समाज

कोइराला प्रजातान्त्रिक आन्दोलनका अथक योद्धाःमहासङ्घ

२०७२ माघ २६ मंगलबार, काठमाडौं। नेपाल पत्रकार महासङ्घले पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधन भएको खबरले स्तब्ध भएको जनाएको छ । महासङ्घले स्व कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।    महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आज एक शोक वक्तव्य जारी गरी तत्कालीन प्रधानमन्त्रीको हैसियतमा संविधानसभाबाट नयाँ संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका को ... बाँकी अंश»

प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीसहितको प्रतिनीधिमण्डलबीच भेटवार्ता

२०७२ माघ २६ मंगलबार, काठमाडौं । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न आएको भारतीय विदेशमन्त्री सुष्मा स्वराज सहितको प्रतिनीधिमण्डलले प्रधानमन्त्री सुशील कोइरालासंग भेट गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको प्रतिनीधिमण्डलले प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणबारे छलफल गरेको छ ।   भेटमा भारतीय विदेशमन्त्री स्वराजले भारत नेपालको हरेक दुखमा साथ दिन तयार रहेको बताइन् । विदेशमन्त्री स्वराजसहित ... बाँकी अंश»

कोइराला परिवारसँग भारतको घनिष्ट सम्बन्ध छःस्वराज

२०७२ माघ २६ मंगलबार, काठमाडौं। भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको पाँच सदस्यीय भारतीय प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।    विदेशमन्त्री स्वराजका साथ बुधबार साँझ भारतीय काँग्रेसबाट पूर्व विदेशमन्त्री आनन्द शर्मा, कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी, जनता दल युनाइटेडका शरद यादव र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसहितको प्रतिनिधिमण्डल नेपा ... बाँकी अंश»

कोइरालाको निधन संगै राष्ट्रिय सम्मेलन स्थगन

२०७२ माघ २६ मंगलबार, काठमाडौं।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले बुधबारदेखि काठमाडौँमा गर्न लागेको २२औँ राष्ट्रिय सम्मेलन स्थगन गरेको छ ।    नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनका कारण उक्त सम्मेलन बिहीबार गर्न लागिएको हो । युनियनका प्रवक्ता आरसी लामिछानेले यही माघ २७ गतेदेखि २९ गतेसम्म गर्न लागिएको सो सम्मेलन राजनेता एवम् पूर्व प्रधानमन्त्री कोइरालाको सम्मानमा स्थगित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ २८ गते ... बाँकी अंश»

विदेशमन्त्री स्वराजसहित भारतीय नेताको टोली काठमाडौंमा

२०७२ माघ २६ मंगलबार, काठमाडौं । मंगलबार विहान निधन भएका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको टोली काठमाडौंं आइपुगेको छ । भारतीय नेताहरुले दशरथ रंगशाला पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । यसपछि स्वराजसहतिकाे टाेालीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गर्ने कार्यक्रम छ ।    स्वराजसहति उद्योग तथा वाणिज्यमन्त्री आनन्द शर्मा, जनता दल संयुक्तका नेता शरद यादव, ... बाँकी अंश»

‘नेपालले असल नेता गुमाएको छ’भारतीय राष्ट्रपति मुखर्जी

२०७२ माघ २६ मंगलबार, काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको मंगलबार बिहान भएको निधन प्रति समवेदना व्यक्त गर्दै कोइरालाको कार्यकालमा जलविद्युतको विकासमा आएको सुधार र सम्बन्धका बारेमा स्मरण गरेका छन् । ‘‘नेपालले देशका लागि आफ्नो जीवन समर्पण गरेका असल नेता गुमाएको छ, जसले नेपाललाई संक्रमणकालिन अवस्थामा नेतृत्व प्रधान गरे र नयाँ संविधान जारी गर्न महत्वपूर्ण योगदान दिए,’ मुखर्जीद ... बाँकी अंश»

शोक प्रस्ताव पारित गर्दै जिल्ला अधिवेशन स्थगित

२०७२ माघ २६ मंगलबार, बाजुरा । नेपाली काँग्रेसको आसन्न जिल्ला अधिबेशनको सन्ध्यामा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असमसामयिक निधन भएको खवरले जिल्ला अधिबेशन दुइ दिनका लागि स्थगित भएको बाजुरा निर्वाचन अधिकृत प्रतापसिंह ठकुराठीले बताएका छन् । उनका अनुसार बाजुराको छैटौं जिल्ला अधिवेशन माघ २५ सुरु भइ उद्घाटन सत्र २६ सञ्चालन हुने कार्यक्रम अनुसार अकस्मात कोइरालाको निधन भएको खवरले स्तव्ध बनाएकाले केन्द्रीय निर्वाचनको निर्देशन अनुसार म ... बाँकी अंश»

