समाज

भूकम्प अपडेट: एक दर्जन बढी घाइते ( भिडियो सहित)

२०७२ माघ २२ शुक्रबार, काठमाडौ। भूकम्प गएस‌गै आतिएर भाग्दा काठमाडौंका विभिन्न क्षेत्रमा एक दर्जन भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको विवरण आइरहेको हुदाँ घाइतेको स‌ंख्या केही बढने प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ठूलै धक्का गएपछि काठमाडौंका सर्वसाधारण घरबाहिर सडक र खुल्ला ठाउँमा जम्मा भएका हुन् ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रम ... बाँकी अंश»

सिन्धुपाल्चोक केन्द्र बनाएर ५.५ रिक्टर स्केलको पराकम्पन

२०७२ माघ २२ शुक्रबार, काठमाडौं ।लामो समयपछि सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको भूकम्प विनाशकारी गोरखा भूकम्पकै परकम्प थियो । पुस २७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको  थियो ।   पुस २६ मा सिरहा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो ।१० महिना पुगिसक्दासमेत परकम् ... बाँकी अंश»

बीस हजार विद्यार्थीबाट प्रदर्शनी अवलोकन

२०७२ माघ २२ शुक्रबार, काठमाडौं । छैटौँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा क्यारिएर इन म्यानेजमेन्टमा २० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् ।    वसुन्धरास्थित साउथवेस्टन कलेज परिसरमा आयोजित दुईदिने प्रदर्शनी समापन कार्यक्रममा बोल्दै पर्यटन राज्यमन्त्री बलबहादुर महतले देशलाई आत्मनिर्भर बनाइ अगाडि बढ्न यस्ता प्रदर्शनी सहयोगी हुने बताए । उनले सरकारले सिर्जनात्मक कार्य प्रवद्र्धनका लागि नीति तथा कार्यक्रम बनाइ आगामी दिनमा हरेक खालका सहयोग गर्ने उल्ले ... बाँकी अंश»

पुनःनिर्माणमा जुट्नुस्ःउपप्रधानमन्त्री रायमाझी

२०७२ माघ २२ शुक्रबार, काठमाडौं। उपप्रधान एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले भूकम्पपछिको पुनःनिर्माणमा जुट्न युवा विद्यार्थीलाई आह्वान गरे ।   अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) सिटिइभिटी जिल्ला समितिको चौँथो अधिवेशनलाई शुक्रकार सम्बोधन गर्दै उनले भूकम्पबाट धेरै प्रभावित १४ जिल्ला र सामान्य रुपमा प्रभावित ३१ जिल्लामा पुनःनिर्माण तथा नवनिर्माणका लागि हजारौँको सङ्ख्यामा जनशक्ति आवश्यक पर्ने भएकाले एकताबद्ध भएर लाग्नुपर्ने ... बाँकी अंश»

टोखामा भद्रकाली खड्ग सिद्धि जात्रा सुरु

२०७२ माघ २२ शुक्रबार, काठमाडौं। टोखामा परम्परादेखि चल्दै आएको भद्रकाली खड्ग सिद्धि (गद्र्यः) जात्रा आज सुरु भएको छ ।    आर्थिक तथा प्राविधिक कारणले ३६ वर्षसम्म आयोजना गर्न नसकिएको सो जात्रा यस वर्ष नेवा गुठी टोखाको विशेष सक्रियतामा आयोजना भएको हो । नेवारी संस्कृतिमा विशेष महत्व राख्ने उक्त जात्रा शनिबारसम्म जारी रहने छ । काठमाडौंका तत्कालीन राजा यक्ष मल्लका छोरा रत्नले १५ औँ शताब्दीमा सुरुआत गरेको सो जात्रामा महालक्ष्मी, ब्रह्मायणी, भद्रकाली, नारायणी, इन्द्रायण ... बाँकी अंश»

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन प्रस्तुत

२०७२ माघ २२ शुक्रबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज सर्वाेच्च अदालतको आर्थिक वर्ष ०७१÷०७२ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।    प्रतिवेदनमा आव २०७१÷०७२ मा सर्वोच्च अदालत, न्याय परिषद्, न्याय सेवा आयोग, पुनरावेदन अदालत, जिल्ला अदालत, विशेष अदालत, राजस्व न्यायाधीकरण, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणबाट भएका न्याय सम्पादनसहितको मुख्यमुख्य विवरण तथा न्यायपालिकाका चुनौती र सुझाव उल्लेख गरिएको छ । प् ... बाँकी अंश»

‘भूकम्पपछिको समस्या पहिचान गर्दा पीडित मारमा’

२०७२ माघ २२ शुक्रबार, त्रिशूली(नुवाकोट)। पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वप्रमुख आयुक्त केदारनाथ उपाध्यायले सरकारले बेलैमा भूकम्पको समस्यालाई पहिचान गर्न नसक्दा झनै समस्या बल्झिँदै गएको बताए ।    सदरमुकाम विदुरमा आयोगका पूर्वआयुक्तहरुको समाज (फोकस एनएचआरसी) को आयोजनामा भएको भूकम्पपछिको स्थिति, अनुगमन, जवाफदेहिता, अभिवृत्ति र सामाजिक न्यायको सुनिश्चितता कार्यक्रममा फोकसका अध्यक्ष रहनुभएका उपाध्यायले सरकारी तहको असक्षताका कारण भ ... बाँकी अंश»

