशरथ रङगशालाबाट विशेष किसिमले सजा ... बाँकी अंश»

नाम जस्तै काम पनि ‘सुशील’

२०७२ माघ २७ बुधबार, काठमाडौ। नेपाली काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई नेपाली जनताले नाम र काम दुवै सुशील भएको व्यक्तिका रुपमा स्मरण गरेका छन् ।    हातमा दुई वर्षको बच्चा बोकेर आँखाबाट आँसु खसाल्दै पाल्पाको याम्गा गाविसबाट रात्रिबस चढी कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन काठमाडौँ आउनुभएकी सुनिता अधिकारीले स्व कोइरालाको निधनले नेपाली काँग्रेसमा नेतृत्वको अभाव खड्किएको बताए ।उनले भने, “नेपाली काँग्रेस स्वगिय कोइरालाको निधन सँगै अभि ... बाँकी अंश»

नारायणकाजीलाई ए/पीडीएम ०९ स्वाइन फ्लू, घरमै उपचार

२०७२ माघ २७ बुधबार, ललितपुर । एककिृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ स्वाइन फ्लू भएपछि घरमै थन्किएका छन् । श्रेष्ठलाई एन्फ्लून्जा (ए/पीडीएम ०९) टाइपको स्वाइन फ्लू भएको चिकित्सकले बताएका छन् । सोमबार साँझमात्रै उपाध्यक्ष श्रेष्ठको स्वास्थ्यको विवरण आएको स्वकिय सुशन अर्काचार्यले हाम्राकुरालाई बताईन् ।   उनले भनिन्, ‘यो एच् वन् एन् वन् जस्तो घातक नभएको र चिकित्सकले पहिलो चरणमा पाँच दिनका लागि एन्टीवायोटिक औषधी दिनु भएकोछ, बाहिर हिँडडुल नगर्न बन्नु भएको छ । ... बाँकी अंश»

आर्यघाटमा सुशील ‘दा’को अन्तिम विदाई

२०७२ माघ २७ बुधबार, काठमाडौं । कांग्रेस सभापति तथा कांग्रेस सभापति सुशील कोइरालाको पशुपति आर्यघाटमा अन्तिम विदाई भएको छ । कोइरालाका भतिजा अतुल कोइराला र सुधांशु कोइरालाले दागबत्ति दिएका छन् । अतुल कोइरालाका ६ भाइ मध्ये माइला विनोद कोइरालालका छोरा हुन् । सुधांशु अरुण कोइरालाका छोरा हुन् । सुशीलका दाजु जेठा प्रमोद र माइला विनोदको यस अघिनै निधन भइसकेको थियो । कोइरालाका तीन दिदीबहिनी छन्  नेपाली सेनाको टुकडीले कोइरालालाई राष्ट्रिय सम्मान दिँदै सलामी अर्पण गरेको छ ।&nb ... बाँकी अंश»

भाव वीह्वल आर्यघाटमा सुशील ‘दा’को अन्तिम विदाई गरिँदै

२०७२ माघ २७ बुधबार, काठमाडौं । कांग्रेस सभापति तथा कांग्रेस सभापति सुशील कोइरालाको केहीबेरमा अन्त्येष्टी हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काेइरालालाई राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री ओली कोइरालालाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका हुन् । पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ... बाँकी अंश»

पशुपति आर्यघाट पुग्दै कोइरालाको शव यात्रा

२०७२ माघ २७ बुधबार, काठमाडौं । कांग्रेस सभापति तथा पूर्व प्रधाजमन्त्री सुशील कोइरालाको शव यात्रा जारी छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा पशुपती आर्यघाट नजिकै गौशाला पुगेको छ । शवयात्रा थापथली, माइतीघर, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, हुँदै अघि बढेको हो ।   पशुपति आर्यघाटमा अन्तिम संस्कारको तयारी पूरा भएको छ । कोइरालालाई नेपाली सेनाले सलामी अर्पण गर्ने छ । राजकिय सम्मानका साथ कोइरालाको अन्त्येष्टी हुने भएको छ । मंगलबार विहान १२ः५० ... बाँकी अंश»

कांग्रेस सभापति कोइरालाको केहीबेरमा अन्त्येष्टि गरिँदै

२०७२ माघ २७ बुधबार, काठमाडौं । कांग्रेस सभापति तथा पूर्व प्रधाजमन्त्री सुशील कोइरालाको शव यात्रा पशुपती आर्यघाट पुगेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा थापथली, माइतीघर, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, हुँदै  पशुपती आर्यघाट पुगेको हो ।    कोइरालाको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिइएको छ । दाह संस्कारमा उपस्थित विभिन्न व्यक्तिहरुले कोइरालालाई अन्तिम श्रद्धान्जली दिइरहेका छन् । राष्ट्रि ... बाँकी अंश»

शैक्षिक अभियन्ता निरौलाको निधन

२०७२ माघ २७ बुधबार, विराटनगर। शैक्षिक अभियन्ता देवीप्रसाद निरौलाको ८४ वर्षको उमेरमा सोमबार विराटनगर ५ स्थित आफ्नै निवासमा निधन भएको छ। राम्रो शिक्षक बन, गाउँ जाउँ, प्रजातन्त्र सिकाउ भन्ने विपीको विचारका अभियन्ता निरौलाले तत्कालिन समयमा ओखलढुङ्गा जिल्लाको दुर्गम पहाडी गाविस कुइभिरमा स्कुल स्थापना र विभिन्न शैक्षिक क्षेत्र स्थापनामा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए।    ४० वर्ष भन्दा वढी शैक्षिक जागरण, शिक्षणसंगै शिक्षकबाट अवकाश प्राप्त भएपछी नेपाली कां ... बाँकी अंश»