स्वराजले राष्ट्रपति र प्रधानमन्त्री भेट्दै

२०७२ माघ २६ मंगलबार, काठमाडौं । नेपाली कांँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक प्रकट गर्न मंगलबार नेपाल आउन लागेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएकी छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलका अनुसार विदेशमन्त्री स्वराजले नेता कोइरालाको पार्थिव शरीर राखिएको स्थल दशरथ रङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । उनले मंगलबार साँझै ... बाँकी अंश»

शोकमग्न बाँके काँग्रेस

२०७२ माघ २६ मंगलबार, नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँंग्रेसका सभापति सुशील कोइरालाको असमायिक निधनपछि बाँके काँग्रेस अहिले शोकमा डुबेको छ ।  कोइरालाको दुःखद निधनपछि उनको नेपालगन्जस्थित भाइको घर र पार्टी कार्यालयमा शोक व्यक्त गर्न कार्यकर्ताको घुइँचो लागेको छ । स्व कोइरालाका भाइ विजय, भाइबुहारी किरण र भतिजा सुधांशु मंगलबार बिहानको जहाजबाट काठमाडौं गएका छन् । अन्त्येष्टिमा सहभागी हुन यहाँबाट मंगलबार साँझ दुई बसमा कार्यकर्ता काठमाडौँ जाने पार्टी ... बाँकी अंश»

कोइरालालाई श्रद्धान्जली दिन समूहमै आउँदै भारतीय विदेशमन्त्री स्वराज

२०७२ माघ २६ मंगलबार, काठमाडौं । मंगलबार बिहान निधन भएका कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायत भारतीय नेताहरु काठमाडौं आउँदै छन् । साढे ४ बजे काठमाडौं आइपुग्ने उनीहरु राति ८ बजे नै फर्किने कार्यक्रम रहेको बताइएको छ । स्वराजले दिल्ली विमानस्थल पुग्नु अघि ट्वीट गर्दै आफु अन्य तीन जना नेताको साथमा आउन लागेको जानकारी दिएकी थिइन् ।    स्वराजसहति उद्योग तथा वाणिज्यमन ... बाँकी अंश»

कोइरालाको निधनबाट राष्ट्रपति दुःखी

२०७२ माघ २६ मंगलबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनको समाचारले आफूलाई स्तब्ध र दुःखी तुल्याएको बताएकी छन् । कोइरालाको निधनमा दिएको शोक विज्ञप्तिमा उनले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रुपमा कोइरालाले जीवनपर्यन्त खेल्नुभएको भूमिका सदा स्मरणीय रहिरहने उल्लेख गरेकी छन् । राष्ट्रपति भण्डारीले राजनीतिक समन्वय र सहकार्यमा जोड दिई संविधानसभाबाट संविधान जारी ... बाँकी अंश»

कांग्रेस नेता आचार्यको स्वास्थ्यमा क्रमिक सुधार, अवस्था सामान्य बन्दै

२०७२ माघ २६ मंगलबार, काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री नरहरी आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । सुशील कोइराला नेतृत्वको सरकारमा रहँदा महत्वपूर्ण काम गरेको कानुनमन्त्री आचार्य कोइरालाको निधनको खबर सुनेपछी कोइरालाको निवास पुग्दा अचेत भई ढलेका थिए । वेहोस भए लगत्तै न्यूरो अस्पताल बाँसबारी लगिएकामा उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।   यसअघि आचार्यको स्वास्थ्य नाजुक रहेको खबर आएको थियो । आर्चायसंगै अस्पतालमा रहेक ... बाँकी अंश»

राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टी गर्ने मन्त्रिपरिषदको निर्णय, भोलि सार्वजनिक बिदा

२०७२ माघ २६ मंगलबार, काठमाडौँ । सरकारले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्व कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य आवश्यक व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।    बैठकले कोइरालाको निधनमा शोक मनाउन यही माघ २७ गते सार्वजनिक बिदा दिने र माघ २६ देखि २८ गतेसम्म तीन द ... बाँकी अंश»

कांग्रेस केन्द्रीय समिति आकष्मिक बैठक : शोक प्रस्ताव पारित, अन्त्येष्टी बुधबार

२०७२ माघ २६ मंगलबार, काठमाडौं । कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक सकिएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको काठमाडौंमा उपलब्ध सदस्यहरुको बैठकले शोक प्रस्ताव पारित गरेको छ ।  बैठकले १३ दिन सम्म पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । ३ दिन सम्म पार्टी कार्यालय बन्द गर्ने र फागुन १ गतेपछी मात्र जारी महाधिवेशनको गतिविधी सुरु हुने बताइएको छ ।   बैठकको निर्णयबारे जानकारी दिँदै केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन अ ... बाँकी अंश»

