समाज

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर भएकाहरू पक्राउ

२०७२ माघ २३ शनिबार, काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरी नक्कली प्रमाणपत्रको आधारमा एमबिबिएस अध्ययन गरेका उनीहरुलाई केन्द्रीय अनुसन्धान विभागको टोलीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।    पक्राउ पर्नेहरुमा झापा अनारमनी गाविस घर भई बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत रामबाबु गिरी, मोरङ कटहरी गाविस घर भई पशुपति मोडेल अस्पताल इटहरीको प्रमुख भई का ... बाँकी अंश»

नक्कली प्रमाणपत्र चाँडो छानबिन गर्न माग

२०७२ माघ २३ शनिबार, काठमाडौं। नेपालस्थित बङ्गलादेश दूतावासको सेल्फ फाइनान्स योजनाअन्तर्गत बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जानेबारे उत्पन्न विवादलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्ने माग गरिएको छ ।    बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीले शनिबार पत्रकार सम्मेलन गरी चार÷पाँच जना विद्यार्थीको प्रमाणपत्र नक्कली भएको विषयमा सुरू गरिएको छानबिनमा ढिलाइ भएको र त्यसले गर्दा आफूहरूको पढाइमा समेत अवरोध सिर्जना हुने भ ... बाँकी अंश»

नक्कली प्रमाणपत्र चाँडो छानबिन गर्न माग

२०७२ माघ २३ शनिबार, काठमाडौं। नेपालस्थित बङ्गलादेश दूतावासको सेल्फ फाइनान्स योजनाअन्तर्गत बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जानेबारे उत्पन्न विवादलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्ने माग गरिएको छ ।    बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीले शनिबार पत्रकार सम्मेलन गरी चार÷पाँच जना विद्यार्थीको प्रमाणपत्र नक्कली भएको विषयमा सुरू गरिएको छानबिनमा ढिलाइ भएको र त्यसले गर्दा आफूहरूको पढाइमा समेत अवरोध सिर्जना हुने भ ... बाँकी अंश»

क्यान्सर बिरुद्ध अन्नपूर्णको साइकल र्‍‍‍‍‍याली

२०७२ माघ २३ शनिबार, काठमाडौ । अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सर रोगविरुद्धको जनजागरण अभियान अन्तर्गत बृहत साइकल र्‍‍‍‍‍याली गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर ‘क्यान्सर रोगको रोकथाम सम्भव छ’ भन्ने मुख्य नारा सहित क्यान्सर बिरुद्ध जनचेतना जगाउन बृहत साइकल र्याली आयोजना गरेको हो ।   र्यालीमा राजनीतिक दलका नेता, प्रशासक, क्यान्सर रोगविरुद्ध संघर्ष गरिरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, स्वास्थ्य मन्त्रालयका अधिकारी, सुर ... बाँकी अंश»

बाह्र मदरसा विद्यालय बन्द

२०७२ माघ २३ शनिबार, दमौली। आर्थिक वर्ष २०७१÷०७२ मा तनहुँ जिल्लाभित्र रहेका १२ वटा मदरसा विद्यालय बन्द भएका छन् । दोहोरो विद्यार्थी भएकाले ती विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । बिहान मदरसामा पनि त्यही विद्यार्थी र दिउँसो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी पनि त्यही भएपछि ती मदरसा विद्यालय बन्द गरिएको हो ।    धार्मिक विद्यालयका नाममा सञ्चालित व्यास–११ को मुनस्टार, श्याम्घा गाविसको इस्लामिक, नुरानी उर्दु अरबी, किहुँको इम्दादि ... बाँकी अंश»