एनडिपीको सहयोगमा दुई भवन निर्माण

२०७२ माघ २२ शुक्रबार, त्रिशूली(नुवाकोट)। राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी)को आर्थिक सहयोगमा निर्माण भएको जिल्ला दैवीप्रकोप उद्धार समिति र जिविस कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ । युएनडिपीका राष्ट्रिय निर्देशक रेनो मायर, जिल्ला दैवीप्रकोप उद्धार समितिका प्रमुख एवं प्रजिअ उमेशकुमार ढकाल र स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले भवन उद्घाटन गरेका हुन् ।    भवन उद्घाटनपछि आयोजित कार्यक्रममा राष्ट्रिय निर्देशक मायरले आफ्नो संस्थाले जिल्लामा सार् ... बाँकी अंश»

सरकारको ध्यान व्यावसायिक शिक्षामा

२०७२ माघ २२ शुक्रबार, सोलुखुम्बु। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले अब प्राविधिक एवम् व्यावसायिक शिक्षामा ध्यान केन्द्रित गर्ने बताएका हुन् ।   हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा केन्द्र फाप्लु सोलुखुम्बुले सुरु गरेको अनमी कक्षाको शुक्रबार उद्घाटन गर्दै मन्त्री पोखरेलले शैक्षिक बेरोजगार दर घटाउन र देशको विकासका लागि प्राविधिक शिक्षामा जोड दिने बताए । अहिले पनि देशका दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पुग्न नसकिरहेको भन्दै मन्त्री पोखरेलले दुर्गम ... बाँकी अंश»

‘अस्तित्व रक्षाका लागि माओवादी पार्टी एकता’

२०७२ माघ २२ शुक्रबार, काठमाडौँ । सबै माओवादी पार्टी एक नभए नेपालबाट माओवादीको अस्तित्व समाप्त हुनेमा सम्बन्धित पार्टीका नेताले चिन्ता व्यक्त गरेका छन् । आज यहाँ आयोजित माओवादी पार्टीको आवश्यकता र औचित्य विषयक अन्तक्र्रियामा बोल्ने वक्ताले माओवादीको अस्तित्व जोगाउन सबै माओवादी पार्टी एकजुट हुनुपर्ने धारणा राखेका हुन् ।    एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले देशको राष्ट्रियता बचाउन पनि सबै फुटेका माओवादी पार्टी एक भएर समस्याको समाधान खोज्नुपर् ... बाँकी अंश»

आयुक्त केशवप्रसाद बराललाई अन्तरिम आदेश दिन नपर्ने सर्वोच्चको ठहर

२०७२ माघ २२ शुक्रबार, काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशवप्रसाद बराललाई आफ्नो पदमा निरन्तर रुपमा काम गर्नका लागि अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले आज बरालले आयोगका आयुक्त पदमा निरन्तर रुपमा काम गरेको नपाइएको उल्लेख गरी हाललाई अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।    आयुक्त बरालले आ ... बाँकी अंश»

युवा सङ्घले सात लाख घर निर्माण गर्ने

२०७२ माघ २२ शुक्रबार, बर्दिवास । एमाले सम्बद्ध सङ्गठन युवा सङ्घ नेपालले अब आफ्नो युवा शक्ति राष्ट्रिय पुनःनिर्माणमा जुटाइने उद्घोष गरेको छ । ‘मधेस संवाद तथा जागरण अभियान’ का लागि दुई महिने कार्यक्रम बनाएर मधेस झरेको सङ्घले आज महोत्तरीको बर्दिवासमा नगर पत्रकार सञ्जाल बर्दिवासले आयोजन गरेको पत्रकार सम्मेलनमा यस्तो उद्घोष गरेको हो ।    कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारीले पुसबाट सुरु भएको दुई महिने ‘मधेस संवाद तथा जागरण अभियान’ माघ मसान्तमा समापन गरिए ... बाँकी अंश»

अख्तियार दिवसको भब्य तयारी

२०७२ माघ २२ शुक्रबार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अनुसन्धानममा सक्रिय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसपटक अख्तियार दिवस बनाउन भब्य तयारी गरिरहेको छ । अख्तियार दिवसको अवसरमा गर्ने पूर्व निर्धारित कार्यक्रम सार्वजनिक भएका छन् ।   दिवसको दिन बिहान ८ः३० बजे नेपाल पुलिस क्लब भृकुटीमण्डपबाट प्रभातफेरी निस्कने छ । प्रभातफेरी अख्तियार कार्यालय टंगाल पुगेर टुंगिने बताइएको छ । विहान ११ बजे अख्यिारको सभा गृहमै मूल समारोह कार्यक्रम हुने र साँझ साढे पाँच बजे ... बाँकी अंश»