मिलेर संविधान कार्यान्वय गरे कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : पूर्वराष्ट्रपति यादव

२०७२ माघ २६ मंगलबार, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ । कोइरालाको शव महाराजगन्जस्थित निवासबाट सानेपा लगिएको हो । अहिले सानेपामा श्रद्धाञ्जली दिनेहरुको भिड लागेको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली दिँदै पूर्व राष्ट्रपति यादवले विगतमा संगै काम गरेको सम्झिएका छन् । डा. यादवले भने, ‘उहाँकै नेतृत्वमा ... बाँकी अंश»

कांग्रेस नेता नरहरी आचार्यलाई मष्तिष्कघात

२०७२ माघ २६ मंगलबार, काठमाडौं। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जली व्यक्त गर्न पुगेका कांग्रेस नेता नरहरि आचार्य ब्रेन ह्यामरेज भएको बाँसबारीस्थित न्यूरो अस्पतालले जनाएको छ।   अचानक वेहोस भएपछि उनलाई उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ। कोइराला निवास महाराजगञ्जमा पूर्व प्रधानमन्त्री कोइरालाबारे टेलिभिजनमा प्रतिक्रिया दिन लागेका बेला उनी बेहोस भइ लडेका हुन्। उपचार गराइरहेका आचार्यको मष्तिष्कमा रगत जमेको ... बाँकी अंश»

कोइरालाको योगदानविना संविधान निर्माण सम्भव थिएन : प्रचण्ड

२०७२ माघ २६ मंगलबार, धनकुटा । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाको निधनले देशलाई अपुरणीय क्षति भएको पुगेको बताउँदै संविधान निर्माण प्रक्रियामा कोइरालाको योगदान नभएको भए संविधानसभाबाट संविधान जारी असंभव रहेको बताएका छन् ।    पार्टी कामको सिलशिलामा प्रदेश १ अन्र्गत धनकुटा पुगेका दाहालले क्रान्तिकारी पत्रकार संघ धनकुटाले गरेको पत्रकार सम्मेलनमै यस्तो बताएका हुन् । दाहालले भने, ‘देशको सबैभन्दा ठूल ... बाँकी अंश»

दशकौं देश र जनतामा समर्पित महत्वपूर्ण साथी गुमायौं : नरेन्द्र मोदी

२०७२ माघ २६ मंगलबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति शोक प्रकट गर्दै एक महत्वपूर्ण साथी गुमाएको उल्लेख गरेका छन् । मोदीले आफ्नो ट्वीटर अकाउन्टमा कोइरालाप्रति श्रद्धाञ्जली तथा परिवार र आम नेपालीलाई समवेदना दिएका छन् । प्रधानमन्त्री मोदीले, कांग्रेस सभापति काइरालाले दशकौं देश र जनताका लागि काम गर्दै जीवन समर्पण गरेको भन्दै चिरशान्तिको कामना गरेका छन् ।  ... बाँकी अंश»

कोइरालाको सम्मानका लागि मन्त्रिपरिषद् बैठक बस्दै

२०७२ माघ २६ मंगलबार, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइलालाको सम्मान र श्रद्धासुमनको निर्णय गर्न बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मसन्त्रपरिषद् बैठक बस्दै छ । बैठकले हाल सम्म पूर्व प्रधानमन्त्रीहरुले पाउँदै आएको विशिष्ट सम्मानको निर्णय गर्ने प्रधानमन्त्रीको नीजी सचिवालयले जनाएको छ । नीजी सचिवालयका स्वकिय रमेश भट्टराईका अनुसार पहिले देखि सरकारले दिँदै आएको पूर्व प्रधानमन्त्रीहरुकै सम्मान कोइरालाई दिने निर्णय मन ... बाँकी अंश»

कोइराला निवासमा नरहरि बेहोस

२०७२ माघ २६ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जली व्यक्त गर्न पुगेका कांग्रेस नेता नरहरि आचार्य बेहोस भएका छन् ।   अचानक वेहोस भएपछि उनलाई उपचारका लागि अहिले अस्पताल पुर्याईएको छ। कोइराला निवास महाराजगञ्जमा पूर्व प्रधानमन्त्री कोइरालाबारे टेलिभिजनमा प्रतिक्रिया दिन लागेका बेला उनी बेहोस भइ लडेका हुन्। उनलाई उपचारका लागि सहिद गंगालाल हृदयरोग केन्द्रमा पठाइएको हो ।    ... बाँकी अंश»

नयाँ