गुरुत्वाकर्षणले तानिएका एक युवा

२०७२ माघ २३ शनिबार, काठमाडौं। नेपालमा सधैँ भइरहने विद्युत् भार कटौती र इन्धन अभावको समस्या अहिले सामान्यझैँ भइसकेको छ । मानिस अब यही अभावमा नै आफ्नै दैनिक चलाउन अभ्यस्तसमेत भइसकेका छन् । अभावले नै मानिसलाई नयाँ कुराको सिर्जना गर्न अभिप्रेरित गर्छ । यसको ज्वलन्त उदाहरण बनेका छन् ३५ वर्षीय किशोर केसी । जसलाई यही अभावले वैज्ञानिक बनाइदियो । वैज्ञानिक त उनी बने तर आफ्नो सर्वस्व नै गुमाए झैँ भएको छ अहिले ।    दश वर्षअघिदेखि ललितपुरको नख्खुमा उनी साइबर क्याफे सञ्चालन ... बाँकी अंश»

बाह्र किलो चरेससहित दुई पक्राउ

२०७२ माघ २२ शुक्रबार, कञ्चनपुर । सुदूरपश्चिम प्रहरीको विशेष अनुसन्धान टोलीले कैलालीको अत्तरिया नगरपालिका–४ बाट गएराति १२ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा से३प ३३५८ नंको स्कुटीमा सेतो बोरामा कपासमा बेरेर चरेस ल्याउँदै गर्दा बझाङ लेकगाउँका भीम धामी र दहबगरका प्रेम धामीलाई चरेससहित पक्राउ गरेको अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताए ।    भारतीय व्यापारीसँग चरेस बेच्नका लागि ल्याउँदै गर्दा पक्राउ गरिएको दुवैजनालाई अनुस ... बाँकी अंश»

९० तोला चाँदीसहित एक भारतीय नागरिक पक्राउ

२०७२ माघ २२ शुक्रबार, सप्तरी । शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि सादा पोसाकमा खटिएका प्रहरीको गस्ती टोलीले गएराति राजविराजस्थित कुनोली मोडबाट चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाको राजनगर–३ बस्ने १७ वर्षीया सुमितकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    प्रहरीले शङ्का लागेर मेहतालाई जाँच गर्दा पाइन्टको दाहिने र बायाँ दुवै खल्तीमा लुकाई राखेको ९० तोला चाँदीको ढिका र १० आना चाँदीको टुक्र ... बाँकी अंश»

सुनसरीका बाह्रवटा गाविस बर्डफ्लुको जोखिममा

२०७२ माघ २२ शुक्रबार, इनरुवा । सुनसरीका १२ वटा गाविस बर्डफ्लुको उच्च जोखिममा रहेको जिल्ला पशुसेवा कार्यालय सुनसरीले जनाएको छ ।   सदरमुकाम इनरुवामा बिहीबार सम्पन्न चोरीपैठारी नियन्त्रण कार्यक्रममा कार्यालय प्रमुख शिवनाथ महतोले सुनसरीका सीमा क्षेत्रसँग जोडिएका १२ वटा गाविसमा बर्डफ्लुको खतरा नरहे पनि सीमा नाकाका कारण १२ गाविस बर्डफ्लुको चपेटामा प्रत्यक्ष पर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।   खुल्ला सीमा नाकाका कारण भारतीय बजारबाट बिनापरीक्षण भि ... बाँकी अंश»

दुर्घटनामा योजना अधिकृतको मृत्यु

२०७२ माघ २१ बिहिबार, इनरुवा । जिविस सुनसरीका योजना अधिकृत दीपक निरौलाको गाडी दुर्घटनामा परी विहिबार साझ मृत्यु भएको छ ।    पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनीभासी नगरपालिका–४ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१२प ६४६६ नंको मोटसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना३ख ४५६१ नंको टिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो । कामविशेषले इटहरी जानुभएका इनरुवा–२ का निरौला इटहरीबाट इनरुवा फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरील ... बाँकी अंश»