जाजरकोट काँग्रेसमा शाह पुनः निर्वाचित

२०७२ माघ २७ बुधबार, जाजरकोट। नेपाली काँग्रेस जाजरकोटको सभापतिमा पुनः दीपक जंग शाह विजयी भएका छन्। नेपाली काँगे्रसको १३ औं महाधिवेसनका क्रममा सोमवार सदरमुकाम खलंगामा सम्पन्न निर्वाचनमा वेदराज सिहलाई पराजित गदै शाह निर्वाचित भएका हुन्। सभापति शाहले १ सय ५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी सिहले १ सय ५२ मत प्राप्त गरेका छन्।   सभापतिमा निर्वाचित शाह १२ औ महाधिवेशनमा देउवालाई सहयोग गरेपनि यस पटक कसलाई सहयोग गर्ने भन्ने टुगोंमा पुगिनसकेको बताउँछन ... बाँकी अंश»

कोईराला प्रधानमन्त्री भएको आज ठिक दुई बर्ष (संवोधन र विजयउत्सवको भिडियो सहित )

२०७२ माघ २७ बुधबार, काठमाडौं । दुई बर्ष अघि आजैकै दिन सुशील कोइरालामात्रै होइन सिंगो कांग्रेजनमा खुसीयाली थियो । नमिठो संयोग, आज ठिक उल्टो भईरहेको छ । सवै भन्दा उच्च शिखरमा चढेकै दिन आज उनको अन्त्यष्टी हुँदैछ । दुईबर्ष अघि खुसी भएका सबै अनुहारहरु आज मलिन छन् ।    त्यतिवेला नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता स्वर्गिय शुसिल कोइराला नेपालको ३७औं प्रधानमन्त्रीमा निर्वाचित भएकाले संपुर्ण काँग्रेसजन खुशी थिए, मुलुकले एउटा सादगी र इमान्दार प्रधानमन ... बाँकी अंश»

कोइरालाको शबयात्रा बुधवार २ बजेबाट, दागबत्ती भतिज अतुलले दिने

२०७२ माघ २६ मंगलबार, काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि बुधबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै हुने भएको छ ।    काँग्रेस केन्द्रीय समितिको निर्णयबमोजिम कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज पार्टी कार्यालय हुँदै मध्याह्न १२ बजेदेखि दशरथ रङ्गशालामा राखिएको छ । बुधबार अपराह्न २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी कार्यालयले जनाएक ... बाँकी अंश»

हामीले अभिभावक गुमायौँ: प्रेस युनियन

२०७२ माघ २६ मंगलबार, काठमाडौँ। नेपाल प्रेस युनियनले नेपाली काँगे्रसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युले आफूले अभिभावक गुमाएको बताएको छ । आज शोक वक्तव्य जारी गर्दै युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली राजनीतिमा सरल र सादा जीवनका पर्यायका रुपमै नेतृत्व तहमा पुग्नुभएका कोइरालाको निधनको खबरले युनियन स्तब्ध हुनाका साथै मर्माहत भएको उल्लेख गरेका छन् ।    विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० स ... बाँकी अंश»

सभापति कोइरालाको निधनको खबरले चीन स्तब्ध

२०७२ माघ २६ मंगलबार, काठमाडौं। चीनले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएको छ ।    नेता कोइरालाको निधनमा गहिरो दुःख व्यक्त गर्दै चीन सरकारले आज उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई शोक सन्देश पठाउँदै नेता कोइरालाका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।    चिनियाँ विदेशमन्त्री वाङ् यीले परराष्ट्रमन्त्री थापालाई पठाएको सन्देशमा कोइरालाले पार्टी सभापति ... बाँकी अंश»

कोइरालाको पार्थिव शरीर रातभर रंगशालामै, वुधबार बिहान ९ बजेबाट श्रद्धान्जली खुल्ला

२०७२ माघ २६ मंगलबार, काडमाडौं । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीर मंगलबार रातभर दशरथ रंगशालामा नै राखिने भएको छ । रंगशालाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । श्रद्धाञ्जलीका लागि वुधबार बिहान ९ बजे मात्र रंगशाला खुला गरिने कांग्रेस नेताहरुले बताएका छन् ।    कोइरालाको मंगलबार बिहान ७८ वर्षको उमेरमा असामयिक निधन भएको हो । कोइरालालाई देशका विशिष्ट व्यक्तिहरु र छिमेकी राष्ट्रबाट आएका विशिष्ट व्यक्तिहरुले सम्मान ... बाँकी अंश»

वीरगन्ज नाकाबाट १३ लाख लिटर इन्धन भित्रियो

२०७२ माघ २६ मंगलबार, पर्सा। नेपाल आयल निगमले आज वीरगन्ज नाकाबाट ९५ ट्याङ्करमा लोड रहेको १३ लाख १० हजार लिटर इन्धन नेपाल भित्र्याएको छ । नेपाल आयल निगमले भारतको बरौनी र रक्सौल डिपोबाट आज उक्त परिमाणमा इन्धन भित्र्याएको हो ।    वीरगन्ज नाकाबाट मंगलबार साँझ ६ः३० बजेसम्म ५९ ट्याङ्करमा सात लाख ३४ हजार लिटर डिजल, २१ ट्याङ्करमा तीन लाख लिटर पेट्रोल, १२ ट्याङ्करमा दुई लाख ४० हजार लिटर हवाई इन्धन र तीन ट्याङ्करमा लोड रहेको ३६ हजार लिटर मट्टितेल वीरगन्ज नाकाबाट भित्रिएको ने ... बाँकी अंश»

नयाँ