नेपाल बारमा चुनावी सरगर्मी , उमेद्धार छनोट प्रक्रिया सुरु

२०७२ माघ २२ शुक्रबार, काठमाण्डौं ।  कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोशिएसनको २४ औं कार्यसमितिको निर्वाचनका लागि उमेद्धार छनोट प्रक्रिया सुरु भएको छ । यहि चैत्र ६ गते हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि नेकपा एमाले र एमाओवादी निकट कानुन व्यवसायीहरुको संयुक्त प्यानल र कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्राट्रिक लयर्स एशोशिएसनको प्यानल चुनावी मैदानमा उत्रिने निश्चित भएको छ ।   तीन बर्षसम्म कार्यकाल रहने नेपाल बार एशोशिएसनको हरेक कार्य ... बाँकी अंश»

प्रमुख भारतीय भन्सार नाका रक्सौल खुल्यो

२०७२ माघ २२ शुक्रबार, पर्सा । वीरगन्जस्थित प्रमुख भारतीय भन्सार नाका खुलेको छ । रक्सौलमा भारतीय नागरिकले ढाटहरु हटाएपछि नाका खुलेको हो । मालवाहक गाडीहरु भने भारतीय कष्टमले जाँच पास गर्नु पर्ने भएकाले भित्रिएका छैनन् ।     ... बाँकी अंश»

मरेको कुखुरा खाँदा बालिकाको मृत्यु, आमा–छोरा सिकिस्त

२०७२ माघ २२ शुक्रबार, भीमदत्तनगर । कञ्चनपुर जिल्लामा मरेको कुखुरा खाँदा छ वर्षीया बालिकाको आज मृत्यु भएको छ । मरेको कुखुरा खाँदा झलारी–पिपलाडी नगरपालिका–११ दीपनगरका छ वर्षीया गोलमा विकको मृत्यु भएको हो । विककी आमा ३५ वर्षीया नन्दा र दाजु आठ वर्षीय निलम सिकिस्त छन् । दुबैजनाको झलारीस्थित ‘न्यू झलारी क्लिनिक’मा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले जानकारी दिनुभयो ।    बुधबार साँझ विक परिवारले बाटोमा भेटिएको मरेको कुखुर ... बाँकी अंश»

सामूहिक बेलविवाहले खर्च गर्ने चलन हट्यो

२०७२ माघ २२ शुक्रबार, रामपुर (पाल्पा)। सामूहिक रुपमा बेलविवाह कार्यक्रमले नेवारी समुदायमा घर घरमा खर्च गरेर कन्याको बेलविवाह गर्ने चलन रामपुरमा हटेको छ । ऐतिहासिक एव्म धार्मिक पर्यटकीयस्थल रामपुरमा विगत १५ वर्षयता प्रत्येक पाँच वर्षमा सामूहिक रुपमा बेलविवाह हुँदै आएको छ ।    नेवा समाज रामपुर, पाल्पाको आयोजनामा तीनदिनसम्म नेवारी वैदिक परम्पराअनुसार रजस्वला नहुँदै कन्याको बेल विवाह गरिएको छ । नेवारी परम्पराअनुसार इहीयज्ञ अर्थात् तेस्रो बेलविवाह कार्यक्रममा प ... बाँकी अंश»

दुर्घटनामा योजना अधिकृतको मृत्यु

२०७२ माघ २१ बिहिबार, इनरुवा । जिविस सुनसरीका योजना अधिकृत दीपक निरौलाको गाडी दुर्घटनामा परी आज साझ मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनीभासी नगरपालिका–४ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१२प ६४६६ नंको मोटसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना३ख ४५६१ नंको टिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो । कामविशेषले इटहरी जानुभएका इनरुवा–२ का निरौला इटहरीबाट इनरुवा फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाए ... बाँकी अंश»

इन्धनको मूल्य समायोजन गर्न प्रम कार्यालयको निर्देशन

२०७२ माघ २१ बिहिबार, काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।    अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य घट्दै आए पनि सो अनुसार आन्तरिक रुपमा मूल्य समायोजन नभएको भन्दै आपूर्ति मन्त्रालय मार्फत नेपाल आयल निगमलाई निर्देशन दिइएको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमशः घट्दै गए पनि सो अनुसार मूल्य समायोजन गरेक ... बाँकी अंश»

राष्ट्रपति कार्यालयमा नयाँ सचिव

२०७२ माघ २१ बिहिबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा हुनुभएका सचिव टेकप्रसाद ढुङ्गानालाई विहिवार शीतल निवासमा आयोजित समारोहमा बिदाइ गरेका हुन्।    यस्तै उनले कार्यालयमा पदस्थापना हुनुभएका नवनियुक्त सचिव भूपेन्द्रप्रसाद पौड्याललाई बधाई तथा शुभकामना दिए । सचिव पौड्यालले कार्यालयको सचिव पदमा आजै बहाली गर्नुभएको कार्यालयका प्रवक्ता खडानन्द ढकालले जानकारी दिए ।।   ... बाँकी अंश»

नयाँ