भक्तपुरका छवटै नगर समितिमा काँग्रेसको नयाँ नेतृत्व

२०७२ माघ २१ बिहिबार, भक्तपुर। नेपाली काँग्रेस भक्तपुर जिल्लामा छ वटा नगरपालिकाको काँग्रेस नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ ।    भक्तपुर नगर समिति सभापतिमा रामप्रसाद कासुला, उपाध्यक्षमा राजेन्द्र तमखु, कोषाध्यक्षमा किरणहरि श्रेष्ठलगायतका सदस्य निर्वाचित भएका छन् भने मध्यपुरथिमि नगर समिति सभापतिमा सुरेन्द्र श्रेष्ठ, सचिवमा सुरज खड्का, कोषाध्यक्षमा उमेश खड्कासहित सदस्य विजयी भएका छन् ।    सूर्यविनायक नगर समिति सभापतिमा बालकृष्ण थापा, उपसभापतिमा दीपक ... बाँकी अंश»

शिक्षा, स्वास्थ्य र स्थानीय निकायमा बढी भ्रष्टाचारः अख्तियार

२०७२ माघ २१ बिहिबार, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह, भौतिक पूर्वाधार, कृषि, राजस्व प्रशासन र सहरी विकाससँग जोडिएका उजुरी अघिल्ला वर्षको तुलनामा बढेको बताएको छ । आयोगद्धारा  आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णहरि पुष्करले सबैभन्दा बढी उजुरी शिक्षा, स्थानीय निकाय, भूमि प्रशासन, स्वास्थ्य र वनमा आएको जानकारी दिए । यस्तै स्थानीय निकायको पनि तीन वर्षमा उजुरीको सङ्ख्या बढेर तीन हजार ९८२ पुगेको छ । आव २०६९÷७० मा एक हजार ७२८ स्थानीय निकायको उजुरी पर ... बाँकी अंश»

सहिदको सपना पूरा नगरेको गुनासो

२०७२ माघ १६ शनिबार, काठमाडौं। वर्तमान सरकारले सहिदको सपना पूरा गर्नेतर्फ कुनै कदम नचालेको भन्दै बुद्धिजीवी, अधिकारकर्मी तथा सहिदका परिवारले गुनासो गरेका छन् ।    रिपोटर्स क्लबमा आयोजित अन्तक्र्रिया कार्यक्रममा इतिहासविद डा सुरेन्द्र केसीले सहिदप्रतिको सरकारको निरन्तर बेवास्ताका कारण सहिदले आफ्नो प्राणको आहुति दिएर गल्ती गरेको भनेर सहिदका परिवारजनले व्यक्त गर्नु निकै दुःखद र मार्मिक भएको भन्दै त्यसमा सरकार गम्भीर हुनुपर्ने बताए ।उद्योग राज्यमन्त्री मेघ ... बाँकी अंश»

सुदूरपश्चिममै पहिलोपटक सुनन्ता र मङ्गलीले बाबुलाई दिए दागबत्ती

२०७२ माघ १६ शनिबार, बैतडी। पुरानो रुढीवादी परम्परालाई तोड्दै सुदूरपश्चिममै सम्भवतः पहिलोपटक दुई महिलाले आफ्ना बाबुलाई दागबत्ती दिएका छन् ।  बझाङको कफलसेरीका नन्ता बोहरा र मङ्गली बोहराले बाबुलाई शुक्रबार दागबत्ती दिएका हुन् । सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ ।    कफलसेरी–७ जाजल्लीका अन्नु जाग्रीको बिहीबार ६५ वर्षको उमेरमा मृत्यु भएको थियो । जाग्रीका चार छोरीमध्ये जेठी र माइली छोरीले दागबत्ती दिएको स्थानीय कमल जाग्रीले ब ... बाँकी अंश»

सुदूरपश्चिममै पहिलोपटक सुनन्ता र मङ्गलीले बाबुलाई दिए दागबत्ती

२०७२ माघ १६ शनिबार, बैतडी। पुरानो रुढीवादी परम्परालाई तोड्दै सुदूरपश्चिममै सम्भवतः पहिलोपटक दुई महिलाले आफ्ना बाबुलाई दागबत्ती दिएका छन् । बझाङको कफलसेरीका नन्ता बोहरा र मङ्गली बोहराले बाबुलाई शुक्रबार दागबत्ती दिएका हुन् । सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ ।    कफलसेरी–७ जाजल्लीका अन्नु जाग्रीको बिहीबार ६५ वर्षको उमेरमा मृत्यु भएको थियो । जाग्रीका चार छोरीमध्ये जेठी र माइली छोरीले दागबत्ती दिएको स्थानीय कमल जाग्रीले बता ... बाँकी अंश»

नवजात शिशुको हत्या आरोपमा पक्राउ

२०७२ माघ १५ शुक्रबार, बनेपा । परपुरुषसँग यौन सम्बन्ध कायम गरी नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकमा एक महिलालाई पक्राउ गरेको छ ।    पाँचखाल नगरपालिका वडा नं ८ बस्ने माइली तामाङलाई ज्याम्दीमण्डन गाविस–९ स्थित माइती घर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।    प्रहरीको अनुसन्धानबाट आफ्नो श्रीमान् विदेश भएको अवस्थामा यौन सम्बन्ध राखेपछि गर्भ रहेको र यही माघ १२ गते गाविस ... बाँकी अंश»

'क्यामेरा ट्र्यापिङ' विधिबाट पाटेबाघ अनुगमन गरिने

२०७२ माघ ८ शुक्रबार, रत्ननगर (चितवन) । चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पाटेबाघको अनुगमनमा क्यामेरा ट्रापिङ विधिको प्रयोग गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।    विश्वमै लोपोन्मुख पाटेबाघको आहारा प्रजाति, बासस्थान र अवस्था पत्ता लगाउन चितवन निकुञ्ज र आसपास क्षेत्रमा आधुनिक ‘क्यामेरा ट्रापिङ’ विधिको प्रयोग गरी बाघ अनुगमन थालिएको हो ।    यो प्रविधिमा कुनै पनि बाघ दोहोरिने सम्भावना नहुने र क्यामेराको अघिबाट बाघ हिँड्दा आफैँ फोटो खिच्ने भएकाले ... बाँकी अंश»

राहत लिन अंशबन्डा र नामसारीमा भिड

२०७२ माघ ६ बुधबार, चौतारा। सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ ।    गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा दिइने राहत तथा अनुदान पाउने उद्देश्यले सेवाग्राहीको घुइँचो लागेको हो । यसअघि अंशबन्डाको काम बढीमा दैनिक तीन÷चार र नामसारी एक÷दुई मात्र हुने गरेकामा मङ्सिरदेखि अंशबन्डा दैनिक करिब ९० र नामसारी कर ... बाँकी अंश»

राहत लिन अंशबन्डा र नामसारीमा भिड

२०७२ माघ ६ बुधबार, चौतारा। सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ ।    गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा दिइने राहत तथा अनुदान पाउने उद्देश्यले सेवाग्राहीको घुइँचो लागेको हो । यसअघि अंशबन्डाको काम बढीमा दैनिक तीन÷चार र नामसारी एक÷दुई मात्र हुने गरेकामा मङ्सिरदेखि अंशबन्डा दैनिक करिब ९० र नामसारी कर ... बाँकी अंश»

राहत लिन अंशबन्डा र नामसारीमा भिड

२०७२ माघ ६ बुधबार, चौतारा। सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ ।    गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा दिइने राहत तथा अनुदान पाउने उद्देश्यले सेवाग्राहीको घुइँचो लागेको हो । यसअघि अंशबन्डाको काम बढीमा दैनिक तीन÷चार र नामसारी एक÷दुई मात्र हुने गरेकामा मङ्सिरदेखि अंशबन्डा दैनिक करिब ९० र नामसारी कर ... बाँकी अंश»

नयाँ